आर्थिक 📈

एचआईडिसीएलकाे नाफामा १६.६६ प्रतिशतले बृद्धि

काठमाडाैं, ३० कात्तिक । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल) काे नाफामा सुधार देखिएकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षकोभन्दा केहि बढेको छ। यस आर्थिक वर्षको असोजसम्ममा कम्पनीले ३७ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ । जाे गत आर्थिक वर्षको सोही अवधिकोभन्दा १६.६६ प्रतिशतले बढी हो। गएकाे वर्ष याे नाफा ३२ करोड ४८ लाख रुपैयाँ थियाे । वित्तीय आम्दानी र अन्य आम्दानीमा सुधार भएपछि खुद नाफामा… पुरा पढौ

भूकम्पपीडितलाई चिनियाँ कम्युनिष्ट पार्टीद्वारा पाैने ३ कराेडको राहत सहयोग

काठमाडौं, २९ कात्तिक । चीन सरकारले जाजरकोट भूकम्पबाट प्रभावित भएकाहरूलाई गरेको सहयोगका अतिरिक्त चिनियाँ कम्युनिस्ट पार्टीले पनि सहयोग गरेको छ । पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले नेपाली राजनीतिक दललाई आज साँझ रु दुई करोड ७४ लाख ७५ हजार बराबरका राहत सामग्री उपलब्ध गराएको हो । यहाँस्थित चिनियाँ दूतावासका नियोग उपप्रमुख वाङ सीनले ती सामग्री नेपाली कांग्रेसका नेता रामहरि खतिवडा, नेकपा एमालेका विदेश विभाग प्रमुख डा राजन भट्टराई, नेकपा (माओवादी केन्द्र) महासचिव र नेकपा (एकीकृत समाजवादी) का नेता जीवनराम श्रेष्ठलाई संयुक्तरूपमा… पुरा पढौ

आज अमेरिकी डलरको भाउ स्थिर, यूरो बढ्यो

काठमाडौं, २९ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोको भाउ भने बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ४ पैसा र बिक्रिदर १३३ रुपैयाँ… पुरा पढौ

एउटै फार्मबाट ३ करोडको केरा बिक्री

झापा, २९ कात्तिक । विदेश जानुभन्दा स्वदेशमै पसिना बगाउनु उचित भन्ने सोचका साथ झापाका ५ जना युवाले १ वर्षअघि ५ करोडको लगानीमा सुरु गरेको व्यावसायिक केराखेतीले अहिले आशलाग्दो आम्दानी दिन थालेको छ । भद्रपुर नगरपालिका–५ मा २० बिघा र गौरादह–५ मा ५७ बिघा जग्गा भाडामा लिएर वासुदेव उप्रेती, कमल थापा, प्रेम खड्का, प्रकाश निरौला र दारोगा जैसवालले ‘श्रीगणपति एग्रिकल्चर प्रालि’मार्फत केराखेती गर्नुभएको हो । दुवै ठाउँमा रोपिएका केराका बोट लहलह भएर फस्टाएका छन् । भद्रपुरको खेतबाट एउटा यामको उत्पादन चाडबाडकै… पुरा पढौ

सिङ्गो गाउँ लसुन खेतीमा, इतिहास बचाउन लसुन पार्क निर्माण

त्रिवेणी २८ कात्तिक । वडालाई आर्थिक रुपमा समृद्ध बनाउन रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१० को सिङगो गाउँ नै लसुन खेतीमा लागिपरेको छ । २०७५ सालअघि वडाको झ्याङ टोलमा थोरै मात्रामा किसानले लसुन खेती गर्ने गरेका थिए तर त्यसपछि व्यावसायिक रुपमा झ्याङका १२ किसानले एकैपटक लसुन खेती गर्न थालेपछि भने हाल वडाको सिङगो गाउँ नै व्यावसायिक लसुन खेतीमा आकर्षित भएको छ । वडाका किसानलाई व्यावसायिक लसुन खेतीमा आर्कषण तथा आर्थिक रुपमा समृद्ध बनाउन वडाले २०७५ सालमा पहिलोपटक अनुदानमा ४१ क्विन्टल लसुन वितरण… पुरा पढौ

मंगलबार सुनचाँदी स्थिर भाउमा खरिदबिक्री हुँदै

काठमडौं, २८ कात्तिक । लगातार ओरालाे लाग्दै आएकाे सुनचाँदीकाे भाउ स्थिर रहेकाे छ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार आज नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको हाे। नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन सुनचाँदीको भाउमा कुनै फेरबदल नभई सोमबारकै भाउ कायम गरिएको जनाएको छ । छापावाल सुन तोलाको १ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार पनि छापावाल सुन तोलाको १ लाख १३ हजार २ सय रुपैयाँमा नै कारोबार भएको थियो । तेजाबी सुनको… पुरा पढौ

वैकल्पिक खेतीको रुपमा विस्तार हुँदै किवी खेती

फुङ्लिङ, २८ कात्तिक । ताप्लेजुङका किसानले पछिल्लो समयमा वैकल्पिक खेतीको रुपमा किवी खेती विस्तार गर्दै लगेका छन् । अन्य नगदेबालीको तुलनामा किवी कम लगानीमा राम्रो आम्दानी लिन सकिने जनाइएको छ । फुङ्लिङ नगरपालिका–११ बमबहादुर भट्टराईले अलैँची बगानमा किवी खेती विस्तार गदै गलेका छन्। उनले भने, “अलैँचीको विकल्पका रुपमा किवी खेती विस्तार गर्दै लगेको छु ।” अलैँचीमा विभिन्न रोग तथा मूल्यमा उतारचडाव आइरहने भएकाले अलैँचीको विकल्पमा किवी खेती विस्तार गर्दै गलेकाे उनको भनाइ छ । सोही वडाका लालीखर्क क्षेत्र एक पर्यटकीय… पुरा पढौ

पाल्पाका व्यवसायीलाई फूलमाला बिक्री गर्न भ्याइनभ्याइ

पाल्पा, २८ कात्तिक । तिहारका लागि फूलमाला खरिद गर्ने उपभोक्ता बढेपछि व्यवसायलाई भ्याईनभ्याई भएको छ । तिहार सुरु भएदेखि नै फूलबारीमा ग्राहक आफैं पुगेर फूल खरिद गर्न थालेपछि व्यवसायी उत्साहित छन् । यतिबेला हाम्रो आधुनिक कृषि फार्म रामपुर पाल्पामा सयपत्री फूल खरिद गर्न विभिन्न ठाउँबाट ग्राहक पुग्ने गरेका छन् । तिहारको चहलपहलले फूल टिप्ने र बिक्री गर्दैमा समय बितेको पत्तो नभएको व्यवसायी दिलबहादुर थापा बताउनुहुन्छ । “तिहार सुरु भएदेखि नै फूलमाला खरिद गर्न ग्राहक आउन थाल्नुभएको हो, बिहानदेखि साँझसम्म फूलवारीमा… पुरा पढौ

अमेरिकी डलरको भाउ घट्यो, यूरो बढ्यो, अन्यको कति ?

काठमाडौं, २८ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ घटेको छ । यूराेको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ४ पैसा र बिक्रिदर १३३ रुपैयाँ ६४ पैसा… पुरा पढौ

कोरला नाका खुलेपछि मुस्ताङबासीलाई चीन प्रवेशमा सहज

मुस्ताङ, २८ कात्तिक । कोरला नाका खुलेपछि मुस्ताङका सबै स्थानीय बासिन्दा कोरला नाका भएर चीनको (नेचुङ–लिजी) बजार आवत जावत गर्न पाउने भएका छन् । यसअघि चीनको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाका लागि मात्रै कोरला नाका भएर चीन जान पाउने अनुमति थियो । चार वर्षपछि खुलेको कोरला नाकाबाट मुस्ताङका सबै पाँच वटै स्थानीय तहका बासिन्दालाई आवत जावत गर्न दिने दुई देशका जनप्रतिनिधि र सुरक्षा अधिकारीहरुबीच सोमबार सहमति भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वु गुरुङले जानकारी दिएका छन।… पुरा पढौ