आर्थिक 📈

आज कस्तो छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं, ७ पुस । आज अमेरिकी डलरको भाउ घटबढ भएको छैन । नेपाल राष्ट्र बैंकका अनुसार एक अमेरिकी डलरको बिक्रीदर १२१.२७ रुपैयाँमै कायम भएको छ भने खरिददर १२०.६७ रुपैयाँमै कारोबार भएको छ । यस्तै आज एक यूरोको बिक्रीदर १३६.९९ र खरिददर १३६.११ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । बैंकका अनुसार आज पाउण्ड स्टर्लिङको बिक्रीदर १६०.७६ र खरिददर १५९.९६, सिंगापुर डलरको बिक्रीदर ८८.८९ र खरिददर ८८.४५ रुपैयाँमा कारोबार भइरहेको छ । साउदी रियालको बिक्रीदर ३२.२० रुपैयाँ र खरिददर ३२.१४ रुपैयाँ… पुरा पढौ

नेपालबाट किबीका बिरुवा भूटान निर्यात

झापा, ७ पुस । नेपालकाे पूर्वीनाका काँकडभिट्टाबाट किबीको बिरुवा भूटान निर्यात हुन थालेको छ । इलाममा उत्पादित किबीको बिरुवा भूटान निर्यात गरिएको हो । भूटानले किबीखेतीमा किसानलाई प्रोत्साहन गरेपछि यसको बिरुवाको माग भएको झापास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका प्रमुख देविन्द्र साहुले बताए। रु एक लाख १५ हजार बराबरको एक हजार २०० वटा किबीको बिरुवा भूटान निकासी भएको छ । “चालु आवमा पहिलोपटक किबीको बिरुवा पूर्वीनाका हुँदै निर्यात भएको हो”, उनले भने । किबी फलको आयात भारतबाट भइरहेका बेला इलामका किसानले उत्पादन… पुरा पढौ

शतप्रतिशत लाभांश वितरण गर्दै हिमालयन डिष्टिलरी

काठमाडौं, ७ पुस । गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले आफ्ना सेयरधनीहरुलाई शतप्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ७५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश गरी कुल १०० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । लाभांश प्रस्ताव पारितका लागि कम्पनीले पुस २८ गते बुधबार आफ्नो रजिष्टर्ड कार्यालय लिपनिविर्ता पर्सामा २१ औं वार्षिक साधारण सभा गर्ने कम्पनीले जनाएको छ । पुरा पढौ

फेरि घट्यो सुनको भाउ, चाँदीको बढ्यो

काठमाडौं, ७ पुस । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ तलमाथि भएको छ । सुनको भाउमा गिरावट भएको छ भने चाँदीको सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा यसदिन रुपैयाँ ४०० ले गिरावट भएको छ । यसरी घटेको सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाला सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन रुपैयाँ ४०० ले घटेर प्रतितोला ९२ हजार १०० रुपैयाँमा… पुरा पढौ

नयाँ जहाज किन्न सरकारसँग १५ अर्ब माग्दै नेपाल एयरलाइन्स

काठमाडौं, ६ पुस । नयाँ जहाज खरिदका लागि नेपाल एयरलाइन्सले सरकारसँग १५ अर्ब रुपैयाँ माग गरेको छ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले नयाँ जहाज खरिदका लागि सरकारसँग १५ अर्ब रुपैयाँ माग गरेका हुन् । मंगलबार निगममा आयोजित कार्यक्रममा अधिकारीले केही दिनमै नयाँ जहाज खरिदबारे निर्णय गरिने भन्दै पर्यटनमन्त्री समक्ष यस्तो माग गरेका हुन् । कार्यक्रममा बोल्दै कार्यकारी अध्यक्ष अधिकारीले पुँजी वृद्धिका लागि जहाज खरिद गर्ने र कर्मचारीको तलबमा खर्च नगर्ने बताएका थिए । पुरा पढौ

सकारात्मक बिन्दुमा सेयर बजार, कारोबार रकममा भने गिरावट कायमै

काठमाडौं, ६ पुस । मंगलबार सेयर बजार साढे दुई प्रतिशतले बढेर बन्द भएको छ । निरन्तर ओरालो लागेको सेयर बजारमा मंगलबार भने हरियाली देखिएको छ । अर्थमन्त्रालयले स्थानीय स्तरमा जाने बजेटको ८० प्रतिशत बैंकहरुलाई निक्षेपको रुपमा गणना गर्न पाउने व्यवस्था गर्न पत्र काटेसँगै सेयर बजार सकारात्मक बिन्दुमा प्रवेश गरेको हो । आज सेयर कारोबार मापक नेप्से परिसूचक ५६.७३ अंकले बढेर दुई हजार ४१५.५५ अंकमा प्रवेश गरेको छ । त्यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ११.३४ अंकले बढेको… पुरा पढौ

नेपाल लाइफ इन्स्योरेन्सकाे ‘नेपालकै नं. १ अभियान’ सार्वजनिक

काठमाडौं, ६ पुस । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा जीवन बिमाका क्षेत्रमा नेपाल लाइफ देशकै नम्बर १ जीवन बिमा कम्पनी भएको दावी गरेको छ । नेपाल लाइफले पत्रपत्रिका, आफ्ना सामाजिक सञ्जाललगायत सञ्चार माध्याम मार्फत ‘नेपालकै नम्बर १’ अभियान सार्वजनिक गरी तथ्य परक प्रमाणहरु प्रस्तुत गर्दै सो दावी गरेको हो । कम्पनीले प्रस्तुत गरेका तथ्यपरक जानकारीहरुका अनुसार आ.व. २०७८/७९ को पहिलो त्रैमास अन्त्यसम्म कम्पनीसँग ११८.७६ अर्ब रुपैयाँको सर्वाधिक जीवन बिमा कोष, २९ लाख ८३ हजार १६ सर्वाधिक बीमालेख जारी, ४०.५० अर्ब… पुरा पढौ

घट्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं, ६ पुस । सोमबारको तुलनामा अमेरिकी डलरको भाउ केही घटेको छ । सोमबार एक अमेरिकी डलरको बिक्रीदर १२२.०४ रुपैयाँ र बिक्री मूल्य १२१.४४ रुपैयाँ पुगेको डलरको भाउ आज खरिददर १२१.१६ र विक्रिदर १२१.७६ मा कारोबार भइरहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युरोको मूल्य पनि घटेको छ । आज खरिददर १३६.४४ रुपैयाँ पुगेको छ भने विक्रीदर १३७.१२ पुगेको छ । सोमबार यूरोको बिक्री मूल्य १३७.१९ र खरिद मूल्य १३६.५१ रुपैयाँ तोकिएको थियो ।त्यस्तै युके पाउण्ड स्टलिङको मूल्य पनि… पुरा पढौ

१२२ उद्योगमा आयाे ३० अर्ब वैदेशिक लगानीकाे प्रतिबद्धता

काठमाडौं, ६ पुस । चालू आर्थिक वर्षको ५ महिनामा ३० अर्ब विदेशी लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको ५ महिनाको तथ्याङ्क अनुसार र ३० अर्ब बराबरको लगानीमा १२२ वटा उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएको हो । विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुलीका अनुसार विभिन्न छवटा शीर्षक अन्तर्गत उक्त उद्योग दर्ता भएका छन् । जसमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता सेवामूलक क्षेत्रमा आएको छ । सो क्षेत्रका ३५ उद्योगमा मात्रै रु १५ अर्ब ९५ करोड बराबरको लगानी प्रतिबद्धता आएको हो… पुरा पढौ

८०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, ६ पुस । मंगलबार सुनको भाउ ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ८०० रुपैयाँले घटेर छापावाल सुनको प्रतितोला ९३ हजार रुपैयाँमा झरेको हो । सोमबार छापा वाला सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज यता तेजाबी सुनको मूल्य पनि ८०० रुपैयाँले घटेर ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि केही घटेको छ । सोमबारको तुलनामा आज तोलामा १० रुपैयाँले घटेको हो ।… पुरा पढौ