आर्थिक 📈

देशको आर्थिक समृद्धि र विकास युवाको हातमा छ : वरिष्ठ उपाध्यक्ष ढकाल

चितवन, २१ जेठ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले देशको समृद्धि युवाहरुको हातमा रहेको बताएका छन् । उनले जुनसुकै देशको भविष्य पनि त्यस देशका युवाको हातमा रहेको भन्दै नेपालजस्तो युवा जनशक्तिको बाहुल्यता रहेको देशको आर्थिक समृद्धि र विकास पनि उनीहरुकै हातमा छ भने। नेपाली युवा उद्यमी मञ्च, चितवनको पाँचौँ अधिवेशनलाई सम्बोधन गर्दै ढकालले उद्योग वाणिज्य सङ्घको नेतृत्वमा आउन पनि युवाहरुलाई आह्वान गरे। उनले पहिलेजस्तो नभएर अहिले देशमा व्यवसाय गर्न सजह भएको र बैंक तथा वित्तीय संस्थाहरुले राम्रो साथ… पुरा पढौ

असार २ देखि ६ गतेसम्म नेपाल चेम्बर एक्पो आयोजना हुदै

काठमाडौं, २१ जेठ । नेपाल चेम्बर अफ कमर्शको आयोजनामा ‘नेपाल चेम्बर एक्पो–२०२२’ हुने भएको छ । चेम्बरले वाणिज्य मन्त्रालय एवं व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा आगामी असार २ देखि ६ गतेसम्म भृकुटीमण्डपमा ‘नेपाल चेम्बर एक्पो–२०२२’ गर्न लागेको हो । व्यापार मेला समितिका अध्यक्ष राष्ट्रभूषण चाकुबजीले निर्यात प्रवद्र्धन र वैदेशिक लगानी आकर्षण गर्न चेम्बर एक्स्पो आयोजना गरिएको जानकारी दिए। “मेलामा अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक क्रियाकलाप, नवीन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनमा नयाँ आयम थपिने विश्वास… पुरा पढौ

हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाकाे सेवाकेन्द्र बिस्तार, सहकारी वित्तिय क्षेत्रको मेरुडण्ड : मेयर आचार्य

पोखरा, २१ जेठ । हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाले पोखरा महानगरपालिका १४ चाउँथेमा सेवाकेन्द्र विस्तार गरेको छ । पोखरा ९ पृथ्वीचोकस्थित पोखरा मलमा मुख्य कार्यालय रहेको सहकारीले आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा चाउँथेमा सेवाकेन्द्र सञ्चालनमा ल्याएको हो । उक्त कार्यालयको उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गरे । सो अवसरमा बोल्दै मेयर आचार्यले सहकारी वित्तिय क्षेत्रको मेरुडण्ड रहेको धारणा राखे । उनले विधानमा उल्लेख भए अनुसार आफ्ना सेवाग्राहीलाई सर्वसुलभ सेवा प्रदान गर्नुपर्ने बताउदै सफलताको शुभकामना व्यक्त गरे ।… पुरा पढौ

भोजपुरमा भयो ३ अर्ब १५ करोड ८९ लाखको बजेट विनियोजन

भोजपुर, २१ जेठ । भोजपुर जिल्लाका ९ स्थानीय तहमा ३ अर्ब १५ करोड ८९ लाख बजेट विनियोजन भएको छ । समपुरक अनुदान, समानीकरण अनुदान, विषेश अनुदान र सःशर्त अनुदान गरी चार शीर्षकमा दुई नगरपालिका लागि रु ९८ करोड एक लाख र सात वटा गाउँपालिकाकाको लागि रु दुई अर्ब १७ करोड ८८ लाख बजेट विनियोजन भएको हो । षडानन्द नगरपालिकामा सबैभन्दा बढी रु ५१ करोड ५२ लाख र सबैभन्दा कम साल्पासिलिछो गाउँपालिकामा रु २४ करोड ५५ लाख बजेट विनियोजन भएको छ ।… पुरा पढौ

सिन्धुपाल्चोकलाई ४ अर्ब ६० करोडकाे बजेट विनियोजन

सिन्धुपाल्चोक, २१ जेठ । सङ्घीय सरकारमार्फत सिन्धुपाल्चोक जिल्लाको लागि चार अर्ब ६० करोड ६७ लाखको बजेट छुट्टाइएको छ । सङ्घीय सरकारको आर्थिक वर्ष २०७९÷८० विनियोजित बजेटबाट १२ स्थानीय तह रहेको सिन्धुपाल्चोकमा चौतारा साँगाचोकगढी नगरपालिकाले सबैभन्दा बढी बजेट पाएको छ । सो नगरपालिकाले ६५ करोड ६८ लाख पाँउदा भोटेकोशी गाउँपालिकाले २६ करोड आठ लाख प्राप्त गरेको छ । यसैगरी मेलम्ची नगरपालिकाले ६२ करोड ५ लाख प्राप्त गरेको छ । त्यस्तै बाह्रबिसे नगरपालिकाले ३७ करोड ७२ लाख, त्रिपुरासुन्दरी गाउँपालिकाले २७ करोड २४ लाख… पुरा पढौ

साताको पाँचौ दिन पनि सेयर बजार राताम्मै, १ अर्ब ३० करोड बढीको कारोबार

काठमाडौं, २० जेठ । लगातार नेप्सेमा गिरावट हुने क्रम रोकिएको छैन । साताको सेयर कारोबार भएको अन्तिम तथा लगातार सेयर ओरालो लागेको पाँचौ दिन सेयर बजार राताम्मै भएको छ । सम्पूर्ण सूचकहरु ऋणात्मक भएका छन् । सेयर बजारको यो दृश्यले लगानीकर्ताहरुकाे मनोवल माथि उठेन । अब पर्ख र हेरको अवश्थामा पुगेको छ । एकथरिले नेपाल राष्ट्र बैंकले लगाएको ४/१२ को सेयर कर्जाको मापनलाई पुनरावलोकन गर्नुपर्छ भनिरहेका छन् भने एकथरिले बजेट आईसकेकोले अब अर्थक्षेत्रमा सुधारका संकेत देखिनु पर्छ भन्ने रहेको छ… पुरा पढौ

झापाका १५ पालिकालाई रु सात अर्बभन्दा बढी अनुदान

झापा, २० जेठ । सङ्घीय सरकारमार्फत झापाका १५ पालिकालाई रु सात अर्ब ३१ करोड ८६ लाखको बजेट विनियोजन भएको छ । संघीय सरकारको आर्थिक वर्ष २०७९÷८० विनियोजित बजेटबाट जिल्लाका आठ नगरपालिकालाई रु चार अर्ब ९६ करोड चार लाख र सात गाउँपालिकालाई दुई रु अर्ब ६२ करोड ८२ लाख रकम विनियोजन गरिएको हो । समपूरक अनुदानमा सबैभन्दा बढी रकम मेचीनगर नगरपालिकालाई प्राप्त भएको छ । भौगोलिक र जनसङ्ख्याका हिसाबले सबैभन्दा ठूलो र पूर्वी भारतसँग सीमा जोडिएको मेचीनगरका लागि सबैभन्दा बढी रु ८३… पुरा पढौ

बजेटले स्वदेशी उद्योगलाई उपेक्षा गरेकाे सरोकारवालाकाे भनाई

काठमाडौं, २० जेठ । अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संसदमा प्रस्तुत गरेको बजेटमाथि छलफल तथा प्रतिक्रिया दिने क्रम जारी नै छ । यसबीचमा सत्ता पक्षले बजेटको बचाउ गरेपनि सरोकारवालाहरूले भने बजेटले आफूहरूको मुद्दा समेट्न नसकेको प्रतिक्रिया दिएका छन् । बिशेषगरी सेनेटरी प्याड र नेपाली कपडा उद्योगहरूलाई सरकारकाे याे बजेटमा धेरै नै उपेक्षा गरेको सरोकारवालाहरूको बुझाइ छ । कपडा उद्योगीहरूले सरकारले प्रस्तुत गरेकाे आर्थिक वर्ष २०७९/ ८० को बजेटबाट आफूहरू निराश भएको समेत बताएका छन् । नीति तथा कार्यक्रम र बजेटमार्फत… पुरा पढौ

ह्वात्तै बढ्यो सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं, २० जेठ । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ ९०० तथा चाँदीमा रुपैयाँ २५ ले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा एकैदिन ९०० ले बढेर तोलाको ९८ हजार ५०० रुपैयाँ पुगेको छ । यसअघि बिहिबार छापावाल सुनको भाउ तोलाको ९७ हजार ६०० रुपैयाँ कायम भई कारोबार भएको थियो । तेजाबी सुन तोलाको ९८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन… पुरा पढौ

७ प्रदेशलाई १ खर्ब बढी बजेट, कसले कति पाए ?

काठमाडौं, २० जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि देशैभरका ७५३ स्थानीय तहलाई ३ खर्ब ३७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । ६ महानगरपालिकाका लागि १० अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आवका लागि विनियोजन गरेको बजेट देशभरका ११ उपमहानगरपालिकाका लागि १० अर्ब ४२ करोड रुपैयाँ रहेको छ । यस्तो बजेट नगरपालिकाका लागि १ खर्ब ३३ अर्ब ४६ करोड रुपैयाँ रहेकाे छ । स्थानीय तहमा पठाएको बजेट देशैभरका गाउँपालिकाका लागि १ खर्ब ४६… पुरा पढौ