आर्थिक 📈

संसदमा बजेटको सैद्धान्तिक छलफल आजपनि

काठमाडौं, १८ जेठ । सरकारले आइतवार संसद्मा पेश गरेको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि बुधवार पनि प्रतिनिधि सभामा सैद्धान्तिक छलफल हुँदैछ । मंगलवारदेखि प्रतिनिधि सभामा शुरू भएको सैद्धान्तिक छलफल बुधवार पनि जारी रहने छ । बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ । सामान्य छलफल सकिएपछि विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुनेछ । अर्थमन्त्री जनार्दन शर्माले आइतवार संसद्मा १७ खर्ब ९३ अर्ब बराबरको बजेट पेश गरेका थिए । साउन १ गतेबाट लागू हुने बजेट… पुरा पढौ

म्याग्दीका पालिकालाई दुई अर्ब ११ करोड अनुदान

म्याग्दी, १८ जेठ । सङ्घीय सरकारले म्याग्दीका स्थानीय तहलाई आगामी आर्थिक वर्ष २०७९÷८० का लागि कूल रु दुई अर्ब ११ करोड ६१ लाख विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको बजेट वक्तव्यको विवरणमा म्याग्दीको बेनी नगरपालिका र पाँच गाउँपालिकालाई समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान शीर्षकमा सो बजेट विनियोजन गरिएको उल्लेख छ । बेनी नगरपालिकाले रु ५१ करोड ४२ लाख, अन्नपूर्ण गाउँपालिकाले रु ३३ करोड ८३ लाख र धवलागिरि गाउँपालिकाले रु २७ करोड ६७ लाख अनुदान पाउने भएका… पुरा पढौ

बागलुङका स्थानीय तहलाई चार ३४ करोड ८१ लाख अनुदान

बलेवा, १८ जेठ । जिल्लाका १० स्थानीय तहलाई सङ्घीय सरकारबाट रु चार अर्ब ३४ करोड ८१ लाख बजेट विनियोजन भएको छ । जिल्लाका चार नगरपालिका र ६ गाउँपालिकालाई सङ्घीय सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि बजेट बाँडफाँट गरेको हो । सबैभन्दा बढी बागलुङ नगरपालिकालाई रु ८५ करोड २५ लाख बजेट विनियोजन गरिएको छ । गलकोट नगरपालिकालाई रु ५१ करोड एक लाख, जैमिनी नगरपालिकालाई रु ५२ करोड २४ लाख र ढोरपाटन नगरपालिकालाई रु ३७ करोड एक लाख बजेट विनियोजन भएको जैमिनी… पुरा पढौ

विन नेपाल लघुवित्तको सेयरमूल्य नेप्सेमा समायोजन, साधारण सभा कहिले ?

काठमाडौं, १८ जेठ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य आजबाट नेप्सेमा समायोजन भएको छ । लघुवित्तिको साधारण सभा तथा लाभांश वितरणको प्रयोजनका लागि बुक्लोज गरिएपछि सेयरमूल्य समायोजन भएर नयाँ मूल्य कायम गरीएको हो । लघुवित्तको ९.३३ प्रतिशत बोनस सेयर नेप्सेमा समायोजन गरिएको छ । समायोजन पछि सेयरमूल्य ९८७ रुपैयाँ ८३ पैसा भएको छ । यो रकम अघिल्लो दिन अन्तिम कारोबार भएको मूल्यको आधारमा समायोजन भएको हो । मंगलरबार अन्तिम मूल्य प्रतिकित्ता १ हजार ८० रुपैयाँ रहेको थियो । विन… पुरा पढौ

बजेटले हाम्रा माग सम्बोधन गरेको छ : इपान

काठमाडौं, १७ जेठ । निजी क्षेत्रका ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)ले सरकारको आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गरिएको ऊर्जा क्षेत्रका प्रावधान सकारात्मक रहेको भन्दै स्वागत गरेको छ । जलविद्युत् उत्पादन, प्रसारण लाइन विस्तार, उपभोग वृद्धि र ग्रामीण विद्युतीकरणलाई प्राथमिकतामा राखेर आएको बजेटमा ऊर्जा क्षेत्रको विकासका लागि रु ७५ अर्ब १० करोड बराबरको बजेट विनियोजन गरिएकामा इपानले प्रसन्नता व्यक्त गरेको छ । सरकारले यही जेठ १५ गते आर्थिक वर्ष २०७९/०८० का लागि रु १७ खर्ब ९३ अर्ब ८३ करोड बराबरको बजेट… पुरा पढौ

बजेट सन्तुलित छ, तर कार्यान्वयन चुनौतीपूर्ण

काठमाडौं, १७ जेठ । प्रतिनिधिसभाका सांसदहरुले बजेट पूर्णरुपमा सन्तुलित भए पनि कार्यान्वयन चुनौतीपूर्ण हुने टिप्पणी गरेका छन् । सभाको आजको बैठकमा आर्थिक वर्ष २०७९÷८० को प्रस्तुत बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा सांसद राजेन्द्रप्रसाद गौतमले घट्दो अर्थतन्त्र वर्तमान अवस्थाको मुख्य समस्या भए पनि समग्र बजेट त्यसतर्फ केन्द्रित हुन नसकेको धारणा राखे। प्रसार र वितरणमुखी बजेट भएको, बजेटको स्रोतमाथि व्यापक आशङ्का भएका कारणले पनि कार्यान्वयन चुनौतीपूर्ण हुने उनको भनाइ छ । उनले भने,“मूल्य वृद्धि ७ प्रतिशत छ, यो बढेर अब १०… पुरा पढौ

सेयरबजार लगातार ओरालो लाग्दै, एनआईसी एशिया बैंककाे कारोबार अब्बल

काठमाडौं, १७ जेठ । नेपाल सरकारले आर्थिक वर्ष २०७९-८० को बजेट प्रस्तुत गरेपछि लगातार दोश्रो दिन पनि सेयर बजार नकारात्मक लयमा देखिएको छ । नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ । म्युचुअल फण्डबाहेक सबै सूचकांकहरु ऋणात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको समिक्षा तथा बजेटलाई पर्खिरहेका लगानीकर्ताहरु बजेट घोषणा भईसक्दा पनि ढुक्कले लगानीका लागि तत्पर देखिएका छैनन् । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३५.५३ अंकले घटेर २१३७.९२ विन्दुमा… पुरा पढौ

बजेटको गन्तव्य स्पष्ट छैन, चौबाटोमा उभिएकोले मुलुकको हित गर्दैन : योगेश भट्टराई

काठमाडौं, १७ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को प्रस्तुत बजेटमाथि विभिन्न सांसद्हरुले सैद्धान्तिक छलफलमा भाग लिने क्रम जारी रहेको छ । बैठकमा नेकपा एमालेका योगेशकुमार भट्टराईले बजेटको गन्तव्य स्पष्ट नभइ चौबाटोमा उभिएकोले यसले मुलुकको हित नगर्ने धारणा राखे । उनले नेपाली समाजमा रहेको उत्पादित वस्तु र साधनको समतामूलक वितरण गरेर न्यायमूलक समाज निर्माण गरिनुपर्नेमा बजेट अल्मलिएको टिप्पणी गरे। एमालेकै शेरबहादुर तामाङले लक्ष्य नभएको बजेट आएको तथा बजेट आयातमुखी भएको बताए। नेपाली कांग्रेसका भरतकुमार साहले शिक्षा र स्वास्थ्य… पुरा पढौ

बजेट सकारात्मक भएपनि कार्यन्वयनको पाटो चुनौतिपूर्ण : चेम्बर अफ कमर्स

काठमाडौं, १७ जेठ । सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट सकारात्मक भएपनि कार्यन्वयनको पाटो निकै चुनौतीपूर्ण रहेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको १७ खर्ब ९३ अर्व ८३ करोड रुपैयाँको बजेट आकार पनि ठूलो भएको चेम्बरले जनाएको छ । चालु आर्थिक वर्षमा १६ खर्ब ३३ अर्व रुपैयाँको बजेट ल्याए पनि खर्च गर्न नसकेर संशोधन मार्फत १४ खर्ब ४७ अर्व ५१ करोड रुपैया“को बनाइएको भन्दै चेम्बरले बजेट यथार्थमा आधारित हुन नसकेको बताएको… पुरा पढौ

बजेट संयमित भएर ल्याएका छौं, चुनावमुखी होइन: अर्थमन्त्री

काठमाडौं, १७ जेठ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट संयमित भएर ल्याएको भन्दै यसको लक्ष्य प्राप्त हुने दाबी गरेका छन् । आर्थिक वर्ष (आव) २०७९/८० को बजेट सार्वजनिक भएको भोलिपल्ट सोमवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले चुनावमुखी नभई संयमित बजेट ल्याएको दाबी गरे । शर्माका अनुसार अघिल्लोको तुलनामा यसपालि बजेटको आकारदेखि ऋणसम्मको वृद्धिदर घटाइएको छ । बजेटमा प्रस्तुत विषयहरू कार्यान्वयन हुँदैन कि भन्ने आशंका नगर्न उनले आग्रह गरे । ‘हामीले बजेटमा निश्चित लक्ष्य राखेर जाने भनेका छौं ।… पुरा पढौ