आर्थिक 📈

माथिल्लो अरुण बनाउन २ अर्ब २३ करोड मुआब्जा वितरण

किमाथाङ्का, १५ मङ्सिर । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण आयोजना प्रभावित क्षेत्रमा रु दुई अर्बभन्दा बढी मुआब्जा रकम वितरण गरिएको छ । आयोजनाका लागि भोटखोलामा दुई हजार पाँच सय रोपनी जग्गा अधिग्रहण गरिएको छ । आयोजनाका प्रभावित क्षेत्रका लागि दुई अर्ब २३ करोड १९ लाख मुआब्जा रकम वितरण भइसकेको आयोजनाका वरिष्ठ सहायक ग्रीष्म भण्डारीले बताए। आयोजना प्रभावित क्षेत्रका तीन सय १९ घरमध्ये दुई सय ९८ घरधनीलाई मुआब्जा वितरण गरिसकेको आयोजनाका वरिष्ठ सहायक भण्डारीले… पुरा पढौ

नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं, १५ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा पूँजी परिचालन गर्न संयुक्त अरब इमिरेट्सका लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुने सिलसिलामा बिहीबार अवुधाबी पुगेका प्रधानमन्त्रीले सोही दिन साँझ नेपाल–दुबइ व्यापार मञ्चलाई सम्बोधन गर्र्दै नेपालमा पूँजी प्रवाह गरी त्यसको प्रतिफल उठाउन आह्वान गरे। दुबइ उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा अवुधाबीस्थित नेपाली राजदूतावास र नेपाल उद्योग वाणिज्य महासङ्घले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रममा प्रधानमन्त्री दाहालले वैदेशिक लगानी भित्र्याउन नेपाल सरकारले अवलम्बन गरेका… पुरा पढौ

पेट्राेल र डिजेलकाे भाउ घट्याे, ग्याँसकाे यथावत

काठमाडाैं, १४ मंसिर। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएकाे छ । निगमले आज राती १ वजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको जानकारी दिएकाे छ । निगमका अनुसार भारतीय आयल कर्पोरेसन, आइओसीबाट ईन्धनको भाउ घटेर आएपछि नेपालमा ईन्धनको मूल्य समायोजन गरिएको निगमले जानकारी दिएकाे छ । निगमले पेट्रोलमा २ रूपैयाँ घटाएकाे छ । डिजेर र मट्टीतेलमा ४ रूपैयाँले घटाएको बिज्ञप्ती मार्फत जानकारी दिएकाे छ । निगमले एलपी ग्यासमा अझै प्रतिसिलिण्डर रूपैयाँ ३०० घाटा भएपनि… पुरा पढौ

नेप्सेमा १८.०६ अंकको गिरावट, १ अर्ब ३२ करोडको कारोबार

काठमाडौं, १४ मंसिर । साताको सेयर कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । म्युचुअल फण्ड बाहेक अरु सबैमा रातो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १८.०६ अंकले घटेर १८५८.५३ विन्दुमा झरेको छ । नेप्सेमा ०.९६ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.८० अंकले घटेर ३५६.०८ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये एउटामा मात्रै हरियो लागेको छ । अर्थात म्युचुअल फण्डमा हरियो लागेको छ । बाँकी १२ वटा उपसमूहहरुमा रातो लागेको छ… पुरा पढौ

मिलले समयमै रकम नदिएपछि सस्तोमा उखु बेच्दै किसान

सर्लाही, १४ मङ्सिर । सर्लाहीका उखु उत्पादक किसान उखुको मूल्य निर्धारण नहुँदै सस्तोमा सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका छन् । जिल्लाका उखु मिलले समयमै भुक्तानी नदिएपछि उखु उत्पादक किसान सस्तो मूल्यमा सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका हुन् । जिल्लामा रहेका उखु मिलमध्ये हरिवन नगरपालिका–११ स्थित रहेको इन्दुशङ्कर चिनी उद्योगबाहेक अन्नपूर्ण र महालक्ष्मी सुगर मिलले समयमै उखु उत्पादक किसानको भुक्तानी गरेको छैन । यसबाट समस्यामा परेको जिल्लाका उखु उत्पादक किसानले उत्पादन गरेको उखु सस्तोमा सक्खर उद्योगलाई बेच्न थालेका हुन्… पुरा पढौ

भूकम्प प्रभावितकाे अस्थायी आवास बनाउन साढे २ करोड निकासा

काठमाडौं, १४ मङ्सिर । सरकारले भूकम्प प्रभावितको अस्थायी आवास निर्माणका लागि रकम निकासासम्बन्धीको कार्यविधिलाई सरलीकृत गरेसँगै रकम निकासाको काम तीव्र पारेको छ । माग हुनेबित्तिकै निकासा गर्नेगरी तयारी गरिएको छ । हालै सरकारले “भूकम्प प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८० लाई केही संशोधन गर्दै सरल बनाएपछि आजसम्ममा भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताबापत रु दुई करोड ५३ लाख ५० हजार रकम निकासा भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार लाभग्राही निश्चित भएका एक… पुरा पढौ

कृषिबाटै व्यावसायिक किसानको रुपमा चिनिए गुप्तप्रसाद

नवलपुर, १४ मङ्सिर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११ का गुप्तप्रसाद रेग्मी पहिलो स्थानीय तह निर्वाचन, २०७४ मा वडासदस्य निर्वाचित भए। त्यसपछि उनले राजनीतिमा मन लगाएनन् । रेग्मीको मन वैदेशीक रोजगारतर्फ मोडियो । उता पनि खासै जम्न नसकेपछि उनी स्वदेश नै फर्किए। रेग्मी अहिले व्यावसायिक किसानको रुपमा स्थापित भएका छन् । वडा सदस्य रहँदै गर्दा २०७५ मा गैँडाकोट–१८ बसेनीमा केही जग्गा लिएर फलफूल खेत सुरु गरेका उनले टीकारत्न टुल्की कृषि फार्म दर्ता गरे। रेग्मी व्यावसायिक किसान बन्नुका पछाडि उनले विदेशमा देखेसिकेको कुरा… पुरा पढौ

बिहिबार सुनचाँदी स्थिर भाउमा खरिदबिक्री हुँदैं

काठमाडौं, १४ मंसिर । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ ।यसदिन सुनचाँदीको भाउ स्थिर रहि बुधबार कायम भएको भाउमा नै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । छापावाल सुन तोलाको १ लाख १९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार पनि छापावाल सुन तोलाको १ लाख १९ हजार ३ सय रुपैयाँमा नै कारोबार भएको थियो । तेजाबी सुनको भाउमा पनि फेरबदल भएको छैन । तेजाबी सुन… पुरा पढौ

अमेरिकी डलरको भाउमा सामान्य गिरावट, यूरोसहित अन्यको बढ्यो,

काठमाडौं, १४ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ सामान्य घटेको छ । यूरोसहित अन्य मुलुकहरूको मुद्राको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३ पैसा र बिक्रिदर… पुरा पढौ

आकर्षक मूल्यमा बिक्री हुँदै अगौटे सुन्तला, किसान उत्साहित

चितवन, १४ मङ्सिर । चितवनको पहाडी क्षेत्र इच्छाकामना गाउँपालिकामा उत्पादन भएको सुन्तलाले आकर्षक मूल्य पाउन थालेको छ । उचित मूल्य पाउन थालेपछि किसान उत्साहित भएका छन् । सुन्तला पर्याप्त उत्पादन हुने यस क्षेत्रका किसानले सुरुआतमै अगौटेबाट राम्रो आम्दानी लिन सफल भएका छन् । इच्छाकामना गाउँपालिका–५ का रामप्रसाद बोहोरा अघिल्ला वर्षको तुलनामा अहिले सुन्तलाले उचित मूल्य पाएको बताउनुहुन्छ । उहाँले अहिले सुन्तलाको होलसेल मूल्य प्रतिकिलो रु ९० सम्म परेको बताए। बोहराले भने, “कम उत्पादन भए पनि मूल्य राम्रै पाएका छौँ ।”… पुरा पढौ