आर्थिक 📈

सेयर बजारमा छायो हरियाली, कारोबार रकममा पनि सुधार

काठमाडौं, ८ पुस । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेप्सेमा हरियाली छाएको छ । कारोबार रकममा पनि उलेख्य सुधार भएको छ भने यसले लगानीकर्तामा उत्साह जगाएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार नेप्से परिसूचक १२.५३ अंकले बढेर २५२०‍.२३ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.५० प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स ०.१० अंकले बढेर ४७७.३६ विन्दुमा रहेको छ । कुल २२९ कम्पनीको सेयर कारोबार भएको छ । ८३ लाख २३ हजार ९२३ कित्ता सेयरको खरिदबिक्रीबाट ४ अर्ब… पुरा पढौ

वीरगञ्ज भन्सारबाट पाँच महिनामा ८८ अर्ब रुपैयाँ राजस्व संकलन

वीरगञ्ज, ८ पुस । देशकै मुख्य व्यापारी नाका वीरगञ्जबाट आयात तथा र्नियात बढेसँगै भन्सार कार्यालयको राजस्व संकलनमा उलेख्य सुधार भएको छ । गत आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा चालू आवको पहिलो पाँच महिनामा यस कार्यालयले ५२ प्रतिशत भन्दाबढी राजस्व सङ्कलन गर्न सफल भएको हो । आर्थिक वर्ष २०७७/७८को साउनदेखि मङ्सिर मसान्त सम्मको पाँच महिनामा रु ५८ अर्ब १५ करोड ९९ लाख राजस्व संकलन गरिएकामा चालू आवको सोही अवधिमा रु ३० अर्ब ५३ करोड ९२ लाख बढी अर्थात ८८ अर्ब ६९… पुरा पढौ

महिना सकिएकाे पहिलाे साताभित्र कारोबार विवरण बुझाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं, ८ पुस । नेपाल राष्ट्र बैंकले भुक्तानीसम्बन्धी काम गर्ने संस्थाहरुलाई महिनाको पहिलो साता नै सम्पूर्ण विवरण बुझाउन निर्देशन दिएको छ । बिहीबार नेपाल राष्ट्र बैंक (भुक्तानी प्रणाली विभाग)ले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन-२०७८, अ.प्रा.निर्देशन नं. १०/०७८ को अनुसूची १०.१ मा रहेको व्यवस्था संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । बैंक तथा वित्तीय संस्थाहरूले शाखारहित बैंकिङ कारोबार सञ्चालन गरेको तथा एटीएम मेसिन रहेको स्थानको विवरण सञ्चालन भएको पहिलाे साता (७ दिन) भित्र सबै विवरण पठाउनुपर्ने राष्ट्र बैंकले जनाएको छ । कामु… पुरा पढौ

एकैदिन रु ७०० ले बढ्याे सुनको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं, ८ पुस । अघिल्लो दिन रुपैयाँ ४०० ले घटेर कारोबार भएको सुनको भाउ एकदिन पछि आज रुपैयाँ ७०० ले बृद्धि भएको छ । चाँदीमा रुपैयाँ १५ ले बृद्धि भएको छ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा छापावाला सुनको भाउ रुपैयाँ ७०० ले बृद्धि भएर प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनमा रुपैयाँ ४०० ले गिरावट भई प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।… पुरा पढौ

यी ४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, ८ पुस । विभिन्न चार कम्पनीहरुका सेयरधनीहरुको लागि आज बिहिबारसम्म लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ । ज्योती विकास बैंक, एनएमबि लघुवित्त वित्तीय संस्था, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र बुटवल पावर कम्पनीले साधारण सभा तथा लाभांश वितरणका लागि बुक क्लोज गर्न लागेका छन् । नेपाल स्टक एक्सचेन्जमा आजसम्म सेयर कारोबार गरी कायम भएका सेयरधनीहरुले मात्रै साधारण सभामा भाग लिन पाउने र उनीहरुनै लाभांश वितरणका लागि योग्य मानिने छन् । ज्योति विकास बैंक बैंकको संचालक समितिले १५.५ प्रतिशत लाभांश… पुरा पढौ

उत्पादनमुलक क्षेत्रमा कर्जा प्रवाह नभएकोमा राष्ट्र बैंकको चिन्ता

काठमाडौं, ७ पुस । उत्पादनमुलक क्षेत्रमा कर्जा प्रबाह नभएकोमा राष्ट्र बैंकले चिन्ता व्यक्त गरेको छ । बैंक तथा वित्तीय संस्थाबाट अनुत्पादक क्षेत्रमा बढी कर्जा प्रबाह भएको तर, उत्पादनमुलक क्षेत्रमा कम कर्जा प्रबाह भएको भन्दै चिन्ता व्यक्त गरेको हो । बुधबार आर्थिक पत्रकारहरुसँगको छलफलमा नेपाल राष्ट्र बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक डा‍. प्रकाश श्रेष्ठले पछिल्लो समय कर्जा विस्तार उच्च भए पनि त्यस्तो कर्जा उत्पादनमुलक क्षेत्रमा प्रबाह हुन नसकेको बताए । पत्रकारसँगको छलफलमा उनले भने, ‘हाम्रो चाहना बढीभन्दा बढी कर्जा उत्पादनमुलक क्षेत्रमा… पुरा पढौ

लुम्बिनी जनरल इन्स्योरेन्सले दियो बिमा क्षति मूल्यांकनकर्तासम्बन्धी तालिम

काठमाडौं, ७ पुस । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले बिमा क्षति मूल्यांकनकर्तासम्बन्धी तालिम दिएको छ । इन्स्योरेन्सले पुस ३ गतेदेखि ५ गतेसम्म बिमा क्षति मूल्यांकनकर्तासम्बन्धी तालिम दिएको कम्पनीले जनाएको छ । उदयपुरको गाइघाटमा कम्पनीका सहायक महाप्रबन्धक नबराज तिमिल्सेना र बिमा समितिकी सहायक निर्देशन सुनिता थापाले प्रशिक्षण दिएका दिएका थिए । तालिममा १० जना प्रशिक्षार्थीहरु सहभागी थिए । पुरा पढौ

पुनर्निर्माणका बाँकी काममा बजेट अभाव हुदैन : प्रधानमन्त्री

काठमाडौं, ७ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले पुनर्निर्माणका क्रममा हस्तान्तरण भई सम्पन्न हुन बाँकी कार्य समयमै पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्षसमेत रहेका प्रधानमन्त्री देउवाको अध्यक्षतामा आज बसेको निर्देशक समितिको २१औं बैठकमा पुनर्निर्माणका बाँकी कार्यमा बजेटको अभाव नहुने विश्वास दिलाएका थिए । उनले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा विस्थापित परिवारको पुनर्स्थापनासम्बन्धी कार्यलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई धन्यवाद दिए । सो अवसरमा निर्देशक समितिका उपाध्यक्ष… पुरा पढौ

बुधबार सेयर बजारमा हरियाली, चार कम्पनीको कारोबारमा सकारात्मक सर्किट

काठमाडौं, ७ पुस । लामो समयदेखि ओरालो लागेको सेयर बजार बुधबार भने निकै उकालो चढेको छ । मंगलबार पनि नेप्से उकालो लागेको भए पनि कारोबार रकम भने घटेको थियो । आज भने कारोबार रकमसहित समग्र बजार धनात्मकतर्फ लम्किएको छ । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ९२.१६ अंकले बढेर दुई हजार ५०७.७० अंकमा प्रवेश गरेको छ । त्यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १४.७४ अंकले बढेर ४७७.२६ अंकमा प्रवेश गरेको छ । आज २३३ कम्पनीका ८१ लाख… पुरा पढौ

एक हजार २३८ हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै

फुङ्लिङ, ७ पुस । ताप्लेजुङमा ‘अलैँची जोन’को क्षेत्र विस्तार भएको छ । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कार्यान्वयनमा आएसँगै अलैँचीको क्षेत्र विस्तार भएको हो । एक हजार २३८ हेक्टर क्षेत्रफलमा अलैँचीखेती हुँदै आएको छ । जिल्लाको नौ स्थानीय तहमध्ये सुरुमा फुङ्लिङ नगरपालिकासहित सात स्थानीय तहमा अलैँची जोन कार्यक्रम लागू गरिएको थियो । सुरुमा फुङ्लिङबाहेक मैवाखोला, मिक्वाखोला, फक्ताङ्लुङ, आठराई त्रिवेणी, पाथीभरा याङ्वरक, मेरिङ्देन र सिरिजङ्घा गाउँपालिकामा कार्यक्रम लागू गरिएको थियो । कार्यक्रम लागू भएका स्थानीय तहका पनि सबै वडा समेटिएका थिएनन्… पुरा पढौ