आर्थिक 📈

एघारौं पोखरा महोत्सव पुस २८ देखि माघ ९ गतेसम्म आयोजना हुने

पोखरा ५ पुस । एघारौं पोखरा महोत्सव पुस २८ देखि माघ ९ गते सम्म आयोजना हुने भएको छ । आयोजक युनाइटेड क्लबले सोमबार पोखरामा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष एवं महोत्सव संयोजक राजु श्रेष्ठले अर्थतन्त्रलाई चलायमान बनाउन जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गरी महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए । अमरसिंह माविको खेल मैदानमा आयोजना हुने महोत्सव १२ दिन सम्म चल्ने छ । प्रचार प्रसार उपसमिति संयोजक शान्तबहादुर थापाले २ सय ४६ स्टल… पुरा पढौ

अर्थतन्त्र संकटमा पर्न थालेको भन्ने प्रचार नियोजित हाे : अर्थमन्त्री शर्मा

काठमाडौं, ५ पुस । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र संकटमा पर्न थालेको भनी भइरहेको प्रचारलाई ‘नियोजित हल्ला’ भएको बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा आयोेजित पुँजीगत खर्चसम्बन्धी अन्तरमन्त्रालयगत छलफल तथा अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकको अर्थतन्त्रका सूचकहरुमा संकट आएको भनी भ्रम छर्न खोजिएको बताए । ‘पुँजीगत खर्चको स्थिति कमजोर छ, यो कुरा साँचो हो । तर, अन्य सूचकहरु संकटमा रहेको भन्ने कुरा नियोजित हल्ला हो ।’ उनले भने, ‘पुँजीगत खर्च बढाउनै पर्छ, तरलता अभाव हटाउन पनि पुँजीगत खर्च आवश्यक छ… पुरा पढौ

बढ्यो सुनको भाउ, चाँदीको स्थिर

काठमाडौं, ५ पुस । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा छापावाला सुनको भाउमा बृद्धि भएको छ । चाँदीको भाउमा भने यसदिन कुनै घटबढ भएको छैन । छापावाला सुनमा रुपैयाँ २०० ले बृद्धि भएको छ भने चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छपावाला सुन प्रतितोला २०० रुपैयाँले बढेर प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन आईतबार छापावाल सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन… पुरा पढौ

अझैं उकालो लागेन सेयर बजार, कहिले फर्किएला लयमा ?

काठमाडौं, ५ पुस । साताको सेयर कारोबार हुने दोश्रो दिन सेयर बजार राताम्मै भएको छ । पहिलो दिन आईतबार उपत्यकामा भएको सार्वजनिक बिदाका कारण कारोबार बन्द भएको थियो । सोमबार बजार खुलेपछि सकारात्मक लय लिन्छ कि भनेर पर्खिरहेका लागनीकर्ताहरुको लागि यस दिनले पनि उनीहरुकाे मन खुसि बनाउन सकेन । पछिल्लो पटक नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीतिमाथिको समिक्षाबाट र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सेयर बजारमाथि गरेको नकारात्मक टिप्पणीको कारण ओरालो लागिरहेको छ । यहि बीचमा सेयर लगानीकर्ताहरुको संयुक्त कार्यदलले अर्थमन्त्री… पुरा पढौ

एमसिसीबारे छलफल गर्न गठबन्धन दलद्वारा कार्यदल गठन

काठमाडौं, ५ पुस । सत्तारुढ गठबन्धन दलहरुले संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे अन्य दलसँग छलफल गर्न र टुङ्गोमा पुग्न तीन सदस्यीय कार्यदल बनाएका छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाेलाएकाे सत्तारुढ गठबन्धनको बैठकले सो सहमति गरेको हो । कार्यदलमा नेकपा एकीकृत समाजवादीका वरिष्ठे नेता झलनाथ खनाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ रहेका छन् । कार्यदलले संसद् बैठक सुरु गर्नेदेखि संसद्मा विचाराधिन विभिन्न विषय अगाडि बढाउने… पुरा पढौ

मेलम्ची खानेपानी : टुंगो लागेन निर्माण कम्पनीको अवधि थप्ने विषय

काठमाडौं, ४ पुस । मेलम्ची खानेपानी आयोजनामा कार्यरत निर्माण कम्पनीको अवधि थप्ने विषय टुंगो लाग्न सकेको छैन । अस्थायी रूपमा पानी काठमाडौं ल्याउनका लागि अवधि थप गर्नुपर्ने भए पनि सरकारले टुंगो लगाइसकेको छैन । चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोको अवधि थप्नका लागि मेलम्ची खानेपानी विकास समितिले प्रक्रिया अघि बढाए पनि टुंगो लाग्न नसकेको हो । अस्थायी रूपमा पानी ल्याउका लागि विभिन्न संरचनामा मर्मत गर्नुपर्ने समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । गत फेबु्रवरीमा ठेक्का अवधि सकिएकामा अवधि थपको प्रक्रियामा हुँदा… पुरा पढौ

नेशनल लाइफ इन्स्योरेन्सद्वारा वरिष्ठ अभिकर्तालाई सम्मान

काठमाडौं, ४ पुस । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले देशभरका आफ्ना व्यवसायिक एजेन्सी लिडरहरुको सम्मानमा दुई दिने वार्षिक राष्ट्रिय कार्यक्रम गरेको छ । यही पुस २ र ३ गते पोखराको ग्रान्डी होटलमा सञ्चालन भएको अभिकर्ता वार्षिक कार्यक्रमअन्तर्गत ‘चियरपर्सन क्लब सदस्य सम्मान’ नामक उक्त कार्यक्रममा अभिकर्ताहरुलाई सम्मान गरिएको हो । देशभरबाट आर्थिक वर्ष ०७७÷७८ मा उत्कृष्ट व्यवसाय गर्ने करिब ५०० जना व्यवसायिक एजेन्सी लिडरहरुलाई कम्पनीकी अध्यक्ष प्रेमाराज्यलक्ष्मी सिंहले ‘सम्मान एवं चियरपर्सन क्लब सदस्यता ०७७/७८’ प्रदान गरिन् । उक्त कार्यक्रममा देशभरबाट आ.व. ०७७/७८ मा… पुरा पढौ

पुर्नकर्जामा १२० अर्ब लगानी, एक लाख ३३ हजार ऋणीलाई सहुलियतपूर्ण कर्जा

काठमाडौं, ४ पुस । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको चौमासिक समीक्षामा कर्जा तथा वित्तीय क्षेत्रसम्बन्धी व्यवस्थामा लगानी स्वीकृत गरेको छ । सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा चालू आवको चार महिनामा १२० अर्ब ११ करोड रुपैयाँ लगानी गरेको छ । यस अवधिमा एक लाख ३३ हजार ९३० ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई २०५ अर्ब दुई करोड रुपैयाँ कर्जा बक्यौता रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको विवरणअनुसार सहुलियतपूर्ण कर्जाअन्तर्गत कृषि तथा पशुपन्छी व्यवसायमा ५५ हजार… पुरा पढौ

एनआरएनए इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले गर्यो लाभांश वितरणको घोषणा

काठमाडौं, ४ पुस । एनआरएनए इन्फ्रास्ट्रचर एण्ड डेभलपमेन्ट लिमिटेडले लाभांश वितरणको घोषणा गरेको छ । कम्पनीको सम्पन्न संचालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले वितरणयोग्य संचित मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर तथा त्यसको कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांशसहित ५.२६ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । कम्पनीले लभांश वितरणको प्रस्ताव पारित गर्नका लागि पुस २९ गते साधारण सभा आव्हान गरेको छ । सभाबाट संचालक समितिले प्रस्ताव गरेको… पुरा पढौ

नेपाल वेयर हाउसले रु १३ करोड ७५ लाख बराबरकाे आइपीओ निष्काशन गर्ने

काठमाडौं, ४ पुस । नेपाल वेयर हाउस कम्पनीले साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीको प्रबन्धपत्र संशोधन गने गरी अधिकृत पुँजी रु ७० करोड र जारी पुँजी रु ६८ करोड ७५ लाख पु¥याउने प्रस्ताव सञ्चालक समितिले पारित गरेको छ । कम्पनीको सम्पन्न साधारणसभाले रु १३ करोड ७५ लाख बराबरका साधारण शेयर निष्काशन गर्ने भएको छ । साधारण शेयर बिक्रीका लागि कम्पनीले सम्बन्धित नियामक निकायमा प्रस्ताव पेश गर्ने निर्णय गरेको छ । कम्पनीका अध्यक्ष आनन्तकुमार बगडियाले कम्पनीलाई थप विस्तार गर्ने… पुरा पढौ