आर्थिक 📈

बढ्यो सुनचाँदीको भाउ, कति पुग्यो तोलाको ?

काठमाडौं, ३ असार । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । यसदिन छापावाल सुन तोलामा रुपैयाँ ५०० तथा चाँदीमा रुपैयाँ १० ले बृद्धि भएको छ । नेपाल सुनचााँदी व्यवसायी महासंघका अनुसार छपावाला सुन तोलामा रुपैयाँ ५०० ले बृद्धि भई तोलाको ९७ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुनको भाउ तोलाको ९७ हजार ३०० रुपैयाँ कायम भएर काराेबार भएको थियो । तेजाबी सुन तोलाको ९७ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको… पुरा पढौ

गण्डकी प्रदेश सरकारले प्रतियोगितामा सहभागी हुने खेलाडीको बीमा गर्ने

पाेखरा, ३ असार । गण्डकी प्रदेश सरकारले राष्ट्रिय तथा प्रदेशस्तरका खेल प्रतियोगितामा भाग लिने खेलाडीको बीमा गर्ने भएको छ । प्रदेश अर्थमन्त्री रामजीप्रसाद बरालले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट कार्यक्रममा खेलाडीको बीमा गर्ने व्यवस्था गरिएको बताए। अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुने खेलाडीको स्वास्थ्य बीमाको व्यवस्था भए पनि कतिपय राष्ट्रिय र प्रदेशस्तरीय प्रतियोगितामा भाग लिने खेलाडी यसबाट बञ्चित हुँदै आएका थिए । यसैगरी आगामी बजेटमा राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेताका लागि प्रोत्साहनस्वरुप नगद पुरस्कारको व्यवस्था गरिएको मन्त्री बरालले… पुरा पढौ

बीमा बोर्डबाट २५ करोड रकम भुक्तानी नपाएपछि धुलिखेल अस्पताललाई सेवा दिन सास्ती

बनेपा, ३ असार । सरकारले लागू गरेको स्वास्थ्य बीमा अभियानअन्तर्गत धुलिखेल अस्पतालमा उपचार सेवा लिएका बिरामीको नाममा पाउनुपर्ने रकम बीमा बोर्डबाट नपाएका कारण सेवा दिन कठिनाइ भएको धुलिखेल अस्पतालले जनाएको छ । अस्पताल प्रशासनले बिहीबार पत्रकार सम्मेलन गरी २०७४ सालदेखि बीमा बोर्डसँग सम्झौता गरी स्वास्थ्य बीमा गरेका नागरिकलाई सेवा उपलब्ध गराउँदै आएको भए पनि अहिलेसम्म बोर्डमार्फत प्राप्त गर्नुपर्ने करिब रु २५ करोड रकम प्राप्त नहुँदा अस्पतालबाट प्रवाह हुने सेवामा समस्या उत्पन्न हुने अवस्थामा पुगेको जानकारी दिएको छ । धुलिखेल अस्पतालका… पुरा पढौ

पानीको बहाब बढेसँगै मर्स्याङ्दीमा विद्युत् उत्पादन वृद्वि

तनहुँ, ३ असार । अविरल वर्षापछि तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मस्र्याङ्दी जलविद्युत् केन्द्रको विद्युत् उत्पादनमा वृद्धि भएको छ । नदीमा पानीको बहाब बढेसँगै केन्द्रबाट ६९ मेगावाट विद्युत् उत्पादन भएको हो । सुक्खायाममा पानी कम हुँदा विद्युत् उत्पादन घटेर ४० मेगावाटको हाराहारीमा पुग्ने गरेको थियो । हाल पूर्ण क्षमतामा विद्युत् उत्पादन भएको केन्द्रका प्रमुख बद्री फुँयालले जानकारी दिए। केन्द्रका तीन युनिटबाट २३–२३ मेगावाटका दरले विद्युत् उत्पादन भइरहेको छ । तापक्रम बढ्दै जाँदा हिँउ धेरै पग्लिने र वर्षा धेरै हुँदा यसका सहायक… पुरा पढौ

भारतले पठायाे पेट्राेलियम पदार्थकाे नयाँ मूल्यसूची, फेरि बढ्ने संकेत

काठमाडाैं, ३ असार । भारतीय तेल कम्पनी, इन्डियन आयल कर्पोरेशन (आईओसी)ले नेपाल आयल निगमलाइ पेट्राेलियम पदार्थकाे नयाँ मूल्यसूची पठाएको निगमले जानकारी दिएकाे छ । यसअनुसार फेरि नेपालमा इन्धनकाे मूल्य बृद्धि हुने संकेत देखिएकाे छ । आईओसीले पठाएकाे नयाँ मूल्य सूची अनुसार पेट्रोलमा ६.५२ रूपैयाँ र डिजेलमा १९.०३ रुपैयाँ बढेको जनाएकाे छ। यस्तै हवाइ इन्धनमा १९ रूपैयाँ ९१ पैसा बृद्धि भएकाे छ । नयाँ मूल्यसूची आएपछि आगामी १५ दिनमा ४ अर्ब ८१ कराेड, मासिक ९ अर्ब ६३ कराेड घाटा हुने नेपाल… पुरा पढौ

मनकामना केबलकारका निर्देशक राजेशबाबु श्रेष्ठलाई अस्ट्रिया सरकारको पदक

काठमाण्डौं, ०२ असार ।  चितवन कोइ ग्रुपद्वारा सञ्चालित मनकामना केबलकारका निर्देशक राजेशबाबु श्रेष्ठले गणतन्त्र अस्ट्रिया सरकारबाट ‘डेकोरेसन अफ अनर इन सिल्भर’ पदक प्राप्त गर्ने भएका छन् । श्रेष्ठ नेपालका लागि अस्ट्रियाका अवैतानिक वाणिज्यदूत पनि हुन् । नेपाल सरकार मन्त्रिपरिषदको २०७९ जेठ ३१ गते बसेको बैठकले निर्देशक श्रेष्ठलाई ‘डेकोरेसन अफ अनर इन सिल्भर’ पदक ग्रहण गर्न स्वीकृत गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले श्रेष्ठलाई यो पुरस्कार ग्रहणका निमित्त अनुमति दिइएको बिहीबार आयोजित कार्यक्रममा जानकारी… पुरा पढौ

एभरेष्ट इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न

काठमाण्डौं, ०२ असार । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा आज असार २ गत सम्पन्न भएको छ । अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा सम्पन्न भएको उक्त सभाले एभरेष्ट इन्स्योरेन्स कम्पनी लि. र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लि. बिच एक आपसमा गाभ्ने गाभिने विशेष प्रस्ताव सर्वसम्मत पारित गरेको छ । सभाले सम्पत्ति दायित्व मुल्याङ्कन कर्ताको नियुक्ति तथा निजको पारिश्रमिक, सेयर आदान प्रदान अनुपात, मर्जर पछि बन्ने संस्थाको संचालक समिति तथा सेयर आदान प्रदान अनुपात लगायतका सम्पूर्ण विशेष प्रस्तावहरु सर्वसम्मत पारित गर्यो… पुरा पढौ

बजेटले उत्पादन र उत्पादकत्वमा जाेड दिएकाे छ : अर्थमन्त्री वराल

पाेखरा, २ असार । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी वराल जीवनले आर्थिक वर्ष २०७९ र ८० को बजेटले विषेश गरेर बजेटले उत्पादन र उत्पादकत्वमा जाेड दिएकाे बताएबा छन् । उनले बजेट कृषि, सिंचाई, खानेपानी, स्वास्थ्य, पुर्वाधार र सामाजिक न्यायमा केन्द्रीत रहेकाे बताए । वरालले बिहिबार पाेखरामा पत्रकार भेटघाट गरेर बुधकार प्रस्तुत गरीएकाे कुल रू ३५ अर्व ९० करोड ९० लाख आकारको बजेटले अन्तरसरकारी समन्वय र पारस्पारिक सहयोगलाई प्रभावकारी बनाइ संघीयताको सुदृढ कार्यान्वयन तथा उत्पादन एवं उत्पादकत्वमा जाेड दिएकाे बताए ।… पुरा पढौ

एक हप्तापछि नेप्सेमा दोहोरो अंकको बृद्धि, कारोबारमा नेपाल टेलिकम अब्बल

काठमाडौं, २ असार । लगातार ओरालो लाग्दै आएको सेयर बजार बिहिबार आठौं दिनमा उकालो लागेको छ । अघिल्ला दिनहरुको रातो घेरोलाई तोड्दै नेप्से उकालो लागेको हो । नियामक निकाय र राष्ट्र बैंकसंगको छलफल, आन्दोलन, बजेटको पखाई, बैंकको ब्याजदरबाट प्रभावित हुँदै आएको सेयर बजार सातै प्रदेशका सरकारहरुले बजेट भाषण गरेको भोलिपल्टै बिहिबार सकारात्मक लयमा देखिएको छ । यसले लगानीकर्ताहरुको मनोबल बढाएको छ । वित्त बजारमा तरलताको स्थिति कायमै रहेको र बैंकहरुमा डिपोजिटको मात्रा ज्यादै न्यून भईरहेको अवस्थामा बजारमा कुनैपनि दिनमा फेरि… पुरा पढौ

सरकारकाे विकास खर्च निराशाजनक, ११ महिनामा साढे ६३ प्रतिशतमात्रै बजेट खर्च

काठमाडौं,२ असार। चालु आर्थिक वर्ष २०७८/७९ को ११ महिनाको अवधिमा सरकारले करिब साढे ६३ प्रतिशत मात्र बजेट खर्च गरेको छ । चालु आवको २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा सरकारले ६३.४२ प्रतिशत मात्र बजेट खर्च गरेको हो । यसअवधिमा लक्ष्यको साढे ७९.८ प्रतिशत बजेट स्रोत जुटाएको सरकारको विकास खर्च भने अत्यन्त निराशाजनक छ ।११ महिनाको अवधिमा सरकारको विकास खर्च ३६.४९ प्रतिशत मात्र छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार जेठ ३० गते मंगलबारसम्म सरकारले ३६.४९ प्रतिशतमात्रै पूँजीगत खर्च गर्न सकेको छ… पुरा पढौ