आर्थिक 📈

तिहारमा फूलको कारोबार कम भएपछि व्यवसायी चिन्तित

काठमाडौं, २७ कात्तिक । फूल कृषक तथा व्यवसायीले यस वर्षको दिपावलीमा फूलको उचित मूल्य पाउन नसकेको भनी गुनासो गरेका छन् । रङ्गीचङ्गी बत्ती र फूलैफूलको उत्सवका रुपमा परिचित तिहारका अवसरमा अत्यधिक प्रयोग हुने सयपत्री फूलले यस वर्ष बजार नपाउँदा किसान तथा व्यवसायी निरास भएका हुन् । फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले देश बाहिरबाट वैध तथा अवैधरूपमा ठूलो परिणाममा फूल आयात भइदिँदा, विश्व आर्थिक मन्दीको प्रभाव सर्वत्र पर्दा र काठमाडौँ महानगरपालिकाले चार ठाउँबाट मात्र फूल बेच्न पाउने निर्णय गर्दा यसपटक… पुरा पढौ

लगातार सुनचाँदीको भाउमा गिरावट, यस्ताे छ बजार मूल्य

काठमाडौं, २७ कात्तिक । सुनचाँदीको भाउमा लगातार गिरावट भईरहेको छ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार पनि नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ घटेको छ । सुनमा रुपैयाँ ५ सय तथा चाँदीमा रुपैयाँ २० ले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ५ सयले घटेर तोलाको १ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको भाउ

काठमाडौं, २७ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोसहित अन्य देशहरुको मुद्राको भाउ केहि घटबढ भएको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ५ पैसा… पुरा पढौ

कालीगण्डकीबाट २० लाखको फूल निर्यात

गल्याङ, २७ कात्तिक । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले याे पटक २० लाखको सयपत्री फूल निर्यात गरेको छ । गाउँपालिकाभित्रका विभिन्न कृषकले उत्पादन गरेको फूललाई सङ्कलन गरी पोखरा, बुटवल र काठमाडौँ निर्यात गरिएको थियो । कृषि शाखा प्रमुख अनुप पौडेलले हालसम्म रु २० लाख बराबरको फूल निर्यात भइसकेको जानकारी दिए । उनले फूलखेतीका लागि पालिकाभित्रका सात वडाका १६ कृषक तथा समूहलाई ५० प्रतिशत अनुदान उपलब्ध गराएको बताए। उनले तिहार अवधिभर पालिकाभित्र अनुदान पाएका र नपाएका कृषकको रु २५ लाख बराबरको सयपत्रीका फूल… पुरा पढौ

सुदुरपश्चिम पुगेर राष्ट्रिय योजना आयोगले लियो यस्ता सुझाव

काठमाडौं, २६ कात्तिक। राष्ट्रिय योजना आयोगले सुदुरपश्चिम प्रदेश पुगेर १६औँ योजनाका लागि सुझाव लिएको छ । १६ योजनाको तयारीमा जुटेको आयोगले पहिलो पटक सम्बन्धित प्रदेशमै पुगेर प्रदेश सरकार, स्थानीय सरकार र निजी क्षेत्रसँग सुझाव लिएको हो । आयोगकी सदस्य डा. अनिता शाह ढुंगाना आयोगको नेतृत्व गर्दै सुदुरपश्चिम प्रदेश पुगेकी थिइन् । आयोग सदस्य डा. शाहको सभापतित्वमा भएको कार्यक्रममा सुदुरपश्चिमका मूख्यमन्त्री तथा सबैमन्त्री सहभागी भए । कात्तिक २१ गतेदेखि २ दिनसम्म चलेको छलफल कार्यक्रममा प्रदेश सरकारको तर्फबाट मूख्यमन्त्री, मन्त्रीहरु, प्रदेश नीति… पुरा पढौ

बर्सेनि लाखौंको अलैंची बेच्छन् बरेङका किसान

ढोरपाटन , २६ कात्तिक । बागलुङको बरेङ गाउँपालिकामा आठ वर्षदेखि व्यावसायिक अलैँची खेती हुँदै आएको छ । यहाँका कृषकले ‘नमूना अलैँची उत्पादक कृषक समूह’मार्फत व्यावसायिक अलैँची खेती गर्दै आएका हुन् । बसाइँसराइका कारण रित्तिदै गएका जमिनलाई उपयोग गरी बर्सेनि लाखौँको अलैँची यहाँबाट निर्यात गर्ने गरेका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष उत्पादनमा गिरावट आएको छ । अलैँची फुल्ने बेला लामो समय खडेरी पर्दा उत्पादनमा ५० प्रतिशतले कमी आएको नमूना अलैँची उत्पादक कृषक समूहका अध्यक्ष विमल पौडेलले जानकारी दिए। आठ… पुरा पढौ

सुन १ हजारले सस्तियो, चाँदीमा पनि गिरावट

काठमाडौं, २६ कात्तिक । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आज आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुनमा रुपैयाँ १ हजार तथा चाँदीमा रुपैयाँ २० ले गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावा सुनमा रुपैयाँ १ हजारले घटेर तोलाको १ लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलाको १ लाख १३ हजार १… पुरा पढौ

आज विदेशी मुद्रा स्थिर भाउमा काराेबार हुँदै

काठमाडौं, २६ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरसहित विदेशी मुद्राको भाउ स्थिर रहेकाे छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ५ पैसा र बिक्रिदर १३३ रुपैयाँ ६५ पैसा रहेको छ… पुरा पढौ

नेपाली फूलमाला बिक्री गर्न महानगरले चार स्थान तोक्यो

काठमाडौं, २६ कात्तिक । काठमाडौँ महानगरपालिकाले तिहारका अवसरमा नेपाली फूलको प्रयोग र उत्पादनलाई प्रवद्र्धन गर्न महानगर क्षेत्रभित्रका चार स्थानमा बिक्रीवितरणका लागि सहजीकरण गर्ने भएको छ । दिपावलीमा घरघरमा नेपाली फूलको प्रयोग गरी स्वदेशी उत्पादनलाई प्रवद्र्धन र किसानलाई प्रोत्साहन गर्न महानगरपालिकाभित्रका चार स्थानमा बिक्रीवितरणको व्यवस्था मिलाइएको महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । नेपाली फूल सयपत्री, मखमली र गोदावरीलाई सहज र सुलभ मूल्यमा उपभोक्तासमक्ष पु¥याउन भृकुटीमण्डप, तीनकुने, बालाजुस्थित भ्याली कोल्डस्टोर र हाँडीगाउँ कृष्णमन्दिर नजिक बिक्रीस्थल तोकिएको उनले बताए। महानगरपालिका… पुरा पढौ

५ बिघा जमिनमा तरकारी खेती गर्दै थपलिया

सिरहा, २६ कात्तिक । धेरैलाई लाग्छ पत्रकारले अरुका सफलता र असफलताका कथा मात्रै लेख्छन् । आजभन्दा चार दशक अगाडिदेखि सिरहाको गोलबजार नगरपालिका २ गुरुधामका अर्जुन थपलियाको सयम पनि अरुको बारेमा लेख्दै बितिरहेको थियो । अचेल भने उहाँ अरुका लागि समाचारको विषय बनेका छन् । पछिल्लो समय उनले व्यावसायिक तरकारी उत्पादक कृषकका रुपमा छवि बनाएका छन् । नेपाल पत्रकार महासङ्घ सिरहा शाखाको कार्यसमिति सदस्यसमेत रहेका थपलिया पत्रकारितासँगै करिब एक दशकदेखि निरन्तर व्यावसायिक तरकारीखेतीमा सक्रिय छन्। उनले करिब पाँच बिघा जमिनमा तरकारीखेती… पुरा पढौ