आर्थिक 📈

अमेरिकी डलरको भाउ घट्यो, यूरो बढ्यो, अन्यको कति ?

काठमाडौं, ९ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको भाउ घटेको छ । यूरोसहित अन्य केहि देशहरुको मुद्राको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ४५… पुरा पढौ

माटोमा शिल्प भरेर चलेको वीरपालको जीविका

कञ्चनपुर, ९ फागुन । माटोका भाँडाकुँडा बनाएर शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीका वीरपाल कुमालका तीन पुस्ता बितेका छन् । भारतबाट बसाइँ सरेर वीरपालका बाजे भीमपाल माटोका भाँडाकुँडा बनाउन सात दशकअघि यता आएको हो । बाजेले गर्दै आएको काम उनका बुबा चिरौँजीलालले पनि निरन्तरता दिए । अहिले त्यही काम वीरपालले सम्हाल्दै आएको छ । वर्षौँदेखि यहाँ बस्दै आएका उनीसँग चार कठ्ठा चार धुर जग्गाको २०२५ मा उपलब्ध गराइएको जग्गाधनी प्रमाणपत्र पनि छ । त्यो जग्गा निकुञ्ज विस्तारित क्षेत्रमा पर्दा उनले सट्टाभर्ना पाउन भने… पुरा पढौ

साढे ६ अर्ब हिनामिना गरेका कान्तिपुर सहकारीका अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरी पक्राउ

काठमाडौं, ९ फागुन । रूपैयाँ साढे ६ दुरूपयाेग गरेका अर्ब कान्तिपुर सहकारीका अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरी पक्राउ परेका छन् । सहकारी ठगीको उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । ठकुरीले व्यक्तिगत नाममा घरजग्गा, निजी कम्पनी र रिसोर्टमा लगानी गरेर बचतकर्ताहरुको रकम दुरूपयाेग गरेको भन्दै पीडितले प्रहरीमा उजुरी गरेपछि उनी गिरफ्तारीमा परेका हुन्। भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले फागुन ४ गते कान्तिपुर सहकारीलाई समस्याग्रस्त घोषणा गर्ने निर्णय गरेको थियो । सहकारी विभागको नियमनमा पर्ने तपसिलमा उल्लेखित सहकारी संस्थाले… पुरा पढौ

बैङ्किङ क्षेत्रकाे दुष्प्रचार नगर्न राष्ट्र बैङ्ककाे आग्रह

काठमाडौं, ९ फागुन । नेपाल राष्ट्र बैङ्कले बैङ्किङजस्तो संवेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्ने गरी भइरहेको दुष्प्रचारको पछाडी नलाग्न सबैमा आग्रह गरेको छ । केन्द्रीय बैङ्कले सूचना प्रकाशित गरी लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमित रूपमा बैङ्किङ कारोबार गर्न अनुरोध गरेको हाे । “नेपाल राष्ट्र बङ्कबाट इजाजतपत्र प्राप्त गरी यस बैङ्कको प्रत्यक्ष नियामकीय तथा सुपरिवेक्षकीय दायरामा रहेका बैङ्क तथा वित्तीय संस्थाहरूको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा हाल केही व्यक्ति/समूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति केन्द्रीय बैङ्कको गम्भीर ध्यानाकर्षण भएको छ”, सूचनामा… पुरा पढौ

धुलो दूधको माग घटेपछि ‘डेरी’ सञ्चालनमा समस्या

दमक, ९ फागुन । झापामा दूध तथा दुग्धजन्य सामग्री उत्पादन एवं बिक्री (डेरी सञ्चालन) गर्दै आएकाहरूले स्वदेशमा उत्पादन भएको धुलो दूधको माग घटेपछि व्यवसाय सञ्चालनमा समस्या भएको गुनासो गरेका छन् । स्थानीय किसानले उत्पादन गर्दै आएको गाई भैँसीको दूध सङ्कलन गरी बजारीकरण गर्दै आएका साना तथा मझौला डेरी व्यवसायीले किसानलाई भुक्तानी दिननसक्ने अवस्थामा आफूहरु पुगेको दुखेसो पनि गरेका छन् । विगत चार वर्ष अघिदेखि झापाको दमक–१० सेतुमारीमा डेरी सञ्चालन गर्दै आएका व्यवसायी विदुर भण्डारीले पछिल्ला केहि दिनयता डेरी व्यवसायीले स्थानीयस्तरमा… पुरा पढौ

नेप्सेमा झिनो अंकको गिरावट, ३ अर्ब बढीको कारोबार

काठमाडौं, ८ फागुन । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजार नकारात्मक लयमा देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १.७६ अंकले घटेर २०३३.०६ विन्दुमा झरेको छ । नेप्सेमा ०.०८ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.८८ अंकले घटेर ३६४.३२ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये ५ वटामा हरियो लागेको छ । बाँकी रहेका ८ वटा उपसमूहहरुमा हरियो लागेको छ । यसदिन कुल ३१४ कम्पनीहरुको सेयर खरिद बिक्री भएको छ । उनीहरुको ९३ लाख ४२ हजार… पुरा पढौ

फरक क्षमता भएका व्यक्तिका लागि विशेष काउन्टर तथा एटिएमकाे ब्यवस्था गर्न बैंकहरुलाई राष्ट्र बैंककाे निर्देशन

काठमाडौं, ८ फागुन । फरक क्षमता (अपाङ्ग) भएका व्यक्तिका लागि विशेष काउन्टर र एटिएमकाे ब्यवस्था गर्न राष्ट्र बैंकले बैंकहरुलाई निर्देशन दिएकाे छ । यस्ता व्यक्तिहरुलाई विशेष काउन्टर तोक्नुपर्ने नियम नै रहेको भन्दै राष्ट्र बैंकले मंगलबार सूचना जारी गरेर याे निर्देशन दिएकाे हाे । स्थाीय तहमा पाँचभन्दा बढी शाखा रहेका स्थानमा कम्तीमा १ शाखा र एटीएम लाउञ्ज भएका स्थानमा १ वटा एटीएम अपाङ्गमैत्री बनाउनुपर्ने जारी सूचनामा भनिएको छ। अपाङ्गता भएका व्यक्तिलाई एटीएम, मोबाईल बैंकिङ, इन्टरनेट बैंकिङ जस्ता वित्तीय सेवाहरु व्यक्ति स्वयमले… पुरा पढौ

प्रि ओपन सेसन : नेप्सेमा ०.०३ अंककाे गिरावट

काठमाडौं, ८ फागुन । साताकाे सेयर काराेबार हुने तेश्राे दिन मंगलबार नेपाली सेयर बजारमा नकारात्मक लय देखिएकाे छ । यसदिन नेप्सेकाे प्रि ओपन सेसनमा नेप्से पिरसूचक ०.०३ अंकले घटेको छ । यसरी घटेकाे नेप्से परिसूचक २०३४.७८ विन्दुमा झरेको छ । याे अवधिमा रूपैयाँ ५ लाख १० हजार रुपैयाँ बढीको कारोबार भएको छ । ३१ कम्पनीको ९ सय ५७ कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएकाे छ ।  नेप्सेका अनुसार यस सेसनमा ४५ वटा कम्पनीहरूकाे सेयर कारोबार भएको छ। उनीहरूमा १३ वटा… पुरा पढौ

मंगलबार सुनचाँदी स्थिर भाउमा खरिदबिक्री हुँदै

काठमाडौं, ८ फागुन । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ स्थिर रहेर तोलाको १ लाख १८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार पनि छापावाल सुन तोलाको १ लाख १८ हजार रुपैयाँमा नै कारोबार भएको थियो । तेजाबी सुन तोलाको १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन तोलाको १ लाख १७ हजार ४ सय ५०… पुरा पढौ

अमेरिकी डलरको भाउ स्थिर, यूरोसहित अन्यको बढ्यो

काठमाडौं, ८ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोसहित अन्य देशहरुको मुद्राको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ५३… पुरा पढौ