आर्थिक 📈

एनएमबी लघुवित्तको खुद नाफा घट्यो , निक्षेप संकलन १ अर्ब ८९ करोड

काठमाडौं, १७ माघ । गत वर्षको तुलनामा एनएमबी लघुवित्तको खुद नाफा घटेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक परिस्कृत वित्तीय विवरणमा गत आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा करिब ४५ लाख रुपैयाँ खुद नाफा घटेको हो । गत आर्थिक वर्षको पहिलो ६ महिनामा ७ करोड ७० लाख ८४ हजार नाफा कमाएको लघुवित्तले चालू आवको सोही अवधीमा ७ करोड २५ लाख ७७ हजार रुपैयाँ मात्रै नाफा कमाएको छ । लघुवित्तको ब्याज आम्दानी भने बढेको छ । विवरणअनुसार गत वर्षको पहिलो… पुरा पढौ

आयल निगमको कार्यकारी निर्देशकका लागि १७ को आवेदन

काठमाडौं, १७ माघ । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि १७ जनाले आवेदन दिएका छन् । कार्यकारी निर्देशकको रिक्त रहेको पदका लागि १७ जनाले आवेदन दिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयले उक्त पदका लागि २५ पुसमा आवेदन खुलाएको थियो । २४ पुसदेखि रिक्त रहेको उक्त पदका लागि निवेदन दिन मन्त्रालयले माघ १६ गतेसम्म समय दिएको थियो । त्यस समयमा दिने आवेदकमध्ये उद्योग विभागका पूर्वमहानिर्देशकदेखि नागरिक उड्यान प्राधिकरणका बहालवाला अधिकारी, निगमका पूर्वकर्मचारीलगायत छन् । मन्त्रालयका… पुरा पढौ

दोहोरो अंकले घट्यो नेप्से, ५ अर्बको सेयर किनबेच

काठमाडौं, १७ माघ । साताको दोस्रो दिन सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार भारी अंकले उकालो लागेको नेप्से आज १४.४८ अंकले घटेर २ हजार ८७१.०५ अंकमा झरेको छ । आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि झिनो अंकले घटेको छ । सेन्सेटिभ इन्डेक्स ०.०८ अंकले घटेर ५३८.४५ अंकमा झरेको छ । सोमबार २२५ कम्पनीको १ करोड १ लाख ५ हजार ६६९ कित्ता सेयर ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार ५९८ रुपैयाँमा खरिदविक्री भए ।… पुरा पढौ

महुली लघुवित्तको खुद नाफा ५ करोड ५६ लाख रुपैयाँ पुग्यो, सञ्चालन मुनाफा ९५.८१ प्रतिशतले वृद्धि

काठमाडौं, १७ माघ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ४९.२३ प्रतिशत बढेको छ । संस्थाको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक विवरणअनुसार खुद नाफा ४९.२३ प्रतिशतले बढेर ५ करोड ५६ लाख ३७ हजार रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको सोही अवधीमा लघुवित्तले ३ करोड ७२ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो भने लघुवित्तको खुद ब्याज आम्दानी ५४.९७ प्रतिशत बढेको छ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी १४ करोड ९४ लाख… पुरा पढौ

ऊर्जा मन्त्री भुसालसँग अष्ट्रेलियाली राजदूतको भेट, जलस्रोत र नवीकरणीय ऊर्जाका विषयमा छलफल

काठमाडौं, १७ माघ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी जान भोल्कले शिष्टाचार भेट गरेकी छन् । मन्त्रालयमा आज उनीहरूबीच भएको भेटमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको हो । सो अवसरमा मन्त्री भुसालले अष्ट्रेलियासँगको साझेदारीलाई नेपालले उच्च महत्व दिएको उल्लेख गर्दै सन् १९६० देखिको द्विपक्षीय घनिष्ट, सौहार्दपूर्ण र मैत्रीपूर्ण सम्बन्धलाई अझ विस्तार गर्दै लैजानुपर्नेमा जोड दिइन् । उनले विश्वले सामना गरिरहेको महामारी र जलवायु परिवर्तनका चुनौति बढ्दै गएकाले आपसी सहकार्य पहिलाभन्दा अझ… पुरा पढौ

फरवार्ड माइक्रोफाइनान्स र विन नेपाल लघुवित्तको कारोबारमा सकारात्मक सर्किट

काठमाडौं, १७ माघ । साताको दोस्रो कारोबार सुरु भएको आधा घण्टामै २ कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ । फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको कारोबार १० प्रतिशतले बढेर कारोबार बन्द भएको हो । फरवार्ड माइक्रोफाइनान्सको आज प्रतिकित्ता २१७ अंकले बढेर २ हजार ३८७ रुपैयाँमा पुगेर कारोबार बन्द भएको हो । विन नेपाल लघुवित्तको पनि आज १४७.२० अंकले बढेर १ हजार ६१९.२० रुपैयाँ प्रतिकित्ता पुगेर कारोबार बन्द भएको छ । यो समाचार तयार पार्दासम्म… पुरा पढौ

प्रि-ओपन सेसनमा १० अंकले बढ्यो नेप्से, ७७ लाखको कारोबार

काठमाडौं, १७ माघ । साताको दोस्रो कारोबारको प्रि-ओपन सेसनमा सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १०.२४ अंकले बढेर २ हजार ८९५.७७ बिन्दुमा प्रवेश गरेको छ । सो सेसनमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.९१ अंकले बढेर ५४१.४४ अंकमा प्रवेश गरेको हो । ४९ कम्पनीको १६ हजार १९५ कित्ता सेयर ७७ लाख ८९ हजार ९६७ रुपैयाँमा खरिद विक्री भएको हो । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएका १३ उपसमूहमध्ये अन्य समूह स्थिर र… पुरा पढौ

सोमबार घट्यो सुन र चाँदीको भाउ

काठमाडौं, १७ माघ । सोमबार सुनचाँदीको भाउमा गिरावट भएको छ । उसाे त नेपाली बजारमा सुनचाँदीको भाउमा तलमाथि हुने क्रम चलिनै रहेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने भाउको फेरबदलको कारण त्यसको प्रभाव पर्ने गरेको बताएको छ । यसदिन छापावाला सुनमा रुपैयाँ ४०० तथा चाँदीमा रुपैयाँ १० ले गिरावट भएको छ । छापावाला सुनमा यसदिन रुपैयाँ ४०० ले गिरावट भई प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छपावाला सुनको भाउ प्रतितोला ९२ हजार… पुरा पढौ

हायर पर्चेज कर्जा दिने कम्पनीले सञ्चित कोष कायम गर्नुपर्ने

काठमाडौं, १७ माघ । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीहरुको लागि नयाँ निर्देशिका जारी गरेको छ । कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था २०७० को तेस्रो संशोधन २०७८ जारी गर्दे हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था २०७० लाई तेस्रो संशोधन गर्दै कम्पनीले प्रत्येक वर्षको नाफाबाट २० प्रतिशत रकमको चुक्ता पुँजीको दोब्बर नहुँदासम्म छुट्याउनुपर्ने व्यवस्था गरेको हो । कम्पनीले ऋण तथा सापटी लिई कर्जा प्रदान गरेको अवस्थामा यसरी प्राप्त गरेको ऋण… पुरा पढौ

२ अर्बकाे एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १७ माघ । एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिनका लागि आज अन्तिम दिन रहेको छ । बैंकले माघको ३ गतेबाट वार्षिक साढे ८ प्रतिशत ब्याजदरको २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्रीमा ल्याएको थियो । “एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६ नामक सो ऋणपत्रको समयावधि ८ वर्षको रहेको छ । बैंकले प्रतिकित्ता १००० रुपैयाँ अंकित मूल्यको २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । उक्त ऋणपत्रबाट ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता… पुरा पढौ