आर्थिक 📈

नेसनल लघुवित्तकाे साधारण आज, १५ प्रतिशत लाभांशकाे प्रस्ताव

काठमाडौं, १६ चैत । नेसनल लघुवित्त वित्तीय संस्थाको साधारण सभा आज धुलिखेलमा बाेलाइएकाे छ । साधारण सभा, काभ्रेेकाे धुलिखेल लज रिसोर्टमा बिहान १०ः३० बजे डाकिएकाे छ । सभाले गत वर्षको नाफाबाट ७.५ प्रतिशत बोनस तथा त्यसकाे कर प्रयोजनका लागि ७.५ प्रतिशत नगद लाभांशसहित १५ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गर्नेछ ।  यस्तै सभाले ६ लाख ६९ हजार ९ सय कित्ता थप सार्वजनिक निष्कासनकाे प्रस्ताव पारित गर्नेछ । यस्तै चुक्ता पुँजीकाे वृद्धि र प्रबन्धपत्र तथा नियमावली संशोधन हुनेछ । संस्थापक समूहबाट… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको भाउ

काठमाडौं, १६ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२३रुपैयाँ १५ पैसा र बिक्रिदर १ सय ३३ रुपैयाँ ७५ पैसा रहेको छ । यूरो १ को खरिददर १… पुरा पढौ

१ किलाे स्ट्रबेरी किन्दा १ किलाे सित्तैमा

दाङ, १६ चैत । लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म भएका छन् । चरा र कीराले नखाओस् भनेर सेतो पातलो कपडाले छोपिएको छ । वाणगङ्गा नगरपालिका कपिलवस्तुमा पाँच वर्ष पहिलेदेखि फूलखेती गरिरहेका भास्कर पङ्गेनी र दशरथ साउदले दाङको घोराही उपमहानगरपालिका–१५ भरतपुरमा १७ कठ्ठा जमिन मासिक रु दुई हजार भाडा दिने शर्तमा विगत दुई वर्षदेखि सयपत्री खेती गरेका थिए। उनीहरुले सोही स्थानमा अहिले स्ट्रबेरी खेती गरेका छन् । दाङको हावापानी सुहाउँदो केही खेती गरौँ भन्ने साथीहरुसँग सल्लाह गरी स्ट्रबेरी… पुरा पढौ

नेप्से ४.७८ अङ्कको वृद्धि, साढे २ अर्बकाे काराेबार

काठमाडौं, १५ चैत । सताकाे सेयर काराेबार हुने अन्तम दिन बिहिबार नेपाली सेयर बजारमा सामान्य अंककाे बृद्धि भएकाे छ । नेपाल स्टक एक्सचेजका अनुसार नेप्से परिसूचक चार दशमलव ७८ अङ्कले उकालो लागेर दुई हजार ३५ दशमलव ६४ विन्दुमा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३६ ओरालो लागेर तीन सय ५९ दशमलव शून्य नौमा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहकोे शेयर मूल्य ओरालो लाग्दा आठ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको… पुरा पढौ

साताैं दिनमा पनि सर्वोत्तमकाे सेयर सर्किट लेबलमा काराेबार

काठमाडाैं, १५ चैत । सर्वोत्तम सिमेन्टकाे सेयर काराेबारमा लगातार सर्किट लाग्ने क्रम राेकिएकाे छैन । कम्पनीले बुक बिल्डिङबाट सेयर गरेकाे थियाे । आज साताैं दिनमा पनि सेयर सर्किट लेबलमा काराेबार भएकाे छ । दोस्रो बजारमा कारोबारमा शुरू भएपछि लगानीकर्ताहरू बढी सक्रिय भएकाे देखिएका छन् । शुरूकाे दिनमा नेटवर्थको तीन गुणा रूपैयाँ ५ सय ५६ मा कारोबार शुरु भएको थियो । सर्वाेत्तमकाे सेयरकाे सातौ दिनकाे आजकाे कारोबारसम्म आउदा सर्किट लेबलमै कारोबार भएकाे छ भने जाे प्रतिसेयर एक हजार ८३ रुपैयाँमा किनबेच… पुरा पढौ

सुन तोलाको १ लाख २७ हजार ९ सय पुग्यो, चाँदी पनि बढ्याे

काठमाडौं, १५ चैत । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसयाी महासंघले छापावाल सुनमा रुपैयाँ ११ सय तथा चाँदीमा रुपैयाँ २० ले बढेको जनाएको छ । छापावाल सुनमा रुपैयाँ ११ सयले बढेर तोलाको १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुनज तोलाको १ लाख २६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ११ सयले बढेर तोलाको १… पुरा पढौ

अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूलखेतीमा

गलेश्वर (म्याग्दी), १५ चैत । अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका किसानले व्यावसायिक फलफूलखेती सुरु गरेका छन् । साथै उनीहरूले सागसब्जी पनि उमार्न थालेका छन् । बेनी नगरपालिका–२ का किसान क्षेत्रबहादुर कटुवालले परम्परागत रुपमा गर्दै आएको स्थानीय जातको धान र गहुँखेतीबाट अपेक्षित उत्पादन नभएपछि सागसब्जी र फलफूलखेती प्रारम्भ गरे। त्यसैगरी सोही वडाका खिमबहादुर कार्की र दुर्गाबहादुर थापाले धान फल्ने खेतमा केराखेती गरेर परम्परागत खेतीबाट हुने आयभन्दा तीनगुणा बढी आम्दानी लिन सफल भएका छन् । रोहोटेका हरिलाल घिमिरेले अन्नबालीको विकल्पमा… पुरा पढौ

उत्पादन र रोजगार केन्द्रित बजेटको तयारी गर्न प्रधानमन्त्री दाहालकाे निर्देशन

काठमाडौंं, १४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परम्परागत ढाँचाको नभएर उत्पादन र रोजगारीलाई लक्षित गरी बजेट निर्माणको तयारी गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित आर्थिक वर्ष २०८१/८२ को बजेटको स्रोत अनुमानसम्बन्धी बैठकमा उनले जनतामा आशा जगाउने गरी उत्पादन र रोजगार केन्द्रित बजेटको तयारी गर्न निर्देशन दिए । प्रधानमन्त्रीले भने, “नीति तथा कार्यक्रम र बजेट निर्माणमा दुई थरि ‘स्कुल अफ थट’ छन् । एउटा दृष्टिकोण छ, ‘अर्थतन्त्र दबाबमा छ, धान्न सक्ने परम्परागत ढाँचाकै… पुरा पढौ

नेप्सेमा १०.८३ अंकको गिरावट, २ अर्ब बढीको कारोबार

काठमाडौं, १४ चैत । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार आज नेपाली सेयर बजारमा नकारात्मक दृश्य देखिएको छ । एउटा बाहेक सबै सूचकांकहरुमा रातो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०.८३ अंकले घटेर २०३०.८६ विन्दुमा झरेको छ । नेप्सेमा ०.५३ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.१७ अंकले घटेर ३५९.४६ विन्दुमा रहेको छ । यसदिन १३ वटा उपसमूहहरुमध्ये एउटामा मात्रै हरियो लागेको छ । बाँकी सबै १२ वटा उपसमूहहरुमा रातो लागेको छ । कुल ३१० वटा कम्पनीहरुको… पुरा पढौ

अदुवा खेतीकाे आधुनिकीकरणले बढ्याे किसानको आम्दानी

फिक्कल (इलाम), १४ चैत । पछिल्लो समय इलाममा अदुवाखेती विस्तार हुँदै गएको छ । अदुवाखेतीले यहाँका किसानको जीवनस्तरमा परिवर्तन ल्याउन थालेपछि खेती विस्तार भएको हो । किसानले व्यावसायिकरुपमा अदुवाखेती गरी मनग्य आम्दानी गर्न सफल भएका छन् । परम्परागत शैलीको अदुवाखेतीबाट आधुनिकीकरण हुन थालेपछि उत्पादन र आम्दानीमा वृद्धि भएको किसानको भनाइ छ । इलामको फाकफोकथुम गाउँपालिका–४ फुएतप्पाका रत्न लिम्बूले गत वर्ष अदुवा बेचेर रू १२ लाख आम्दानी गरे। अदुवा (बच्चा) प्रतिमन (४० किलो) रू आठ हजारका दरले एक सय ५० मन… पुरा पढौ