आर्थिक 📈

दिगो विकासका लक्ष्य प्राप्तिका लागि प्रतिबद्धता पूरा गर्न जोड

काठमाडौं, ४ भदौ । सन् २०३० सम्ममा दिगो विकासका लक्ष्यहरू हासिल गर्नका लागि जनसङ्ख्या र विकासका प्रतिबद्धता कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष(युएनएफपिए)ले आयोजना गरेको कार्यक्रमका वक्ताहरूले आर्थिक विकास र समावेशितालाई प्राथमिकतामा राखेर सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा थप पहल कदम चाल्न सुझाएका हुन् । दिगो विकासका लक्ष्यमा नेपालले सबै महिला र किशोरीविरुद्ध जुनसुकै क्षेत्र र स्थानमा हुने सबै प्रकारका विभेदको अन्त्य गर्ने जनाएको छ । बालविवाह, जबरजस्ती विवाहलगायत विषयमा गरिएका प्रतिबद्धता नेपालले पूरा… पुरा पढौ

ठिनीमा ‘कागबेनी विपद् आर्थिक सहयोग’ अभियान सञ्चालन

गलेश्वर (म्याग्दी), ३ भदौ । गत साउन २८ गते गएको बाढीबाट पीडित मुस्ताङको कागबेनीका बासिन्दाहरुको सहयोगका लागि छिमेकी घरपझोङ गाउँपालिका–५ को ठिनी गाउँका बासिन्दाले ‘कागबेनी विपद् आर्थिक सहयोग’ अभियान सञ्चालन गरेका छन् । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा एक साताअघि गत साउन २८ गते आइतबार साँझ ठूलो बाढी आएको थियो । बाढीले २९ वटा घरमा पूर्ण क्षति गरेको थियो भने १३ वटा घरमा आंशिक गरी ४२ वटा घरमा क्षति पुर्‍याएको थियो । बाढी पीडितलाई सहयोगका लागि गत बिहीबार ठिनी गाउँका वासिन्दाले… पुरा पढौ

नेप्सेमा २१.९९ अंकको गिरावट, करिब डेढ अर्बकाे काराेबार

कठमाडौं, ३ भदौ । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजार ओरालोको यात्रामा गएको छ । सेयर बजार राताम्मै हुँदा यसले लगानीकर्ताको मनोवल घटाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २१.९९ अंकले घटेर २०११.१४ विन्दुमा झरेको छ । नेप्सेमा १.०८ प्रितिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ३.२५ अंकले घटेर ३८४.१२ विन्दुमा पुगेको छ । १३ वटै उपसमूहहरु राताम्मै भएका छन् । कुल २६९ कम्पनीहरुको ४४ लाख ५९ हजार ४५९ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ४४ करोड… पुरा पढौ

तापक्रम र फूलको विविधताले मौरीकाे चरन क्षेत्र बन्दैछ तनहुँ

तनहुँ, ३ भदौ । मौरीको चरनका लागि तनहुँमा उपयुक्त तापक्रम भएका कारण यहाँ चरनका लागि मौरी ल्याउने गरिएको छ । मौरीको चरनका लागि २० देखि ३५ डिग्री सेन्टिग्रेडसम्म उपयुक्त मानिन्छ । तराई र मध्यपहाडी क्षेत्रमा कम्तीमा आठदेखि १० महिनासम्म यो अवस्था रहने भएकाले मह उत्पादनका लागि उपयुक्त मानिन्छ । मौरीको चरन पनि लामो समय हुनेहुँदा व्यावसायिक मौरीपालन उपयुक्त मानिएको विज्ञहरु बताउँछन् । नेपालमा विशेषगरी दुई प्रजातिका मौरीपालन गरिन्छ । सेरेना र एपिस मेलिफेरा प्रजातिका मौरी बढी पालिने गरिएको पाइन्छ ।… पुरा पढौ

पहिलो दिन सुनमा सामान्य गिरावट, चाँदीको भाउ स्थिर

काठमाडौं, ३ भदौ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनको भाउमा सामान्य गिरावट भएको छ । यसदिन चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १ सय ले गिरावट भएको हो । चाँदीको भाउ शुक्रबारकै कायम गरिएको छ । छापावाल सुनमा रुपैयाँ १ सयले गिरावट भई तोलाको १ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख १० हजार ४ सय रुपैयाँमा… पुरा पढौ

सार्वजनिक खरिदलाई प्रभावकारि बनाउन साझा प्रयास गर्नेछौ: सचिव डा रेग्मी

काठमाडौं, ३ भदौ । सार्वजनिक खरिदको कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यका साथ स्थापना भएको सार्वजनिक खरिद अनुगमन कार्यालयले आज आफ्नो १७औँ स्थापना दिवस मनाउँदैछ । खरिद प्रक्रियामा प्रतिस्पर्धा, स्वच्छता, इमान्दारिता, जवाफदेहिता र विश्वसनीयता प्रवर्द्धन गरी पारदर्शी, वस्तुनिष्ठ र विश्वसनीय बनाउनेलगायतको उद्देश्यले विसं २०६४ भदौ ३ गते कार्यालयको स्थापना भएको हो । कार्र्यालय स्थापापछिको अवधिमा नेपालमा भएका सार्वजनिक खरिदका धेरै महत्त्वपूर्ण कार्यमध्ये रु २० लाखभन्दा बढीका सबै सार्वजनिक खरिदमा विद्युतीय खरिद प्रणालीको अवलम्बन महत्त्वपूर्ण उपलब्धि रहेको कार्यालयका सचिव डा दामोदर… पुरा पढौ

जलविरे झरनाबाट रु २८ लाख राजस्व संकलन

भरतपुर, ३ भदौ । जलविरे झरना (लामो झरना) चितवनको उत्कृष्ट पर्यटकीय गन्तव्यमध्येको एक हो । इच्छाकामना गाउँपालिका–६ जलविरेमा अवस्थित प्राकृतिक छटाले भरिपूर्ण झरनामा पुग्ने जो–कोहीको मन लोभिने गरेको छ । यहाँ पुग्ने पर्यटकले शीतलताको छुट्टै आनन्द महसुस गर्छन् । पूर्वाधार निर्माणपछि पर्यटकको चहलपहल बढेको सो झरना पछिल्लो समय गाउँपालिकाको चिनारीसमेत बन्दै गइरहेको छ । झरना गाउँपालिकाका लागि आम्दानीको स्रोतसमेत बनेको छ । झरना देखाएर गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० मा रु २८ लाख ३५ हजार राजस्व सङ्कलन गरेको छ । यहाँ… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको भाउ

काठमाडौं, ३ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर र यूरोको भाउ घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ६७ पैसा र बिक्रिदर १३३ रुपैयाँ २७ पैसा रहेको छ ।… पुरा पढौ

पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरण सहज बनाइने छ : मन्त्री रिजाल

वीरगञ्ज, २ भदौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरण व्यवस्थित र सहज बनाउने गरी काम अघि बढाइएको बताउनुभएको छ । नेपाल आयल निगम वीरगञ्ज शाखाले आजदेखि पुनः सञ्चालन गरेको पेट्रोलियम पदार्थ बिक्री वितरण बिलिङ कार्यको उद्घाटन गर्दै मन्त्री रिजालले पेट्रोलियम पदार्थको चुहावट नियन्त्रण गरिने उल्लेख गर्दै बिक्री वितरणलाई पनि सहज बनाइने बताए। मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको काम अन्तिम चरणमा पुगेकाले अब पेट्रोलियम पदार्थको आपूर्ति सहज र व्यवस्थित हुने उल्लेख गर्दै उनले पेट्रोलियम पदार्थमा हुने… पुरा पढौ

पूर्वाधार विकास बैंक (निफ्रा)को लागि राष्ट्र बैंकद्वारा निर्देशन जारी(पूर्णपाठ)

काठमाडौं, २ भदाै । नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकका लागि एकीकृत निर्देशन जारी गरेको छ । देशमा पूर्वाधार विकास बैंकको रुपमा सञ्चालनमा रहेकाे निफ्राका लागि राष्ट्र बैंकले साे निर्देशन जारि गरेकाे हाे । बैंकले ५० करोड र त्याेभन्दा धेरै कर्जा लिने ऋणीलाई कर्जा प्रवाह अथवा नवीकरण गर्दाखेरि ऋणी संस्थाको क्रेडिट रेटिङ एजेन्सीले गरेकाे रेटिङलाई कर्जा मूल्याङकनको आधारमा लिनुपर्ने जनाइएकाे छ । राष्ट्र बैंकको निर्देशनमा पूर्वाधार विकास बैंकले पूर्वाधार सम्बन्धी परियोजनाहरुको पहिचान, विश्लेषण, सम्भाव्यता अध्ययन र लागतका बारेमा परियोजना विकास… पुरा पढौ