आर्थिक 📈

चुइगम पड्काएरै सकियाे ४१ करोड, चकलेट आयातमा रु दुई अर्ब ८३ करोड बढी रकम बाहिरियाे

काठमाडौं, १८ असार । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा परि नपरिने अनावश्यक वस्तुमा समेत ठूलो मात्रामा पैसा खर्च हुने गरेको पाइएको छ । स्वास्थ्यलाई फाइदा गर्ने भए त ठिकै पनि हो । कुनै पनि हिसाबले पनि अर्थ नभएको वस्तु आयात गरेर ठूलो मेहनत गरेर जम्मा पारेको विदेशी मुद्रा खर्च गर्नुपरेको छ । अनावश्यक र फजुल खर्चमा नेपाली कति अगाडि छन् भन्ने कुराको खास उदाहरण हो चुइगम आयातको तथ्याङ्क । न औषधि नै… पुरा पढौ

गभर्नर अधिकारीले गरे पुराना नोट नष्ट गर्ने बिएसबिएस मेसिनकाे शुभारम्भ

पाेखरा, १८ असार । नेपाल राष्ट्र बैंकले पुराना नोट नष्ट गर्ने बैंक नोट सेटिङ एण्ड ब्रिकेटिङ सिस्टम (बिएसबिएस) मेसिन सञ्चालनमा ल्याएको छ । मेसिन सञ्चालनको स्वीच अन गरेर नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक समारोहकाबीच शुभारम्भ गरे। यसअघिसम्म आगोको प्रयोगबाट जलाएर नोट नष्ट गर्ने गरिएकामा अब भने बिएसबिएस मेसिनका माध्यमबाट नोट नष्ट गरिनेछ । नष्ट गरिएका नोटबाट ब्रिकेट उत्पादन हुने जनाइएको छ । कार्यक्रममा गभर्नर अधिकारीले नोट धुल्याउने कार्यलाई आधुनिकीकरण र यान्त्रिकीकरण गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको मेसिनका कारण वातावरणीय… पुरा पढौ

आर्थिक वर्ष २०७९/०८० का लागि आर्थिक विधेयक पारित, के के मा छ छुट ?

काठमाडाैं, १८ असार। काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि आर्थिक विधेयक पारित गरेको छ । आज कामपाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको नगरसभाको ११औँ अधिवेशनले आगामी आर्थिक वर्षका लागि विधेयक पारित गरेको हो । विधेयकमा सम्पत्ति कर, भूमिकर, बहाल कर, व्यवसाय कर, जडीबुटी, कबाडी र जीवजन्तु कर, सवारीसाधनजस्ता शीर्षकका करसम्बन्धी व्यवस्था छ । यस्तै विज्ञापन कर, मनोरञ्जन कर, सवारीसाधन पार्किङ शुल्क, सेवा शुल्क, पर्यटन शुल्क, विभाज्य कोष, घरजग्गा रजिस्ट्रेसन शुल्क, राजस्व तथा शुल्क सङ्कलन कार्यविधिलगायत व्यवस्था छन् ।… पुरा पढौ

आर्थिक सङ्कटबाट बच्न उत्पादनमा जाेड दिदैं आयात प्रतिस्थापन गराैं -पूर्व गभर्नर क्षेत्री

काठमाडौं, १७ असार । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले आर्थिक सङ्कटबाट बच्न उत्पादनमा जाेड दिदैं आयात प्रतिस्थापन गर्नुपर्ने बताएका छन । सेन्टर फर प्रोफेसनल जर्नालिजम स्टडिजले आज आयोजना गरेको ‘नेपालको वर्तमान आर्थिक अवस्था एक सिंहावलोकन’ विषयक अन्तरक्रियामा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले आगामी दिनमा हुनसक्ने आर्थिक सङ्कटबाट जोगिनका लागि आन्तरिक उत्पादनलाई बढवा दिनुपर्ने बताएका हुन। उनले अत्यावश्यक बाहेकका वस्तुको आयातमा रोक लगाउन सुझाव दिएका थिए। देशलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन आयात प्रतिस्थापन गर्ने व्यावहारिक नीति तयार गरी… पुरा पढौ

बिजुली बेचेर प्राधिकरणले १ महिनामै पाैने २ अर्ब कमायो

काठमाडाैं, १७ असार । गरे के हुँदैन । केही वर्ष अघिसम्म नेपाल आफैँ चरम लोडसेडिङमा थियो । बिजुली खरिद गरेर ल्याउँदासमेत दैनिक १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो । प्राधिकरणभित्र मौलाएको अराजकता नियन्त्रण हुनुको साटो थप विस्तारित भएको थियो । नागरिक चरम अँध्यारोमा बस्न बाध्य थिए । औद्योगिक क्षेत्र ध्वस्त थियो । नेपालमा उद्योग स्थापना गर्नुभन्दा पैसा बैंकमा राखेर ब्याज लिनु नै सबैभन्दा उत्तम विकल्प हुन्थ्यो । पछिल्ला पाँच वर्षमा नेपालको ऊर्जा क्षेत्रका गुणस्तरीय परिवर्तन भयो । रुग्ण अवस्थामा रहेका आयोजना एकपछि… पुरा पढौ

नेप्सेमा दोहोरो अंकको गिरावट, डेढ अर्ब बराबरकाे कारोबार

कठमाडौं, १७ असार । साताको सेयर कारोबार हुने छैटाैं दिन शुक्रबार सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । तीनवटा उपसमूहमा हरियो लागेको छ । उनीहरुको सेयर बढेको छ । बाँकी रहेका १० वटामा रातो लागेको छ । उनीहरुको सेयर घटेको छ । कारोबार रकम पनि अघिल्लो दिनकोभन्दा १ करोडले कम भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ८.८७ अंकले घटेर २०२८.७७ विन्दुमा झरेको छ । नेप्सेमा ०.४४ प्रतिशतले गिरावट हूँदा सेन्सेटिभ इण्डेक्स ३.१७ अंकले घटेर ३८८.६२ विन्दुमा… पुरा पढौ

२ खर्ब १५ अर्ब लागतकाे अपर अरुण जलविद्युतसँग संखुवासभाबासीले के के राखे माग ?

काठमाडौं, १७ असार । अरुण नदीमा निर्माण हुन लागेको २ खर्ब १५ अर्ब अनुमानित लागतकाे अपर अरुण जलविद्युत् आयोजनाबाट सङ्खुवासभाका बासिन्दाले बढी लाभ लिन पाउनुपर्ने माग गरेका छन् । परियोजनामा सङ्खुवावासीको हक, अधिकार र लगानी जुटाउने विषयमा आयोजित कार्यक्रममा प्रभावित क्षेत्रका बासिन्दाले उक्त माग राखेका हुन् । छलफलमा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले विकासले अरुण क्षेत्रको संस्कृति र सभ्यता नमासिने हुँदा कानुनी र नीतिगत बन्दोबस्त गरी आयोजनालाई अगाडि बढाउनुपर्ने बताए । “लागत यकिन गरौँ, बलियो संयन्त्र निर्माण गरौँ, स्थानीयवासीलाई… पुरा पढौ

तोलाको ९७ हजार २०० मा झर्यो सुनको भाउ, चाँदीको पनि घट्यो

काठमाडौं, १७ असार । सुनचाँदीको भाउ लगातार ओरालो लागेको छ । अघिल्लो दिन सुन ताेलामा रुपैयाँ ३०० ले घटेर कारोबार भएको थियो । साताको सुनचाँदीको कारोबार हुने अन्तिम छैटौं दिन शुक्रबार पनि नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ३०० तथा चाँदीमा रुपैयाँ १५ ले गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पहेंलो धातु छापावाल सुनमा यसदिन रुपैयाँ ३०० ले घटेर तोलाको ९७ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार छपावाल सुन तोलाको… पुरा पढौ

सिबीफीनको टोलीसँग प्रधानमन्त्री देउवाले भनेः अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग सहकार्य हुनेछ

काठमाडौं, १७ असार । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबीफीन) को प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेको छ । सिबीफीनका अध्यक्ष पवनकुमार गोल्यानको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रधानमन्त्री देउवासँग विभिन्न मागहरू समेत राखेको छ । देशको वर्तमान आर्थिक अवस्था सुधारका लागि चालिनुपर्ने नीतिगत कदमहरूकाबारे सिबीफीनले प्रधानमन्त्री देउवालाई जानकारी गराएको सिबीफीनका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भोजबहादुर शाहले जानकारी दिए । भेटघाटका क्रममा सिबीफीनले वरिष्ठ अर्थशास्त्री तथा बैंकिङविद्हरूको सहकार्यमा अध्ययन गरी तयार गरेका बैंक तथा वित्तीय संस्थाका अप्ठारा र चुनौतिहरू… पुरा पढौ

असार १९ गतेदेखि लागू हुनेगरी हट्यो एओएन सम्बन्धी व्यवस्था

काठमाडौं, १७ असार । नेपाल स्टक एक्सचेन्जले असार १९ गतेदेखि लागू हुनेगरी एओएन सम्बन्धी व्यवस्थालाई हटाएको छ । सेयर बजारमा लागू हुँदै आएको एओएनको बारेमा लगानीर्ताहरुको असन्तुष्टि बढेपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपाल स्टक एक्सचेन्जलाई यो व्यवस्था हटाउन निर्देशन दिएको हो । लगानीकर्ताले सेयर बजारमा बिक्रीका लागि राखेको सेयर खरिद कर्ताले सबै खरिद गर्ने ग्यारेन्टी नगरेसम्म बिक्री नहुने यो एउटा प्रणाली हो । यस्तो प्रणाली कायम भएसम्म ज्यादै सस्तो तथा महंगोमा सेयर अधिक सेयर बिक्रीमा राख्ने र चलखेल गर्ने गरेको… पुरा पढौ