आर्थिक 📈

अप्पर सोलु हाइड्रोको आईपीओमा आजसम्म आवेदन दिन सकिने

काठमाडौं, २० जेठ । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको सेयरमा आवेदन पेस गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले वैशाख २२ गते आयोजना प्रभावित सोलुखुम्बु जिल्लाको दुधकुण्ड नगरपालिका जनताका लागि सेयर निष्काशन तथा बिक्रीमा ल्याएको थियो । कम्पनीका अनुसार १३ करोड ५० लाख रुपैयाँ बराबरको रुपैयाँ १०० मूल्य अंकित दरको १३ लाख ५० हजार कित्ता सेयर बिक्रीमा ल्याईएको हो । लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले एनएमबि बैंक, लक्ष्मी बैंक,… पुरा पढौ

१० रुपैयाँले घट्यो पेट्रोलियम पदार्थको मूल्य, अब कतिमा पाइन्छ ?

काठमाडौं, २० जेठ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य १०/१० रुपैयाँले घटाएको छ । निगमले बिहीवार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य घटाएको हो । निगमका सहप्रवक्ता पुस्कर कार्कीका अनुसार तत्कालका लागि पूर्वाधार करको रकमसँग बराबर हुने गरी प्रतिलिटर १० रुपैयाँ घटाउने निर्णय भएको हो। ‘करको दररेटको सन्दर्भमा मन्त्रिपरिषद्को जेठ १० गतेको निर्णयअनुसार अर्थ मन्त्रालयले जेठ १७ मा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएको थियो। पत्रका आधारमा निगम सञ्चालक समितिको बैठकले बिहीबार राति १२… पुरा पढौ

राेकिएन नेप्सेको ओरालाेको यात्रा, माउन्टेन हाइड्रोले गर्यो १२ करोड १२ लाख बढीको कारोबार

काठमाडौं, १९ जेठ । निरन्तर ओरालोको यात्रामा गएको नेप्से उकालो लाग्न सकेको छैन् । नेपाल सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरेपछि लयमा फर्किएला कि भन्ने लगानीकर्ताको अपेक्षा कहिले पूरा हुने हो एकिन हुन सकेको छैन । नेपाल राष्ट्र बैंक सेयर बजारका समस्याहरुका बारेमा जानकार र सकारात्मक भएपनि उसकाे नीतिमा बजारको दृश्यमा परिवर्तन हुने आशा जिवितै रहेको छ । तर दिनदिनै सेयर बजारको घट्दो क्रमले लगानीकर्तामा उत्साह जाग्न सकेको छैन । साताको सेयरको कारोबार हुने चौथो दिन बिहिबार नेप्से… पुरा पढौ

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १९ जेठ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन बुधबार रुपैयाँ ८०० ले गिरावट भई कारोबार भएको छापावाल सुनको भाउ बिहिबार रुपैयाँ ४०० ले बढेको छ । यस्तै सेतो धातु चाँदीमा बुधबार २० रुपैयाँले गिरावट कारोबार भएकोमा यसदिन १५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ४०० ले बढेर तोलाको ९७ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार छापावाल सुन तोलाको ९७ हजार… पुरा पढौ

बजेटबारे परिसंघले सार्वजनिक गर्‍यो धारणा, के भन्यो ?

काठमाडौं, १९ जेठ । नेपाल उद्योग परिसंघले सरकारले ल्याएको बजेटमा सुझाव समेटिएको भन्दै स्वागत गरेको छ । परिसंघले नेपाल सरकारसँगको सहकार्यमा कार्यान्वयन गरिरहेको ‘मेक इन नेपाल’ अभियानमा सहयोग गर्ने घोषणा भएकोमा नेपाल सरकारमा धन्यवाद व्यक्त गरेको छ । औद्योगिकरण र स्वदेशी उत्पादन अभिबृद्धिका लागि परिसंघले लामो समयका लागि स्वदेशी दशकको कार्यक्रम ल्याउन माग गरिरहेको सन्दर्भमा बजेटमा ‘उत्पादनमा वृद्धिः मुलुकको विकास र समृद्धि विशेष अभियान दशक २०७९/०८९’ संचालन गर्दै नेपाली उत्पादनको वृद्धि, रोजगारी सिर्जना र निर्यात लक्षित व्यापार अभिबृद्धिका लागि प्रधानमन्त्री… पुरा पढौ

जुत्ता चप्पलमा नेपाल आत्मनिर्भर बन्ने सरकारको नीति सकारात्मक

काठमाडौं, १९ जेठ । फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालले जुत्ताचप्पलको क्षेत्रमा आत्मनिर्भर बन्ने सरकारको नीति सकारात्मक भएको जनाएको छ । एशोसिएशनका अध्यक्ष नानीराज घिमिरेले विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०७९÷८० को बजेट वक्तव्यमा आयातलाई निरुत्साहित गर्दै स्वदेशी वस्तुको बृहत् उत्पादन, बजारीकरण र प्रयोग गर्ने सरकारको नीति सकारात्मक भएको बताएका हुन् । “निकासी प्रवद्र्धनका लागि निजी क्षेत्रको सहकार्यमा ‘मेड इन नेपाल, मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने र जुत्ताचप्पलको क्षेत्रमा आत्मनिर्भर बन्न सक्ने क्षेत्रलाई बजेटमा महत्वका साथ उल्लेख गरिनुले यस क्षेत्रका… पुरा पढौ

एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको आवेदन खुल्यो

काठमाडाैं, १९ जेठ । एनआईसी एशिया बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी एनआईसी एशिया क्यापिटलकाे अर्को म्युचुअल फण्ड, एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको इकाईका लागि आजबाट आवेदन खुल्ला गरिएकाे छ। प्रतिइकाई १० रुपैयाँ अंकित दरले एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको क्यापिटलले जनाएकाे छ । साे इकाईबाट बीज पूँजीबापत न्यूनतम १ करोड ५० लाख कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरीएकाे छ। भएकाे ८ करोड ५० लाख इकाई सर्वसाधरणका लागिफ बिक्री खुल्ला गरिएकाे हाे । ७ वर्षकाे… पुरा पढौ

सुरक्षित कारोबार र कर्जा विविधिकरण विषयमा सिबिफिन र आईएफसीले गरे अन्तरक्रिया

काठमाडौं, १८ जेठ । बैंक तथा वित्तिय संस्था परिसंघ नेपाल (सिबिफिन) र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी -विश्व बैंक) को संयुक्त आयोजनमा सुरक्षित कारोबार र कर्जा विविधिकरण विषयमा काठमाण्डौमा कार्यक्रम सम्पन्न भएको छ । नेपालमा निजी क्षेत्र–विशेषगरी घरेलु, लघु, साना तथा मझौला उद्यमहरुलाई वित्तीय साधनको पहुँचमा कठिनाइ हुनुले उनीहरुको विकास एवं विस्तारमा बाधा पुगिरहेको आम गुनासो आइरहेको सन्दर्भमा कर्जा विविधिकरणलाई प्रोत्साहन गर्न एवं वित्तिय पहुँच अभिवृद्धिका लागि सिबिफिन र आईएफसी, (विश्व बैंकको सदस्य संस्था) ले उक्त कार्यक्रमको आयोजना गरेको बताएको छ… पुरा पढौ

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि खुम्चियो

काठमाडौं, १८ जेठ । लगातार सेयर बजारमा गिरावट भइरहेकाे छ । साताको सेयर कारोबार हुने तेश्रो दिन बुधबार पनि नेपाली सेयर बजारमा दोहोरो अंकले गिरावट भएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट आएपछि नेप्से सकारात्मक लयमा जाने अपेक्षा गरिएको भएपनि त्यसो हुन सकेको छैन । यसले गर्दा लगानीकर्ताको मनोबल बढ्न सकेको छैन । यसदिन अघिल्ला दिनको भन्दा कारोबार पनि घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७.२१ अंकले घटेर २१३० विन्दुमा झरेको छ । नेप्सेमा ०.३४ अंकले… पुरा पढौ

एकैदिन रु ८०० ले घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट

काठमाडौं, १८ जेठ । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन छापावाल सुन तोलामा रुपैयाँ ८०० ले र चाँदी तोलामा २० रुपैयाँले घटेको जानकारी गराएको छ । यसदिन पहे‌लाे धातु छापावाल सुन तोलामा रुपैयाँ ८०० ले घटेर तोलाको ९७ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन मंगलबार छापावाल सुन तोलाको ९८ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलाको ९६ हजार ७०० रुपैयाँ कायम… पुरा पढौ