आर्थिक 📈

अमेरिकी डलरको भाउ १२२ रुपैयाँ नाघ्याे, अन्य देशको कति ?

काठमाडौं, ४ पुस । साताको पहिलाे दिन आइतबार एक अमेरिकी डलरको बिक्रीदर १२२ रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ १२२.०४ रुपैयाँ पुगेको छ । यस्तै, आज डलरको बिक्री मूल्य १२१.४४ रुपैयाँ पुगेको छ । यता एक यूरोको बिक्री मूल्य १३८.२५ र खरिद मूल्य १३७.५७ रुपैयाँ तोकिएको छ भने पाउण्ड स्टलिङको बिक्रीदर १६२.३५ र खरिददर १६१.५५ रुपैयाँ छ । सिंगापुर डलरको बिक्रीदर ८९.३८ रुपैयाँ र खरिददर ८८.९४ रुपैयाँ कायम छ । यस्तै, १० जापानी येनको… पुरा पढौ

तीन अर्ब ६० करोडकाे लगानीमा तल्लो मोदी जलविद्युत् आयोजना उत्पादन हुँदै

पर्वत, ४ पुस । मोदी खोलामा निर्मित २० मेगावाट क्षमताको तल्लो मोदी जलविद्युत् आयोजनाको उत्पादन सुरु भएको छ । निर्माण सुरु भएको नौ वर्षमा आयोजनाले उत्पादन सुरु गरेको हो । कुश्मा नगरपालिका–८ मा पावर हाउस र मोदी गाउँपालिका–५ बाजुङमा ड्याम रहेको यो आयोजनाले गत सातादेखि नियमित उत्पादन सुरु गरेको जनाएको छ । रु तीन अर्ब ६० करोड लागत अनुमान गरी २०६९ साउनमा सुरु भएको आयोजनाले ६० महिना अर्थात् २०७४ असारभित्रै उत्पादन दिने दाबी गरेको थियो । भूकम्प, नाकाबन्दी, कामदारको आन्दोलन,… पुरा पढौ

रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान सुरू

रसुवा, ४ पुस । उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान कार्य सुरू भएको छ । आयोजनाको अधिकांश संरचना निर्माण सम्पन्न भए पनि कोभिड–१९ सङ्क्रमणका कारण दक्ष प्राविधिक कार्यस्थलमा नआउँदा लामो समयदेखि स्थगन रहेको उपकरण जडान कार्य भर्खरै मात्र सुरू भएको हो । आयोजनाका प्रमुख सत्यराम ज्याख्वाका अनुसार १११ मेगावाट विद्युत् उत्पादन गर्ने क्षमताको उपकरण जडान गर्न जिम्मा पाएको भारतीय कम्पनी भोइथ इण्डियाले धेरै लामो समयपछि दक्ष जनशक्ति उपलब्ध गराएलगत्तै उपकरणको जडान अगाडि बढेको हो । उपकरण जडान गर्न करिब… पुरा पढौ

आईतबार सेयर बजार बन्द हुने

काठमाडौं, ३ पुस । आईतबार पुस ४ गते सेयर बजार बन्द हुने भएको छ । नेपाल सरकारले आईतबार उपत्यकामा सार्वजनिक बिदा दिएको कारण सेयर बजार बन्द हुने भएको हो । बिदाकाे कारण सेयर काराेबार नहुने भएकाेले बजार बन्द हुने नेप्सेले जनाएकाे छ । नेपाल सरकार गृहमन्त्रालयले एक सूचना जारि गरेर उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवस (धान्य पूर्णिमा) काे अवसरमा देशभरका सम्बन्धीत समुदायका लागि बिदा र काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ । मन्त्रिपरिषद्को पुस १ गते को… पुरा पढौ

नेशनल लाइफको नयाँ योजना : ‘जीवन श्री सावधिक अमृत बीमालेख’ सार्वजनिक

काठमाडौं, २ पुस । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बिमित वर्गको आयस्रोत, वचत र सुरक्षालाई सर्वोपरी ध्यानमा राख्दै जीवन श्री सावधिक अमृत बीमालेख नामक नयाँ सावधिक बिमा योजना नेपाली बिमा बजारमा प्रचलनमा ल्याएको छ । कम्पनीको पोखरामा भएको चेयरपर्सन क्लबको कार्यक्रममा कम्पनी अध्यक्ष श्रीमती प्रेमा सिंहले सो बीमालेखको शुभारम्भ गरेका हुन् । बिमाको अवधि समाप्तिपछि ८० वर्ष उमेरसम्म बिमांकको ९ प्रतिशतका दरले प्रत्येक वर्ष आयस्रोतको रुपमा उपलब्ध हुने यस बीमालेखबाट बीमितलाई ८० वर्ष उमेरपछि प्राप्त गर्ने बिमांक रकम र आर्जित… पुरा पढौ

धितोपत्र बजारबारे सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै एनआइबीएल एस क्यापिटल

काठमाडौं, २ पुस । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको स्वामित्वमा रहेको एनआइबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा एक अन्तर्क्रिया तथा लगानी सचेतनामुलक कार्यक्रम सञ्चालन भएको छ । उक्त कार्यक्रममा एनआइबीएल एस क्यापिटल लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत तथा मर्चेन्ट बैंकर्स संघका अध्यक्ष मेखबहादुर थापा तथा कम्पनीका अन्य पदाधिकारीहरुले स्थानीय लगानीकर्ताहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन गर्नुका साथै समस्त धितोपत्र बजारको विभिन्न आयामहरुको बारेमा समेत छलफल गरे । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेश स्तरमा लगानीकर्ता सचेतना अभिवृद्घि कार्यक्रमको सुरुवात सुदूरपश्चिम प्रदेशको धनगढीबाट गरिएको बताइएको छ… पुरा पढौ

पाैष मसान्तसम्म पुँजीगत बजेट ३० प्रतिशत खर्च गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं, २ पुस । शुक्रबार अर्थ मन्त्रालयमा पुँजीगत खर्चसम्बन्धी अन्तर मन्त्रालयगत छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्र आ-आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत रकम खर्च गरिसक्न विभिन्न मन्त्रालयलाई निर्देशन दिएका छन् । समयमा पुँजीगत खर्च हुन नसक्दा तरलतामा समेत असर परेको बताउँदै विकास खर्च गर्ने मन्त्रालयहरूलाई चाँडो खर्च गर्न मन्त्री शर्माले ताकेता गरेका हुन् । ‘बजेटहरूको सम्बन्धमा ढिलासुस्ती अर्थमन्त्रालयले गर्न मिल्दैन, गर्न पाउँदैन र गर्ने छैन भन्ने प्रतिवद्धता व्यक्त गर्दछु’, उनले भने, ‘आफ्नो… पुरा पढौ

दुई दिनमा रु १७०० ले बढ्यो सुनको भाउ

काठमाडौं, २ पुस । नेपाली बजारमा दुईदिन लगातार सुनको भाउ उकालो लागेको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा आएको बजार भाउको परिवर्तनसंगै नेपाली बजारमा पनि त्यसको प्रभाव परेको छ । साताको सुनको कारोबार हुने अन्तिम तथा छैटौं दिन छापावाला सुनमा एकैदिन रुपैयाँ १००० ले बृद्धि भएको छ । चाँदीमा पनि यसदिन १५ रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाला सुनमा रुपैयाँ १००० ले बृद्धि भएर प्रतितोला रुपैयाँ ९४ हजार पुगेको छ । यसअघि बिहिबार छापावाला सुनको भाउ… पुरा पढौ

विश्व बैंकद्वारा कम आय भएका देशहरूलाई ९३ अर्ब डलर सहयोगको घोषणा

काठमाडौं, २ पुस । विश्व बैंकले कम आय भएका देशहरूलाई कोभिड–१९ बाट सिर्जित सङ्कटको सामना गर्दै हरित, अझ लचिलो र समावेशी भविष्य निर्माणका लागि ९३ अर्ब डलरको पुनःपूर्ति ‘प्याकेज’ घोषणा गरेको छ । अन्तर्राष्ट्रिय विकास सङ्घबाट प्रवाह हुने उक्त सहायता ‘प्याकेज’ सङ्घको ६१ वर्षको इतिहासमा हालसम्मकै सबैभन्दा ठूलो हो । जापानले ‘भर्चुअल’ रूपमा आयोजना गरेको दुई दिने बैठकमा उक्त सहमति भएको विश्व बैंकले जनाएको छ । विश्वका ७४ गरिब देशमा प्रवाह गरिने उक्त सहायता रकमको ७० प्रतिशत अफ्रिकी मुलुकहरूलाई उपलब्ध गराइनेछ… पुरा पढौ

दुई कम्पनीको पाैने २ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत

काठमाडौं, १ पुस । नेपाल स्टक एक्सचेन्जमा आज दुई कम्पनीको १ करोड ७३ लाख ४१ हजार ८५४.२ कित्ता बोनस सेयर सूचीकृत भएको छ। नेप्सेका अनुसार सिटिजन्स बैंक इन्टरनेसनलको १ करोड ६२ लाख ४० हजार ५०८.९१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । यस्तै सगरमाथा इन्स्योरेन्सको ११ लाख १ हजार ३४५.२९ कित्ता बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा सिटिजन्स बैंक तथा सगरमाथा इन्स्योरेन्सको आर्थिक वर्ष २०७६- २०७७ मा वितरण गरिएको कुल १ करोड ६२ लाख ४० हजार ५०८.९१ कित्ता सूचीकृत… पुरा पढौ