आर्थिक 📈

ज्योती लाइफको शेयर आज बाँडफाँड हुँदै, कतिले पाउलान् ?

काठमाडाैं, १३ चैत । ज्योती लाइफ इन्स्योरेन्सको आइपीओ आजबाट बाँडफाँड हुँदैछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज दिउँसो साढे १२ वजेदेखि शेयर बाँडफाँड गरेकाे छ । ज्योती लाइफको गएको फागुन २१ मा ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गरिएको थियो । उक्त शेयरमध्ये ३ लाख ३० हजार कित्ता कर्मचारीको लागि, ३ लाख ३० हजार कित्ता सामुहिक लगानी कोषका लागि र ५९ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएको थियो । प्रचलित… पुरा पढौ

मायाखोला हाइड्रोको शेयर निष्काशन र बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडौं, १२ चैत । मायाखोला हाइड्रोपावर कम्पनी लि.ले सर्वसाधारणलाई जारी गर्न लागेको २४ लाख कित्ता शेयरको सार्वजनिक निष्काशन गर्न प्रभु क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बिहीबार सो नियुक्तिसम्बन्धी सम्झौतामा माइखोला हाइड्रोका तर्फबाट कार्यकारी अध्यक्ष विजयमान शेरचन र प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् । मायाखोला हाइड्रोले हाल संखुवासभाको धर्मदेवीस्थित मायाखोलामा १४.९ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको हाल ६० प्रतिशत निर्माण पूरा भैसकेको छ । पुरा पढौ

नेप्सेमा दोहोरो अंकको गिरावट, ६ अर्ब ४० करोड बढीको कारोबार

काठमाडौं, १२ चैत । साताको पाँचौ दिन बिहिबार आज शेयर बजारमा नकारात्मक दोहोरो असर परेपनि कारोबार मध्यम खालको देखिएको छ । नेप्से परिसूचक २१.२९ अंकले घटेर २५४८.९६ विन्दुमा पुगेको छ । नेप्से ०.८३ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स ५.६४ अंकले घटेर ४५०.३१ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २०८ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड २३ लाख ७६ हजार ७७७ कित्ता शेयरको खरिदबिक्री हुँदा ६ अर्ब ४० करोड ३३ लाख ५७ हजार ३७७ रुपैयाँ बराबरको… पुरा पढौ

जैविक विषादी प्रयोगतर्फ उन्मुख हुँदै पाँचखालका किसान

काभ्रेपलाञ्चोक, १२ चैत । पाँचखाल नगरपालिकाका करिब एक हजार अगुवा कृषकले एकीकृत शत्रुजीव व्यवस्थापन प्रविधि (आइपिएम) कृषक पाठशालामा अध्ययन गरेका छन् । उनीहरुले विभिन्न चरणमा १८ महिने २२ थरिका एकीकृत शत्रुजीव व्यवस्थापन प्रविधि (आइपिएम) कृषक पाठशालामा अध्ययन गरेका हुन् । समय र मौसमको तालिका मिलाएर पढाउनुको एउटै उद्देश्य हो, उनीहरुलाई तरकारी तथा अन्य बालीमा रासायनिक विषादी न्यूनीकरण गर्दै जैविक विषादी प्रयोगतर्फ लैजानु । तरकारी तथा अन्य बालीमा विषादी प्रयोग न्यूनीकरण गर्न पाँचखाल नगरपालिकाकै सामुदायिक तथा निजी माध्यमिक विद्यालयका विद्यार्थीलाई समेत… पुरा पढौ

कर छलि गर्नेलाई विभागमा उपस्थित हुन महानगरको निर्देशन

काठमाडाैं, १२ चैत । काठमाडौं महानगरपालिकाले कर नतिरेका करदातालाई ७ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । कामपाको राजस्व विभागले अनुगमनका क्रममा कर छली गर्नेलाई यस किसिमको निर्देशन दिएको हो । व्यवसाय दर्ता नगर्ने, बहाल कर नतिर्ने, व्यवसायको प्रकृतिअनुसार दर्ता नगर्ने, विवरण कम देखाएर कम राजस्व तिर्न खोज्ने वा कर छलीको शङ्का लागेका व्यवसायीलाई ७ दिनको समय दिएर विभागमा बोलाइएको हो । विभागका प्रमुख डा शिवराज अधिकारीका अनुसार अहिले विभागले नयाँसडक, लाजिम्पाट, पानीपोखरी महाराजगञ्जसम्म मूल सडक किनारामा रहेका पसलहरुको… पुरा पढौ

बिहिबार बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

काठमाडौं, १२ चैत । सुनको भाउमा घटबढ र स्थिर हुने क्रम चलिरहँदा साताको पाँचौ दिन आज बहिबार भने सुनको मूल्यमा बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बृद्धि भएको छ । चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ८६ हजार ९०० रुपैयाँ कायम भई कारोबार भएको छ । बुधबार छापावाला सुनको मूल्य ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य… पुरा पढौ

रुरु जलविद्युत परियोजनाको आइपीओ चैत २० गतेदेखि निष्काशन हुँदै

काठमाडौं, १२ चैत । रुरु जलविद्युत परियोजनाले चैत २० गतेबाट आइपीओ निष्काशन गर्ने बताएको छ । सर्वसाधारणका लागि जारी गर्न लागिएको उक्त शेयरको प्रिमियम २० रुपैयाँसहित प्रतिकित्ता १२० रुपैयाँ अंकित दरमा ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ निष्काशन गर्न लागिएको हो । जारी गरिने कुल शेयरमध्ये ८ हजार १५४ कित्ता शेयर कर्मचारीको लागि, २० हजार ३६५ कित्ता शेयर सामुहिक लगानी कोषका लागि र बाँकी रहेको ३ लाख ७९ हजार १६७ कित्ता शेयर सर्वसाधारणका लागि रहेको छ । लगानीकर्ताहरुले शेयर… पुरा पढौ

राष्ट्र बैंकले मुद्धती निक्षेपमा ३ अर्ब ४५ करोड लगानी गर्दै, कहिलेसम्म पेश गर्ने बोलकबोल ?

काठमाडौं, १२ चैत । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्धती निक्षेपमा ३ अर्ब ४५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । बैंकले १ वर्षे मुद्धती निक्षेपमा यो लगानी गर्न लागेको हो । उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकमलाई २०७८ साल वैशाख २ गतेबाट २०७९ साल वैशाख १ गतेसम्म एक वर्षका लागि लगानी गर्न लागेको हो । यसका लागि निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गरिने ब्याजदर समावेश गरेर चैतको… पुरा पढौ

७६७ किमी क्षेत्रमा अप्टिकल फाइबर जडान सम्पन्न

काठमाडौ, ११ चैत । देशभर सूचना महामार्ग (अप्टिकल फाइबर व्याकबोन नेटवर्क) विस्तारको परियोजनाअन्तर्गत हालसम्म ७६७ किलोमिटर क्षेत्रमा फाइबर जडान सम्पन्न गरिएको छ । नेपाल दूरसञ्चार प्राधिरकणले दुई वर्षभित्रमा महामार्ग विस्तार गरिसक्ने भन्दै शुरु गरेको योजनाअन्तर्गत फागुन मसान्तसम्म ३५ दशमलव १९ प्रतिशत मात्रै जडान सम्पन्न भएको छ । पहिलो खण्डअन्तर्गत प्रदेश नम्बर १, २ र वाग्मती प्रदेशमा फाइबर बिछ्याउने जिम्मा पाएको नेपाल टेलिकमले उक्त क्षेत्रमा फाइबर जडान सम्पन्न गरेको हो । सम्झौताअनुसार टेलिकमले तीन प्रदेशमा दुई हजार १७९ किलोमिटर फाइबर बिछ्याउनुपर्दछ… पुरा पढौ

प्रभु बन्यो आहा- राराको अफिसियल इन्स्योरेन्स

पोखरा, ११ चैत । १९ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको अफिसियल इन्स्योरेन्स पार्टनरको रुपमा प्रभु इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनी र सहारा क्लवबीच बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएसंगै आहा ! राराको अफिसियल इन्स्योरेन्स पार्टनरको रुपमा प्रभु इन्स्योरेन्स रहेको हो । क्लवका अध्यक्ष केशव बहादुर थापा, पूर्व अध्यक्ष विक्रम थकाली, निवर्तमान अध्यक्ष विरभद्र आचार्य र प्रभु इन्स्योरेन्स कम्पनी गण्डकी प्रदेशका प्रमुख रविन्द्र श्रेष्ठबिच सम्झौता पत्र एक आपसमा आदान प्रदान भएको क्लवले जनाएको छ । प्रभु इन्स्योरेन्सले… पुरा पढौ