आर्थिक 📈

नेप्सेमा ६.३७ अंकको बृद्धि, करिब ६ अर्बकाे कारोबार

काठमाडौं, ३० जेठ । साताको सेयर कारोबार हुने चौथो दिन पनि बुधबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । लगातार दोश्रो नेप्सेमा दोहोरो अंकको बृद्धिले लगानीकर्ताहरुमा उत्साह थपिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ६.३७ अंकले बढेर २१२१.६२ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.३० प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १.६७ अंकले बढेर ३७४.९१ विन्दुमा पुगेको छ । कुल १३ उपसमूहहरुमध्ये ४ वटामा रातो लागेको छ । बाँकी रहेका ९ वटामा हरियो लागेको छ । यसदिन कुल ३१२… पुरा पढौ

बुधबार सुनचाँदीको भाउ बढ्याे, कतिमा हुँदैछ कारोबार ?

काठमाडौ, ३० जेठ । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ६ सय तथा चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएको जनाएको छ । छापावाल सुनमा रुपैयाँ ६ सयले बढेर तोलाको १ लाख ४१ ह्जार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ४१ हजारमा रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ६ सयले बढेर तोलाको १ लाख… पुरा पढौ

बुद्धभूमि नेपाल हाइड्रोपावरकाे विशेष साधारण सभा आज

काठमाडौं, ३० जेठ । बुद्धभूमि नेपाल हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्न आज विशेष साधारण सभा डाकेकाे छ । कम्पनीले हाल कायम रहेकाे चुक्ता पुँजीको शतप्रतिशत हकप्रद खुलाउने भएकाे हाे । सभा कम्पनीको कम्पनीको रजिष्टर्ड कार्यालय, पानीपोखरी, काठमाडौंमा उक्त दिन बिहान १० बजे बाेलाइएकाे छ ।  साधारण सभाकाे प्रयोजनार्थ कम्पनीले जेठ २३ गते बुधबार बुक क्लोज गरिसकेकाे छ । सभामा भाग लिनका लागि सेयरधनीहरुले जेठ २२ गतेसम्म सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । कम्पनीको चुक्ता पुँजी रूपैयाँ ४० करोड… पुरा पढौ

बुधबार अमेरिकी डलरको भाउ बढ्यो, यूरो घट्यो

काठमाडौं, ३० जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ बढेको छ । युरोको भाउ भने घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ४१ पैसा र बिक्रिदर १… पुरा पढौ

प्रतिनिधिसभा-विनियोजन विधेयकमाथि आज पनि छलफल

काठमाडौं, ३० जेठ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षकमा आज पनि छलफल हुने भएकाे छ । विनियोजन विधेयकअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र कृषि तथा पशुपक्षी विकास मन्त्रालयका विभिन्न शीर्षकमा छलफल भइसकेकाे छ । छलफलमा सांसदहरु सूर्यमान दोङ, तेजुलाल चौधरी, मङ्गलप्रसाद गुप्ता, रणेन्द्र बराली, डा नारायण खडका, सूर्यप्रसाद ढकाल, रुपा सो.शी.(चौधरी) जाबेदा खातुन जागा, हेमराज राई, कान्तिका सेजुवाल, दयालबहादुर शाही, कुशुम थापा मगर, प्रभु हजारा, शान्ति विक, ईश्वरी घर्ती, देवप्रसाद तिमिल्सिना, सराज अहमद… पुरा पढौ

रु ३० खर्बको सूचना प्रविधि निर्यात गर्न सम्भव-अर्थमन्त्री पुन

काठमाडौं, २९ जेठ । नेपाललाई सूचना प्रविधिको हबका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित रु ३० खर्बको निर्यात र १५ लाखलाई रोजगारी दिने कुरा महत्वाकांक्षी भए पनि सफल पार्न सकिनेमा सरोकारवालाहरु हरु निश्चिन्त देखिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज आयोजना गरेको ‘सूचना प्रविधि दशक र आगामी कार्यदिशा’ विषयक कार्यक्रममा सरोकारवाला विज्ञहरुले नीतिगत सुधार र कानुनी अल्झन हटाइ स्थिर नीति बनाउन सकेको खण्डमा रु ३० खर्बको सूचना प्रविधि सेवा निर्यात गर्न सम्भव हुने… पुरा पढौ

नेप्सेमा ३३.१५ अंकको बृद्धि, साढे ५ अर्बको कारोबार

काठमाडौं, २९ जेठ । लामो समयपछि नेप्सेमा हरियाली छाएको छ । नेप्सेको हरियाली दृश्यले दगानीकर्ताहरुको मनोबल बढेको छ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा सकारात्मक हरियालीको माहोल देखिनाले अब उकालोको यात्रा तय गरेको होकि भन्ने आकलन गरिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३३.१५ अंकले बढेर २११५.२४ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.५९ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ४.१८ अंकले बढेर ३७३.२३ विन्दुमा रहेको छ । यसदिन १३ वटै उपसमूहहरुमा हरियाली छाएको छ… पुरा पढौ

विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि छलफल सुरु

काठमाडौं, २९ जेठ । प्रतिनिधिसभामा आजदेखि विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षकमाथि छलफल प्रारम्भ भएको छ । बैठकमा युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र कृषि तथा पशुपक्षी विकास मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल प्रारम्भ भएको हो । छलफलकै क्रममा सांसद रामहरि खतिवडाले सदनमा युवा तथा खेलकुदमन्त्री अनुपस्थित भएको प्रश्न गरेपछि सभामुख देवराज घिमिरेले युवा तथा खेलकुद मन्त्रालयअन्तगर्तको विनियोजन शीर्षकमाथिको छलफल सूचीबाट हटाए । छलफलमा सांसदहरु चन्द्रकान्त भण्डारी, मेनुकाकुमारी पोखरेल, देवेन्द्र पौडेल, धवलशम्शेर जबरा, अमरबहादुर… पुरा पढौ

मंगलबार सुनको भाउ स्थिर, चाँदीमा गिरावट

काठमाडौं, २९ जेठ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउमा भने रुपैयाँ १० ले गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको भाउ स्थिर रहेर तोलाको १ लाख ४१ हजार रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि सोमबार पनि छापावाल सुन तोलाको १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनको भाउ पनि स्थिर रहेर तोलाको १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार… पुरा पढौ

आज अमेरिकी डलरको भाउ बढ्यो, यूरो घट्यो

काठमाडौं, २९ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ बढेको छ । युरोको भाउ भने घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ३२ पैसा र बिक्रिदर १… पुरा पढौ