आर्थिक 📈

अमेरिकी डलर र यूरो दुबैको भाउ बढ्यो, अन्यको कति ?

काठमाडौं, ६ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेकाे छ । यूरो लगायतका अन्य देशहरूको मुद्राको भाउ पनि बढेकाे छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९५ पैसा र… पुरा पढौ

लाभांश पारित गर्न सपाेर्ट लघुवित्तले डाक्याे साधारण सभा

काठमाडौं, ६ पुस। सपोर्ट लघुवित्त वित्तीय संस्थाले लाभांश वितरणकाे प्रस्ताव पारित गर्न साधारण सभा डाकेकाे छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न यसअघि घोषणा गरिएकाे लाभांश पारित गर्न पुस २७ गते नवौँ वार्षिक साधारण सभा डाकेकाे हाे । साधारण सभा इटहरीकाे दुर्गा पार्टी प्यालेसमा पुस २७ गते बिहान साढे ९ बजे डाकिएकाे सभाबाट १३ प्रतिशत दरले बोनस तथा र त्यसकाे कर प्रयोजनका लागि ०.६८४ प्रतिशत नगद लाभांशसहित १३.६८४ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन हुने भएकाे छ ।… पुरा पढौ

ग्यासमा स्वचालित मूल्य लागू गर्नुपर्छ-मुख्यसचिव अर्याल

काठमाडौं, ६ पुस । मुख्यसचिव डा बैकुण्ठ अर्यालले खाना पकाउने एलपी ग्यासमा स्वचालित मूल्य प्रणाली लागू गरिनुपर्ने बताएका छन् । नेपाल एलपी ग्यास उद्योग सङ्घको २४औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले विविध कारणबाट स्वचालित मूल्य लागू हुन नसकेको भए पनि अब कार्यान्वन गर्नुपर्ने बताए । उपभोक्ता सचेतना अभिवृद्धि गर्न व्यवसायीको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै अर्यालले ग्यास सिलिन्डरको सुरक्षामा ध्यान दिन व्यवसायीलाई आग्रह गरे। जनचेतना जगाउन सरकार र व्यवसायीले अभियान चलाउनुपर्नेमा उनले जोड दिए । मुख्य सचिव आर्यालले कोरोनाको… पुरा पढौ

कार्यान्वयन हुने योजना समेटेर १६ औँ योजना बनाउदै आयोग

काठमाडौं, ५ पुस । मुलुकको विकास निर्माण प्रक्रियामा नयाँ खोज्ने र कार्यान्वयन हुने खालका मात्रै योजना छनोट गर्ने उद्देश्य राखेर राष्ट्रिय योजना आयोगले १६ औँ योजनाको तयारी गरिरहेको जनाएको छ । आयोजना कार्यान्वयनका क्रममा के कस्ता समस्या देखिए, समाधानका लागि गरिएका प्रयास प्रभावकारी भए वा भएनन् यी र यस्तै प्रश्नको उत्तर खोज्दै जनअपेक्षा सम्बोधन गर्ने गरी नयाँ योजनाको तयारी भइरहेको आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले जानकारी दिए। आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष श्रेष्ठ १६ औँ योजना तर्जुमा सम्बन्धमा हालसम्म… पुरा पढौ

साताकाे अन्तिम दिन नेप्से ३२.७७ अंकले घट्याे, ६ अर्ब बढीको कारोबार

काठमाडौं, ५ पुस । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा गरेपछि उकालो लागेको नेप्सेमा फेरी ब्रेक लागेको छ । साताको सेयर कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट भएको हाे । लगातार उकालो लागेको नेप्सेको सूचकांकबाट उत्साहित भएका लगानीकर्ताहरु यसदिन ओरालो झरेको नेप्सेको दृश्यले फेरी नकारात्मक लयमा फर्किएको त होईन भनि पर्ख र हेरको अवस्थामा पुगेका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३२.७७ अंकले घटेर २१०९.१० विन्दुमा झरेको छ । नेप्सेमा १.५३ प्रतिशतले गिरावट… पुरा पढौ

यी दुई कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडाैं, ५ पुस । नेपाल इन्फ्रास्ट्रक्चर बैंक र चिलिमे जलविद्युत कम्पनी लिमिटेडले साधारण सभा डाकेका छन् । यी दुई कम्पनीले साधारण सभाकाे प्रयाेजनका लागि बुक क्लाेज गरिसकेकाले लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पुस ६ गते शुक्रबार बुक क्लाेज हुने बताएकाे छ । उता चिलिमे जलविद्युत कम्पनीले पुस ८ गते बुकक्लोज गर्ने बताएकाे छ । दुबै कम्पनीकाे लाभांश पाउन तथा साधारणा सभामा सहभािग हुनका लागि सेयरधनीहरूले आजसम्म नेप्सेमा सेयर काराेबार गरी भएकाे हुनुपर्नेछ ।… पुरा पढौ

रैथाने बालीसँगै परिकारको प्रवर्द्धन गर्दै पोखरा महानगरपालिका

पाेखरा, ५ पुस । “मलाई काठको दाबिलो प्रयोग गरेर कोदाको ढिडोसँगै रोटी र पुवा बनाएको भन्दा अरु केही थाहा थिएन तर अहिले यसबाट धेरै परिकार बन्दा रहेछन् भन्ने प्रत्यक्ष देख्ने र अनुभव गर्न पाएँ”, पोखरा महानगरपालिका वडा नं २३ पञ्चासेका किसान टङ्कनाथ बस्ताकोटीले भने। पोखरा महानगरपालिकाको आयोजना एवं मलबेरी इन्स्टिच्युट अफ हस्पिटालिटीसँगको सहकार्यमा आयोजित तीनदिने रैथाने बाली उत्पादन तथा परिकार तयारीसम्बन्धी तालिममा सहभागी भइसकेपछि आफूले तालिमबाट धेरै कुरा सिक्न पाएको उनले अनुभव सुनाए । रोजगारीका क्रममा २०औँ वर्ष विदेशमा बसेको… पुरा पढौ

बिहिबार अमेरिकी डलरको भाउ घट्यो, यूरो बढ्यो

काठमाडौं, ५ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ घटेको छ । यसिदन यूरो लगायतका अन्य देशहरूको मुद्राको भाउमा केहि घटबढ भएको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ७८… पुरा पढौ

पर्सामा अनुचित लेनदेनका चार सय ५९ उजुरी फछ्र्यौट

वीरगञ्ज (पर्सा), ५ पुस । जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी परेको उजुरीमध्ये हालसम्म चार सय ५९ वटा उजुरी फछ्र्याैट गरेको छ । अनलाइनबाट दर्ता भएका एक हजार आठ सय ७५ उजुरीमध्ये छलफल विधिबाट चार सय ५९ वटा उजुरी पीडितको पक्षमा फछ्र्याैट गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिए। यस्तै सहमति नभएपछि दुई मुद्दा अदालतमा दर्ता भएको जनाएको छ । दर्ता भएका उजुरीमध्ये नौ सय १८ उजुरीको छानबिन गर्दा चार सय ५९ वटामा दुवै पक्षबीच सहमति… पुरा पढौ

ताेकेकाे लक्ष्य पूरा गर्नुस्, नियमित मूल्याङ्कन गर्छु : प्रधानमन्त्री

काठमाडौं, ४ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एकवर्षे कार्यकालको गम्भीर समीक्षा गर्दै आफूले आगामी कार्ययोजना तर्जुमा गर्ने बताएका छन्। कृषि तथा पशुपन्छी विकास र भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयको आज भएको संयुक्त वार्षिक समीक्षा बैठकमा प्रधानमन्त्रीले जनतालाई केन्द्रमा राखेर सरकारी निकायले काम गर्नुपर्ने बताए । “आज दुई मन्त्रालयको मन्त्रालयगत अवस्था, त्यसको समग्र स्थितिबारे जानकारी लिइयो, यो आफैँमा महत्वपूर्ण छ, मैले सरकारको नेतृत्व गरेको एक वर्ष पूरा हुँदैछ । कार्य तालिका नै बनाएर सबै मन्त्रालयसँग छलफल गर्ने सोचमा… पुरा पढौ