आर्थिक 📈

नेप्से प्रि-ओपन सेसन : ५.३० अंकले बृद्धि

काठमाडौं, १० भदौ । साताको पाँचौ दिन बिहिबार शेयर बजार सकारात्मक लयमा गएको छ । प्रि-ओपन सेसनमा नेपसे परिसूचक ५.३० अंकले बढेर ३०८१.७५ विन्दुमा पुगेको छ । नेप्से ०.१७ प्रतिशतले बढेको छ । सेन्सेटिभ इण्डेक्स १.४६ अंकले बढेर ५६९.४५ विन्दुमा पुगेको छ । यो समाचार तयार पार्दा साढे ११ वजेसम्म १९७ कम्पनीको शेयर कारोबार भएको छ । १९ लाख ७४ हजार ९५० कित्ता शेयरको खरिदबिक्रीबाट १ अर्ब ३१ करोड ४१ लाख ६१ हजार ६५४ रुपैयाँ बराबरको कारोबार भएको छ ।… पुरा पढौ

फेरि घट्यो सुनको भाउ, चाँदीको स्थिर

काठमाडौं, १० भदौ । साताको पाँचौ दिन बिहिबार सुनको मूल्यमा गिरावट भएको छ । चाँदीको मूल्य स्थिर रहि बुधबारकै मूल्यमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ २०० ले गिरावट भएको छ । सुन घटेर प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाला सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा… पुरा पढौ

सहकारीबाटै वार्षिक १८ लाख लिटर दूध बिक्री

पोखरा, १० भदौ । माछापुच्छे गाउँपालिकाका कृषक व्यावसायिक पशुपालनमा आकर्षित बनेका छन् । उत्पादित दूध बिक्रीका लागि बजारको राम्रो प्रबन्ध भएपछि विगतमा निर्वाहमुखी पशुपालन गर्दै आएका कृषक अहिले व्यावसायिक बन्दै आयआर्जनमा लागेका हुन् । सरकारले दूध उत्पादनका आधारमा अनुदान दिन सुरु गरेपछि साना तथा व्यवसाय उन्मुख कृषकले सहकारी संस्थाबाट दूध बिक्री गर्ने गरेका छन् । उत्पादनका आधारमा दिइने अनुदानले साना कृषक लाभान्वित छन् । ठूला कृषकले भने आफैँ बजारमा लगेर बिक्री गर्ने गर्दछन् । सहकारीले कृषकले उत्पादन गरेको दूध सङ्कलन… पुरा पढौ

तेह्रथुम पावरको आइपीओमा पहिलो दिनमै १० गुणा बढी आवेदन

काठमाडौं, १० भदौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले बिक्रीमा ल्याएको आइपिओमा पहिलो दिन नै झण्डै साढे ५ लाख आवेदकले शेयर खरिदको लागि आवेदन दिएका छन्। यो भनेको मागको ९.९९ गुणा धेरै हो। बुधबार साँझ ५ बजेसम्ममा ५ लाख ४६ हजार ३६८ जना आवेदकले ७४ लाख ३९ हजार ४२० कित्ता शेयर गरिदको लागि आवेदन दिएकाे बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले दिएको जानकारी दियाे । कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो । कम्पनीले बिक्रीमा ल्याएको कुल… पुरा पढौ

महासंघ र संयुक्त राष्ट्रसंघबीच स्तरोन्नतिको प्रभाव न्युनिकरण र एसडीजी कार्यान्वयनमा सहकार्य

काठमाडाैं, ९ भदाै । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक सारा व्योसोलो नयन्थीबीच आज महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भयो ।  उक्त भेटवार्तामा संयुक्त राष्ट्र संघको दिगो विकासका लक्ष्यहरूलाई पुरा गर्न संयुक्त राष्ट्र संघ र महासंघबीच सहकार्य, नेपाल अतिकम बिकसित मुलुकबाट स्तरोन्नति हुदा आइपर्ने चुनौति सामना गर्न निजी क्षेत्रको भूमिका एवं कोभिडबाट अर्थतन्त्रमा परेको असर न्युनिकरणका लागि संयुक्त प्रयास गर्ने लगायतका विषयमा छलफल भयो ।उक्त अवसरमा संयुक्त राष्ट्र संघका आवासीय संयोजकलाई महासंघ… पुरा पढौ

ग्रीन डेभलपमेन्ट बैंक नवौं वर्षमा

पाेखरा, ९ भाद्र । पोखराको सभागृहचोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेण्ट वैंक लि.ले आफ्नो स्थापनाको आठौं वर्ष पुरा गरि नवौं वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा पोखरा महानगरपालिका वडा नं २८ स्थित श्री रत्न शोभा मा.वि.मा वृक्षारोपण गर्नुका साथै, उक्त विद्यालयका विद्यार्थी र शिक्षकहरुलाई शुद्ध पानी पिउनका लागि युरोगार्ड समेत हस्तान्तरण गरेको छ । कार्यक्रममा बाेल्दै वैंकका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यले वैंकले विभिन्न किसिमका आधुनिक वैंकिङ्ग सुविधा प्रदान गर्नुका साथै स्थानिय स्तरमा छरिएर रहेको पूँजीलाई… पुरा पढौ

सर्वोत्तम सिमेन्टको शेयर खरिदमा मुछिएपछि सेबोनका संचालक ढकालले दिए राजिनामा

काठमाडौं, ९ भदौ । नेपाल धितोपत्र बोर्डका संचालक चन्द्रप्रसाद ढकालले बोर्डको संचालकबाट राजिनामा दिएका छन् । सर्वोत्तम सिमेन्टको शेयर खरिदका विषयमा ढकाल पनि मुछिएपछि उनले पदबाट राजिनामा दिएका हुन । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालको राजिनामापछि महासंघको तर्फबाट बोर्डमा बस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठको प्रतिनिधित्व हुने भएको छ । संसदको अर्थ समितिको भदौ ४ गते बसेको बैठकले सर्वोत्तम सिमेन्टको शेयर खरिदका विषयमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना, नेपाल स्टक एक्सचेन्ज नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई कारबाहि गर्न… पुरा पढौ

राताम्मै शेयर बजार, कारोबार रकममा पनि गिरावट

काटमाठौं, ९ भदौ । साताको चौथो दिन शेयर बजार राताम्मै भएको छ । १३ वटै उपसमूहरुको शेयर घटेको छ । अन्य दिनको तुलनामा कारोबार रकममा पनि कमि आएको छ । मंगलबार १६ अर्ब बढीकाे काराेबार भएकाेमा आज १२ अर्बमा झरेकाे छ । नेप्से परिसूचक ४८.४२ अंकले घटेर ३०७६.४४ विन्दुमा झरेको छ । नेप्से १.५५ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स ९.६७ अंकले घटेर ५६७.९९ विन्दुमा रहेको छ । कुल दुईसय सत्ताइस कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ९५ लाख ९९… पुरा पढौ

कर असुल गर्न महानगरपालिका पञ्चेबाजासहित टोलटोलमा

काठमाडाैं, ९ भदाै । काठमाडौं महानगरपालिकाले विगत २८ वर्षदेखि घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबाट असुल गर्न पञ्चेबाजासहित टोलटोलमा पुगेको छ । बक्यौता रकम असुल गर्न महानगरले पटकपटक सार्वजनिक सूचना जारी गर्दासमेत सम्बन्ध भएका निकाय सम्पर्कमा नआउँदा यस किसिमको अभ्यास थालेको हो । आजदेखि महानगरले पञ्चेबाजासहित कर असुलसम्बन्धी लोक तथा दोहोरी गीत बजाएर घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदातासमक्ष पुगेको छ । यसअघि कामपाले गत असार १६ गते र साउनको अन्तिमसाता गरी कर नतिर्ने ७२ ठूला करदाताको नाम… पुरा पढौ

घट्यो सुनको भाउ, चाँदीमा सामान्य बृद्धि

काठमाडौं, ९ भदौ । साताको चौथो दिन नेपाली बजारमा सुनचाँदीको भाउमा उतारचढाव देखिएको छ । छापावाला सुनमा ३०० ले गिरावट भएको छ भने चाँदीको भाउ १० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार तेजाबी सुन प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भएको… पुरा पढौ