आर्थिक 📈

रसुवागढी हाइड्रोपावरले असार १३ गतेदेखि सेयर निष्काशन गर्दै

काठमाडाैं, ५ असार । रसुवागढी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनताका लागि असार १३ गतेदेखि सेयर निष्काशन गर्ने बताएकाे छ । कम्पनीले स्थानिय जनताका लागि ६८ लाख ४२ हजार १०० कित्ता साधारण शेयर निष्काशन गर्ने भएकाे हाे। साे सेयरमा धेरै प्रभावित मानिएका गोसाइकुण्ड, वडा नं. १ थुमन र वडा नं. २ टिमुरेका जनता रहेका छन् । यस्तै प्रसारण लाइनबाट प्रभावित मानिएका आमाछोदिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङ, वडा नं. ५ चिलिमे र गाेसाइकुण्ड गाउँपालिकाका बाँकी वडाहरू, वडा नं. ४ लाङटाङ,… पुरा पढौ

आदर्श लघुवित्तकाे सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडाैं, ५ असार । आदर्श लघुवित्त वित्तीय संस्थाले बिक्रीमा ल्याएकाे सेयरमा निवेदन पेश गर्ने आज अन्तिम दिन बाँकी रहेकाे छ । संस्थाले असार १ गतेदेखि ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता सेयर बिक्रीमा ल्याएकाे थियाे। लघुवित्तले निष्काशन गरेको कुल सेयरबाट १ हजार ३५ कित्ता कर्मचारीहरुका लागि रहेकाे छ । ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषका लागि रहेकाे छ । बाँकी रहेकाे ६२ हजार ६१५ कित्ता सेयर सर्वसाधारणका लागि रहेकाे छ। लघुवित्तको चुक्ता पूँजी १ करोड ४० लाख रुपैयाँ… पुरा पढौ

बजेट किताब नआएपछि गण्डकी प्रदेशसभा बैठक स्थगित

काठमाडाैं, ५ असार । गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । आइतबारबाट बजेटमाथि छलफल गर्ने गरी प्रदेशसभा बैठक आह्वान गरिएकामा सरकारको अनुरोधमा अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको गण्डकी प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए। कार्य व्यवस्था परामर्श समितिको बैठकमा बजेट विनियोजनको किताबसमेत तयार हुन नसकेका अवस्थामा आइतबार बैठक स्थगित गर्नेमा दलहरूबीच सहमति जुटेको थियो । बजेट किताब आइनसकेकाले बैठक स्थगित गरिएको प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए। पुरा पढौ

बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षमा कँडेल

गलकोट, ५ असार । बागलुङ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा नरेश कँडेल सर्वसम्मत भएका छन् । बागलुङ उद्योग वाणिज्य सङ्घको निर्वाचन अधिकृत भूमिश्वर गौतमका अनुसार सङ्घको अध्यक्षमा कँडेल सर्वसम्मत चयन भएको बताए । मतदानअघि नै प्रतिस्पर्धी निर्माणकुमार श्रेष्ठलाई हटाएर कँडेललाई सर्वसम्मत अध्यक्ष चयन गरिएको छ । दुवै उम्मेदवार नेपाली कांग्रेस सर्मथक व्यवसायी हुन् । पार्टीले सर्वसम्मत कँडेललाई बनाउन समन्वय गरेपछि निर्माणकुमार श्रेष्ठ पछाडि हटेका हुन । बागलुङ उद्योग वाणिज्य सङ्घको संस्थागत विकास गरी आम उद्योगी र व्यवसायीको हितमा आफूले काम गर्ने अध्यक्ष… पुरा पढौ

बैंकबाट ऋण लिएर शेयर बजारमा लगानी नगर्नुस् : मुख्यमन्त्री शाही

कर्णाली, ४ असार । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बैंकबाट ऋण लिएर शेयर बजारमा लगानी नगर्न आग्रह गरेका छन् । नेपाल आर्थिक पत्रकार सङ्घ र मर्चेन्ट बैंकर्स एशोसिएसन अफ नेपालद्वारा आज सुर्खेतमा आयोजित प्रदेशस्तरीय पुँजीबजार सचेतना कार्यक्रममा उनले आफूसँग भएको स्रोतलाई मात्र परिचालन गर्न सुझाव दिए। मुख्यमन्त्री शाहीले पुँजीबजार लगानीकर्ता र बैंकर्सलाई ‘पाकेटमारा’ जस्तो व्यवहार नगर्न आग्रह गरे। “शेयर बजार कहिले बढ्छ, कहिले घट्छ, सधैँ एकनाशको हुँदैन”, उनले भने, “शेयर बजार केही व्यक्तिमा सीमित गर्नुभएन, शेयर बजारमा पनि नियामक निकाय… पुरा पढौ

संघीय सरकारद्वारा बैतडीमा सडक निर्माणका लागि तीन करोड विनियोजन

बैतडी, ४ असार । सङ्घीय सरकारले जिल्लाका पाँच सडकलाई प्राथमिकता दिएको छ । आगामी आर्थिक वर्षमा काम सक्नेगरी सरकारले वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमअन्तर्गत पाँच सडकका लागि बजेट विनियोजन गरेको हो । जिल्लाको पाटन–कैलपाल–देवल सडकका लागि रु ५० लाख, धामीगाउँ–बाइम–मनकुडा–पुर्चौंडी सडकका लागि रु ५० लाख, देउझाडी–नगराउँ–धामीगाउँ–डिलाशैनी सडकका लागि रु ५० लाख, सकार–बयलचौर–पाटन सडकका लागि रु ५० लाख र सतबाँझ–श्रीभावर सडकका लागि रु एक करोड बजेट विनियोजन गरिएको हो । सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत यी सडक निर्माण गरिने… पुरा पढौ

यस्ताे छ बिर्तामोडको पाँच वर्षे आवधिक योजना निर्माण

बनियानी, ४ असार । झापाको प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको बिर्तामोड नगरपालिकाले पाँच वर्षे आवधिक योजना निर्माण गरेको छ । स्थानीय तह निर्वाचन–२०७९ बाट नवनिर्वाचित जनप्रतिनिध आएसँगै नगरपालिकाले दीर्घकालीन विकासका लागि योजना निर्माण गरेको हो । नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, वनजङ्गल, पर्यटन, व्यापार–व्यवसायलगायतका विविध पक्षलाई समेटेर पाँच वर्षे आवधिक योजना निर्माण गरेको नगरप्रमुख पवित्रा महतरा प्रसाईंले जानकारी दिइन। ‘उद्योग, व्यापार, स्वास्थ्य, शिक्षा, कृषि, र रोजगारको अभिवृद्धि ः बिर्तामोड नगरको, विकास र सुशासनसहितको समृद्धि’ नारासहित नगरपालिकाको आगामी कार्ययोजना बनाइएको… पुरा पढौ

सेयर बजारमा ७.५६ अंकको गिरावट, कारोबार घटेर ७३ करोडमा झर्याे

काठमाडौं, ३ असार । शुक्रबार सेयर कारोबार हुने अन्तिम दिन हो । साताको सेयर काराेबार हुने यसदिन नेप्से ओरालो लागेको छ । सेयरको खरिदबिक्री तथा कुल कारोबार रकम निकै कम भएको छ । बिहीबार नवौं दिनमा उकालो लागेकोमा आज भने फेरि ओरालो झरेको छ । सेयर बजारमा भईरहेको नकारात्मक लयले लगानीकर्ताहरुलाई निरुत्साहित त गर्दैन भन्ने चिन्ता बढेको छ । अहिलेसम्म नियामक निकाय तथा सरोकार राख्ने निकाय, राष्ट्र बैंक लगानीकर्ताहरुका मागका बारेमा सकारात्मक रहेको भनेता पनि स्पष्ट खाका बाहिर नल्याउँदा समस्या… पुरा पढौ

एमालेको अवरोधबीच विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौं, ३ असार । राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधबीच राष्ट्रियसभाको आजको तेस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरे। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विनियोजन विधेयक, २०७९ का विनियोजन शीर्षकमाथि यही असार ६, ७ र ८ गते छलफल हुने तथा असार ९ र १० गते सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यतालिका प्रस्ताव गरे । सम्बन्धित शीर्षकमाथिको छलफलमा भाग… पुरा पढौ

किन घट्यो खाने तेल र फलामे डन्डीको भाउ ?

काठमाडौं, ३ असार । पछिल्ला केही दिनयता खाने तेल र फलामे डन्डीको मूल्य घट्न थालेको छ । नेपाल घिउ तेल उत्पादन सङ्घका अनुसार तेलको मूल्यमा प्रतिलिटर १० देखि ३० रुपैयाँ सम्म सस्तिएको हाे । युुक्रेन र रुसबीचको युद्धका कारण उच्चदरमा बढेको खाने तेलको भाउ तीन दिनयता घट्न थालेको बताइएकाे छ । भारत निर्यात रोकिएपछि खपत बढाउन तेल उद्योगीले मूल्य घटाएको खुद्रा तथा थोक व्यापारीले बताएका छन् । किराना तथा थोक व्यवसायी सङ्घका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले खाने तेलको बिक्री कम भएर… पुरा पढौ