आर्थिक 📈

व्यावसायिक कर समान गर्न व्यापार संघकाे आग्रह

काठमाडाैं, २० असार । नेपाल व्यापार संघले व्यावसायिक कर समान गर्न नवनिर्वाचित जनप्रतिनिलाई आग्रह गरेको छ । सङ्घले आयोजना गरेको काठमाडौँ महानगरपालिका १७, २२, २४, २५ र २७ का नवनिर्वाचित जनप्रतिनिधिलाई ‘बधाई तथा स्वागत कार्यक्रम’मा व्यवसायीले पार्किङ समस्या समाधानदेखि घर भाडामा देखिएको समस्या समाधान गर्न आग्रह गरेका हुन् । कार्यक्रममा काठमाडौँ महानगरपालिका–२२ का वडाध्यक्ष चीनकाजी महर्जनले न्यूरोड क्षेत्रमा देखिएका व्यवसायीको समस्या समाधान गर्न जनप्रतिनिधिको सधैँ साथ र समर्थन रहने बताए। “जनप्रतिनिधि र व्यवसायी मिल्ने हो भने न्यूरोड क्षेत्रको अधिकांश समस्या… पुरा पढौ

अप्पर सोलु हाइड्रोकाे १९ कराेड बढीकाे सेयरमा आजदेखि आवेदन दिन सकिने

काठमाडाैं, २० असार । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आजदेखि सर्वसाधारणका लागि १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको सेयर निष्काशन गर्दैछ । कम्पनीका अनुसार रू १०० अंकित मूल्यकाे १९ लाख ५७ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गर्न लागिएको हो। बिक्रीमा ल्याइने कुल सेयरमध्य ३९ हजार १५० कित्ता कर्मचारीहका लागि रहेकाे छ । ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएकाे छ । सर्वसाधारणले बाँकी रहने १८ लाख २० हजार ४७५ कित्ताका लागि आवेदन दिन पाउनेछन्। सेयरमा… पुरा पढौ

दाँत कोट्याउने सिन्काको आयातमा रु दुई करोड ५३ लाख बढी रकम विदेशियाे

काठमाडौं, १९ असार । नेपाल राष्ट्र बैंकले हरेक महिना सार्वजनिक गर्ने तथ्याङ्कमा विदेशी मुद्राको सञ्चिती घट्दै गएको स्पष्ट देख्न सकिन्छ । त्यसको पछाडि नेपालीको परनिर्भर जीवनशैलीले पनि काम गरेको छ । जुन सामान आयात नगनरे पनि हुन्छ । ती आयात भइरहेका छन् । जुन अत्यावश्यक सामग्री पनि होइन, त्यस्ता सामग्री आयात गरेर हामी आफैँले विदेशी मुद्राको सञ्चिती घटाइरहेका छौँ । न त खानाको रुपमा प्रयोग गर्न मिल्ने, न त भोक नै मेटिने चुइगमदेखि बिस्कुटसम्म आयात गरेर जिभ्रोको स्वाद मेटिरहँदा त्यसले… पुरा पढौ

सेयर बजारमा अर्धशतको बढोत्तरी, न्यादी ग्रुप पावरले गर्यो २२ करोड बढीको कारोबार

काठमाडौं, १९ असार । नियामक निकाय सेबाेन र लगानीकर्ताबीच १९ बुँदे सहमति कायम भएपछि सकारात्मक लयमा जाँदै र करेक्सन हुँदै आएको सेयर बजारमा आईतबार हरियाली छाएको छ । नेप्से परिसूचकले अर्धशतक पार गरेको छ । साताको सेयरको कारोबार हुने पहिलो दिन आईतबार सेयर बजारमा हरियाली छाउँदा लगानीकर्ताहरु उत्साहि भएका छन्। यसदिन कारोबार रकममा पनि निकै सुधार भएको छ । तर अझैं पनि लगानीर्ताहरुले नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिलाई कुर्ने आप्नो मनोविज्ञानलाई बदल्ने मनस्थितिमा रहेका छन् । राष्ट्र बैंकले यतिबेला… पुरा पढौ

लाभांश प्रस्ताव पारित गर्न एक्सेल डेभलपमेन्ट बैंकले बाेलायाे साधारणा सभा

काठमाडाैं, १९ असार । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले साउन ९ गते साेह्राैं साधारण सभा बाेलाएकाे छ । बैंकले लाभांश प्रस्ताव पारित गर्नका लागि वार्षिक साधारण सभा बोलाएको हाे । सभा बिर्तामोडस्थित सिद्धार्थ होटलमा पूर्वान्ह ११ बजेदेखि शुरु हुने बैंकले जनाएकाे छ। साधारण सभाबाट अहिले कायम रहेकाे चुक्ता पूँजीको ८.५० प्रतिशतकाे दरले बोनस सेय्शेर तथा त्यसकाे कर प्रयोजनका लागि ५१ लाख ५२ हजार ७५४ रुपैयाँ बराबरको नगद लाभांश विरतण गर्ने प्रस्ताव पारित हुनेछ । सभाले उपयुक्त लागेका बैंक तथा वित्तीय संस्थासँग… पुरा पढौ

बाह्य क्षेत्र सन्तुलनमा राख्न आर्थिक वृद्धिदर २ प्रतिशतमा सीमित राख्नुपर्छ- डा. युवराज खतिवडा

काठमाडौं, १९ असार । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले आर्थिक वर्ष २०७९/८० मार्फत लिएको ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने हो भने व्यापार असन्तुलन झन् बढ्ने टिप्पणी गरेका छन् । मदन भण्डारी वौद्धिक मञ्चले आयोजना गरेको कार्यक्रममा पूर्व अर्थमन्त्री डा. खतिवडाले आर्थिक वृद्धिमा मात्र ध्यान दिने हो भने सरकारले भनेझैं आत्मनिर्भर अर्थतन्त्रको बाटोमा जान नसक्ने बताए । ‘यदि ८ प्रतिशतको आर्थिक वृद्धि पुग्ने अवस्था आयो भने वाह्य क्षेत्र असन्तुलन अहिलेको भन्दा दोब्बर खराब हुँदै जान्छ । यो कुरो सरकारले हेक्का… पुरा पढौ

स्टार्टअप वर्ल्डकपको नेपाल क्षेत्रीय प्रतिष्पर्धा आगामी बुधवार हुने

काठमाडौं, १९ असार । स्टार्टअप वर्ल्डकपको नेपाल क्षेत्रीय प्रतिष्पर्धा आगामी बुधवार (असार २२ गते) हुने भएको छ । विश्वका ७० देशमा हुने प्रतिष्पर्धा नेपालमा पहिलो पटक भौतिक रुपमा हुन लागेको स्टार्टअप वर्ल्डकपको नेपालको पार्टनर स्टार्टअप हब नेपालले जनाएको छ । गत वर्ष कोभिड महामारीका कारण सरकारले जारी गरेको लगडाउनले गर्दा स्टार्टअप वर्ल्डकपको नेपाल क्षेत्रीय प्रतिष्पर्धा अनलाइनमार्फत् गरिएको थियो । प्रतिष्पर्धाको फाइनलमा पुगेका विभिन्न १० उत्कृष्ट स्टार्टअपहरुले नेपालको फिनालेमा भाग लिन पाउने छन् । फाइनलमा पुगेका टप १० मध्येबाट विजेता १… पुरा पढौ

हिमालयन हाइड्रोपावरको सेयरमा आजसम्म आवेदन दिन सकिने

काठमाडाैं, १९ असार । हिमालयन हाइड्रोपावर निष्काशन गरेकाे सेयरमा आवेदन दिने आज असार १९ गते अन्तिम दिन रहेकाे छ । कम्पनीले असार १५ गतेदेखि सर्वसाधारणकाे लागि १९ लाख ६८ हजार २५० कित्ता साधारण सेयर निष्काशन तथा बिक्रीमा ल्याएकाे थियाे । यसअघि प्रतिशेयर १०० अंकित दरमा ९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका जनताका लागि निष्काशन गरिएकाे थियाे । २ लाख ८१ हजार ७५० कित्ता सेयर बाँडफाँड भएको थियाे। ६ लाख १८ हजार २५० कित्ता बाँकी रहेकाे थियाे । कम्पनीले उक्त सेयरसहित… पुरा पढौ

फेसबुक, इन्स्टाग्राम, ट्विटर चलाउने, कोपोमिसमा विवरण भर्न नजान्ने ? कारबाहि हुन्छ : रजिष्ट्रार पण्डित

काठमाडाैं, १९ असार । सहकारी तथा गरिबीसम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस)मा विवरण प्रविष्ट गर्न सहज भएको दाबी गरिएको छ । सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारीले सफ्टवेयर चलाउन नजानेर विवरण प्रविष्ट नगरेको भन्ने भनाइ सही नभएको बताए । विभागले सहकारीलाई कोपोमिसमा सामान्य विवरणमात्र प्रविष्ट गर्न आग्रह गरेको स्मरण गराउँदै उनले प्रतिप्रश्न गरे, “मोबाइलमा फेसबुक, इन्स्टाग्राम, ट्विटर चलाउन जान्ने, कोपोमिसमा विवरण भर्न नजान्ने ? कर कार्यालयमा करचुक्ता लिनका लागि अनलाइन फारम भर्न सक्ने व्यक्तिले सहजै कोपोमिसमा विवरण प्रविष्ट गर्नसक्ने बताए। नेपाल… पुरा पढौ

माओवादी केन्द्र संसदीय दलको बैठकद्वारा बजेटको पक्षमा उभिन निर्देशन

सुदूरपश्चिम, १९ असार । सुदूरपश्चिम प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) संसदीय दलले सरकारले ल्याएको बजेट कार्यक्रमका पक्षमा उभिन पार्टीका प्रदेशसभा सदस्यलाई निर्देशन दिएको छ । संसदीय दलका नेता एवं प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संसदीय दलको बैठकमा बजेट कार्यक्रममा देखिएको कमीकमजोरीलाई कानूनअनुसार सच्याउन मिल्ने भए सच्याउने प्रतिबद्धता व्यक्त गर्दै बजेटको पक्षमा उभिन निर्देशन दिएको सो पार्टीका प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्टले जानकारी दिए। “बजेट कार्यक्रममा जहाँ त्रुटि छ, त्यसलाई सच्याउनु प¥यो भन्ने विषयमा दलको बैठकमा प्रदेशसभाका सदस्यहरुबीच छलफल भयो”, भट्टले भने, “मुख्यमन्त्रीले कानूनअनुसार सच्याउन… पुरा पढौ