आर्थिक 📈

नेपाल-दक्षिण अफ्रिका व्यापार तथा लगानी विस्तारमा जोड

काठमाडौं, २८ असोज। नेपाल र दक्षिण अफ्रिकाबीच द्विपक्षीय व्यापार, प्रत्यक्ष वैदेशिक लगानी तथा निजी क्षेत्रको सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने विषयमा गम्भीर छलफल भएको छ। जमालस्थित चेम्बर भवनमा बुधबार नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र नेपालका लागि दक्षिण अफ्रिकाका राजदूत प्रा. डा. अनिल सुकलालबीच भएको शिष्टाचार भेटवार्तामा पूर्वाधार, खानी तथा खनिज, ऊर्जा, कृषि प्रशोधन, सूचना प्रविधि र पर्यटनलगायत बहुआयामिक क्षेत्रमा साझेदारी बढाउने सहमति भएको हो। नेपाली उत्पादनलाई अफ्रिकी बजार: उच्च मूल्यका कृषि र हस्तकला प्राथमिकतामा भेटमा चेम्बर अध्यक्ष… पुरा पढौ

नेप्से २१ अङ्कले बढ्यो, कारोबार ४ अर्ब १३ करोडमा सीमित

काठमाडौं, २८ असाेज । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक लगातार चौथो कारोबार दिन पनि बढेर बन्द भएको छ। अघिल्ला दिनहरूको वृद्धिलाई निरन्तरता दिँदै बुधबार नेप्से परिसूचक २१.३२ अङ्कले बढेर २,६२१.२६ विन्दुमा पुगेको छ। नेप्सेसँगै ठूला कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ४.७९ अङ्कले बढेको छ। त्यसैगरी फ्लोट इण्डेक्स १.६१ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७१ अङ्कले सकारात्मक रहेका छन्। कारोबार रकम भने घट्यो परिसूचकमा सुधार आए पनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने केही घटेको छ। मङ्गलवार ४ अर्ब ७३ करोड… पुरा पढौ

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

काठमाडौं, २८ असाे । लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई नियुक्त भएका छन्। असोज २७ गते अपराह्न बसेको बैंक सञ्चालक समितिको ३३०औँ बैठकले भट्टराईलाई आगामी कात्तिक १५ गतेदेखि लागू हुने गरी सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो। नवनियुक्त सीईओ भट्टराई हाल सोही बैंकमा सिनियर डेपुटी प्रमुख कार्यकारी अधिकृत (Senior DCEI) तथा चिफ क्रेडिट अफिसर (Chief Credit Officer) का रूपमा कार्यरत छन्। बैंकिङ क्षेत्रमा लामो अनुभव हासिल गरेका भट्टराईको नेतृत्वमा बैंकले आफ्ना व्यावसायिक गतिविधि, कर्जा… पुरा पढौ

सुन र चाँदीको मूल्यमा उच्च गिरावट

काठमाडौं, २८ असोज । स्थानीय बजारमा आज बुधबार सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार ७०० रुपैयाँ र चाँदीको मूल्य रु १०० ले घटेको हो। महासङ्घले निर्धारण गरेको नयाँ मूल्यसूची अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ८९ हजार ५०० कायम भएको छ। यसअघि मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ९२ हजार २०० मा कारोबार भएको थियो। चाँदीको मूल्य पनि घट्यो सुनसँगै सेतो धातु चाँदीको… पुरा पढौ

भोटेकोशी र बूढीगण्डकीका बाढीपीडित ऋणीलाई किस्ता तिर्ने म्याद ३ महिना थपियाे

काठमाडाैं, २८ असाेज । भोटेकोशी र बूढीगण्डकीमा आएको बाढीका कारण समस्यामा परेका ऋणीले बैंकको किस्ता तिर्न थप ३ महिनाको समय पाएका छन् । नेपाल राष्ट्र बैंकले प्राकृतिक प्रकोपबाट प्रभावितहरूको वित्तीय समस्यालाई मध्यनजर गर्दै असोज मसान्तभित्र बुझाउनुपर्ने साँवा र ब्याजको म्याद पुस मसान्तसम्म तिर्न मिल्ने ब्यवस्था गरेकाे हो। केन्द्रीय बैंकको यो सुबिधा विशेषगरी भदौ १० मा रसुवाको भोटेकोशी र हालै गोरखाको बूढीगण्डकी क्षेत्रमा आएको बाढीबाट क्षति व्यहोरेका परियोजना तथा उद्यमीहरूले पाउनेछन्। बाढीकै कारण रसुवा भन्सार नाका अवरुद्ध हुँदा कच्चा पदार्थ तथा… पुरा पढौ

विन्ध्यबासिनी हाइड्रोपावरले कात्तिक १८ मा साधारण सभा बाेलायाे,५ प्रतिशत बोनस शेयरकाे प्रस्ताव

काठमाडौ, २८ असाेज। विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आफ्नो दसौँ वार्षिक साधारण सभा आह्वान गरेको छ। साथै गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर वितरण गर्ने समेत घोषणा गरेको छ। कम्पनीले बोनस शेयर लगायतका अन्य प्रस्ताव पारित गर्न कात्तिक १८ गते, बुधबार काठमाडौँको शंखमुलस्थित 'अनमोल बेन्क्वीट'मा बिहान साढे ९ बजे सभा बाेलाएकाे हाे। कम्पनीको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव… पुरा पढौ

बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन निर्देशन

हेटौँडा (मकवानपुर), २८ असोज. बागमती प्रदेश सरकारले बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएको छ । साथै नागरिकले प्रत्यक्ष अनुभूति गर्नेगरी सेवा प्रवाह र विकास निर्माणका कामलाई परिणाममुखी बनाउन पनि सरकारले आग्रह गरेको छ । प्रदेशका प्रमुख सचिव कमलप्रसाद भट्टराईको अध्यक्षतामा मंगलबार बसेको सचिवहरूको बैठकले प्रशासनिक कार्यशैली सुधार, सेवा प्रवाहमा प्रभावकारिता र विकास आयोजनाको कार्यान्वयनलाई प्राथमिकता दिँदै १७ बुँदे निर्णय गरेको हो । बैठकले बजेट खर्चको परिमाणभन्दा त्यसबाट नागरिकले प्राप्त गर्ने सेवा, सुविधा र विकासको वास्तविक उपलब्धिलाई… पुरा पढौ

तरकारीखेतीले उज्यालिएको मायाको परिवार

बझाङ, २८ असोज। पहाडी जिल्लामा कृषि गरेर जीविकोपार्जन गर्न अझै कठिन छ । सडक, बजार, सिँचाइ र आधुनिक प्रविधिको अभावका कारण धेरैले खेतीपाती छोड्दै गएका छन् । तर, यिनै चुनौतीलाई अवसरमा बदल्दै दुर्गाथली गाउँपालिका–५ सैनकी माया जप्रेल भने कृषि क्षेत्रमा प्रेरणाको स्रोत बनिरहनुभएको छ । पैतालीस वर्षीया जप्रेलले माटोसँगको प्रेमलाई व्यवसायमा रूपान्तरण गर्दै वार्षिक रु आठ लाखभन्दा बढी आम्दानी गरिरहनुभएको छ । शिक्षक श्रीमान् सुरेन्द्र जप्रेलको तलबमा आफ्नो आम्दानी थपेर उहाँले छोरालाई चिकित्सा शिक्षा अध्ययन गराइरहनुभएको छ । उहाँका लागि… पुरा पढौ

पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

भद्रपुर (झापा), २८ असोज। चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले चाडबाडमा उपभोग्य वस्तुको माग बढ्न सक्ने भएकाले आपूर्ति व्यवस्थालाई चुस्त र व्यवस्थित बनाउन सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ । उहाँले जिल्लामा ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति अवस्थाबारे समीक्षा गर्दै उपभोक्तालाई सहज रूपमा इन्धन उपलब्ध गराउन आवश्यक समन्वय गर्न जोड दिनुभयो । नेपाल आयल निगम चारआलीका प्रमुख उमेशकुमार पोखरेलका अनुसार जिल्लामा… पुरा पढौ

रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार

मुस्ताङ, २८ असोज। प्राचीन रेशमी मार्गसँग जोडिएको मुस्ताङको च्याङ्ग्रा व्यापारले पुस्र्तौंदेखि निरन्तरता पाउँदै आएको छ । कुनै बेला हिमालपारिको व्यापारमा ऊन र नुनको कारोबार गर्ने मार्गको विरासत दसैँंका बेला हिमाली च्याङ्ग्रा बजार झार्ने परम्पराले धानेको छ । मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीका च्याङग्रा व्यापारी निरज थकालीले प्राचीन रेशमी मार्ग, मुस्ताङी च्याङ्ग्रा र पोखरा क्षेत्रको दसँैको हजाराँ वर्ष पुरानो सम्बन्ध रहेको बताउनुभयो । “रेशमी मार्गमा नुन र ऊनको व्यापार इतिहास बने पनि दसैँमा मुस्ताङी च्याङ्ग्रा बेच्न बजार झर्ने चलनले रेशमी मार्गको विरासत… पुरा पढौ