आर्थिक 📈

समता घरेलु लघुवित्तकाे सेयरमूल्य नेप्सेमा समायाेजन

काठमाडाैं, १९ चैत । समता घरेलु लघुवित्त वित्तीय संस्थाकाे सेयरमूल्य नेप्सेमा समायाेजन भएकाे छ । लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेपछि सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरिएकाे हो। लघुवित्तको ५.४२२२ प्रतिशत बोनस सेयर समायोजन गरिएकाे नेप्सेले जनाएकाे छ । सेयरमूल्य समायोजन गरिएपछि संस्थाकाे सेयरमूल्य ६६४ रुपैयाँ कायम गरिएकाे छ। नेप्सेक अनुसार संस्थाकाे अघिल्लो कारोबार भएकाे दिन आइतबारकाे अन्तिम मूल्यकाे आधारमा सेयरमूल्य समायोजन गरेर नयाँ ताेकिएकाे हाे । आइतबार दोस्रो बजारमा प्रतिकित्ता रूपैयाँ ७ सयमा अन्तिम… पुरा पढौ

पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ वृद्धि, अन्यकाे यथावत

काठमाडौं, १९ चैत । आजदेखि पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँले वृद्धि भएको छ । यसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७५ पुगेको छ । नेपाल आयाल निगम लिमिटेडको सञ्चालक समितिको निर्णयअनुसार आदेखि नयाँ मूल्य लागू भएकाे छ । निगमले नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ ७६ पैसाले बढेर आएको जनाएकाे छ । निगमले अन्य पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत् रहेको निगमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । पहिलो वर्गअन्तर्गत चार आली, विराटनगर, जनकपुर, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा… पुरा पढौ

सरकारले ताेक्याे वित्तीय समानीकरण र विशेष अनुदानको सीमा

काठमाडौं, १८ चैत । सरकारले आगामी आर्थिक वर्ष २०८१ / ८२ का लागि वित्तीय समानीकरण, समपूरक र विशेष अनुदानका रुपमा प्रदेश तथा स्थानीय तहलाई हस्तान्तरण गर्ने रकमको सीमा तय गरेको छ। सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा अर्थसचिव कृष्णहरि पुष्करले सङ्घ, प्रदेश र स्थानीय तहबीच वित्तीय हस्तान्तरण तथा राजस्व र प्राकृतिक स्रोत उपयोग एवं बाँडफाँटको अवस्थाबारे समितिलाई जानकारी गराए । उनका अनुसार वित्तीय समानीकरण अनुदानको कूल रु एक खर्ब ४८ अर्बमध्ये प्रदेशको लागि रु ६० अर्ब र स्थानीय… पुरा पढौ

नयाँ समीकरणपछि अर्थतन्त्रमा उत्साह देखियाे : प्रधानमन्त्री

काठमाडौं, १८ चैत । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता समीकरणमा परिवर्तन भएसँगै अर्थतन्त्रमा उत्साह पैदा भएको बताएका छन्। पार्टीका मधेस प्रदेशका केन्द्रीय सदस्य एवं वैकल्पिक केन्द्रीय सदस्य र सल्लाहकारहरूको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय अर्थतन्त्रले सकारात्मक लय लिएको बताए । “पछिल्लो समय अर्थतन्त्रले सकारात्मक लय लिएको छ, उद्योगी व्यवसायीहरू सकारात्मक भएका छन्”, अध्यक्ष प्रचण्ड भने, “अर्थतन्त्र चलयमान र दबाबमुक्त पनि भएको छ ।” नीति तथा कार्यक्रम र वार्षिक बजेट बनाउने… पुरा पढौ

नेप्सेमा १७.३० अंकको गिरावट, ३ अर्ब बढीको कारोबार

काठमाडौं, १८ चैत । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा नकारात्मक माहोल देखिएको छ ।नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसुचक १७.३० अंकले घटेर २०१८.३३ विन्दुमा झरेको छ । नेप्सेमा ०.८५ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.५१ अंकले घटेर ३६५.५८ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये नीर्जिवन बीमा बाहेक बाँकी १२ वटामा रातो लागेको छ । यसदिन ३१६ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको ७९ लाख ५७ हजार ६५९ कित्ता सेयरको खरिदबिक्रीबाट ३ अर्ब २० करोड… पुरा पढौ

तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ छिचोलियो

काठमाडौं, १८ चैत । ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ को सिमाना भएर बग्ने सेती नदीको पानीलाई प्रयोग गरी निर्माणाधीन एक सय ४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ (छिचोलिएको) भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव गोपालप्रसाद सिग्देल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं तनहुँ हाइड्रोपावरका सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङले आज संयुक्तरुपमा स्वीच थिचेर विस्फोट गराएपछि मुख्य सुरुङ ‘ब्रेक थ्रु’ भएको हो । आयोजनाको प्याकेज–२ अन्तर्गत जलाशयको मुहान (इनटेक)बाट सुरु भई पेनस्टक… पुरा पढौ

प्रि ओपन सेसन : नेप्सेमा ०‍‍‍.९३ अंककाे गिरावट

काठमाडौं, १८ चैत । साताको सेयर काराेबार हुने पहिलो दिन आइज आइतबार नेपाली सेयर बजारकाे प्रि ओपन सेसन नकारात्मक देखिएकाे छ । यस अविधमा नेप्से परिसूचक सामान्य अंकले घटेकाे छ । अर्थात नेप्सेमा ०‍‍‍.९३ अंककाे गिरावट भएकाे हाे । सेयर बजारमा अघिल्लो कारोबार भएकाे दिन बिहीबार नेप्से परिसूचक ४.७८ अंक बढेर २०३५.६४ विन्दुमा उक्लिएकाे थियाे । यसिदनकाे प्रि ओपन सेसनमा नेप्से ०.९३ अंकले घटेर २०३४.७० विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ०.१३ अंकले घटेर घटेर ३५८‍.९६ विन्दुमा रहेकाे छ। आजकाे प्रि… पुरा पढौ

आईतबार सुनचाँदी स्थिर भाउमा खरिदबिक्री हुँदै

काठमाडौं, १८ चैत । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । स्थिर रहेको यो भाउ हालसम्मकै उच्च भाउ हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन सुनचाँदीको भाउ स्थिर रहेर शुक्रबारकै भाउ कायम गरिएको जनाएको हाे। छापावाल सुनको भाउ आज स्थिर रहेर तोलाको १ लाख ३० हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार पनि छापावाल सुन तोलाको १ लाख ३० हजार रुपैयाँमा नै कारोबार भएको थियो । तेजाबी सुनको भाउ पनि स्थिर… पुरा पढौ

आईतबार अ‍ेमरिकी डलर, यूरोसहित अन्यको भाउ स्थिर

काठमाडौं, १८ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलर, यूरो तथा अन्य सबैको भाउ स्थिर रहेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ १५ पैसा र बिक्रिदर १… पुरा पढौ

लगानी सम्मेलनबारे अर्थमन्त्रीले गरे भर्चुअल बैठक

काठमाडाैं, १८ चैत । बैशाखमा नेपालमा सम्मेलनकाे तयारी गरीरहँदा अर्थमन्त्री वर्षमान पुनले विदेशस्थित ४० बढी नेपाली राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरुसँग अनलाइन बैठक गरेका छन् । सम्मेलन आगामी वैशाख १६ र १७ गते गरिने भएकाे छ । शुक्रबार राति परराष्ट्र मन्त्रालय भएकाे बैकमा मुख्यसचिव बैठकुण्ठ अर्याल, परराष्ट्रसचिव सेवा लम्साल र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुशील भट्टलका लगायतका व्यक्तिहरूकाे सहभािगता थियाे । कार्क्रममा अर्थमन्त्री पुनले राजदूत तथा विदेशी नियोगका अधिकारीहरूहरुलाई सम्मेलन हुनु अघिकाे एक महिना लगानी सम्मेलनका लागि ध्यान… पुरा पढौ