आर्थिक 📈

अपाङ्घता भएका व्यक्तिलाई कुखुराका चल्ला वितरण

पाेखरा, १३ वैशाख । अपाङ्घता भएका व्यक्तिलाई जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यका साथ पोखरामा विउ पूँजीका रुपमा कुखुराका चल्ला वितरण गरिएको छ । नेपाल अपाङ्घ समाज सेवा संघ केन्द्रीय कार्यालय, पोखराको पहल एवम् गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा पहिलो पटक अति बिपन्न एवम् असक्त १५ परिवारलाई कूल ३०० वटा चल्ला वितरण गरिएको हो । सामाजिक विकास मन्त्रालयको रु.एक लाख ६० हजार आर्थिक सहयोगमा खुकुराको खोर सुधार, दाना सहित प्रत्येक परिवारलाई २०।२० वटाका दरले गिरिराज कुखुराका चल्ला वितरण गरिएको सेवा… पुरा पढौ

अर्थ सङ्कट टार्न हिमाली जिल्लामा यार्सागुम्बा सङ्कलन खुला

मनाङ, १३ वैशाख । कोरोना महामारीले निम्त्याएको अर्थ सङ्कट टार्न हिमाली जिल्लामा यार्सागुम्बा सङ्कलन शुरुआत हुने भएको छ । लामो समयसम्म कोरोनाले थलिएको अर्थतन्त्रलाई उकास्न कठिन भएको र अमूल्य जडिबुटीलाई यसै खेर जान नदिन जडिबुटी सङ्कलन गर्न लागिएको हो । अन्नपूर्ण संरक्षण क्षेत्रले अनुमति प्रदान गरेको छ । यहाँको आर्थिक अवस्था उकास्न यार्सा सङ्कलन पूर्जी खुला गरिएको हो । यस क्षेत्रले जिल्लाका विभिन्न खर्कमा सङ्कलनका लागि पूर्जी रकम छुट््याएको छ । नाम्के खर्कका लागि रु २० हजार, ङिस्याङ रु २०… पुरा पढौ

वाणिज्य विभागको सेवा प्रवाह एक साता स्थगित

काठमाडौं, १३ वैशाख । बजार अनुगमनको नियामक निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ । विभागले आज सूचना जारी गर्दै ‘कोभीड–१९ को बढ्दो सङ्क्रमणका कारण बजार अनुगमन, आपूर्ति तथा उपभोक्ता संरक्षण शाखा तथा निकासी पैठारी इजाजत तथा सहजीकरण शाखाबाट प्रवाह हुने सेवाबाहेकका अन्य सम्पूर्ण सेवा आजदेखि यही वैशाख १९ गतेसम्मका लागि स्थगन गरिएको जनाएको छ । विभागका प्रवक्ता शिवराज सेढाईँले भने, “विभागमा सेवाग्राहीको भीडभाड हुँदा सङ्क्रमणको जोखिम थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अतिआवश्यकबाहेकका… पुरा पढौ

शेयर बजारमा लगातार पहिरो, नेप्से ६५.५८ अंकले घट्यो, १३ वटै उपसमूह राताम्मै

काठमाडौं, १३ वैशाख । आज पनि शेयर बजारमा पहिरो गएको छ । अघिल्लो दिन भारि मात्रामा खुम्चिएको शेयर बजारको आजको अवस्था पनि आईतबारको भन्दा फरक देखिएको छैन । शेयर बजारमा आएको नकारात्मक संकेतले नवप्रवेशी लगानीकर्ताको गाँसमा ढुंगा लागेको जस्तो महशुस भएको छ भने निरन्तर शेयर बजारमा हेलमेल भईरहेका लगानीकर्ताहरुको मन खिन्न बनाएको छ । आज नेप्से परिसूचक ६५.५८ अंकले घटेर २५०६.६१ विन्दुमा पुगेको छ । नेप्से २.५५ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स ११.२५ अंकले घटेर ४५२.७९ विन्दुमा पुगेको छ । आज… पुरा पढौ

सोमबार सुनचाँदीको मूल्य स्थिर

काठमाडौं, १३ वैशाख । प्रतितोला करिब एक लाख रुपैयाँ नजिक पुगेर निरन्तर आरोह अबरोहमा रहेको सुनचाँदीको मूल्यमा एकरुपता देखिएको छैन । साताको दोश्रो दिन सोमबार आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन आईतबारकाे झैं प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजाबी सुनको मूल्य पनि आज स्थिर रहेको छ । यसरी स्थिर रहेको तेजाबी सुन आज प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको छ । महासंघका अनुसार आज चाँदीको… पुरा पढौ

तरकारी खेतीमा कृषक उत्साहित, ६६ बिघामा कृषि फर्म विस्तार

झापा, १३ वैशाख । पोहोर साल बन्दाबन्दीमा भारतबाट तरकारी आयात रोकिँदा झापाको माग धानेको मामा भाञ्जा कृषि फार्मले यसपालि उत्साहित भएर तरकारी खेती विस्तार गरेको छ । अर्जुनधारा नगरपालिका–८ मा १५ बिघा जग्गा लिजमा लिएर दुई वर्षअघि तरकारी खेती शुरु गरेको फार्मले गत वर्ष कोभिड–१९ को महामारीमा तरकारीको माग अत्यधिक भएपछि उत्पादन बढाउन खेती विस्तार गरेको हो । भद्रपुरको दुई स्थान र मेचीनगरमा विस्तार गरिएको फार्ममा टमाटर, बोडी, करेला, भिन्डी, फर्सी, सिमी, खुर्सानीलगायतका तरकारी फल्न थालिसकेको मामा भाञ्जा कृषि फर्मका… पुरा पढौ

प्रभु बैंकले कमायो २ अर्ब १० करोड मुनाफा

काठमाडौं, १३ वैशाख । प्रभु बैंकले २ अर्बभन्दा बढी खुद मुनाफा कमाउन सफल भएको छ । बैंकको सार्वजनिक भएको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म सार्वजनिक भएको वित्तीय विवरणमा बैंकको खुद मुनाफा २ अर्ब १० करोड माथि देखिएको हो । यस आर्थिक वर्षको चैत्र महिनाको मसान्तसम्म बैंकले २ अर्ब १० करोड १६ लाख खुद मुनाफा कमाउन सफल भएको जनाईएको छ । यो अघिल्लो वर्षको सोहि समयको भन्दा ४४.०८ प्रतिशत बढी हो । बैंकको खुद ब्याज आम्दानी ६.६० प्रतिशत… पुरा पढौ

सुरक्षित व्यवसाय गर्न पोखरा उद्योग वाणिज्य संघ‌काे आग्रह

‍पाेखरा, १३ वैशाख । पोखरा उद्योग वाणिज्य संघ‌ले स्वास्थ्य सुरक्षाका सम्पूर्ण प्रबन्धसहित व्यापार व्यवसाय सञ्चालन गर्न व्यवसायीसँग आग्रह गरको छ । कोभिड–१९ को दोस्रो लहरले जनजीवन असहज बनेको समयमा सङ्घले विज्ञप्ति जारी गर्दै दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति तथा ढुवानी कार्यलाई पारदर्शी, सरल र प्रभावकारी बनाउन तथा आम उपभोक्ता तथा नागरिकसँग सामान किनमेल गर्दा आवश्यक दूरी कायम गर्न, अनावश्यक भीडभाड नगर्न एवं अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गरेको हो । सङ्घका महासचिव सुरेन्द्रमान बिजुक्छेद्वारा जारी विज्ञप्तिमा कोभिड–१९ को दोस्रो लहरले… पुरा पढौ

सरकारले निजी क्षेत्रको महत्व बुझेको छ : अर्थमन्त्री

काठमाडौं, १३ वैशाख । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकारले निजी क्षेत्रको महत्व बुझेर मनोबल उच्च बनाउन उद्यत रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घले आगामी आवको बजेटका सम्बन्धमा बुझाएको सुझावपत्र ग्रहण गर्दै उनले निजी क्षेत्रलाई प्रोत्साहित गर्ने गरी सरकार क्रियाशील रहेको बताए । उनले भने, “निजी क्षेत्रको कठिनाइ बुझ्न चाहन्छ र आगामी बजेटमा निजी क्षेत्रले उठाउँदै आएका समस्या एवं गुनासालाई सरकारले सम्बोधन गर्छ ।” सरकार निजी क्षेत्रसँग बलियो सहकार्य गरी मुलुकको आर्थिक विकासमा अगाडि बढ्छ र त्यसको आभास निजी… पुरा पढौ

नेप्सेमा गयो पहिरो-७५.७९ अंकको गिरावट, १३ वटै उपसमूह राताम्मै

काठमाडौं, १२ वैशाख । नयाँ वर्षको अघिल्लो दिन र त्यसपछिका केहि दिनहरुमा शेयर बजार सकारात्मक लयमा देखिए पनि आशा गरे अनुसार शेयर बजारमा उत्साहको पुनरागमन स्थिर हुन सकेको छैन । आज साताको पहिलो दिन आईतबार शेयर बजारमा यस्तै भयो कि शेयर बजारमा पहिरो जाँदा लगानीकर्ताहरुको उत्साह र मनोवल गिराएको छ लगातार शेयर बजारमा नयाँ नयाँ रेकर्ड कायम हुँदै आए पनि फेरी बजारमा करेक्सन हुन थालेको छ । आज नेप्से परिसूचक ७५.७९ अंकले घटेको छ । यसरी घटेको नेप्से २५७२.२२ विन्दुमा… पुरा पढौ