आर्थिक 📈

मौद्रिक नीति मार्फत राष्ट्र बैंकले भन्याे- आर्थिक स्थायित्वका लागि ब्याजदर र अन्य छनोटपूर्ण उपकरण प्रयोग गरिनेछ

काठमाडाैं, १३ जेठ । नेपाल राष्ट्र बैंकले आन्तरिक तथा बाह्य क्षेत्रमा परेको दबाब कम गरी आर्थिक स्थायित्व कायम गर्न ब्याजदरका साथै अन्य छनोटपूर्ण उपकरण प्रयोग गर्ने भएको छ । केन्द्रीय बैंकले चालु आवको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै ब्याजदर बढ्न सक्ने समेत सङ्केत गरेको छ । तरलताको अभावका कारण वित्तीय क्षेत्रमा समस्या पैदा भएको भनेकाे छ । बैंक तथा वित्तीय संस्थाले सहजरुपमा कर्जा प्रवाह गर्न सकेका छैनन् । पछिल्ला दिनमा स्थानीय तहको निर्वाचन लगायतका कारणले तरलतामा केही सहजता पैदा… पुरा पढौ

घट्ला त पेट्रोलियम पदार्थमा लागेको पूर्वाधार कर ?

काठमाडौं, १३ जेठ । सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाउने तयारी गरेको छ । रुस र युक्रेनबीचको सङ्घर्षको बाछिटा अन्तर्राष्ट्रिय बजारमा पर्दा इन्धनको मूल्यमा उच्च वृद्धि भएपछि सरकारले आन्तरिक बजारमा परेको चापलाई कम गर्न पूर्वाधार कर हटाउने निर्णय गरेको हो । मन्त्रिपरिषद्को यही जेठ १० गतेको बैठकले कर समायोजन गर्ने सैद्धान्तिक निर्णय गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर समायोजन गर्ने विषयमा मन्त्रिपरिषद्ले सैद्धान्तिक निर्णय गरेको जानकारी दिए।… पुरा पढौ

भन्सार विभागकाे तथ्याङ्कले भन्छ: चालू आर्थिक वर्षकाे १० महिनामा २९ अर्ब ७० कराेडको सुन भित्रियो

काठमाडौँ, १३ जेठ। नेपालमा चालू आर्थिक वर्ष २०७८/ ७९ को १० महिना अवधीमा २९ अर्ब ७० कराेड बढीको सुन नेपाल भित्रिएको छ । भन्सार विभागको तथ्याकं अनुसार याे अवधीमा २९ अर्ब ७० करोड १० लाख ४९ हजार रुपैयाँ बराबरको सुन आयात भएको हाे । तथ्याकं अनुसार २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा सो मूल्य बराबरको सुन नेपाल आयात भएको हो । उक्त मूल्यमा ४२ लाख ४८ हजार ५०० ग्राम सुन नेपालले आयात गरेको विभागको तथ्याकं छ । अघिल्लो आर्थिक वर्ष… पुरा पढौ

फलामको कच्चा पदार्थकाे आयातकर बढेपछि उद्योग मन्त्रालयले पठायाे अर्थलाई पत्र

काठमाडौं, १३ जेठ । उद्योग मन्त्रालयले कर्कटपाता, पाइप, जीआई वायर लगायतका फलामे सामग्रीको कच्चा पदार्थ महँगो भएका विषयमा अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएको छ। उद्योगले बिहीबार अर्थलाई पत्राचार गर्दै तयारी वस्तुको महसुल बढाएर नेपालका उद्योगको संरक्षण गर्न अनुरोध गरेको हो। उद्योग सचिव अर्जुन पोखरेलका अनुसार बुधबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा मन्त्रालय पुगेको टोलीले फलाम उद्योगको संरक्षणका लागि राजस्व संरचनामा सुधार गर्न आग्रह गरेको थियो। भारतले गत शनिबार मात्र फलामजन्य कच्चा पदार्थको निर्यातमा १५ प्रतिशतसम्म निकासी कर बढाएको… पुरा पढौ

बढ्यो सुनचाँदीको भाउ, कति पुग्यो तोलाको ?

काठमाडौं, १३ जेठ । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ २०० तथा चाँदीमा रुपैयाँ १० ले बृद्धि भएको जानकारी गराएको छ । यसदिन छापावाल सुनमा रुपैयाँ २०० ले बढेर तोलाको ९८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बिहिबार छापावाल सुनको भाउ तोलाको ९७ हजार ८०० रुपैयाँ कायम भई कारोबार भएको थियो । तेजाबी सुन ९७ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार… पुरा पढौ

राप्ती हाइड्रोले जेठ २४ देखि आईपीओ निष्काशन गर्दै, कहिलेसम्म दिने आवेदन ?

काठमाडैं, १३ जेठ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले जेठ २४ गतेबाट आयोजना प्रभावित क्षेत्रका जनताको लागि आईपीओ निष्काशन तथा बिक्रीमा ल्याउन लागेको जनाएको छ । प्रतिसेयर १०० अंकित मूल्य दरमा ६ लाख १२ हजार ७९३ कित्ता साधारण सेयर निष्काशन तथा बिक्रीमा ल्याउने भएको हो ।कम्पनीको आयोजना प्रभावित क्षेत्र रुकुम पूर्वि जिल्ला, रुकुम पश्चिम जिल्लाका जनताका लागि सेयर निष्काशन गर्न लागिएको हो । सेयर जगानी गर्न चाहने लगानीकर्ताले असार ७ गतेसम्म आवेदन दिन पाउने छन् । तोकिएको अवधिसम्म माग… पुरा पढौ

गण्डकी प्रदेश सभामा पेस भएकाे बजेटका सिद्धान्त र प्राथमिकता(पूर्णपाठ)

पोखरा, १२ जेठ । अर्थ मन्त्री रामजीप्रसाद बराल जीवनले बिहिबार गण्डकी प्रदेश सभामा बजेटका सिद्धान्त र प्राथमिकता २०७९-८० छलफलका लागि पेस गरेका छन् । जसअनुसार गण्डकी प्रदेशको विकासको लागि निजीक्षेत्र, सहकारी क्षेत्रसँगको साझेदारीलाई सहज बनाउन नीतिगत सुधार गरिने भएको छ । प्रदेशको आय र जीवनस्तरमा सुधार ल्याउन, प्रदेशभित्र औद्योगिक लगानीको प्रवर्द्धन गर्न, प्रदेश गौरवका आयोजना तथा रणनीतिक महत्त्वका आयोजनामा वैदेशिक लगानी परिचालन गर्न आवश्यक कानूनी व्यवस्था सहित लगानीको वातावरण विकास गरिने भएको छ । प्रथम पञ्चवर्षीय योजनाको मध्यावधि मूल्याङ्कन गरी… पुरा पढौ

८.०३ अंकले बढ्यो नेप्से, कारोबारमा मेघा बैंक अब्बल

काठमाडौं, १२ जेठ । सेयरबजार लगातार सकारात्मक लयमा गएकाे छ । साताको सेयर कारोबार हुने चौथो दिन दिन बिहिबार पनि सेयरबजारमा दोहोरो अंकको बृद्धि देखिएको छ । सेयर बजारको लय सकारात्मक मानिए पनि अघिल्लो दिनमा सम्पूर्ण सूचकहरुमा छाएको जस्ताे हरियाली आज भने कायम हुन सकेन । १३ उपसमूहमध्ये ५ वटामा रातो लागेको छ । उनीहरुको सेयर घटेको छ । बाँकी ८ मा हरियाली छाएको छ । उनीहरुको सेयर बढेको छ । कारोबार रकममा भने निकै कमि आएको छ । अघिल्लो… पुरा पढौ

गहुँपछि भारतले रोक्यो चिनी, नेपालमा कस्तो पर्ला असर ?

काठमाडौँ, १२ जेठ । भारतले महँगी बढेको भन्दै गहुँ निर्यातमा रोक लगाएको दुई साता नपुग्दै चिनीको निर्यातमा पनि रोक लगाउने घोषणा गरेको छ । भारतले वैशाख अन्तिम साता गहुँ निर्यातमा रोक लगाएको थियो भने आगामी जुन १ (१८ जेठदेखि) चिनी निर्यातमा समेत रोक लगाउने निर्णय गरेको छ । भारतमा उपभोक्ता मुद्रास्फीति ७.७९ प्रतिशत पुगेपछि गहुँ निर्यातमा अल्पकालीन रोक लगाउने निर्णय गरेको थियो । अब चिनी निर्यातमा पनि रोक लगाउने भएको हो । भारतले सीमा तोकेर जम्मा एक करोड टन मात्रै… पुरा पढौ

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १२ जेठ । सुनचाँदीको कारोबार हुने साताको पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ४०० तथा चाँदीमा रुपैयाँ ५ ले घटेको हो । छापावाल सुनमा रुपैयाँ ४०० ले घटेर तोलाको ९७ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बुधबार छापावाल सुन तोलाको ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलाको ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । बुधबार तेजाबी सुन तोलाको ९७… पुरा पढौ