आर्थिक 📈

नेपालको अर्थतन्त्रको आकार ४८ खर्ब ५१ अर्ब ६२ करोड रुपैयाँ पुग्यो

काठमाडौं, १५ जेठ । नेपालको अर्थतन्त्रको आकार ४८ खर्ब ५१ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । अर्थ मन्त्रालयले शनिबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण अनुसार कुल गार्हस्थ्य उत्पादन (उपभोक्ता मूल्यमा) नेपालको अर्थतन्त्रको आकार साढे ४८ खर्ब पुगेको छ । चालू आवको पहिलो ८ महिनासम्ममा नेपालको अर्थतन्त्रको आकार ५ खर्ब ८५ अर्ब ३० करोड रुपैयाँले बढेको देखिएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा नेपालको अर्थतन्त्रको आकार ४२ खर्ब ६६ अर्ब ३२ करोड रुपैयाँ रहेको थियो… पुरा पढौ

श्वेतगंगा हाइड्रोपावरले जेठ २३ देखि सेयर निष्काशन गर्दै, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं, १५ जेठ । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सनले जेठ २३ गतेबाट सेयर निष्काशन तथा बिक्रीमा ल्याउँदैछ । कम्पनीले आयोजना क्षेत्रका जनताको लागि १५ लाख कित्ता ९३ हजार कित्ता सेयर बिक्रीमा ल्याउन लागेको हो । कम्पनीले जारी पूँजी १ अर्ब ५९ ३० लाख रुपैयाँको १० प्रतिशतले प्रतिसेयर १०० रुपैयाँ मूल्य अंकित दरमा १५ लाख ९३ हजार कित्ता सेयर बिक्री गर्ने भएको हो । आयोजना रहेको रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाका वडा नं २, ३ र ४, ओखलढुंगाको लिखु गाउँपालिकाका वडा… पुरा पढौ

नयाँ आर्थिक वर्षको बजेट आज सार्वजनिक हुँदै

काठमाडौं, १५ जेठ । सरकारले आज (आइतवार) आर्थिक वर्ष २०७९/८० को राजश्व तथा व्ययको अनुमान (बजेट) सार्वजनिक गर्दैछ । दिउँसो ४ बजे बस्ने संसदको दुवै सभाको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बजेट पेश गर्नेछन् । संवैधानिक व्यवस्था अनुसार प्रत्येक जेठ १५ गते संसदमा नयाँ आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्ने गरिएको छ । सोही व्यवस्था अनुरूप सरकारले आज बजेट सार्वजनिक गर्न लागेको हो । संसदको सम्भावित कार्यसूचीमा अर्थमन्त्री शर्माले बजेट टेबुल गर्ने कार्यसूची राखिएको संघीय संसदका महासचिव डा. भरतराज… पुरा पढौ

आत्मनिर्भर अर्थतन्त्रसहितको विकसित राष्ट्र बनाउने बाटाेमा अघि बढाैं : राष्ट्रपति भण्डारी

काठमाडाैं, १५ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले १५औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरित होस् भन्ने शुभकामना व्यक्त गरेकि छन् । राष्ट्रपति भण्डारीले गणतन्त्र दिवसका अवसरमा आज जारी गरेकाे शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्दै शुभकामना व्यक्त गरेकि हुन्। सन्देशमा भनिएको छ, “यस ऐतिहासिक दिवसले मुलुकको भौगोलिक अखण्डता, राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै… पुरा पढौ

सरकारसंग साझेदारी गर्दै मुनाबजार, प्रशोधन इकाई परियोजना सूचना बोर्डको अनावरण

काठमाडाैं, १४ जेठ । कृषि बिकास निर्देशनालय र मुना कृषि लिमिटेडको संयुक्त साझेदारीमा पोखरा सिर्जनाचाेकस्थित मुनाबजार 'मुना प्रशोधन इकाई' परियोजनाको सूचना बोर्डको अनावरण भएकाे छ । साे सूचना बाेर्डकाे कृषि बिकास निर्देशनालय गण्डकीका निर्देशक बासुदेव रेग्मीले एक कार्यक्रम माझ अनावरण गरेका हुन् । पोखरेली प्रमोटरहरू, स्थानीय ग्राहकबर्ग, संचारकर्मी र अभिभावक बिष्णु भण्डारीकाे सहभागितामा सम्पन्न कार्यक्रमसंगै निर्देशनालयबाट निर्माणाधिन संरचना, मेशीनरी, भण्डारण कक्ष र मुनाबजारको अवलोकन तथा जानकारी लिने काम भएकाे थियो । मुनाबजार सामाजिक उत्तरदायित्व बहन गरेकाे एक आर्गानिक कृषि उत्पादन… पुरा पढौ

रु ३२ लाखमा बन्याे मुस्ताङमा च्याङ्ग्राको भुवा सङ्कलन केन्द्र, ३ हजार किलो भण्डारण गर्न सकिने

लोमान्थाङ १४ जेठ । मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा पश्मिना बनाउने कच्चा पदार्थ च्याङग्राको भुवा सङ्कलन केन्द्र स्थापना गरिएको छ । केन्द्रमा तीन हजार किलो भुवा भण्डारणसमेत गर्न सकिनेछ । नेपाल लाइभस्टक सेक्टर इनोभेसन परियोजना (एनएलएसआइपी) र नेपाल फाइवर प्रोसेसिङ उद्योग प्रालिको ५०-५० प्रतिशत लागत साझेदारीमा च्याङ्ग्राको शरीरमा उत्पादन हुने भुवा सङ्कलन गर्न भवन निर्माण भएको हो । कूल रु ३२ लाखमा निर्माण भएको तीन हजार किलोग्राम भुवा भण्डारण गर्न सकिने तामक्रमलाई सन्तुलित बनाउने तीन कोठे प्रिफेक प्रविधिको भवनको आज गण्डकी… पुरा पढौ

नीति तथा कार्यक्रम खोक्रो र सारहीन भएको पौडेलको आरोप

काठमाडौं, १४ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का सांसद विष्णुप्रसाद पौडेलले सरकारको नीति तथा कार्यक्रमलाई दिशाहीन र उद्देश्यहीन रहेको टिप्पणी गर्दै खोक्रो र सारहीन रहेको बताएका छन् । यही जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा जारी छलफलमा भाग लिँदै उनले कार्यक्रम आर्थिक सङ्कटलाई समाधान गर्न कुनै मार्ग प्रशस्त गर्नेतर्फ केन्द्रीत नभएको आरोप लगाए। उनले औद्योगिक क्षेत्रका लागि कार्यक्रम नभएको, निजी क्षेत्रलाई हतोत्साहित बनाएको, विकास व्यवस्थापनको कार्यक्रम नभएको, मौद्रिक र वित्तीय नीतिबीच… पुरा पढौ

शनिबार आर्थिक सर्वेक्षण, आइतबार बजेट पेश गरिने

काठमाडाैं, १४ जेठ । प्रतिनिधिसभामा शनिबार आर्थिक वर्ष २०७८÷७९ को आर्थिक सर्वेक्षण पेश हुने भएको छ । बैठकमा हिजाेका लागि नै आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहेपनि प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)को अवरोधका कारण पेश हुन पाएन । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नु भन्दा अघि नै आर्थिक सर्वेक्षण पेश गर्नुपर्ने व्यवस्था छ । अर्थमन्त्री जनार्दन शर्माले उक्त आर्थिक सर्वेक्षण पेश गर्ने कार्यक्रम छ । यही जेठ १५ गते सङ्घीय संसदको संयुक्त बैठकमा अर्थमन्त्रीले आगामी आवको बजेट पेश गर्नेछन् । गणतन्त्र… पुरा पढौ

रिभर फल्स पावरको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

काठमाडाैं, १३ जेठ । प्रभु क्यापिटल लिमिटेड रिभर फल्स पावर लिमिटेडको शेयर रजिष्ट्रारमा नियुक्त भएको छ । शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि रिभर फल्स पावर लिमिटेड र प्रभु क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो । सम्झौतामा रिभर फल्स पावर लिमिटेडका तर्फबाट सञ्चालक मित्रलाल श्रेष्ठले र प्रभु क्यापिटलको तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । २०७९ जेष्ठ ९ गतेदेखि लागू हुने गरी रिभर फल्स पावर लिमिटेडले प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । शेयर राजिष्ट्रारको रुपमा प्रभु… पुरा पढौ

नेप्सेमा दोहोरो अंकको गिरावट, प्रभु बैंकको प्रमोटर सेयर १७ करोड ६० लाख बढीको कारोबार

काठमाडौं, १३ जेठ । साताको सेयर कारोबार हुने पाँचौ तथा अन्तिम दिन नेपाली सेयर बजारमा फेरि करेक्सन भएको छ । केहिदिन उकालो लागेर लगानीकर्ताको मनोवल बढाएकोमा शुक्रबार पुनः घटाएको छ । नेप्सेमा दाेहाेराे अंककाे गिरावट भएकाे हाे । होटल तथा पर्यटन उपसमूहको २.४ अंकको बृद्धि भएपनि अन्य सबैको घटेको छ । कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा बृद्धि भएको छ । बिहिबार ८८ करोडमा सिमित भएको कारोबार यसदिन १ अर्ब नाघेको छ । यसदिन कुल २२३ कम्पनीको सेयर खरिदबिक्री भएको… पुरा पढौ