आर्थिक 📈

आईपीओ निष्कासन गर्न ह्याम्स अस्पतालले दियाे धितोपत्र बोर्डमा आवेदन

काठमाडौं, ८ पुस । हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल)ले आईपीओ निष्कासनकाे लागि धितोपत्र बोर्डमा निवेदन दिएकाे छ । मुक्तिनाथ क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा ११ लाख २५ हजार कित्ता शेयर सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न शुक्रबार नेपाल धितोपत्र बोर्डमा स्वीकृतीको लागि निवेदन दिएको छ । अस्पतालले आफ्नो जारी पूँजीको १५ प्रतिशतले हुन आउने कूल ११ करोड २५ लाख रकम बराबरको १०० अङ्कित दरमा प्रिमियम वापत १८८ थप गरी जम्मा प्रति शेयर मूल्य २८८… पुरा पढौ

प्रभु क्यापिटलका ग्राहकले रिसेन्ट एण्ड रिदम टुर्स एण्ड ट्राभल्सबाट विशेष छुट पाउने

काठमडााैं, ८ पुस । प्रभु क्यापिटलले हितग्राही ग्राहकहरूको लागि विशेष याेजना ल्याएको जनाएकाे छ । साे विशेष याेजनाका लागि प्रभु क्यापिटल लिमिटेड र रिसेन्ट एण्ड रिदम टुर्स एण्ड ट्राभल्सबीच ३ बर्षका लागि आज एक सम्झौता पत्रमा हस्ताक्षार सम्पन्न भएकाे छ । सम्झौतापत्रमा क्यापिटलको तर्फबाट सिइओ आशिष गौचन र रिसेन्ट एण्ड रिदम टुर्स एण्ड ट्राभल्सको तर्फबाट प्रबन्ध निर्देशक प्रकाश थापाले हस्ताक्षर गरेका छन । सम्झौता भएपछि अब प्रभु क्यापिटलमा डिम्याट खाता खोलेका ग्राहकले रिसेन्ट एण्ड रिदम टुर्स एण्ड ट्राभल्सले दिने सेवामा… पुरा पढौ

नेप्सेमा २१.०३ अंकको गिरावट, ७ अर्ब ११ करोडको कारोबार

काठमाडौं, ८ पुस । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २१.०३ अंकले घटेर २०८८.०९ विन्दुमा झरेको छ । नेप्सेमा ०.९९ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ५.२९ अंकले घटेर ३९१.३३ विन्दुमा पुगेको छ । १३ उपसमूहरुमध्ये ४ वटामा हरियो लागेको छ । बाँकी ९ वटामा रातो लागेको छ । कुल ३०९ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको १ करोड ८५ लाख ८९ हजार ३७९… पुरा पढौ

तनहुँका कृषक अधिकारीले बिक्री गरे एउटै बगानबाट ७५ लाखको सुन्तला

दमौली, ८ पुस । तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका सुन्तला उत्पादक कृषक विश्वबहादुर अधिकारीले एउटै सुन्तला बगानमा उत्पादित सुन्तला ७५ लाखमा बिक्री गरेका छन् । उनले सुन्तला व्यापारी तुलबहादुर थापालाई उक्त बगानमा उत्पादित सुन्तला सो मूल्यमा बिक्री गरे । यहाँ उत्पादित सुन्तला विगत केही वर्षयता उनले नै ठेक्कामा खरिद गर्दै आएका छन्। कृषक अधिकारीले भने, “ठेक्कामा बिक्री गर्दा सजिलो हुने भएकाले एकैचोटी ठेक्कामै दिन्छु । यो वर्ष रु ७५ लाखमा सुन्तला बिक्री गरेको हुँ ।” जिल्ला विकास समितिका पूर्वसभापति भइसकेका उनी… पुरा पढौ

एनआईसी एशिया लघुवित्तले गर्याे वित्तिय साक्षरता कार्यक्रम

काठमाडाैं, ८ पुष । इटहरी, सुनसरीमा रजिष्टर्ड कार्यालय तथा काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेकाे छ। संस्थाले शनिबार कन्चनपुर, बोडगाउँ, कन्चन, रामापुर, गोबरैया, बेलाशपुर बान्डुसेन शाखा मार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हाे। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पौष महिनामा सो कार्यक्रम सम्पन्न गरेको बताइएकाे छ । समुदायस्तरमा रहेका सदस्यहरुलाई वित्तीय कारोवार, दैनिक आम्दानी तथा खर्चको विश्लेषण गर्न, वित्तीय सेवा सम्बन्धी ज्ञान, व्यवसाय व्यवस्थापन आदि जस्ता कुराहरुमा चेतना बृद्धि भई… पुरा पढौ

आईतबार बढ्यो सुनचाँदीको भाउ, तोलाको कति ?

काठमाडौं, ८ पुस । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा १ सय रुपैयाँ तथा चाँदीमा १० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदीका व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १ सयले बढेर तोलाको १ लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख १९ हजार ८ सयमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १ सयले बढेर तोलाको १ लाख १९… पुरा पढौ

राधी विद्युतकाे साधारण सभा पुस २९ गते

काठमाडाैं, ८ पुस । राधी विद्युत कम्पनीले लाभांश पारित गर्न साधारण सभा डाकेकाे छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गर्न पुस २९ गते साधारण सभा डाकेको हाे । सभा कम्पनीकाे काठमाडौंकाे त्रिपुरेश्वरमा रहेकाे कार्यालयमा बाेलाइएकाे छ । सभामा वेबिनारबाट उपस्थित हुन सकिने भएकाे कम्पनीले जनाएकाे छ । साे सभा पूर्वान्ह ११ बजे डाकिएकाे छ । सभाबाट ४.७५ प्रतिशतका दरले बोनस र त्यसकाे कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांशसहित ५ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्ताे आजकाे भाउ

काठमाडौं, ८ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । यसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेकाे छ । यूरो लगायतका अन्य देशहरूको मुद्राको भाउ पनि स्थिर रहेकाे छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ… पुरा पढौ

गुप्तेश्वर गुफाको आम्दानी पाँच करोड बढी

पाेखरा, ८ पुस । पोखरा–१७ छोरेपाटनस्थित ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्र गुप्तेश्वर महादेव गुफामा एक वर्षको अवधिमा रु पाँच करोड ४२ लाख ३८ हजार पाँच सय ८३ आम्दानी भएको छ । गुप्तेश्वर महादेव गुफा संरक्षण समितिको २८औँ वार्षिक साधारणसभामा दिइएको जानकारी अनुसार टिकट बिक्रीबाट रु चार करोड २८ लाख ५८ हजार चार सय ८०, दान पात्रबाट रु २७ लाख ४६ हजार नौ र सहयोग रसिदबाट रु ५१ लाख २७ हजार सात सय ५१, बैंक ब्याजबाट रु १८ लाख ३५ हजार… पुरा पढौ

नेप्सेले सेयरधनीहरूलाई ६४ प्रतिशत लाभांश दिने

काठमाडाैं, ८ पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले लाभांश अनुमाेदन गर्न साधारण सभा बेालाएकाे छ । कम्पनीले सेयरधनीहरूका लागि ६४ प्रतिशत लाभांश वितरण गर्ने भएकाे छ । कम्पनीले हाल कायम रहेकाे चुक्ता पूँजीको ६४ प्रतिशतका दरले साे नगद लाभांश वितरण गर्ने भएको हाे । नेप्सेले यही पुस २९ गते आफ्नै कार्यालयमा ४२ औं वार्षिक साधारण सभा बोलाएको छ। उक्त साधारण सभा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ । सभाबाट गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत पारित गर्ने, लेखापरीक्षककाे नियुक्त र… पुरा पढौ