आर्थिक 📈

बजेटमा नाडाको मिश्रित प्रतिक्रिया, यी बुँदामा पुनर्विचार गर्न माग

काठमाडौं, १७ जेठ । नाडा अटोमोबाइल एशोसिएसन अफ नेपाल (नाडा)ले बजेटमा मिश्रित प्रतिक्रिया दिएको छ । बजेटमा सरकारले गरेको केही व्यवस्था निकै सराहनीय भनेको नाडाले केही बुँदामा भने पुनर्विचार आवश्यक हुने बताएको छ । नाडाका अध्यक्ष ध्रुव थापाले नाडाले केही विषयलाई सकारात्मक भनेको तर केही विषयलाई भने सरकारले पुनर्विचार गर्नेपर्ने बताए । नाडाले सोमवार एक विज्ञप्ति जारी गर्दै सवारी साधन एसेम्बल उद्योग लगायत इलेक्ट्रीक रिक्सा, मोटरसाइकल र स्कूटर उत्पादनमा लाग्ने पार्टपुर्जा वा कच्चा पदार्थहरूमा १ प्रतिशत मात्र भन्सार महशुल लाग्ने… पुरा पढौ

फेरि घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १७ जेठ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा पहेंलो तथा सेतो धातु सुनचाँदीको भाउ ओरालो लागेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ २०० तथा चाँदीमा रुपैयाँ १५ ले गिरावट भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार छपावाल सुनमा रुपैयाँ २०० ले घटेर प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार पहलो धातु छापावाल सुनको भाउ तोलाको ९८ हजार २०० रुपैयाँ कायम भई खरिदबिक्री भएको थियो । तेजाबी सुन तोलाको… पुरा पढौ

संसद बैठक आज, बजेटमाथि छलफल गरिँदै

काठमाडौं, १७ जेठ । बजेटमाथि सैद्धान्तिक छलफलका लागि प्रतिनिधि सभाको बैठक आज (मंगलवार) बस्दै छ । बैठक बिहान ११ बजे बस्न लागेको बैठकमा बजेटमाथि छलफल हुनेछ । आज बस्ने बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आइतवार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटबारे छलफल हुने छ । संघीय संसदको महासचिव डा. भरतराज गौतमले बजेटमाथि छलफल गर्ने सम्भावित कार्यसूची रहेको जानकारी दिए । बैठकको शुरूमा अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल शुरू गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि… पुरा पढौ

दोर्दीखोला जलविद्युतकाे सेयर जेठ २६ गतेदेखि निष्काशन हुदैं

काठमाडाैं, १७ जेठ । दोर्दी खोला जलविद्युत कम्पनीले जेठ २६ गतेदेखि करिब २२ लाख कित्ता सेयर निष्काशन गर्ने तयारी गरेकाे छ। कम्पनीले सर्वसाधारणका लागि साे सेयर बिक्रीमा ल्याउन लागेकाे हो। आयोजना प्रभावित जनतालाई बाँडफाँड गरेर बिक्री हुन बाँकी रहेको २ लाख ९७ हजार ८४० कित्ता गाभेर प्रतिकित्ता १०० अंकित दरले २१ लाख ९५ हजार ५०९ कित्ता साधारण शेयर निष्काशन गर्ने भएकाेहाे । साे शेयरमध्ये ६५ हजार ८६५ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि रहेकाे छ । १ लाख ९ हजार ७७५… पुरा पढौ

बजेट आएको भोलिपल्टै नेप्से राताम्मै, विश्वस्त भएनन् लगानीकर्ताहरु

काठमाडौं, १६ जेठ । केहि दिन सकारात्मक लयमा गएको नेपाली सेयर बजार नेपाल सरकारले आर्थिक वर्ष २०७९-८० को बजेट प्रस्तुत गरेको भोलिपल्टै सोमबार नकारात्मक लयमा गएको छ । लगानीकर्ताहरुले मौद्रिक नीतिको समिक्षा र बजेटलाई पर्खिएको भएपनि अझैं उनहिरु ढुक्ककासाथ लागनीका लागि तत्पर भएको देखिएन । सम्पूर्ण सूचकहरु राताम्मै भएका छन् । काराेबार रकममा पनि उल्लेखनिय बढोत्तरी भएको छैन । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४५.०९ अंककले घटेर २१७८.६९ विन्दुमा झरेको छ । नेप्सेमा २.०३ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स… पुरा पढौ

बजेटले गर्याे करको दायरा परिवर्तन, केमा घट्यो केमा बढ्यो ?

काठमाडौं, १६ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत करको दायरा परिवर्तन गरेको छ । सरकारले निर्यात प्रवर्द्धन गर्न कर छुट, स्वदेशमै सवारीसाधनको एसेम्बल गर्न कर छुटदेखि विभिन्न वस्तुको भन्सार दरमा परिवर्तन गरेको छ । सरकारले करको दायरा विस्तारका लागि संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी निकायले स्थायी लेखा नम्बर लिनुपर्ने र विद्युतीय माध्यमबाट अग्रिम कर कट्टीको विवरण दिनुपर्ने व्यवस्थालाई अनिवार्य गरेको छ । नागरिकता तथा राष्ट्रिय परिचयपत्र प्रदान गर्दाकै बखत व्यक्तिगत स्थायी लेखा नम्बर प्रदान गर्ने… पुरा पढौ

बढ्यो सुनचाँदीको भाउ, कति पुग्यो तोलाको ?

काठमाडौं, १६ जेठ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैया २०० तथा चाँदीमा ५ रुपैयाँले बढेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा रुपैयाँ २०० ले बढेर तोलाको ९८ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन स्थिर रहि तोलाको ९८ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलाको ९७ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुन तोलाको ९७… पुरा पढौ

हिमालयन हाइड्रोपावरकाे सेयरमा आवेदन दिने म्याद आजसम्म

काठमाडाैं, १६ जेठ । हिमालयन हाइड्रोपावर लिमिटेडको सेयरमा आवेदन दिने म्याद थप गरिएको छ । लगानीकर्ताले थपिएकाे मिति आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले वैशाख २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका जनताको लागि सेयर बिक्रीमा ल्याएको थियो । कम्पनीले माग गरेबमोजिम आवेदन नपरेपछि फेरि दोश्रो पटक जेठको तीन गतेसम्म आवेदन दिने म्याद थप गरेकाे थियाे । ढिलोमा आवेदन दिने म्याद जेठ ८ गतेसम्म भनिएकोमा माग अनुसारको आवेदन नपरेपछि जेठ १६ गते आजसम्म आवेदन दिनका लागि म्याद थपिएको थियो । स्थानियका लागि… पुरा पढौ

यस्ता छन् बजेटका नयाँ नारा र आर्थिक समृद्धिको नयाँ अभियान

काठमाडौं, १६ जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विभिन्न २० वटा नयाँ नारामार्फत आर्थिक समृद्धिको नयाँ अभियान सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटमा अगाडि सारिएका नाराले समग्रतामा यर्थाथतालाई सम्बोधन गरिएको टिप्पणी गरिएको छ । सरकारको बजेटमा आगामी आव आत्मनिर्भरताका लागि कृषि उत्पादनको राष्ट्रिय अभियान वर्ष हुने उल्लेख गरिएको छ । सो अभियानअन्तर्गत आन्तरिक उत्पादन बढाउन आत्मनिर्भरताका लागि कृषि उत्पादन कार्यक्रम सञ्चालन गरिने भएको छ । नेपालको ग्रामीण क्षेत्रलाई कृषि उत्पादनको… पुरा पढौ

गण्डकीमा बजेटः कृषि, पूर्वाधार विकासदेखि संस्कृतिको संरक्षणसम्म विनियाेजन

काठमाडाैं, १६ जेठ । सरकारले अघि सारेको आर्थिक वर्ष २०७९÷०८० को बजेटमा गण्डकी प्रदेशमा पूर्वाधार विकाससँगै संस्कृति जगेर्ना लगायतमा जोड दिइएको छ । संसद्को बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आइतबार प्रस्तुत गर्नुभएको बजेटमा संघीय सरकारले प्रदेशमा विभिन्न क्षेत्र विशेषमा बजेट विनियोजन गरेको छ । कृषिको उत्पादनलाई जोड दिएको सरकारले गण्डकी प्रदेशका हिमाली जिल्लालाई स्याउ उत्पादन र प्रशोधन केन्द्र बनाउन कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख गरिएको छ । सरकारले मुस्ताङको कोरलामा सुक्खा बन्दरगाह निर्माणको सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अघि बढाउने अर्थमन्त्री… पुरा पढौ