आर्थिक 📈

चालु आर्थिक वर्षकाे पहिलो त्रैमासमा राजस्व सङ्कलन र बजेट खर्चको अवस्था न्यून

काठमाडौं, १ कात्तिक। चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा सरकारको राजस्व सङ्कलन र बजेट खर्च दुवैको अवस्था न्यून देखिएको छ। महालेखा नियन्त्रक कार्यालयकाअनुसार असोज मसान्तसम्ममा सरकारले वार्षिक लक्ष्यको १५ दशमलव ९३ प्रतिशत राजस्व सङ्कलन गरेको छ भने १६ दशमलव ०२ प्रतिशत बजेट खर्च गरेको छ। चालु आवका लागि सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो । पहिलो त्रैमासिक अवधिमा २ खर्ब ८० अर्ब ५७ करोड २५ लाख बराबर बजेट खर्च भएको छ ।… पुरा पढौ

सेयर बजारमा छायो हरियाली, साढे ९३ करोडको कारोबार

काठमाडौं, १ कार्तिक । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । नेप्सेमा देखिएको सकारात्मक लयले लगानीकर्ताहरुको मन हलुका बनाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४३.२७ अंकले बढेर १९०७.८९ विन्दुमा उक्लिएको छ । नेप्सेमा २.३२ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ८.१४ अंकले बढेर ३६६.९७ विन्दुमा पुगेको छ । सबै १३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । कुल २८६ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको ३७ लाख ७२ हजार २३… पुरा पढौ

सर्वोत्तम सिमेन्टले पायाे बुक बिल्डिङबाट आईपीओ निष्कासनको स्वीकृति

काठमाडौं, ०१ कार्त्तिक। सर्वोत्तम सिमेन्ट कंपनीले बुक बिल्डिङ विधिद्वारा आईपीओ निष्कासन गर्न स्वीकृति पाएको छ। सो प्रक्रियाबाट प्रिमियम मूल्यमा आईपीओ निकाल्ने सर्वोत्तम सिमेन्ट पहिलो कम्पनी समेत बनेकाे छ। धितोपत्र बोर्डले कम्पनीलाई ४ सय १ रुपैयाँको मूल्यमा सेयर जारी गर्न अनुमति दिएको हाे। सर्वोत्तम सिमेन्टले पहिलो चरणमा २४ लाख कित्ता सेयर निष्कासन गर्ने याेजना बनाएकाे छ। कंपनीकाे कुल ६० लाख कित्ता प्राथमिक सेयर प्रिमियममा निष्कासन गर्ने योजना रहेकाे छ । जसमध्ये ४० प्रतिशत योग्य संस्थागत लगानीकर्तालाई छुट्याएको छ भने बाँकी ६० प्रतिशत… पुरा पढौ

प्रि ओपन सेसन : नेप्सेमा ०.३४ अंककाे गिरावट

काठमाडाैं, १ कार्तिक । साताकाे सेयर काराेबार हुने चाैथाे दिन बुधबार आज नेपाली सेयर बजारकाे प्रि ओपन सेसन नकारात्मक लयमा देखिएकाे छ । नेप्से परिसूचक सामान्य ०.३४ अंकले घटेकाे । अर्थात नेप्से परिसूचक ०.३४ अंकले घटेकाे हाे । यसअघिअ मंगलबार नेप्सेमा १३.१८ अंककाे बृद्धि भएर १८६४.६२ विन्दुमा उक्लिएकाे थियाे । यसदिन सेयर बजारकाे प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.३४ अंक घटेर १८६४.२७ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स स्थिर रहेको छ। आजकाे प्रि ओपन सेसनमा ८ वटा कम्पनीहरूकाे १९० कित्ता सेयरकाे… पुरा पढौ

सुनमा एकैदिन १३ सयले बृद्धि, चाँदीको भाउ पनि बढ्यो

काठमाडौं, १ कार्तिक । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । सुनमा एकैदिन रुपैयाँ १३ सय तथा चाँदीमा रुपैयाँ ३५ ले बृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १३ सयले बृद्धि भएर तोलाको १ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भईरहको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ११ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ १३ सयले… पुरा पढौ

अमेरिकी डलरको भाउ बढ्यो, यूरोसहित अन्यको घट्यो

काठमाडौं, १ कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ घटेको छ । यूरोसहित अन्य केहि देशहरूको मुद्राको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । आज अमेरिकी डलरको भाउ घटेको छ । अमेरिकी डलर १ को… पुरा पढौ

एनआरएनएको ज्ञान, सिप र पूँजी लगानीलाई सरकारले प्रोत्साहन गर्छ : अर्थमन्त्री डा. महत

काठमाडौं, १ कार्तिक । अर्थमन्त्री डा. प्रकाशशरण महतले गैरआवासीय नेपालीको ज्ञान, सिप र पूँजी लगानीलाई सरकारले प्रोत्साहन गर्ने बताएका छन्। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ विश्व सम्मेलनमा बोल्दै मन्त्री डा. महतले भने, ‘नेपालको आर्थिक वृद्धि हुने सम्भावित क्षेत्र एनआरएनले पहिचान गरिसकेका छन् ।’ युवाहरुलाई लागिरहेको होला, यहाँ केही छैन, अरु गइसके, म पनि विदेश जानैपर्छ, मन्त्री डा. महतले भने, ‘यहाँ अवसर छ, अरु देश भौतिक रुपमा पूर्ण विकसित भइसकेका छन् । त्यहाँ गइसकेपछि एउटा संयन्त्रको पूर्जाका रुपमा फिट… पुरा पढौ

चालु आवकाे २ महिनामा २ खर्ब २८ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं, ३० असोज । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनामा नेपालले करिब साढे दुई खर्ब रेमिट्यान्स भित्र्याएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत भदौ मसान्तसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार यो अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव एक प्रतिशतले बढेर रू दुई खर्ब २८ अर्ब ३७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९ दशमलव आठ ८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७ दशमलव सात प्रतिशतले… पुरा पढौ

नेप्सेमा १३.१८ अंकको बृद्धि, १ अर्ब बढीको कारोबार

काठमाडौं, ३० असोज । केहि दिन ओरालो लागेको सेयर बजार आज भने उकालोको यात्रामा गएको छ । सेयर बजारकाे सकारात्मक लयले अब सुधारका संकेतहरू देखिने हुन् कि भन्ने अपेक्षा बढाएकाे छ । लामो समयसम्म सेयर लगानीकर्ताहरुको असन्तुष्टि कायम रहिरहँदा लगानीकर्ताहरुको मनोबल उच्च हुन सकिरहेको छैन । यहिबीचमा सेयर लगानीकर्ताहरुका विभिन्न चारवटा संघ संस्थाहरु एकतावद्ध भएर आफ्नो हकहितका लागि महासंघ घोषणा गरिसकेका छन् । जस्ले शक्ति सन्तुलन, शक्ति प्रदर्शन र शक्तिसंचयनकाे काम गर्नेछ । मंगलबार आज साताको सेयर कारोबार हुने तेश्रो… पुरा पढौ

पहिलो २ महिनामा मूल्यवृद्धि ८.१९ प्रतिशत पुग्यो-राष्ट्र बैंक

काठमाडौं, ३० असोज । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक अवस्थाको स्थितिअनुसार गत भदौ मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति आठ दशमलव १९ प्रतिशत पुगेको छ । रकारले चालु आर्थिक वर्षमा मूल्यवृद्धि साढे छ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको छ । राष्ट्र बैंकको गत भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार मरमसलामा ४५ दशमलव ४६ प्रतिशतसम्म मूल्यवृद्धि देखिएको… पुरा पढौ