आर्थिक 📈

एभरेष्ट बैंकका नवनियुक्त अध्यक्ष वैद्यले राष्ट्र बैंकका गभर्नरबाट लिए सपथ

काठमाडौं, २५ कात्तिक । एभरेष्ट बैंक लिमिटेडको ३६० औं सञ्चालक समितिको् बैठकले डा. बालगोपाल वैद्यलाई बैककाे अध्यक्षमा नियुक्त गरेको छ । बाेर्डले सञ्चालक समितिका सदस्य रहेका डा. वैद्यलाई सञ्चालक समितिको अध्यक्ष नियुक्त गरेको हाे । नवनियुक्त अध्यक्ष वैद्यले नेपाल राष्ट्र बैंकका गभर्नरबाट पद तथा गोपनियताको शपथ समेत लिएका छन् । विगत २० वर्ष देखि बैंकको सञ्चालक समिति सदस्य रहेका डा. वैद्य लामो समयदेखि अर्थ विज्ञका रुपमा सक्रिय थिए । राष्ट्रिय योजना आयोगका पूर्व सदस्य रहेका डा. वैद्यले फिलिपिन्सबाट अर्थशास्त्र विषयमा… पुरा पढौ

किन घट्यो नेपाल टेलिकमको ३९ करोड आम्दानी ?

काठमाडौँ, २५ कात्तिक । नेपाल टेलिकमको आर्थिक वर्ष २०८०/८१ को पहिलो ३ महिनामा ३९ करोड बढी आम्दानी घटेको छ । टेलिकमले आज सार्वजनिक गरेको प्रथम त्रैमासिकको वित्तिय विवरणअनुसार चालु आवको प्रथम त्रैमासिक अवधि (२०८० आश्विन मसान्त) सम्मको कूल आय रू १० अर्ब ६४ करोड ८७ लाख ९३ हजार रहेको जनाइएको छ । उक्त रकम गत आवको सोही अवधिको कूल आयको तुलनामा तीन दशमलव ५४ प्रतिशतले कमी भएको हो । गत आवमा रू ११ अर्ब चार करोड ९० हजार आम्दानी भएको… पुरा पढौ

झिनियाँ बेचेर मनग्य आम्दानी गर्दै महिला उद्यमी

गलकोट, २५ कात्तिक । तिहारमा झिनियाँको खपत अत्यधिक हुने गर्दछ । यतिबेला बागलुङका महिला उद्यमी झिनियाँ बनाउन व्यस्त छन् । तिहारमा अत्यावश्यक परिकारका रुपमा मानिएको झिनियाँ र चिनीसहितका विभिन्न रोटीका परिकार बनाएरै महिला उद्यमीले मनग्य आम्दानी गर्दै आएका छन् । झिनियाँसहित विभिन्न तयारी रोटी उत्पादन हुन थालेपछि घरमै बनाउने परिकारसमेत स्थानीयले खरिद गरेर लैजान थालेपछि घरेलु महिला उद्यमी व्यस्त भएका हुन् । विगत १० वर्षदेखि तिहार नजिकिएसँगै झिनियाँ, चिनि, फिनी, भेलीलगायत रोटीका परिकार बनाउन व्यस्त भएको बागलुङ नगरपालिका–१ रामरेखाका शर्मिला… पुरा पढौ

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं, २५ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ५ पैसा र बिक्रिदर १३३ रुपैयाँ ६५ पैसा रहेको छ । यूरो १… पुरा पढौ

म्याग्दीमा टिम्मुर खेती व्यावसायिक बन्दै

गलेश्वर (म्याग्दी), २४ कात्तिक । म्याग्दीमा टिम्मुर खेती व्यावसायिक बन्दै गएको छ । खेतबारीका कान्ला र बाँझो जग्गामा मात्रै होइन खेती योग्य जमिनमा समेत अरु खेती छोडेर यहाँका किसानले टिम्मुर खेती गर्न थालेका छन् । जिल्लाको बेनी नगरपालिकाको वडा नं ३ भकिम्ली, वडा नं ९ घतान, तोरीपानी र वडा नं १० पात्लेखेतसहित मालिका, मङ्गला र अन्नपूर्ण गाउँपालिकामा व्यवसायीकरुपमा टिम्मुर खेती गरिएको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ । अन्य अन्नबाली छोडेर खेतबारी, निजी तथा सामुदायिक वनमा समेत टिम्मुर खेती गर्न… पुरा पढौ

मुद्रास्फीति वाञ्छित सीमा बाहिर, विप्रेषण र विदेशी मुद्रा सञ्चिती बढ्यो

काठमाडौं, २४ कात्तिक । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थिति विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार गत असोज मसान्तसम्ममा मुद्रास्फीतिले वाञ्छित सीमा नाघेको छ भने विप्रेषण र विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार भएको देखिएको छ । त्यस्तै, शोधनान्तर स्थिती पनि बचतमा देखिएको छ । राष्ट्र बैंकको प्रतिवेदनअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति सात दशमलव ५० प्रतिशत छ । चालु आर्थिक वर्षका लागि सरकारले मुद्रास्फीति साढे छ… पुरा पढौ

बौद्धिक सम्पत्ति संरक्षणबारे युवा उद्यमी तथा व्यवसायीलाई चेम्बरले दियाे प्रशिक्षण

काठमाडौं, २४ कार्तिक । नेपाल चेम्बर अफ कमर्सले बौद्धिक सम्पत्ति संरक्षण सम्वन्धमा युवा उद्यमी एवं व्यवसायीलाई प्रशिक्षण दिएको छ । बौद्धिक सम्पत्तिको संरक्षण एवं अन्तराष्ट्रिय अभ्यासबारे युवा उद्यमीलाई जानकारी दिने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको चेम्बरले जनाएकाे छ। काठमाडौंको जमलस्थित चेम्बर भवनमा बिहिबार आयोजना गरिएको प्रशिक्षणमा करिव ३ दर्जन युवा उद्यमीले सहभागिता जनाएका थिए । बौद्धिक सम्पत्ति संरक्षण समाजका कार्यबहाक अध्यक्ष विशु कुमार केसीले नेपालमा बौद्धिक सम्पत्ति संरक्षणको अवस्था, अन्तराष्ट्रिय अभ्यास लगायतका विषयमा युवा उद्यमीहरुलाई प्रशिक्षण दिएका थिए । बौद्धिक सम्पत्तिका… पुरा पढौ

चन्द्रागिरी हिल्सकाे नाफामा ६३ प्रतिशतले बृद्धि

काठमाडौं, २४ कात्तिक । चन्द्रागिरी हिल्सकाे नाफामा बृद्धि भएकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे यसै आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा बढेको देखिएकाे हाे। असोज मसान्तसम्ममा कम्पनीले २ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा ६३.०७ प्रतिशत बढी छ । गत आर्थिक वर्षमा कम्पनीकाे नाफा उक्त अवधिमा रुपैयाँ १ करोड ३१ लाख रहेकाे थियो। आम्दानीमा भएकाे बृद्धिले कम्पनीको खुद नाफा बढ्नमा सहयाेग पुगेकाे हाे… पुरा पढौ

सुनचाँदीको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २४ काित्तक । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ १ हजार तथा चाँदीमा रुपैयाँ २० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १ हजारले बढेर तोलाको १ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १ हजारले बढेर तोलाको १… पुरा पढौ

उन्नति सहकार्य लघुवित्तकाे एफपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं, २४ कात्तिक । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले कात्तिक २१ गतेदेखि निष्काशन गरेको एफपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। संस्थाले सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्नका लागि एफपीओ जारी गरेको हो। लघुवित्तले १ करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ बराबरको १ लाख ७८ हजार ४५१‍.१८ कित्ता एफपीओ खुलाएकाे हो। यसमा इच्छुक लगानीकर्ताले आज बैंकिङ्ग अवधिसम्म आवेदन दिन पाउनेछन्। यसका लागि घटीमा १० तथा बढीमा १ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ। एफपीओमा आवेदन सेबाेनबाट… पुरा पढौ