आर्थिक 📈

खाद्य कम्पनीसँग १३ हजार मेट्रिक टन चामल मौज्दात

काठमाडाै, २१ वैशाख । खाद्य कम्पनीसँग १३ हजार मेटन चामल मौज्दात सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग १३ हजार मेट्रिक टन चामल मौज्दात छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकानुसार खाद्यसँग १३ हजार ४०४ मेट्रिक टन चामल मौज्दात छ । उक्त तथ्यांकमध्ये कम्पनीले बोलपत्र आह्वान गरेर खरीदको तयारी गरेको पाँच हजार मेट्रिक टन चामलसमेत रहेको जनाइएको छ । मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीका अनुसार कम्पनीसँग दुर्गमका २३ जिल्लामा दुई हजार ७३१ र काठमाडौँमा दश हजार… पुरा पढौ

नेप्सेमा दोहोरो अंकको गिरावट, ७ अर्ब ५२ करोड बढीको कारोबार

काठमाडौं, २० वैशाख । राजनीतिक आन्दोलन, हड्ताल वा विपदको समयमा शेयर बजारमा यसको प्रत्यक्ष असर देखिने गरेको छ । पछिल्लो समयमा सरकारले कोरोना भाइरसको दोश्रो चरण शुरु भएपछि निषेधाज्ञा जारी गरेपछि शेयर बजारमा आरोह अवरोह देखिने गरेको छ । नेप्सेका सूचकांकहरुमा एकरुपता देखिएको छैन भने लगानीकर्ताहरुको उत्साहमा कमि आएको छ । कहिले नेप्सेका सूचकांकहरुमा हरियाली छाउँछ त कहिले राताम्मै भएको देखिने गरेकाे छ । साताको दोश्रो दिन साेमबार काराेबार बढेपनि शेयर बजारमा आशा गरेभन्दा नकारात्मक असर देखिएको छ । अघिल्लो… पुरा पढौ

हिमालयन जनरल इन्स्योरेन्सले लाभांश पारित गर्न बोलायो साधारण सभा

काठमाडौं, २० वैशाख । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले २७ औं वार्षिक साधारण जेठको २८ गते बोलाएको छ । कम्पनीको साधारण सभाले ६.७५ प्रतिशत लाभांश पारित गर्ने भएको छ । कम्पनीको चुक्ता पूँजी १ अर्ब ६ करोडको ३ प्रतिशतले हुन आउने ३ करोड २० लाख ४० हजार रुपैयाँ बराबरको बोनस शेयर पारित हुने भएको छ । यस्तै ३.७५ प्रतिशतले हुन आउने ४ करोड ६० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने संचालक समितिको प्रस्तावलाई पारित गरिने भएको छ । साधारण सभाले… पुरा पढौ

अपि पावरले पायाे हकप्रद शेयर निष्काशनको अनुमति

काठमाडाै २० वैशाख । अपि पावर कम्पनीले दोश्रो पटकको हकप्रद शेयर निष्काशन तथा बिक्रीको लागि अनुमति लिएको छ । नेपाल धितोपत्र बोर्डले अपि पावरलाई ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशनको लागि अनुमति दिएको हो । कम्पनीका अनुसार १ बराबर ०.२९३८ को अनुपातमा हकप्रद शेयर निष्काशनको लागि निवेदन दिईएकोमा सेबोनले त्यसलाई स्वीकृत गरेपछि सो परिमाणको हकप्रद शेयर निष्काशन तथा बिक्रीका लागि ल्याउन लागिएको हो । अपि पावर कम्पनीले यसअघि गएको कार्तिक १४ देखि… पुरा पढौ

साेमबार उकालाे लाग्याे सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं, २० वैशाख । साताको दोश्रो दिन सोमबार आज सुनचाँदीको मूल्य उकालो लागेको छ । छापावाला सुनकाे मूल्यमा आज ४०० रुपैयाँले बृद्धि भएको छ । चाँदीको मूल्यमा ५ रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य आज ४०० रुपैयाँले बढेर ९० हजार ४०० रुपैयाँमा कारोबार भएको छ । आईतबार छापावाला सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । सोमबार तेजाबी सुनको मूल्य… पुरा पढौ

अत्यावश्यक उपभोग्य वस्तु ढुवानीका साधनमा चालक र कर्मचारी मात्र

काठमाडौ‌, २० वैशाख । अत्यावश्यक दैनिक उपभोग्य वस्तुको ढुवानी सेवाका लागि उपयोग गरिएका सवारी साधनमा चालक र कामदार कर्मचारी मात्र राख्नुपर्ने भएको छ । ढुवानीका सवारी साधनमा पछिल्लो समय अन्य व्यक्तिलाई समेत राखेको जनाउँदै उद्योेग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ढुवानीका साधन सञ्चालनका लागि छुट्टै नियम बनाएको छ । मन्त्रालयमा निषेधाज्ञाका समयमा दैनिक अत्यावश्यक उपभोग्य वस्तुको आयात, ढुवानी, सञ्चय र वितरण गर्ने कार्यलाई नियमित बनाउने विषयमा भएको छलफलले ढुवानी साधनको नम्बर, किसिमसहित संलग्न कामदार तथा कर्मचारीको नाम, ठेगाना र मोबाइल नम्बरको… पुरा पढौ

नेप्से ५४ अंकले बढ्याे, सबै उपसमूहहरूमा छायाे हरियाली

काठमाडौं, १९ वैशख । साताको पहिलो दिन आज शेयर बजारमा हरियाली छाएको छ । शेयर बजारमा देखिएको हरियाली अर्थात शेयर मूल्यको बढोत्तरीले लगानीकर्ताहरु निकै उत्साहि भएका छन् । यस हप्ताभरिमै आज शेयर बजारको दिन उत्साहको दिन भएको छ । कारोबार पनि सन्तोषजनक रहेको छ । आज नेप्से परिसूचक ५४.०० अंकले बृद्धि भएर २६६५.१० विन्दुमा पुगेको छ । आज नेप्से २ प्रतिशतले बृद्धि भएको हो । आज सेन्सेटिभ इण्डेक्स ८.७८ अंकले बृद्धि भएर ४७७.८१ विन्दुमा पुगेको छ । आज २२६ कम्पनीहरुको… पुरा पढौ

बढी मूल्यमा मास्क बिक्री गर्ने सप्लायर्सलाई कारबाही

काठमाडौं, १९ वैशाख । बढी मूल्यमा मास्क बिक्री गर्ने सप्लायर्सलाई कारबाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्य लिएर मास्क बिक्री गर्ने त्रिपुरेश्वरस्थित अल फाइनल सर्जिकल सप्लायर्सलाई आज कारबाही गरिएको हो । बजार अनुगमनका क्रममा खरीद गरेको मूल्यको तुलनामा दोब्बर मूल्यमा मास्क बिक्री गरेको पाईएपछि उक्त सप्लायर्सलाई कारबाहीस्वरुप रु दुई लाख जरिवाना गरिएको विभागका प्रवक्ता शिवराज सेढाइले जानकारी दिए । उनका अनुसार अनुगमनका क्रममा उक्त सप्लायर्सले प्रतिगोटा रु ४.४६ पैसामा खरीद गरेको मास्कलाई रु ८.३८ पैसामा… पुरा पढौ

आईतबार बढ्यो सुनको मूल्य, चाँदीको भने स्थिर

काठमाडौं, १९ वैशाख । साताको पहिलो दिन आईतबार आज सुनको मूल्य बढेको छ । आज सुन १०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने आज स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ५०० रुपैया कायम भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ८९ हजार ४५० रुपैयाँमा कारोबार भएको… पुरा पढौ

बैंक तथा वित्तीय संस्थाहरुमा आजबाट एक चौथाई कर्मचारीबाट सेवा दिइदैं

काठमाडौं, १९ वैशाख । कोरोना भाइरसको बढ्दो संक्रमणको कारण बैंक तथा वित्तीय संस्थाहरुमा आजबाट एक चौथाई कर्मचारीहरु राखेर एक चौथाई शाखाहरूबाट सेवा प्रवाह गर्न लागिएको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसी को बैठकले निषेधाज्ञा लागू गरिएका काठमाडौं उपत्यका तथा ठूला शहरहरूमा रहेका बैंक तथा वित्तीय संस्थताहरुमा एक चौथाई शाखा र एक चौथाई कर्मचारी राखेर सेवा प्रवाह गर्ने निर्णय गरेअनुसार आजदेखि सोहि निर्णय पालना गर्न लागिएको हो । सिमित शाखाहरु खुल्ने र सिमित कर्मचारीबाट सेवा प्रवाह गरिने भएपछि सेवाग्राहीहरुलाई… पुरा पढौ