आर्थिक 📈

आजको युग सूचना तथा सञ्चार प्रविधिको युग हो : मन्त्री गुरुङ

काठमाडौं, १९ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ‘चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०७८’ का अवसरमा सबैलाई शुभकामना व्यक्त गर्दै आजको युग सूचना तथा सञ्चार प्रविधिको युग भएकाे बताएका छन् । ‘समृद्ध नेपालको आधार, सूचना तथा सञ्चार प्रविधिको विस्तार’ भन्ने मूल नाराका साथ मनाउन लागिएका यस दिवसका अवसरमा सुशासन, दिगो विकास एवम् गरिबी न्यूनीकरणका लक्ष्यहरु हासिल गर्ने मूल उद्देश्य प्राप्तिका लागि सरकारले सो कार्यक्रमलाई पूर्ण रुपमा कार्यान्वयनमा लैजाने सङ्कल्प लिएको उनले जारी गरेकाे शुभकामना सन्देशमा उल्लेख छ… पुरा पढौ

सामाजिक सुरक्षा योजनालाई सफलतापूर्वक लागू गर्न व्यावहारिक समाधान : अध्यक्ष गोल्छा

काठमाडौं, १९ वैशाख : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले श्रम सम्बन्ध सुधारको मार्गमा रहेको भए पनि दिगो र भरपर्दाे बनाउन अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन् । अध्यक्ष गोल्छाले १३२औँ अन्तरराष्ट्रिय मे दिवसका अवसरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै श्रम सम्बन्धलाई दिगो र भरपर्दो बनाउन लगानी प्रवद्र्धन, रोजगारी सिर्जना, उद्यमशीलता विकास, श्रम सम्बन्ध सुधार जस्ता विषयलाई मुख्य प्राथमिकतामा राखेर जानुपर्नेमा जोड दिए । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीको प्रभाव र पीडाबाट… पुरा पढौ

नेपाल राष्ट्र बैंकले २ अर्ब २१ लाख मुद्धती निक्षेपमा लगानी गर्दै

काठमाडौं, १८ वैशाख । नेपाल राष्ट्र बैंकले २ अर्ब २१ लाख मुद्धती निक्षेपमा लगानी गर्न लागेको छ । राष्ट्र बैंकले आफ्नो वित्तीय कोषमा रहेको सो रकमलाई ३६५ दिन अर्थात १ वर्षका लागि मुद्धती निक्षेपमा लगानी गर्न लागेको जानकारी गराएको छ । २०७८ साल जेठ २ गतेदेखि २०७९ साल जेठ १ गतेसम्म १ वर्षका लागि बैंक तथा वित्तीय संस्थाहरुको मुद्धती निक्षेपमा लगानी गर्न लागेको नेपाल राष्ट्र बैंक वित्त व्यवस्थापन विभागले एक सूचना प्रकाशित गरी जानकारी दिएको छ । राष्ट्र बैंकले 'क'… पुरा पढौ

नबिल बैंकले युनाईटेड फाइनान्सलाई प्राप्ति गर्ने, दुबै संस्थाबीच भयो सम्झौता

काठमाडौं, १८ वैशाख । नबिल बैंकले युनाईटेड फाइनान्सलाई प्राप्ति गर्ने भएको छ । यसका लागि दुबै संस्थाबीच एकापसमा गाभ्ने र गाभिने सम्झौता पत्रमा हस्ताक्षर भएकाे छ । नबिल बैंकमा शुक्रबार आयोजना गरिएको विशेष एक कार्यक्रममा दुबै संस्थाबीच मर्जर तथा एक्वीजिशनका बारेमा सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा नबिल बैंकको तर्फबाट मर्जरकाे लागि अख्तियारी पाएका उदयकृष्ण उपाध्याय तथा यूनाईटेड फाइनान्सको तर्फबाट मनिष खेम्काले हस्ताक्षर गरेका हुन । सम्झौतामा युनाईटेड फाइनान्सको १०० कित्ता बराबर नबिल बैंकको ३५ कित्ता शेयर प्राप्ति हुनेछ… पुरा पढौ

निषेधाज्ञामा सहज सेवा दिन सांग्रिला बैंकले तोक्यो सम्पर्क व्यक्ति, कहाँका लागि कसलाई सम्पर्क गर्ने ?(सूचीसहित)

काठमाडौं, १७ वैशाख । निषेधाज्ञाको बेलामा आफ्ना ग्राहक तथा सेवाग्राहीहरुले सहज र सुलभ ढंगले सेवा पाउन् भन्ने उद्देश्यले सांग्रिला डेभलपमेन्ट बैंकले विभिन्न क्षेत्रका लागि सम्पर्क व्यक्ति तोकेको जानकारी दिएको छ । निषेधाज्ञा अवधिमा बै‌कका ग्राहकहरुले आधारभूत बैंकिङ सेवा लिन कुनै कठिनाई भोग्नु परे वा कुनै समस्या आएमा सहजीकरणका लागि विभिन्न क्षेत्रमा समन्वयकर्ताहरु तोक्ने काम गरिएको बैंकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले जनाएका छन् । जसअनुसार काठमाण्डौ उपत्यकाका विभिन्न शाखाका लागि विभिन्न सम्पर्क व्यक्ति तोकिएको छ । प्रदेशस्तरमा पनि समन्वयकर्ता छनौट… पुरा पढौ

सांग्रिलाले पायो ७५ करोडको ऋणपत्र निष्काशन अनुमति

काठमाडौं, १७ वैशाख । सांग्रिला डेभलपमेन्ट बैंकले ७५ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्रीको अनुमति प्राप्त गरेको छ । नेपाल धितोपत्र बोर्डले बैंकले माग गरे बमोजिम उक्त मूल्य बराबरको ऋणपत्र निष्काशन तथा बिक्रीका लागि अनुमति दिएको हो । बोर्डबाट सांग्रिला बैंकले १ हजार अंकित मूल्य दरमा ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र बिक्रीको अनुमति पाएको हो । जस्मा ४ लाख ५० हजार कित्ताले हुने ४५ करोड रुपैयाँ बराबरको व्यक्तिगत तथा ३ लाख कित्ताले हुने ३०… पुरा पढौ

सिईडिबि हाईड्रोपावरको आइपीओ आजदेखि खुल्ला

काठमाडौं, १७ वैशाख । सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनीको आजदेखि शेयर (आइपीओ) निष्काशन तथा बिक्री खुल्ला भएको छ । कम्पनीको ८३ करोड ९४ लाख १० हजार रुपैयाँ बराबरको ३० प्रतिशतले हुन आउने २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको शेयर सर्वसाधारणका लागि खुल्ला भएको हो । प्रतिकित्ता १०० मूल्य अंकित २५ लाख १८ हजार २३० कित्ता शेयर निष्काशन तथा बिक्रीका लागि खुल्ला गरिएको हो । कुल कित्ता शेयरबाट ५० हजार ३६५ कित्ता शेयर कर्मचारीको लागि छुट्याईएको छ । १ लाख… पुरा पढौ

शुक्रबार ओरालो लाग्यो सुनचाँदीको मूल्य

काठमाडौं, १७ वैशाख । साताको छैंटौ दिन शुक्रबार आज सुनचाँदीको मूल्य ओरालो लागेको छ । आज सुनमा ९०० रुपैयाँले गिरावट भएको छ । चाँदीमा २० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९०० रुपैयाँले घटेर ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । बिहिबार छापावाला सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन आज प्रतितोला ८९ हजार ४५० रुपैयाँमा कारोबार भएको छ । बिहिबार तेजाबी सुन प्रतितोला ९० हजार… पुरा पढौ

नौ महिनामा करिब १४ करोड राजश्व संकलन

टीकापुर, १७ वैशाख । करदाता सेवा कार्यालय लम्कीले अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको नौ महिनामा पौने १४ करोड बढीले राजश्व वृद्धि गरेको छ । गत वर्षको तुलनामा रु १३ करोड ८४ लाख एक हजार बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको यस अवधिमा रु ३९ करोड २० लाख राजश्व सङ्कलन गरेको हो । आन्तरिक कारोबारमा बढोत्तरी, करदाताको सङ्ख्यामा वृद्धि र कोरोना सङ्क्रमणका कारण गत वर्ष सङ्कलन नभएको कर यस वर्ष सङ्कलन भएका कारण प्रगति देखिएको हो । आव… पुरा पढौ

४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीको मुख्य सुरुङमा थालियो पानी भर्न

काठमाडौं, १७ वैशाख । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको माथिल्लो तामाकोशीको मुख्य सुरुङमा पानी भर्न थालिएको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको मुख्य सुरुङमा पानी भरेर परीक्षण थालिएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको प्रमुख आथित्यतामा हिजाे आयोजनाको बाँधस्थल लामाबगरमा पानी भर्ने कार्यको शुभारम्भ भएको हो । सो अवसरमा आयोजनाका सम्बद्ध अधिकारीको समेत उपस्थिति थियो । आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार १० देखि १२ दिनसम्म सुरुङमा पानी हालेर परीक्षण गरिन्छ । त्यसपछि विद्युत्गृह र अन्य… पुरा पढौ