आर्थिक 📈

अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा, छानबिन गर्न ११ सदस्यीय संसदीय समिति गठन

काठमाडौं, २२ असार । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन्। उनले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न आफूले राजीनामा गरेको घोषणा गरे। आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नताको प्रश्न उठेपछि यस विषयमा छानबिन गर्न आजै संसदीय विशेष समिति गठन गरिएको छ । संसदीय छानबिन समिति गठन प्रतिनिधिसभाले आगामी आर्थिक वर्षको बजेट निर्माणका सन्दर्भमा अनधिकृत व्यक्तिको संलग्नताबारे उठेको प्रश्नको छानबीन गर्न संसदीय छानविन समिति गठन गरेको छ । उक्त संसदीय समिति ११ सदस्यीय रहेको छ… पुरा पढौ

नेप्सेमा दोहोरो अंकको बृद्धि, कारोबारमा गुराँस फाइनान्स अब्बल

काठमाडौं, २२ असार । साताको सेयर कारोबार हुने चौथो दिन नेपाली सेयर बजारमा सकारात्मक संकेत देखिएको छ । यसदिन नेप्सेमा दोहोरो अंकको बृद्धि भएको छ । स्थानियतहको निर्वाचन सकिसकेको, सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेट पेश गरिसकेकाे र लगानीकर्ताको आन्दोलन पनि सहमतिमा सकिएकाे अवस्थामा सेयर बजारले उकालो चढ्ला भन्ने अपेक्षा पूर्णरुपमा पूरा भईसकेको छैन । उसो तर सेयर बजार राजनीतिक अस्थिरता र बैंकहरुको बढ्दो व्याज दरको कारण पनि सेयर प्रभावित हुने गरेको छ । पछिल्लो समय राष्ट्र बैंकले निकट दिनहरुमा… पुरा पढौ

गहुँ बालीको ‘सुपरजोन’ कार्यक्रम कार्यान्वयनसँगै उत्पादकत्वमा पनि वृद्धि

सुदूरपश्चिम, २२ असार । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कैलाली जिल्लामा गहुँ बालीको ‘सुपर जोन’ कार्यक्रम कार्यान्वयन भएसँगै गहुँको उत्पादकत्व पहिलेको तुलनामा वृद्धि भएको छ । गहुँ बालीको सुपर जोन कार्यक्रम कार्यान्वयन भइरहेको क्षेत्रमा गहुँको उत्पादकत्व प्रतिहेक्टर पाँच दशमलब पाँच मेट्रिक टनसम्म पुगेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वय इकाइ कैलालीका प्रमुख कलसराम चौधरीले बताए। “पहिलो वर्ष यो बालीको उत्पादकत्व प्रतिहेक्टर दुई दशमलब नौ मेट्रिक टन रहेकोमा दोस्रो वर्ष वृद्धि भएर तीन दशमलब सात मेट्रिक टन पुगेको थियो,” उनले भने, “चालु… पुरा पढौ

ऊर्जामन्त्री भुसाल र भारतीय राजदूत श्रीवास्तवबीच भेट, ऊर्जा व्यापार सकारात्मक

काठमाडौं, २२ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच नेपाल र भारतबीचको आपसी सम्बन्ध र सहयोगका विषयमा छलफल भएको छ । सो अवसरमा ऊर्जामन्त्री भुसालले नेपाल–भारतका सम्बन्ध मित्रता, समानता, सहयोग र पारस्पारिक सम्मानका साथ अगाडि बढेको स्मरण गर्दै आगामी दिनमा दुई देशको मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरिन्। पछिल्लो समय नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा महत्वपूर्ण सहकार्य भएको उल्लेख गर्दै अगामी दिनमा… पुरा पढौ

लमजुङमा मापदण्ड नपुगेका ३७ घरेलु तथा साना उद्योग खारेज

लमजुङ, २२ असार । जिल्लामा मापदण्ड नपुगेका ३७ घरेलु उद्योगलाई घरेलु तथा साना उद्योग कार्यालय लमजुङले खारेज गरेको छ । दर्ता गरेर उद्योग सञ्चालन नगर्ने, लामो समयसम्म नवीकरण नगर्ने एवं उद्योग सञ्चालनका लागि विभिन्न मापदण्ड नपुगेको उद्योगहरु आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि असार २१ गतेसम्म सो सङ्ख्यामा घरेलु उद्योग खारेज गरेको कार्यालय प्रमुख मीता थापाले बताइन। उनका अनुसार यस अवधिमा ६७९ नयाँ उद्योग दर्ता भएको छ । त्यस्तै, उक्त अवधिमा २८२ घरेलु उद्योगको नवीकरण भएको छ । आर्थिक वर्ष २०७७÷७८ मा… पुरा पढौ

योजना आयोगका ६ पूर्व उपाध्यक्षको बक्तव्य : बजेट निर्माणको प्रक्रिया र अर्थमन्त्रीमाथि छानबिन गर

काठमाडौं, २२ असार । राष्ट्रिय योजना आयोगका ६ पूर्व उपाध्यक्षले बजेट निर्माणमा उठेका प्रश्नहरको छानबिन गर्न माग गरेका छन् । बजेट निर्माणमा अर्थमन्त्री जनादर्न शर्माले अनाधिृकत व्यक्तिलाई संलग्न गराएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले समेत संसदीय छानविन समिति बनाउन माग गरेको छ । सरकारले छानविनका लागि रुची नदेखाएपछि अर्थमन्त्रीले राजीनामा दिनुपर्ने माग विपक्षीसँगै सत्तारुढ कांग्रेसमा समेत उठेको छ । योजना आयोगका पूर्व उपाध्यक्षहरु प्रा. पृथ्वीराज लिगल, डा. जगदिशचन्द्र पोखरेल, युवराज खतिवडा, डा. दिनेशचन्द्र देवकोटा, प्रा.डा. गोविन्दराज पोखरेल र प्रा. डा.… पुरा पढौ

धितोपत्र बोर्डले हरेक वर्ष ब्रोकर लाइसेन्स खुला गर्ने

काठमाडौं, २२ असार । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्र खुला रूपमा हरेक वर्ष वितरण गर्ने भएको छ । हाल सेयर ब्रोकरका लागि परीक्षा लिने अनि मात्र लाइसेन्स दिने व्यवस्था गरिएकोमा बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ मा संशोधन गर्ने मस्यौदालाई स्वीकृत गरेर हरेक वर्ष साउनमा इच्छुक ब्रोकरसँग आवेदन खुला गर्ने तथा रितअनुसार योग्यता पुगेकालाई लाइसेन्स दिने व्यवस्था लागू भएको छ । नियमावलीका अनुसार हाल सञ्चालनमा रहेका ब्रोकर कम्पनीले २ करोड… पुरा पढौ

सुनचाँदीको भाउमा भारि गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २२ असार । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ भारि मात्राले घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघले यसदिन छापावाल सुनमा एकैदिन रुपैयाँ १६०० तथा चाँदीमा रुपैयाँ ३० ले गिरावट भएको जानकारी दिएको छ । बुधबार छापावाल सुन तोलामा १६०० ले घटेर तोलाको ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन तोलाको ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलाको ९५ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार… पुरा पढौ

अर्थतन्त्र सुधारको लागि सिबिफिनले थाल्यो पहल

काठमाडौं, २२ असार । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको संयुक्त आयोजनामा अर्थतन्त्रमा देखिएको समस्या समाधानको लागि छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले विषयवस्तुमाथि धारणा राख्दै मुलुकको अर्थतन्त्र अहिले अप्ठ्यारो अवस्थामा रहेकोले हामी सबैले हातेमालो गरी वर्तमान चुनौतीको समाधानको बाटो खोज्नुपर्ने बताए । राज्यमन्त्री श्रेष्ठले पेट्रोलियम पदार्थको आयात र उपभोगको दर बढ्दै जाँदा विदेशी मुद्रा सञ्चितिमा ह्रास आएको तथा स्वदेशी उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने क्षेत्रमा लगानी बढ्न नसकेकोमा… पुरा पढौ

रसुवागढी हाइड्रोपावरकाे सेयर निष्काशन ६ महिनापछि सार्न स्थानियकाे आग्रह

रसुवा, २२ असार । रसुवामा निर्माणाधीन साञ्जेन जलविद्युत् कम्पनीद्वारा स्थानीयका लागि छुट्याएको शेयर तत्काल बिक्री खुला नगर्न आग्रह गरिएको छ । एक सय ११ मेगावाट क्षमताको रसुवागढी हाइड्रोपावर कम्पनीले यही १३ गतेदेखि ६८ लाख ४२ हजार १०० कित्ता शेयर बिक्री खुला गरेको थियो । आर्थिक समस्याका कारण जिल्लावासीले पाउने सञ्जेन कम्पनीको शेयर हाललाई बिक्री खुला नगर्न स्थानीयले माग गरेका हुन् । जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार घिमिरेको अध्यक्षतामा सम्पन्न सर्वपक्षीय बैठकले ५७ दशमलव तीन मेगावाटको साञ्जेन जलविद्युत्को शेयरसमेत स्थगन गर्न… पुरा पढौ