आर्थिक 📈

अलैंची उत्पादनमा वृद्धिः किसानले पाएनन उचित मूल्य

उदयपुर, ७ माघ । पहाडी क्षेत्रमा वर्षेनी व्यापक अलैँची उत्पादन वृद्धि हुँदै आए पनि यसले उचित मूल्य पाउन सकेको छैन । महत्वपूर्ण नगदेबालीको रुपमा रहेको अलैँची खेतीप्रति उत्साहित किसान उचित मूल्य नपाउँदा भने निराश देखिएका छन् । कुनै समयमा राम्रो मूल्यमा बिक्री हुने गरेको कारण अलैँची खेतीमा हौसिएर जिल्लाका पहाडी क्षेत्रका किसानले अलैँची उत्पादन वृद्धि गर्न थाले पनि अहिले भने जस्तो उचित मूल्य पाउन नसक्दा अलैँची उत्पादक किसान निराश बनेका छन् । विगतका वर्षमा तीन हजारदेखि तीन हजार ५०० रुपैयाँ… पुरा पढौ

नेप्से परिसूचक १५.८७ अंकले बढ्यो, ६ अर्ब २१ करोडको शेयर कारोबार

काठमाडौं, ७ माघ । साताको चौथो दिन बुधबार नेप्से परिसूचक १५.८७ अंकले बढेको छ । विकास बैंक, जलविद्युत्, फाइनान्स तथा निर्जिवन बिमा कम्पनीहरुको सेयर मूल्य बढ्दा नेप्से परिसूचक उकालो लागेको हो । नेप्से परिसूचक १५ दशमलव ८७ अंकले उकालो लागेर २ हजार ३ सय ४२ दशमलव ७६ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.१८ अंकले उकालो लागेको छ । बुधबार नेप्सेमा सूचिकृत २११ कम्पनीको सेयर खरिदबिक्री भएका छन् । दिनभर भएका ५३ हजार… पुरा पढौ

बुधबार पनि बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

काठमाडौं, ७ माघ । मंगलबार रुपैयाँ ४०० ले वृद्धि भएको छापावाला सुनको मूल्य आज बुधबार रुपैयाँ ५०० ले वृद्धि भएको छ । मंगलबार छावाला सुन प्रतितोला ९२ हजारमा कारोबार भएको थियो भने आज ९२ हजार ५०० मा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ९२ हजारमा कारोबार भएको छ । मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० मा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज चाँदीको मूल्य… पुरा पढौ

कृषि क्षेत्र ‘स्मार्ट’ बन्दै, शुरु भयो किसान क्रेडिट कार्ड

काठमाडौं ७ माघ । किसानहरुका लागि किसान क्रेडिट कार्डको शुभारम्भ भएको छ । कृषि विकास बैंकले आजबाट किसान क्रेडिट कार्ड र किसान एप शुभारम्भ गरेको हो । कृषि विकास बैंकको ५४ औं वाषिर्कोत्सवको अवसरमा बुधबार अर्थमन्त्री विष्णु पौडेलले किसान क्रेडिट कार्ड र एपको शुभारम्भ गरे । किसान क्रेडिट कार्ड र किसान एप एकअर्कामा अन्तरसम्बन्धित हुन्छन् । किसानले बैंकबाट ऋण स्वीकृत गराएपछि ऋणको निश्चित रकम कार्डमा लोड गरिन्छ भने किसान एपमा किसानको प्रोफाइल तयार हुन्छ । कृषि कर्म गर्नका लागि देशभरका… पुरा पढौ

४ चिनी उद्योगले किसानलाई दिएनन ८ करोड, कुन- कुन हुन भुक्तानी नगर्ने उद्योग ?

काठमाडाैं, ७ माघ । विभिन्न चार चिनी उद्योगले उखु किसानलाई रु आठ करोड बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ । रु ६५ करोड बक्यौता रकममध्येमा तीन उद्योगले किसानलाई रु आठ करोड एक लाख भुक्तानी गर्न बाँकी रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । सरकार र उखु किसानबीच गत पुस १३ गते भएको सहमति अनुसार २१ दिनभित्र बाँकी रहेको बक्यौता रकम भुक्तानी गर्न सहमति भएको थियो । सहमतिअनुसार २१ दिन सोमबार सकिएपछि अझै तीन चिनी उद्योगीले उक्त रकम… पुरा पढौ

चक्रपथ विस्तार आयोजनाको समस्या समाधान गर्न निर्देशन

काठमाडाैं, ७ माघ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौं चक्रपथ विस्तार आयोजनाको समस्या समाधानका लागि अन्तर मन्त्रालय, प्रदेश, स्थानीय तहबीच समन्वय बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकमा चक्रपथ सुधार आयोजनाको हालसम्मको प्रगति र वाटो विस्तारका क्रममा देखापरेका चुनौती र त्यसको समाधानका निम्ति भइरहेको प्रयासका बारेमा छलफल भएको हो । कलङ्कीदेखि धोबीखोलासम्मको कूल ११.६ किलोमिटर सडकको निर्माणका क्रममा महाराजगञ्ज र स्वयम्भू क्षेत्रमा समस्या देखापरेपछि उपप्रधानमन्त्री पोखरेलले भौतिक मन्त्रालय, भूमिसुधार मन्त्रालय, पुरातत्व विभाग, काठमाडौं महानगर,… पुरा पढौ

गण्डकी प्रदेश सरकारले सुरु गर्‍यो व्यवसाय जीवन रक्षा कर्जा

पाेखरा, ६ माघ । गण्डकी प्रदेश सरकारले व्यवसाय जीवन रक्षा कर्जा कार्यक्रम शुभारम्भ गरेकाे छ। यसका बारेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र नेपाल राष्ट्र बैङ्क पोखराबीच आज सम्झौतापत्रमा हस्ताक्षर भएकाे छ । काेराेना भाइरसकाे चपेटामा परेका उद्याेग व्यवसाय पुनः संचालनमा ल्याएर अर्थतन्त्रलाई चलायमान बनाउन गण्डकी प्रदेश सरकारले व्यवसाय जीवन रक्षा कोष अन्तर्गत कर्जा कार्यक्रम सञ्चालनमा ल्याएकाे हाे । व्यवसाय जीवन रक्षा कर्जा अन्तर्गत सिमान्तकृत, साना उद्याेगी व्यवसायीले ५० हजारदेखि -१५ लाखसम्म निर्ब्याजी कर्जा प्राप्त गर्न सक्ने भएका छन् । राष्ट्रिय… पुरा पढौ

आईपीओ आवेदनमा इन्फ्रास्ट्रक्चर बैंकले राख्यो नयाँ रेकर्ड

काठमाडौं, ६ माघ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण शेयरको आवेदन दिने अन्तिम दिन साँझसम्म कूल १५ लाख २६ हजार बराबरको आवेदन परेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले दिएको प्रारम्भिक जानकारीअनुसार कूल सात अर्ब ५८ करोडको साधारण शेयरमा झण्डै १८ अर्ब नौ करोड ८५ लाख ८० हजार बराबरको आवेदन परेको हो । बैंक तथा वित्तीय संस्थामा प्रत्यक्ष आवेदन दिनेको सङ्ख्या केही थपिन सक्ने बताइएको छ । सो बैंकको साधारण शेयरमा १५ लाख २६ हजार ५२७… पुरा पढौ

पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ :अर्थमन्त्री पौडेल

काठमाडाैं, ६ माघ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ का कारण अतिप्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् । पर्यटन र होटल व्यवसायका प्रतिनिधिसहित अर्थ मन्त्रालयमा आज आयोजित छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले सरकारले राहत, सहुलियत र प्रोत्साहनका कार्यक्रम ल्याएको भन्दै प्रभावकारी कार्यान्वनयमा जोड दिने बताए । बजेट, मौद्रिक नीतिलगायतमा उल्लेखित कार्यक्रमको कार्यान्वयन प्रक्रियामा देखिएका समस्या समाधानका लागि अग्रसरता लिएर अघि बढ्ने भन्दै अर्थमन्त्री पौडेलले परिस्थितिलाई ध्यान दिई अघि बढ्न, कठिनाइ परे सहजीकरण र सहयोग गर्न सरकार तयार… पुरा पढौ

बजेटको सही विनियोजन र खर्च क्षमता अभिवृद्धिमा जोड रहने छः दुगड

काठमाडौं, ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष आर्थिक सल्लाहकार मोतीलाल दुगडले वित्तीय एवं आर्थिक संस्थाहरु प्रभावकारी बनाई मुलुकको आर्थिक गतिविधि चलायमान बनाइने बताएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा रहेको कक्षमा पदबहाली गर्दै उनले विभिन्न मन्त्रालय तथा संस्थाहरुसँग समन्वय र छलफल गर्दै आर्थिक समृद्धिका लागि प्रधानमन्त्रीलाई आफूले सिफारिश गर्ने जानकारी दिए । मुलुकमा लगानी अभिवृद्धि गर्ने, व्यापार घाटा न्यूनीकरण गर्ने तथा वर्तमान आर्थिक चुनौती सामना गर्ने कामका लागि आफूले सबैसँग सल्लाह एवं सुझाव लिने जानकारी पनि दिए। पूर्वउद्योग, वाणिज्य तथा… पुरा पढौ