आर्थिक 📈

आर्थिक वृद्धिदर २‍‍.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं, २७ जेठ। नेपालकाे चालु वर्षको आर्थिक वृद्धिदर २ दशमलव ७ प्रतिशतमा खुम्चने विश्व बैंकले प्रक्षेपण गरेको छ। सरकारले आर्थिक वृद्धिदर ४ प्रतिशत हाराहारी हुने भनिरहेकाे बेला विश्व बैंकले चालु वर्षको आर्थिक वृद्धिदर २ दशमलव ७ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको हो। आर्थिक सर्वेक्षण जारी गर्दै गत शनिबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षमा ४ प्रतिशत हाराहारी आर्थिक वृद्धि हुनसक्ने बताएका थिए। कोरोना महामारीको दोस्रो लहरका कारण देशभर निषेधाज्ञा बढ्दै गएको र यसैका कारण बजार चलायमान हुन नसकेकाले… पुरा पढौ

सुन तोलामा तीन सय घट्यो, चाँदी ५ रुपैयाँ बढ्यो

काठमाडौं, २७ जेठ । सुनको मूल्य तोलामा तीन सय रुपैयाँ घटेको छ । बिहीबार सुन तोलाको ९३ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तोलामा एक सय रुपैयाँ बढेर सुन तोलाको ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने बढेको छ । बिहीबार तोलामा ५ रुपैयाँ बढेर चाँदी तोलाको १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । पुरा पढौ

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्टको हकपद शेयर सुक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं, २७ जेठ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको हकप्रद शेयर सुक्षित गर्ने आज अन्तिम दिन हो । हकप्रद शेयर निष्काशनको प्रयोजनार्थ कम्पनीले शुक्रबार बुक क्लोज गर्ने बताएको छ । कम्पनीले १ बराबर १ को अनुपातमा १०० रुपैयाँ मूल्य अंकित ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गर्नका लागि जेठ ९ गते नेपाल धितोपत्र बोर्डमा अनुमति पाएको थियो । जेठ २७ गते आजसम्म नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले उक्त हकप्रद शेयरका लागि आवेदन दिन… पुरा पढौ

बाढी र पहिरो प्रभावित ९ जिल्लामा ६ करोड ८० लाख निकासा

काठमाडौं, २७ जेठ। संघीय सरकारले गएको वर्ष बाढी र पहिरोले क्षतिग्रस्त बनेको निजी घरको पुननिर्माण र पुनस्थापनाको लागि ९ जिल्लामा ६ करोड ८० लाख निकासा गरेकाे जनाएकाे छ। गएको वर्ष बाढी र पहिरोले म्याग्दी, स्याङजा, धनकुटा, दार्चुला, भोजपुर, बाजुरा, पर्वत, रुकुम पश्चिम र मोरङमा धेरै क्षती गरेको थियो। यी जिल्लामा रकम पठाउने काम भइरहेको संघीय सरकारले जनाएको हो। पछिल्लो समय बाग्लुङ, रुकुम पश्चिम र दार्चुलामा रकम पठाइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। कुन जिल्लामा कति रकम… पुरा पढौ

अन्तर्राष्ट्रिय बजारमा माग बढेपछि अलैंचीको मूल्य बढ्यो

काठमाडौं, २७ जेठ । अलैंचीको मूल्य बढेको छ । अहिले अलैंची प्रतिमन ३५ हजार रुपैयाँसम्म कारोबार भइरहेको व्यवसायीले बताएका छन् । यस वर्ष सिजन सुरु भएसँगै बजारमा निस्किएको अलैंची प्रतिमन २३ हजार रुपैयाँसम्म कारोबार भएको थियो । निषेधाज्ञायता अलैंचीको मूल्यमा प्रतिमन १२ हजार रुपैयाँ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा अलैंचीको माग बढेकाले नेपालमा यसको मूल्य बढेको व्यवसायीले बताएका छन् । नेपाली अलैंचीको माग भारत हुँदै तेस्रो मुलुक पाकिस्तान पुग्ने गरेको छ । अहिलेकै अवस्था रहे अलैंचीको मूल्य केही दिनभित्रै प्रतिमन… पुरा पढौ

बिहीबारको विनिमय दर : कुनको कति ?

काठमाडौं, २७ जेठ। नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी विनिमय दर तोकेको छ। राष्ट्र बैंकले बिहीबार अमेरिकी डलर १ को खरिद दर ११६ रुपैयाँ ४७ पैसा र बिक्री दर ११७ रुपैयाँ ०७ पैसा तोकेको छ। यस्तै यूरोपियन यूरो १ को खरिद दर १४१ रुपैयाँ ९६ पैसा र बिक्री दर १४२ रुपैयाँ ६९ पैसा, यूके पाउण्ड स्टर्लिङ १ को खरिद दर १६५ रुपैयाँ १४ पैसा र बिक्री दर १६५ रुपैयाँ ९९ पैसा तोकेको छ। यसैगरी बहराइन दिनार १ को खरिद दर… पुरा पढौ

कर बुझाउन नसकेकालाई जरिवाना नलगाउन निजी क्षेत्रकाेआग्रह

काठमाडौं, २६ जेठ  । निजी क्षेत्रका छाता संस्थाहरूले निषेधाज्ञा अवधिमा मासिकरूपमा बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर, अन्तःशुल्कलगायत विवरण र कर रकम बुझाउन सक्ने परिस्थिति नभएकाले सो अवधिमा कर राजस्व बुझाउन नसकेका व्यवसायीलाई जरिवाना नलगाउन सरकारसँग अनुरोध गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सले आज संयुक्त विज्ञप्तिमार्फत कोभिड–१९ महामारीको असर देखिन थालेको डेढ वर्षको अवधिमा सरकार र निजी क्षेत्रबीचको सहकार्यले पुनरूत्थानमा केही सहयोग पुग्न गएको तथा आगामी दिनमा पनि अवसर र जोखिम बाँडेरै यो… पुरा पढौ

३ हजारकाे उच्च विन्दुमा पुगेर नेप्से ओरालो लाग्यो

काठमाडौं, २६ जेठ । साताको चौथो दिन बुधबार नेप्सेमा दोहारो अंकको गिरावट आएको छ । मध्यान्हसम्म सकारात्मक यात्रामा हिडेको नेप्से परिसूचक २०.५९ अंकले बृद्धि भएर २९८०.७३ विन्दु हुँदै सवा १ वजेसम्म आउँदा ३००५ विन्दुमा पुगेकाे थियाे । तर दिउँसो दुई वजेपछि भने ओरोलो लाग्यो । शेयर बजार बन्द हुँदासम्म १३.५६ अंकले घटेर २९४६.५८ विन्दुमा रोकियो । नेप्से ०.४६ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स २.८३ अंकले घटेर ५२५.२८ विन्दुमा पुग्यो । हुन त शेयरबजार खुल्ला रहँदासम्म घट्ने र बढ्ने दुबै संभावनाहरु जिवितै… पुरा पढौ

नेप्से परिसूचक २०.५९ अंकले बढ्यो, ८ अर्ब बढीको कारोबार

काठमाडौं, २६ जेठ । साताको चौथो दिन बुधबार शेयर बजार सकारात्मक यात्रामा हिंडेको छ । नेप्से परिसूचक २०.५९ अंकले बृद्धि भएर २९८०.७३ विन्दुमा पुगेको छ । सूचकहरुमा छिनछिनमा दृश्य परिवर्तन पनि हुन सक्ने अवस्था भने कायम हुन्छ । नेप्से ०.७० प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ३.०३ अंकले बढेर ५३१.१३ विन्दुमा पुगेको छ । यो समाचार तयार पार्दासम्म २१२ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ५८ लाख २२ हजार ४५१ कित्ता शेयरको कारोबारबाट ८ अर्ब ८७ करोड बढीको कारोबार… पुरा पढौ

प्रमाणपत्रबाट २५ लाख ऋण अविलम्ब कार्यान्वयनकाे माग

काठमाडौं, २६ जेठ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष नेकपा (एमाले) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख ऋण उपलब्ध गराउने नीति अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ। मन्त्री पौडेलसमक्ष अनेरास्ववियुका अध्यक्ष ऐन महरले उक्त कार्यक्रमका लागि कार्यविधि बनाएर कार्यान्वयन गर्न, विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार दिन र निःशुल्क सिमकार्ड प्रबन्ध गर्नुपर्नेलगायत ७ बुँदा समेटिएको ज्ञापनपत्र हस्तान्तरण गरेका हुन्। मन्त्री पौडेलले सरकारले बजेटमा समावेश गरिएका कार्यक्रमको प्रभावकारीरूपमा छिटो कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे। पुरा पढौ