आर्थिक 📈

७ प्रतिशत बोनस पश्चात लुम्बिनी विकास बैंकको शेयरमूल्य समायोजन

काठमाडौं, १४ पुस। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लुम्बिनी विकास बैंकको मूल्य समायोजन भएको छ। बैंकले लाभांश वितरण तथा हकप्रद निष्काशन प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। बैंकको ७ प्रतिशत बोनस शेयर समायोजन पश्चात नेप्सेले बैंकको शेयरमूल्य प्रतिकित्ता २०४ रुपैयाँ निर्धारण गरेको छ। बैंकको शेयर आइतबार दोस्रो बजारमा २१८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। बैंकले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश बोनस तथा नगद लाभांशमा लाग्ने कर… पुरा पढौ

बैंकमा बढ्न थाल्यो कर्जाको माग, दैनिक २ अर्ब भन्दा धेरै लगानी

काठमाडौं, १४ पुस। कर्जाको माग अत्याधिक बढ्न थालेको छ । कोरोनाका कारण लामो समय कर्जाको माग आउन सकेको थिएन । तर पछिल्लो २ महिना यता कर्जाको माग निरन्तर बढिरहेको नेपाल बैंकर्स संघले बताएको छ । संघले दिएको जानकारी अनुसार पछिल्लो एक सातामा प्रतिदिन २ अर्ब रुपैयाँ भन्दा धेरै कर्जा लगानी भएको छ । निक्षेपको मात्रा भने त्यो भन्दा कम भएको संघले जनाएको छ । पुस ३ गतेसम्म वाणिज्य बैंकहरुले ३१ खर्ब २३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जसको… पुरा पढौ

लक्ष्मी बैंकको ‘माइ मोबाइल मनि’ भिडियो प्रतियोगिता, ५० हजारसम्मको नगद पुरस्कार

काठमाडौं, १४ पुस । लक्ष्मी बैंकले डिजिटल डिसेम्बर अभियान अन्तर्गत डिजिटल बैंकिङका विशेषता र लाभहरुको बारेमा जनचेतना जगाउने उद्देश्यले ‘माइ मोबाइल मनी’भिडियो प्रतियोगिताको घोषणा गरेको छ। यस प्रतियोगिता अन्तर्गत सहभागीहरुले लक्ष्मी बैंकको मोवाइल बैंकिङ्ग सेवासम्बन्धी सृजनात्मक भिडियो तयार गरी पठाउनु पर्नेछ। यसरी प्राप्त भिडियोहरुको भावनात्मक पक्ष, सृजनात्मकता, कथा–वस्तुको गुणवत्ता अनि सान्दर्भिकताको आधारमा विजेता घोषणा गरी विजयी सहभागीलाई ५० हजारसम्मको नगद पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ। एक महिने अभियानको माध्यमबाट बैंकले नेपाली जनतामा इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र भाइबर बैंकिङ… पुरा पढौ

राष्ट्रिय वाणिज्य बैंक र सिप्रदीबीच सम्झौता, टाटाको गाडि किन्नेलाई सहुलियत कर्जा

काठमाडौं, १४ पुस । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्गबीच सहुलियतपूर्ण तथा सवारी कर्जा लगानी गर्ने सम्बन्धमा दुईवटा अलग–अलग सम्झौता सोमबार काठमाडौंमा सम्पन्न भएको छ । सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले हस्ताक्षर गरे । पहिलो सम्झौता सहुलियतपूर्ण कर्जा लगानी सम्बन्धी रहेको छ । सम्झौता पछि टाटा कम्पनीका व्यापारिक सवारी साधन खरीद गरेर व्यवसाय गर्न चाहने उद्यमीहरुलाई सिप्रदी ट्रेडिङ्गले आफ्नो तालिम केन्द्रमा आवश्यक तालिम प्रदान गरी तालिम प्राप्त व्यक्तिलाई… पुरा पढौ

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा सप्तरीमा

काठमाडौं, २४ पुस । सनराइज बैंक लिमिटेडले सप्तरी जिल्लाको अग्निसाईर कृष्णासवरण गाँउपालिका–४, प्रश्वनी, सप्तरीमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५७ पुगेको छ । बैंकले अग्निसाईर कृष्णासवरण गाँउपालिका–४, प्रश्वनी, सप्तरीमा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा विनोद प्रसाद चौधरीलार्ई नियुक्त गरेको छ । शुक्रबार मिति २०७७÷०९÷१० मा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा अग्निसाईर कृष्णासवरण गाँउपालिका उप–प्रमुख मिना चौधरी, अग्निसाईर कृष्णासवरण गाँउपालिका वडा नं. ४ का अध्यक्ष महेश कुमार… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघमा कोइराला नेतृत्वको प्यानल

पोखरा, १३ पुस । पोखरा उद्योग वाणिज्य संघको आसन्न ३३ औं महाधिवेशनका लागि नारायण कोइराला नेतृत्वको प्यानल घोषणा गरिएको छ । प्यानलमा वरिष्ठ उपाध्यक्षमा पवनकुमार प्रजापति, उपाध्यक्ष (वाणिज्य) अर्जुन पोखरेल, उपाध्यक्ष (उद्योग) चीनुकुमारी गुरुङ, महासचिव सुरेन्द्रमान बिजुक्छे, कोषाध्यक्ष बलराम आचार्य र उपमहासचिवमा केशवबहादुर खत्री छन् । कार्यकारिणी सदस्य पदमा कुमारी मुना बास्तोला, दिनेशचन्द्र बास्तोला, ऋषिराम भण्डारी, रामेश्वर अधिकारी, कीर्तिबल्लव त्रिपाठी, हरिराज पन्त, देवेन्द्र केसी, शोभा गौतम, भरत केसी, सुदनबहादुर कोइराला छन् । यस्तै, एशोसिएट सदस्यमा हरिहर सापकोटा र हर्कबहादुर अधिकारी… पुरा पढौ

८.५७ अंकले सुधारियाे शेयर बजार

काठमाडौं, १३ पुस। शेयर बजारमा हिजो ४० अंकले घटेको भए पनि आज करेक्सन हुँदै ८.५७ अंकले बढेको छ । परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ ।  नेपाल स्टक एक्चसञ्ज लिमिटेड(नेप्से)का अनुसार आज ०.४३ अंकले बजार बढ्दा परिसूचक पुनः २ हजार माथि उक्लिदै २००७.२९ अंकमा पुगेको छ । आज २१४ कम्पनीका ७४ लाख ९७ हजार ३ सय ८४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८५ करोड ३ लाख २० हजार ४५ रुपियाँको कारोबार भएको छ । हिजो शेयर बजारमा… पुरा पढौ

सेन्ट्रल फाइनान्सले १० प्रतिशत लाभांश दिने, वोनस कति ?

काठमाडौं, १३ पुस । सेन्ट्रल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। पुस १२ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । फाइनान्सले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। यस अनुसार फाइनान्सले ५ करोड ७६ लाख ३७ हजार ८५० रुपैयाँ १३ पैसा बराबरको बोनस शेयर र २ करोड ४७ लाख… पुरा पढौ

बन्दाबन्दीमा समेत निगमले कमायो नाफा

काठमाडौं, १३ पुस । कोभिड–१९ को प्रभावले इन्धन खपतमा कमी आउँदा समेत नेपाल आयल निगमका नाफामा वृद्धि भएको छ । गत चैत ११ गतेदेखि गरिएको बन्दाबन्दीको अवधिमासमेत निगमले नाफा आर्जन गरेको छ । निगमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६÷७७ को अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार रु १३ अर्ब नाफा कमाएको छ । पेट्रोलियम पदार्थको कारोबार गरेर निगमले एक वर्षको अवधिमा रु १२ अर्ब ८७ करोड नाफा कमाएको हो । प्रतिवेदनमा मोतिहारी अमलेखगञ्ज पेट्रोलयम पाइपलाइनबाट इन्धन आयात गरी ढुवानी रकम बचत… पुरा पढौ

सुनकाे मूल्य उकालो लाग्यो, ताेलाकाे कति ?

काठमाडाैं, १३ पुस । आज सुनको मूल्य रु ७०० ले उकालो लागेको छ । शुक्रबारदेखि स्थिर रहेकाे सुनकाे मूल्यमा आज एकैदिन प्रतिताेला रू ७०० ले वृद्धि भएकाे नेपाल सुनाचाँदी व्यवसायी महासंघले बताएकाे छ । महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला रु ९४ हजार २०० रहेकाेमा आज प्रतितोला रु ९४ हजार ९०० मा काराेबार भएकाे छ । तेजाबी सुन आइतबार प्रतितोला रु ९३ हजार ७०० रहेकामा आज रु ७०० ले वृद्धि भई रु ९४ हजार ४०० मा कारोवार भएको छ ।… पुरा पढौ