काठमाडौं, २२ जेठ । अर्थमन्त्री जनार्दन शर्मा पौडेलले निजगढको अन्तराष्ट्रिय विमानस्थल यसै बर्षभित्र निर्माण शुरू गर्ने बताएका छन्। वीरगन्ज उद्योग वाणिज्य संघको ४६ औँ बार्षिक साधारण सभालाई शनिबार वीरगन्जमा सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन्। यसअघि सर्वोच्च अदालतले निजगढ अन्तराष्ट्रिय विमानस्थल बनाउन रोक लगाउने आदेश जारी गरेको थियो।अर्थमन्त्री शर्माले सो आदेश विपरित वक्तव्य दिएका हुन् । निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बनाउन भनेर आफूले गएको १५ जेठमा प्रस्तुत गरेको बजेटमा पनि उल्लेख गरिएको तर्क गर्दै मन्त्री शर्माले भने,'यो विमानस्थल बन्छ, बनाउनै…
पुरा पढौ