आर्थिक 📈

सिईडिबिकाे आइपीओमा पर्यो ११ गुणा बढी आवेदन, अनलाइन भर्ने बढी

काठमाडौं, २२ वैशाख । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओमा ११ गुणा बढी आवेदन परेको छ । अहिलेसम्म १७ लाख ३६ हजार ७०० को आवेदनमा २ करोड ६३ लाख ४५ हजार ५०० कित्ता शेयरका लागि माग भएको छ । सर्वसाधारणका लागि जारी गरिएको २३ लाख ४१ हजार ९५४ कित्ताको लागि माग ११.२४ गुणा बढी देखिएको छ । कम्पनीका अनुसार अनलाइनबाट ९४ प्रतिशतले आवेदन दिएका छन् । १६ लाख ३७ हजार ९१२ आवेदन अनलाइनबाट परेको देखिन्छ । बाँकी रहेको ५.६९ प्रतिशत आवेदन… पुरा पढौ

नेपाल बैंकको ३ अर्ब ५० करोडको ऋणपत्र बिक्री आजदेखि

काठमाडौं, २२ वैशाख । नेपाल बैंक लिमिटेडले बैशाख २२ गते आजदेखि वार्षिक ८ प्रतिशत ब्याजदरमा ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र बिक्री खुलाएको छ । बैंकले '८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र २०८७' निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हाे । जस्को समयावधि १० वर्षका लागि रहेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र खुलाएकाेमा त्यसमा सर्वसाधारणको लागि १ अर्ब ४० करोड रुपैयाँ बराबरको १४… पुरा पढौ

समता लघुवित्त बन्याे पहिलो दिनमै नाफा कमाउने पहिलो कम्पनी

काठमाडौं, २१ वैशाख । रोकिएको १० महिनापछि समता लघुवित्त वित्तीय संस्थाको दोश्रो बजारको शेयर कारोबार आजबाट खुले लगत्तै शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा बढी नाफा कमाउने कम्पनीमा समता लघुवित्त नै बनेको छ । जस्काे शेयरमूल्य १० प्रतिशतले बढेर ६०५ रुपैयाँ पुगेको छ । समता लघुवित्त वित्तीय संस्था र घरेलु लघुवित्त वित्तीय संस्था एकापसमा गाभिएपछि नेपाल स्टक एक्सचेन्जले गएको असार १ गतेदेखि समता लघुवित्त वित्तीय संस्थाबाट हुने शेयर कारोबारलाई रोक्का गरेको थियो । सोमबार एकापसमा गाभिएर कायम भएको… पुरा पढौ

नेपाल लाइफ इन्स्योरेन्स २१ वर्षमा

काठमाडौं, २१ वैशाख । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी स्थापनाको २० वर्ष पूरा गरी २१औँ वर्षमा प्रवेश गरेको छ । विसं २०५८ वैशाख २१ गते स्थापना भएकाे कंपनीले बीमित तथा सेवाग्राहीलाई निरन्तर सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । २१औँ वार्षिकोत्सवका अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँले हाल कोरोना भाइरस महामारीका कारण सम्पूर्ण विश्व नै आक्रान्त भइरहेको अवस्थामा सबैलाई संयमता अपनाउँदै आफू, आफ्नो परिवार, समाज एवं सम्पूर्णको सुरक्षा तथा स्वास्थ्यलाई ध्यानमा राख्दै स्वास्थ्य मापदण्ड अपनाई आवश्यक जीवनशैली अपनाउन आग्रह गरेका… पुरा पढौ

नेप्से १.९४ अंकले बढ्यो, कतिकाे भयाे कारोबार ?

काठमाडौं, २१ वैशाख । अघिल्लो दिन दोहोरो अंकले गिरावट भएको शेयर बजारमा आज भने केहि सुधार भएको संकेत देखिएको छ । तर कारोबार रकममा भने उल्लेख्य प्रगति अझैं हुन सकेन । साताको तेश्रो दिन मंगलबार आज नेप्से परिसूचक १.९४ अंकले बढेको छ । यसरी बढेको नेप्से २६५४.६९ विन्दुमा पुगेको छ । नेप्से आज ०.०७ प्रतिशतले बढ्दा सेन्सेटिभ इण्डेक्स भने ०.३२ अंकले बढेर ४७५.४४ विन्दुमा पुगेको छ । आज कुल २१३ वटा कम्पनीको शेयर कारोबार भएको छ । १ करोड २८… पुरा पढौ

नेपाल लाइफ इन्स्योरेन्स २१औँ वर्षमा

काठमाडौं, २१ बैशाख । विसं २०५८ वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीलाई निरन्तर सेवा प्रदान गर्दै आइरहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी स्थापनाको २० वर्ष पूरा गरी २१औँ वर्षमा प्रवेश गरेको छ । २१औँ वार्षिकोत्सवका अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँले हाल कोरोना भाइरस महामारीका कारण सम्पूर्ण विश्व नै आक्रान्त भइरहेको अवस्थामा सबैलाई संयमता अपनाउँदै आफु र आफ्नो परिवार, समाज एवं सम्पूर्णको सुरक्षा तथा स्वास्थ्यलाई ध्यानमा राख्दै स्वास्थ्य मापदण्ड अपनाई आवश्यक जीवनशैली अपनाउन आग्रह गरेका छन् । उनले… पुरा पढौ

उत्पादन घटेपछि अण्डाको मूल्य बढ्याे

चितवन, २१ वैशाख । अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ । रोगका कारण कुखुरा मरेर उत्पादन घटेपछि मूल्य बढेको हो । लागत मूल्य अत्यधिक बढेका कारण मूल्य बढे पनि उल्लेख्य मुनाफा नहुने कृषकको भनाइ छ । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय उपाध्यक्ष किरण ओलीका अनुसार आजदेखि फार्ममा ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) रु ३७० र मिडियमको रु ३४० पुगेको छ । यसअघिको मूल्यमा प्रतिक्रेट रु ३० वृद्धि गरिएको हो । ओलीको भनाइमा चार वर्षअघि अण्डाको मूल्य बढेर प्रतिक्रेट रु ३६५ पुगेको… पुरा पढौ

आज पनि बढ्याे सुनचाँदीको मूल्य, कारोबार कतिमा हुँदैछ ?

काठमाडौं, २१ वैशाख । साताको तेश्रो दिन मंगलबार आज पनि सुनचाँदीको मूल्य उकालो लागेको छ । सुनमा २०० रुपैयाँले बृद्धि भएको हो भने चाँदीमा २५ रुपैयाँले बृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २०० रुपैयाँले बढेर ९० हजार ६०० रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाला सुन प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा कारोबार भएको छ । सोमबार तेजाबी सुनको मूल्य ८९ हजार… पुरा पढौ

मध्य भोटेकोशी जलविद्युतको शेयर निष्काशन खुल्ला

काठमाडौं, २१ वैशाख । मध्य भोटेकोशी जलविद्युत कम्पनीकाे ६० लाख कित्ता शेयर (आइपीओ) स्थानियका लागि आजदेखि खुल्ला भएकाे छ । आयोजना प्रभावित स्थानिय जनताको लागि पहिलो चरणमा कम्पनीले १०० रूपैयाँ मूल्य अंकित ६० लाख कित्ता साधारण शेयरमध्ये ३० प्रतिशतले हुने १८ लाख कित्ता भोटेकाेशी गाउँपालिकाका वडा नं १ र ५, बाह्रबिसेका वडा नं ५, ६, ७ र ८ का जनताको लागि रहेको छ । यस्तै बाँकी रहेको ७० प्रतिशतले हुने ४२ लाख कित्ता शेयर सिन्धुपाल्चोकका आयोजना क्षेत्रबाहिरका जनताको लागि रहेको… पुरा पढौ

सुरक्षित बैकिङ सेवा प्रदान गर्न बैंकर्स एशोसिएसनकाे निर्देशन

काठमाडौं, २१ वैशाख । कोरोना संक्रमणलाई ध्यानमा राख्दै विभिन्न जिल्लामा जारी भएको निषेधाज्ञाको पालना गरी सुरक्षित बैकिङ सेवा प्रदान गर्न नेपाल बैंकर्स एशोसिएसनले सदस्य बैंकलाई निर्देशन दिएको छ । विकास बैंकहरुको छाता संगठन डेभलपमेण्ट बैंकर्स एशोसिएसनले सदस्य बैंकलाई निषेधाज्ञा जारी भएका स्थानमा नेपाल राष्ट्र बैंकले दिएको निर्देशनको परिधिभित्र रही सेवा प्रदान गर्न निर्देशन दिएको हो । राष्ट्र बैंकको निर्देशनको अक्षरशः पालना गर्दै कर्मचारी तथा ग्राहकको स्वास्थ्यलाई उच्च प्राथमिकता दिई सम्भव भएसम्मका उपाय अवलम्बन गर्न निर्देशन दिइएको बताइएकाे छ । उनका… पुरा पढौ