आर्थिक 📈

नेपाल बैंकले ३ अर्ब ५० करोडको ऋणपत्र निष्काशन गर्दै, ब्याजदर कति ?

काठमाडौं, १० वैशाख । नेपाल बैंक लिमिटेडले बैशाख २२ गतेबाट वार्षिक ८ प्रतिशत ब्याजदरमा ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने जानकारी गराएको छ । बैंकले '८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र २०८७' निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हाे । जस्को समयावधि १० वर्ष रहेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेकोमा त्यसमा सर्वसाधारणको लागि १ अर्ब ४० करोड रुपैयाँ… पुरा पढौ

निजी क्षेत्रको १४ करोड लगानीमा रासायनिक मल कारखाना सञ्चालनकाे तयारी हुँदै

कञ्चनपुर, १० वैशाख । कृष्णपुर नगरपालिका–६ बालुवाफाँटमा स्वदेशी कच्चा पदार्थमा आधारित रासायनिक मल कारखाना सञ्चालन गरिने भएको छ । निजि क्षेत्रकाे लगानी रहेकाे याे कारखाना नेपालकाे पहिलाे कारखाना बन्ने दाबी गरिएकाे छ । निजि क्षेत्रको रु १३ करोड ७५ लाख लगानीमा नेपाल फर्टिलाइजर इण्डस्ट्रिज प्रालिले मल कारखाना सञ्चालन गर्न लागेको हो । कारखानालाई असार महिनाभित्रै सञ्चालन गर्ने गरी काम अगाडि बढाइएको छ । कारखानाले पहिलो चरणमा पोटास, एनटिके र डिएपी मल उत्पादन गर्ने लक्ष्य लिएको छ । “पोटास मल असारदेखि… पुरा पढौ

आज फेरी घट्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा हुँदैछ ?

काठमाडौं, १० वैशाख । साताको छैटौं दिन शुक्रबार अर्थात कारोबार हुने अन्तिम दिन आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनमा रुपैयाँ ५०० र चाँदीमा १५ रुपैयाँले गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला रुपैयाँ ५०० ले घटेर प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । बिहिबार छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको छ । बिहिबार तेजाबी… पुरा पढौ

सत्ती भन्सारमा ९ महिनामै दोब्बर राजश्व सङ्कलन

कैलाली, १० वैशाख । कैलालीको सत्ती भन्सार कार्यालय खक्रौलाले ९ महिनामै भन्सार राजश्व लक्ष्यभन्दा दोब्बर सङ्कलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७७र७८ को साउनदेखि चैत मसान्तसम्म लक्ष्यभन्दा ३५ प्रतिशत बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयलाई भन्सार विभागले आर्थिक वर्षको शुरुमा रु छ करोड सात लाख राजश्व उठाउने वार्षिक लक्ष्य दिएको थियो । त्यो लक्ष्य पहिलो चौमासिकमै पूरा भएपछि थप रु आठ करोड बढाएर रु १४ करोड राजश्व उठाउनुपर्ने वार्षिक लक्ष्य तोकेको थियो । चैत मसान्तसम्म ९ करोड ७१… पुरा पढौ

आवश्यकता र औचित्यका आधारमा आयोजना छनोट गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौं, १० । वैशाख । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आवश्यकता र औचित्यका आधारमा मात्र आयोजना छनोट गर्न प्रदेश र स्थानीय तहलाई आग्रह गरेका छन् । अन्तरसरकारी वित्त परिषद्को छैटौँ बैठकमा अर्थमन्त्री पौडेलले आयोजना छनोट गर्दा गुरुयोजना, जग्गा, वातावरणीय प्रभाव मूल्याङ्कन, स्रोत व्यवस्थापनलगायतका आयोजना तयारीका कार्य पूरा हुन जरुरी रहेको बताए । सामथ्र्यभन्दा बाहिरका आयोजना छनोट गर्दा कार्यान्वयनमा समस्या पर्ने र अलपत्र हुने सम्भावना रहेको बताउँदै अर्थमन्त्री पौडेलले आयोजना छनोट गर्दा विशेष ध्यान दिन आग्रह गरे । सङ्घ, प्रदेश र स्थानीय तहको… पुरा पढौ

नेप्से परिसूचक १५.८० अंकले बढ्यो, ११ उपसमूहमा छायो हरियाली

काठमाडौं, ९ वैशाख । बुधबार दोहोरो अंकले घटेको शेयर बजारमा निरासा छाए पनि आज भने दाेहाेराे अंकले बढेकाे छ । सकारात्मक लय देखिएपछि लगानीकर्ताहरुको अमिलो भएको मन केहि हलुका भएको छ । आज दुई उपसमूह बाहेक सबैमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १५.८० अंकले बढेर २६४८.०० विन्दुमा पुगेको छ । आज नेप्से ०.६० प्रतिशतले बढ्दा सेन्सेटिभ इण्डेक्स पनि ३.२१ अंकले बढेर ४७६.६० विन्दुमा पुगेकको छ । आज कुल २१४ कम्पनीको शेयर कारोबार भएको छ… पुरा पढौ

विराटनगरमा लक्ष्यभन्दा २३ करोड बढी राजस्व सङ्कलन

विराटनगर, ९ वैशाख । आन्तरिक राजस्व कार्यालय विराटनगरले चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा कूल रु छ अर्ब २१ करोड ९६ लाख १५ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु पाँच अर्ब ९९ करोड पाँच लाख १६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा रु २२ करोड ९० लाख ९९ हजार बढी राजस्व सङ्कलन गर्न सफल भएको कार्यालय प्रमुख विमल सापकोटाले जानकारी दिए । गएको आवको यसै अवधिमा सङ्कलित राजस्वभन्दा चालू आर्थिक वर्षमा रु एक अर्ब ३३ करोड १०… पुरा पढौ

राष्ट्र बैंकद्वारा गुनासो सुन्न अनलाइन पोर्टलको शुरुआत

काठमाडौं, ९ वैशाख । नेपाल राष्ट्र बैंकले वित्तीय मध्यस्थता सेवा प्रदान गर्ने, गराउने कार्यको सुनिश्चितता गरी वित्तीय ग्राहकको हित संरक्षण गर्ने उद्देश्यका साथ अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र विभिन्न प्रकारका संस्था, एजेन्टले ग्राहकसँग निष्पक्ष, विश्वसनीय र पारदर्शी ढङ्गबाट बैंकिङ क्षेत्रको व्यावसायिक मूल्य तथा मान्यता एवं नीति निर्देशनको अधीनमा रही ग्राहकको हितलाई प्राथमिकतामा राख्न सो पोर्टन सञ्चालनमा ल्याएको हो । वित्तीय ग्राहकको हित संरक्षण गर्ने उद्देश्यका साथ ल्याइएको http://gunaso.nrb.org.np पोर्टलमा गुनासो दर्ता गरेपछि… पुरा पढौ

सिभिल बैंकको खुद नाफा ३९.३९ प्रतिशतले बढ्यो

काठमाडौं, ९ वैशाख । सिभिल बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म आउँदा सार्वजनिक गरिएको वित्तीय विरणहरुमा वित्तीय सूचकांकहरुमा सुधार देखिएको छ । चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म बैंकले ५० करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको जनाएको छ । बैंकका अनुसार यो नाफा गत वर्षको सोही अवधिमा भन्दा ३९.३९ प्रतिशतले बढी हो । यसो हुनुको कारण बैंकको निष्क्रिय कर्जा घट्नुलाई मानिएको छ । सिभिल बैंकको निष्क्रिय कर्जा ३.४३ प्रतिशतले घटेको छ भने यो १.१३ प्रतिशतमा आईपुगेको छ । समिक्षा अवधिमा… पुरा पढौ

बिहिबार पनि बढ्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा हुँदैछ ?

काठमाडौं, ९ वैशाख । साताको पाँचौ दिन बिहिबार आज पनि सुनचाँदीको मूल्यमा बृद्धि भएको छ । आज छापावाला सुनमा २०० रुपैयाँले बृद्धि भएको छ । चाँदीमा २५ रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवयासी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियाे । यस्तै तेजाबी सुनको मूल्य आज प्रतितोला ९१ हजार ७०० रुपैया कायम भई कारोबार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला… पुरा पढौ