आर्थिक 📈

यस्ताे छ वालिङ नगरपालिकाकाे सुरक्षित बसोबासका लागि ‘जोखिम संवेदनशील भू-उपयोग योजना’

वालिङ (स्याङ्जा), २७ मङ्सिर । स्याङ्जाको वालिङ नगरपालिकाले सुरक्षित बसोबासलाई प्रोत्साहन गर्न ‘जोखिम संवेदनशील भू–उपयोग योजना’ निर्माण गरेको छ । संयुक्त राष्ट्रसङ्घीय विकास परियोजना (युएनडिपी)को प्राविधिक सहयोगमा विषय विज्ञहरूद्वारा नगरपालिकाका १४ वटै वडामा पुगेर यन्त्र तथा उपकरणको प्रयोग गरी प्रतिवेदन निर्माण गरी नगरपालिकालाई हस्तान्तरण गरेको हो । नगरभित्रको भूमिको बनोट, प्रयोग क्षमता, भूगोलको जोखिम संवेदनशीलतालगायत विषयलाई ध्यानमा राखेर गत वर्ष माघदेखि सम्बन्धित ठाउँमै पुगेर अध्ययनबाट प्राप्त प्रतिवेदन नगरपालिकालाई हस्तान्तरण गरिएको जोखिम विज्ञका रूपमा रहेका निरोज तिमिल्सिनाले बताए। “अध्ययनका क्रममा पछिल्लो… पुरा पढौ

नेपाल इन्स्याेरेन्स र मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, २७ मंसिर । नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेड र मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेकाे छ । यी दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि भाेलि मंसिर २८ गते बुक क्लोज गर्ने बताएका छन् । यी दुबै कम्पनीकाे साधारणा सभामा भाग लिन र लाभांश पाउनका लागि आजसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनु पर्नेछ । यसरी कायम भएका सेयरधनीहरू मात्रै लाभांश पाउन याेग्य मानिनेछन् । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूका लागि १० प्रतिशत बोनस… पुरा पढौ

शेयरको ‘लक इन पिरियड’ समाप्तिकाे १ महिना अगावै जानकारी गराउन बोर्डकाे निर्देशन

काठमाडौं, २६ मङ्सिर । नेपाल धितोपत्र बोर्डले पुँजीबजारमा कारोबार हुने शेयर रोक्का अवधि (लक इन पिरियड) सकिनु एक महिना अगावै जानकारी गराउन निर्देशन दिएको छ । बोर्डले नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से), सिडिएस एन्ड क्लियरिङ लिमिटेड र नेप्सेमा सूचीकृत सबै सङ्गठित संस्थालाई पत्र पठाउँदै यस्तो निर्देशन दिएको बोर्डका उप कार्यकारी निर्देशक अम्बिका प्रसाद गिरीले जानकारी दिए। नेप्सेमा सूचीकृत संस्थाका संस्थापक तथा स्थानीय प्रभावित शेयरधनीले निश्चित अवधिपछि मात्रै दोस्रो बजारमा शेयर कारोबार गर्न पाउँछन् । यसरी कारोबार रोक्का हुने अवधिलाई ‘लक… पुरा पढौ

नेप्सेमा छायो हरियाली, ४ अर्ब ३० करोडको कारोबार

काठमाडौं, २६ मंसिर । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा हरियाली छाएको छ । नेप्सेमा छाएको हरियालीले लगानीकर्ताहरु उत्साहित भएका छन् । सेयर बजारका जानकारहरुले अघिल्लो वर्षको भन्दा यसपाली नेपाल राष्ट्र बैंक अर्थबजारका लागि लचक भएको र मैत्रीपूर्ण व्यवहार स्वरुप मौद्रिक नीति आएकोले त्यसको सकारात्मक प्रभाव परेको मानिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३६.८६ अंकले बढेर १९८५.४४ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.८९ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ४.९४ अंकले बढेर ३७४.३६ विन्दुमा रहेको… पुरा पढौ

प्रि ओपन सेसन : नेप्सेमा ३.६१ अंककाे बृद्धि

काठमाडौं, २६ मंसिर । साताकाे सेयर काराेबार हुने तेश्राे दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.६१ अंकले बढेको छ । यसरी उक्लिएकाे नेप्से परिसूचक १९५२.१९ विन्दुम पुगेकाे हाे। यस सेसनमा जम्मा ५१ कम्पनीहरूको सेयर काराेबार भएकाे छ । उनीहरूकाे २ हजार ७७ कित्ता सेयरकाे कारोबार हुँदा रूपैयाँ १० लाख २९ हजार बढीको कारोबार भएको छ । प्रि ओपन सेसनमा आज २७ वटा कम्पनीहरूको सेयर मुल्य बढेकाे छ । १८ वटा कम्पनीकाे सेयरमूल्य घटेको छ भने बाँकी रहेका कम्पनीहरूको मूल्यमा… पुरा पढौ

सुनको भाउमा लगातार गिरावट, चाँदीको स्थिर

काठमाडौं, २६ मंसिर । सुनको भाउ लगातार घटिरहँदा चाँदीको भाउ आज स्थिर रहेको छ । साताको सुनचाँदीको कारोबार हुने आज तेश्रो दिन मंगलबार नेपाली सुनचाँदी बजारमा सुनको भाउमा रुपैया ७ सयले घटेको हो । चाँदीको भाउ शुक्रबारकै कायम गरिएको छ । छापावाल सुनमा रुपैयाँ ७ सयले घटेर तोलाको १ लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख १७ हजारमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ७ सयले घटेर… पुरा पढौ

आज डलर र यूरोको भाउ बढ्यो, अन्यको कति ?

काठमाडौं, २६ मंसिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज पनि अमेरिकी डलरको भाउ स्थिर रहेको छ । साथै यूरोसहित अन्य मुलुकको मुद्राको भाउ घटेको छ। आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १४ पैसा र बिक्रिदर १३३… पुरा पढौ

गुराँस लघुवित्तले डाक्याे पुस १८ गते साधारण सभा

काठमाडाैं, २६ मंसिर । गुराँस लघुवित्त वित्तीय संस्थाले पुस १८ गते आठौँ वार्षिक साधारण सभा डाकेकाे । संस्थाले सभा धरानकाे साँगुरीगढी गाउँपालिका ६ भेडेटारमा रहेकाे भेडेटार भिलेज रिसोर्टमा बाेलाएकाे छ । साे दिन साधारण सभा पूर्वान्ह ११ बजे डाकिएकाे छ । साधारण सभामा अन्य उपयुक्त मािनएका लघुवित्तसँग गाभ्ने गाभिने लगायतका कार्य गर्नका लागि अख्तियारि संचालक सिमितलाई दिने प्रस्ताव अनुमाेदन गरिनेछ । यस्तै प्रबन्धपत्र तथा नियमावली संशोधन, २ जना सञ्चालकहरुको चयन गर्ने लगायतका वित्तीय एजेण्डाहरूमा छलफल गरी पारित गरिने भएकाे छ।… पुरा पढौ

केबिएल सेक्यूरिटिजकाे धितोपत्र कारोवार शुरू

काठमाडाैं, २५ मंसिर । केबिएल सेक्यूरिटिज लिमिटेड (शेयर ब्रोकर नं ९४) ले औपचारीक रुपमा धितोपत्र कारोवार शुभारम्भ गरेको छ । साेमबार एक कार्यक्रमको आयोजना गरी कुमारी बैक लिमिटेड सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप ज.ब.राणा ले कम्पनीको कारोवार शुभारम्भ गरेका हुन्। उक्त कार्यक्रममा के.बि.एल सेक्यूरिटिज लिमिटेड, कुमारी बैक लिमिटेड तथा कुमारी क्यापिटल लिमिटेड सञ्चालक समितिका पदाधिकारी, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारी तथा लगानीकर्ताहरुको उपस्थिति रहेको थियो । कारोवार सुभारम्भ गरे संगै शेयर बजारका लगानीकर्तालाई उत्कृष्ट र सर्वसुलभ सेवा प्रदान गर्न… पुरा पढौ

तेस्रो लगानी सम्मेलनबारे अर्थ मन्त्रालयले गर्याे विकास साझेदारसँग छलफल

काठमाडौं, २५ मङ्सिर । आगामी वैशाख ९ र १० गते काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनबारे विकास साझेदारसँग छलफल भएको छ । आज अर्थ मन्त्रालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी लगानी सम्मेलनका लागि नेपालले गर्नुपर्ने तयारीका सम्बन्धमा द्विपक्षीय र बहुपक्षीय दातृ निकायसँग सुझाव लिइएको हो । लगानी सम्मेलनलाई कसरी प्रभावकारी र नतिजामुखी बनाउन सकिन्छ भन्नेबारे विकास साझेदारसँग छलफल भएको अर्थमन्त्री डा प्रकाशशरण महतले जानकारी दिए। विकास साझेदारका अनुभवका आधारमा दिइने सुझावलाई आत्मसात गर्दै कस्ता लक्ष्य र उद्देश्य लिनुपर्छ भन्नेबारेमा… पुरा पढौ