आर्थिक 📈

सिटिजन लाइफकाे आईपीओ भदाै १५ देखि आउदै

काठमाडौं, ६ भदाै । सिटिजन लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि प्रिमियममा सेयर (आईपीओ) खुलाउने तयारी गरेकाे छ । कम्पनीले भदौ १५ गतेबाट प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा १४४ रुपैयाँ थपेर प्रतिशेयर २४४ रुपैयाँमा सेयर जारी गर्ने भएकाे हो। कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतले १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता सेयर र निष्काशनकाे स्वीकृति पाएको थियो। ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार… पुरा पढौ

बुधबार सुनचाँदीको भाउमा सामान्य बृद्धि, तोलाको कति ?

काठमाडौं, ६ भदौ । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ १ सय तथा चाँदीमा रुपैयाँ १० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन रुपैयाँ १ सयले बढेर तोलाको १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख १० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १ सयले बढेर तोलाको… पुरा पढौ

चाैथो दिन घट्यो अमेरिकी डलर र यूरोको भाउ

काठमाडौं, ६ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर र यूरोको भाउ घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ४० पैसा र बिक्रिदर १३३ रुपैयाँ रहेको छ । यूरो १… पुरा पढौ

विद्युत् बिक्रीकाे अम्दानी बढेपछि ग्रीन भेन्चर्सकाे नाफामा १९०.३८ प्रतिशतले बृद्धि

काठमाडौं, ६ भदाै । ग्रीन भेन्चर्स लिमिडेटको नाफा बढेको छ । कम्पनीकाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मकाे वित्तीय विवरणअनुसार कम्पनीकाे खुद नाफा १९०.३८% ले बढेकाे छ । यसरी बढेकाे नाफा ३१ करोड ९० लाख ५९ हजार रहेकाे छ । कम्पनीकाे अघिल्लो वर्षको साेहि अवधिकाे नाफा १० करोड ९८ लाख ७६ हजार रहेकाे थियो । गत वर्ष विद्युत् बिक्रीकाे अम्दानी बढेपछि कम्पनीले खुद नाफा कमाउन सफल भएकाे हाे । यस अवधिमा विद्युत् बिक्रीबाट भएकाे आम्दानी ६३.८६% ले बढेकाे देखिन्छ… पुरा पढौ

भगवती हाइड्रोपावरकाे सेयरमा पहिलाे दिनमै चार गुणा बढी आवेदन पेश

काठमाडौं, ५ भदाै । सर्वसाधारणका लागि सेयर (आइपीओ) जारी गरेकाे पहिलो दिनमा नै भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीकाे सेयरमा मागभन्दा बढी चार गुणा बढी आवेदन परेकाे छ। सिडिएससीका अनुसार आज साँझ ५ः०७ बजेसम्म ३ लाख १ हजार ८७५ जना आवेदकले ३४ लाख २२ हजार २० कित्ताका लागि आवेदन पेश गरेका छन् । जाे ३९ करोड ६९ लाख ५४ हजार ३२० रुपैयाँ बराबरको आवेदन हो । कम्पनीले १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँकाे दरले ७ लाख १२ हजार २२० कित्ता सेयर… पुरा पढौ

साउन महिनामा लक्ष्यभन्दा न्यून राजस्व सङ्कलन

काठमाडौं, ५ भदौ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा आन्तरिक राजस्व सङ्कलन लक्ष्यभन्दा न्यून भएको छ । आन्तरिक राजस्व विभागले उपलब्ध गराएको विवरणअनुसार गत साउनमा लक्ष्यको ८२ दशमलव ३३ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको छ । चालु आवको पहिलो महिनामा रू ४९ अर्ब ७० लाख बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकोमा रू ४० अर्ब ३४ करोड ४१ लाख बराबर मात्रै सङ्कलन भएको विभागले जनाएको छ । गत महिना आन्तरिक राजस्वतर्फका कुनै पनि कर शीर्षकमा सरकारी लक्ष्य भेटिएको छैन ।… पुरा पढौ

नेप्सेको ओरालोको यात्रामा ब्रेक, २०१५.९८ विन्दुमा उक्लियो

काठमाडौं, ५ भदौ । केहि दिनको ओरालोको यात्रालाई बिराम लगाउँदै नेप्से परिसूचक उकालो लागेको छ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेप्सेमा हरियाली छाउँदा लगानीकर्ताहरुको मनोवल उच्च भएको छ । तर कारोबारमा भने उल्लेखनीय बढोत्तरी भने भएको छैन । यसदिन नेप्सेमा १७.६९ अंकको बृद्धि भएको छ । यसरी बृद्धि भएको नेप्से २०१५.९८ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.८८ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ३.३६ अंकले बढेर ३८५.९८ विन्दुमा पुगेको छ । आज नेप्सेमा हरियाली छाएको छ । यो… पुरा पढौ

सरकार विद्युत्बाटै आत्मनिर्भर अर्थतन्त्र बनाउन लागेको छ : प्रधानमन्त्री दाहाल

काठमाडौं, ५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार विद्युत् उत्पादनबाटै आत्मनिर्भर अर्थतन्त्र बनाउने बाटोमा लागेको बताएका छन् । भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको आज समुद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यसका लागि सरकारले निजी लगानीकर्तालाई विद्युत उत्पादनमा प्रोत्साहन गरेको स्पष्ट पारे । अन्तरदेशीय प्रसारण लाइन विस्तार गरी विद्युत् व्यापारलाई प्राथमिकता दिएको उल्लेख गरे। उानले भने, “हालैको भारत भ्रमणमा भारत सरकारसँग विद्युत् खरिदमा भएको समझदारीले यसका लागि सकारात्मक पहल भएको छ ।” बङ्गलादेशसँग… पुरा पढौ

भगवती हाइड्रोकाे आईपीओमा आजबाट आवेदन खुल्ला

काठमाडौं, ५ भदाै । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आजबाट सेयर (आईपीओ) खुलाएकाे छ । कम्पनीले सर्वसाधारणका लागि ८ लाख ५८ हजार ९७ कित्ता सेयर खुलाएकाे हाे । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय र वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि सेयर निष्काशन गरिसकेकाे छ । जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १५ प्रतिशतले ८ करोड ५८ लाख ९ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँ दरमा ८ लाख… पुरा पढौ

प्रि ओपन सेसन : नेप्सेमा ०.१४ अंककाे बृद्धि

काठमाडौं, ५ भदाै । साताकाे सेयर काराेबार हुने तेश्राे दिन मंगलबार आज नेपाली सेयर बजारकाे प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढेकाे छ । यस सेसनमा नेप्से ०.१४ अंकले बढेकाे हाे । नेप्सेमा ०.१४ अंकले बढेर १९९८.१४ विन्दुमा उक्लिएकाे छ । प्रि ओपन सेसनमा १२ वटा कम्पनीहरुको १ हजार १२४ कित्ता सेयरकाे खरिदबिक्रीबाट रुपैयाँ ३ लाख बढीको कारोबार भएको छ । यस सेसनमा १६ वटा कम्पनीहरुकाे सेयर कारोबार भएको छ। जसमा ४ कम्पनीको सेयरकाे भाउ बढेकाे छ । ८… पुरा पढौ