आर्थिक 📈

अमेरिकी डलरको भाउ बढ्यो, यूरोसहित अन्यको घट्यो

काठमाडौं, १७ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । यूरो तथा अन्य देशहरूको मुद्राको भाउ भने घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । आज अमेरिकी डलरको भाउ बढेकाे छ । अमेरिकी डलर १… पुरा पढौ

सोनापुर मिनरल्सकाे आईपीओमा आवेदन दिने म्याद असोज २८ सम्म थपियाे

काठमाडाैं, १७ असाेज । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडकाे सेयर (आईपीओ)मा आवेदन दिने म्याद थप गरिएकाे छ । कम्पनीले असोज १४ गतेदेखि सर्वसाधारणका लागि सेयर निष्काशन गरेकाेमा अब म्याद थपिएपछि असोज २८ गतेसम्म आवेदन दिन पाइने भएको छ।  कम्पनीले १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ करोड २३ लाख २०० लाख कित्ता साधारण खुलाउने अनुमति पाएकाे थियाे । पहिलो चरणमा दाङ्ग र रोल्पाका स्थानियका लागि १२५ रुपेयाँ प्रिमियम थपेर प्रतिशेयर २२५ रुपैयाँमा १५ लाख… पुरा पढौ

तीन दिने जुकि मेसिन चलाउने तालिम सम्पन्न

पोखरा, १६ असोज । कास्की पोखरा हस्तकला संघको आयोजना तथा स्वस्तिक हस्तकला उद्योग पोखरा १ बगरको आयोजनामा भएको तीन दिने जुकि मेसिन चलाउने तालिम मंगलबार सकिएको छ । स्वस्तिक हस्तकला उद्योग बगरमा भएको तालिमको समापनका प्रमुख अतिथि पोखरा महानगरपालिका व्यवसाय प्रवर्धन केन्द्रका प्रमुख नवराज अधिकारीले तालिममा सिकेका सिपलाई व्यवहारिक रुपमा प्रयोगमा ल्याउन आग्रह गरे । नेपालमै सरकारको तर्फबाट व्यवसाय प्रवर्धन केन्द्रको पहिलो शुरुआत पोखराबाट भएको कुरा सुझाउदै अधिकारीले प्रवर्धन केन्द्रले लक्षित गरेका सिपहरु सिकेर लाभ लिन आग्रह गरे । उनले… पुरा पढौ

सेयर बजार राताम्मै, १ अर्ब १९ करोडको कारोबार

काठमाडौं, १६ असोज । चाडबाड नजिकिएको बेलामा सेयर बजारलाई चलायमान बनाउने लगानीकर्ताहरु सुस्ताउन थालेका छन् । सुरक्षित रकम घर खर्च तथा व्यवहारिक प्रयोजनका लागि केहि समय साँच्ने हुनाले पनि यसको असर देखिने गरेको छ । तर सेयर बजारमा लागिरहेका विभिन्न खालका अंकुशहरुको कारण यसले स्थिर खालको लय लिन सकेको छैन । कहि न कहि कमजोरीहरु रहिरहेका छन् । यसका लागि नियमनकारी निकाय जिम्मेवार हुनैपर्छ भन्ने माग अहिले पनि लगानीकर्ताहरुको कायमै रहेको छ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार… पुरा पढौ

माछामा रङ्ग प्रयोग नगर्ने मलेखुका व्यवसायीको प्रतिवद्धता

मलेखु (धादिङ), १६ असोज । माछामा खानै नमिल्ने रङ्ग मिसाउने गरेको कुरा चर्चामा आएपछि मलेखुका माछा बिक्री गर्ने होटल व्यवसायीले अखाद्य रङ्गको प्रयोग हटाउन थालेका छन् । गजुरी गाउँपालिका–२स्थित मलेखुको मजुवा बजारका होटल तथा माछा पसलेहरुले अब आइन्दा माछा तथा अन्य खानामा रङ्गको प्रयोग नगर्ने सामुहिक प्रतिवद्धता जनाएका हुन् । ‘कालो देखिएको रङ्ग प्रयोग नगरिएको फ्रेस माछा हो’, व्यवसायी जीवन अधिकारीले भने–“रङ्ग दलेर रातो आकर्षक बनाइएका कहिकतै देख्नुभयो भने पनि नखानुहोला । किनकी त्यसमा पकाएर खानै नमिल्ने अखाद्य वस्तुको मिसावट… पुरा पढौ

सुन तोलाको १ लाख ६ हजार ६ सयमा झर्यो, चाँदी पनि घट्याे

काठमाडौं, १६ असोज । दिनदिनै सुनको भाउमा गिरावट हुने क्रम रोकिएको छैन । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार पनि नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसयाी महासंघले आजका लागि छापावाल सुनमा रुपैयाँ १३ सयले घटेकाे जनाएको छ । साथै चाँदीमा रुपैयाँ ३० ले गिरावट भएको छ । छापावाल सुनमा रुपैयाँ १३ सयले गिरावट भई तोलाको १ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ७ हजार… पुरा पढौ

अमेरिकी डलरको भाउ स्थिर, यूरोसहित अन्यको घट्यो

काठमाडौं, १६ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरो तथा अन्य देशहरूको मुद्राको भाउ घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । अमेरिकी डलर… पुरा पढौ

डिजिटल कारोबार गर्ने बेलामा सचेत रहन राष्ट्र बैंककाे अनुराेध

काठमाडौं, १६ असाेज । नेपाल राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गरेर डिजिटल कारोबार गर्ने बेलामा विशेष रुपमा सजग रहन सबैलाई आग्रह गरेको छ । बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेटलगायतका डिजिटल वित्तीय सेवा ग्राहकका लागि सरल, सहज र सुविधायुक्त भएपनि यसकाे प्रयाेगमा ध्यान पुर्याउन र कसेले गरायन सक्ने वित्तीय नाेक्सानीबाट जाेगिन यस्ताे आग्रह गरेको हो ।  आज जारी गरिएकाे सूचनामा राष्ट्र बैंकले डिजिटल वित्तीय सेवाको प्रयोग गर्दा के प्रयोजनको लागि कसलाई भुक्तानी गरेको हो यसका बारेमा सावधानी पुर्याउन अनुराेध… पुरा पढौ

बचतकर्ताको रु चार करोड ६१ लाख बचत फिर्ता भएन

म्याग्दी, १६ असोज । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले करिब तीन सय सेयर सदस्यले बचत गरेको रु चार करोड ६१ लाख रकम फिर्ता नगरेको पाइएको छ । ती सेयर सदस्यले जिल्ला प्रहरी कार्यालय म्याग्दीमा आफूले बचत गरेको रकम पाउनका लागि उजुरी दिएपछि सो खुलासा भएको हो । नगरपालिका–८ न्यूरोडमा स्थापना भएको सो सहकारी सात महिनादेखि बन्द छ । सहकारी ऐनसम्बन्धी कसुरमा पीडितहरूबाट उजुरी सङ्कलन गरेर अनुसन्धान गरी सरकारी वकिल कार्यालयमार्फत शिवशिखर सहकारीविरुद्ध जिल्ला अदालत म्याग्दीमा मुद्दा दर्ता भइसकेको प्रहरी नायब उपरीक्षक… पुरा पढौ

अबैध कारोबार गर्ने ४ जनाविरुद्ध १५ करोड बिगोसहित मुद्दा दायर

काठमाडौं, १६ असोज । राजस्व अनुसन्धान विभागले अवैध कारोबार गर्ने ४ जनाविरुद्ध १५ करोड बढी बिगो कायम गरी मुद्दा दर्ता गरेको छ । विभागले सिरहाको माडर बस्ने ४७ वर्षीय प्रेमकुमार यादव, सोही ठाउँ बस्ने सञ्जयकुमार साह, पवनकुमार यादव र ४० वर्षीय अरुण यादवविरुद्ध विदेशी विनिमय अपचलन गरी अवैध कारोबार गरेको आरोपमा मुद्दा दर्ता गरेको हो । उनीहरुमध्ये पवन र अरुण भने फरार रहेको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए। प्रहरीले गएको भदौ १५ गते सिरहा नगरपालिका–१५ कालीचौकमा भारतबाट नेपालतर्फ… पुरा पढौ