आर्थिक 📈

कात्तिक २१ देखि आईपीओ ल्याउदै हिमालयन रि इन्स्योरेन्स

काठमाडौं, ३ कार्तिक । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले कात्तिक २१ गतेदेखि ५१ लाख कित्ता सेयर (आईपीओ) बिक्रीमा ल्याउने भएकाे छ । कम्पनीले वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि साे सेयर जारी गर्न लागेकाे हाे । कम्पनीले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता सेयर बिक्रीमा ल्याउने अनुमति पाएकाेमा याे पहिलो चरणमा वैदेशिक रोजगारमा गएकाहरुकाे लागि ३० लाख कित्ता रहेकाे छ । कर्मचारीहरुका लागि ६ लाख कित्ता रहेकाे छ भने सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता रहेकाे छ । कम्पनीले १०६… पुरा पढौ

कोरला नाका चीनको प्राथमिकतामा, छिटै खोल्ने तयारी हुँदै

पोखरा, २ कात्तिक । कोरला नाका खोल्न चीन स्वयं इच्छुक हुँदा नेपालले भने कुनै तयारी नगरेकोमा सरोकारवालाले चिन्ता प्रकट गरेका छन् । हालै चीन, तिब्बतको लिन्झी सहर पुगेर आएको पोखराका मेयर धनराज आचार्य नेतृत्व टोलीले कोरला नाका खोल्ने कुरा चीनको प्राथमिकतामा रहेको जानकारी दियो । आचार्य नेतृत्वमा महानगरका २ जना वडाध्यक्ष दिवसमान प्रधानांग, राधिका शाही, महानगरपालिका सल्लाहकार परिषद अध्यक्ष आनन्दराज मुल्मी, नेपाल चीन जनमैत्री संघ अध्यक्ष विश्वशंकर पालिखे लगायतको टोली हालै लिन्झीमा आयोजित हिमालय सीमापार मञ्चको सम्मेलनमा भाग लिएर फर्केको… पुरा पढौ

दसैँअघि नै निर्माण व्यवसायीको रु छ अर्ब भुक्तानी हुने

काठमाडौं, २ कात्तिक । गत आर्थिक वर्षमा दायित्व सिर्जना भइ भक्तानी बाँकी रहेको निर्माण व्यवसायीहरुको रु छ अर्ब भुक्तानी हुने भएको छ । निर्माण व्यवसायीको भुक्तानी पाउने गरी अर्थ मन्त्रालयले नीतिगत निर्णय गरी सम्बन्धित कार्यालयमा परिपत्र गरिसकेको छ । उक्त भुक्तानी दसैँअघि नै निर्माण व्यवसायीका खातामा जाने गरी व्यवस्था गरिएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माले विभिन्न मन्त्रालय अन्तर्गतका परियोजनामा अघिल्लो आवको दायित्व भुक्तानी निकासा दिने निर्णय भएको जानकारी दिए। पुरा पढौ

बेमौसमी सुन्तला फलाउँदै खड्का

गलकोट (बागलुङ), २ कात्तिक । सिगानामा दसैँ अगावै फलेका बेमौसमी सुन्तला टोपबहादुर खड्काले प्रतिकेजी रु एक सयका दरले बिक्री गरे। उन्सु जातको सुन्तला उत्पादन गदै आएका खड्काले ‘सिजन’मा रु तीन लाखको सुन्तला बिक्री गर्छन् भने ‘अफसिजन’मा अर्थात् असोजमा उन्सु जातको सुन्तलाको परीक्षण उत्पादन गर्दै आएका छन । उनले गतवर्ष बेमौसमी जातको सुन्तला बिक्रीबाट रु ५० हजार आम्दानी गरेको र अहिले सुन्तलाको उत्पादन घटेकाले रु २० हजारको बिक्री गरिसकेको र अन्य सुन्तला आफन्तलाई कोसेली पठाएको बताए। “परीक्षणका लागि छ वर्षअघि उन्सु… पुरा पढौ

अन्तिम दिन नेप्से ४.०५ अंकले घट्याे, ९७ करोडको कारोबार

काठमाडौं, २ कार्तिक । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेपाली सेयर बजार नकारात्मक लयमा गएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४.०५ अंकले घटेर १९०३.८४ विन्दुमा झरेको छ । नेप्सेमा ०.२१ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.१३ अंकले बढेर ३६७.११ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये ४ वटामा मात्रै हरियो लागेको छ । बाँकी ९ वटामा रातो लागेको छ । यसदिन कुल २८४ वटा कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ३७ लाख ६६ हजार १५३… पुरा पढौ

सिटिजन्स बैंंकका अध्यक्ष प्रवलजङ्ग पाण्डेद्वारा सपथ ग्रहण

काठमाडाैं, २ कार्त्तिक । सिटिजन्स बैंकका नवनियुक्त अध्यक्ष प्रवलजङ्ग पाण्डेलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन । साे कार्यक्रममा कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र, सुपरभिजन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, रेगुलेसन विभागका कार्यकारी निर्देशक गुणाकर भट्ट, बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल, कम्पनी सचिव राजेन्द्र लाल श्रेष्ठ लगायतको उपस्थिति थियो । सपथ ग्रहण पश्चात कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष पाण्डेले गर्भनर लगायत उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका थिए… पुरा पढौ

भिजन लुम्बिनी उर्जाकाे कात्तिक १६ देखि आईपीओ आउदै

काठमाडाैं, २ कार्तिक । भिजन लुम्बिनी उर्जा कम्पनीले कात्तिक १६ गतेदेखि सर्वसाधारणका लागि २० लाख ७५ हजार २८५ कित्ता सेयर (आईपीओ) निष्काशन गर्ने भएकाे छ । यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लागि सेयर बाँडफाँड भइसकेकाे छ । आयोजना प्रभावित क्षेत्रका जनताका लागि, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुलाई सेयर बाँडफाँड गरेर बाँकी हुन गएकाे ४ लाख ८७ हजार ९१० कित्तासहित २० लाख ७५ हजार २८५ कित्ता सर्वसाधारणका लागि जारी गरिने भएकाे हाे । सेयर… पुरा पढौ

२ हजारले बढ्यो सुनको भाउ, चाँदीमा पनि गिरावट

काठमाडौं, २ कार्तिक । सुनको भाउ दिनदिनै उकालो लागेको छ । सुनमा दुई दिनमा २ हजारले बृद्धि भएको छ । साताको सुनचाँदीको कारोबार हुने आज बिहिबार पाँचौ दिन हो । यसदिन दिन नेपाली बजारमा स’नको भाउ तोलामा रुपैयाँ ७ सयले बढेको छ । चाँदीमा भने रुपैयाँ १५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन छापावाल सुन तोलामा रुपैयाँ ७ सयले बढेर तोलाको १ लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि बुधबार छापावाल सुन… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको भाउ

काठमाडौं, २ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोसहित अन्य केहि देशहरूको मुद्राको भाउ घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । अमेरिकी डलर… पुरा पढौ

सिद्धार्थ राजमार्ग तरकारी पकेट क्षेत्र तथा सङ्कलन केन्द्र सञ्चालनमा

पाेखरा, १ कात्तिक । सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–२२ स्थित ठूलढुङ्गामा सिद्धार्थ राजमार्ग तरकारी पकेट क्षेत्र तथा सङ्कलन केन्द्र आजदेखि सञ्चालनमा आएको छ । किसानलाई व्यावसायिक कृषिप्रति आकर्षित गर्दै छरिएका कृषिजन्य उत्पादन सङ्कलन गरी त्यसको बजारीकरणमा सहयोग पु¥याउने लक्ष्यका साथ पोखरा महानगरपालिकाको सहयोगमा रु चार लाख ७५ हजारको लागतमा भवन निर्माण गरी केन्द्र सञ्चालनमा ल्याइएको हो । उक्त आज केन्द शुभारम्भ गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उत्पादन वृद्धि गरी कृषिजन्य समग्रीमा आत्मनिर्भर बन्दै जाने लक्ष्यअनुरुप महानगरले कृषि क्षेत्रलाई प्राथमिकताका साथ… पुरा पढौ