आर्थिक 📈

दोल्ती पावरको सेयर बाँडफाँड सम्पन्न, एक भाग्यमानीले पाए ११ कित्ता सेयर

दोल्ती पावर कम्पनीकाे सेयर बाँडफाँड सम्पन्न भएकाे छ । कम्पनीले चैत २८ गतेदेखि बैशाख ३ गतेसम्म निष्काशन गरेको सेयर आज अपरान्ह सेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेकाे एनआईसी एशिया क्यापिटलको कार्यालयमा बाँडफाँड गरिएकाे हो । कम्पनीको सेयरमा १३ लाख ८३ हजार ७२४ आवेदकले १ करोड ५२ लाख ६७ हजार ३६० कित्ता सेयर माग गरेका थिए । जसमा १ लाख १० हजार २७४ को आवेदन फिर्ता गरिएका छन् । ४ हजार ५०४ जनाको आवेदन रद्ध गरिएकाे जनाइएकाे छ । सेयरमा १२… पुरा पढौ

आइटी क्षेत्रमा लगानी गर्न ब्रिटिस व्यवसायीलाई आह्वान

लन्डन, ८ वैशाख । ब्रिटिस व्यवसायी तथा नेपाली अधिकारीले नेपालमा सूचना प्रविधिको विकासको जग तयार भइसकेको भन्दै सूचना प्रविधि क्षेत्रमा ज्ञानको आदानप्रदान तथा विदेशी लगानीका लागि आह्वान गरेका छन्। लण्डनस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालमा युवा, शिक्षित तथा मेहनती जनसङ्ख्या बढ्दै गएको र सामाजिक, आर्थिक क्षेत्रमा फड्को मार्न नेपाल तयारी अवस्थामा रहेको बताए । नेपाललाई सूचना प्रविधिको हबका रुपमा विकास गर्न नेपाल सरकारले सूचना प्रविधि विज्ञ, निजी क्षेत्र, तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थासँग सहकार्य… पुरा पढौ

नौ महिनामा ६६ प्रतिशतले बढ्यो विद्युतीय सवारी आयात

काठमाडौं, ८ वैशाख । चालु आर्थिक वर्षको नौ महिनामा विद्युतीय सवारी साधानको आयात ६६ दशमलव ३९ प्रतिशतले बढेको छ । भन्सार विभागका अनुसार समीक्षा अवधिमा दुई हजार चार सय ५१ वटा विद्युतीय सवारी साधान आयात भएको छ । गत आवको सोही अवधिमा एक हजार चार सय ७३ वटा विद्युतीय सवारी आयात भएका थिए । विभागको तथ्यांक अनुसार चैतमा मात्रै दुई सय ५३ वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् । गत आवको सोही अवधिमा एक सय १६ वटा मात्र विद्युतीय सवारी… पुरा पढौ

बढ्यो सुनको भाउ, चाँदीको स्थिर

काठमाडौं, ८ वैशाख । साताको सुनचाँदीको कारोबार हुने छैटौं अन्तिम दिन शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ बढेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ४ सयले बढेर तोलाको १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ ४ सयले बढेर तोलाको १ लाख ९ हजार ६ सय… पुरा पढौ

दोल्ती पावरकाे आइपीओ आज बाँडफाँड हुँदै

काठमाडौं, ८ वैशाख । दोल्ती पावर कम्पनीको सेयर (आइपीओ) आज बाँडफाँड गर्न लागिएकाे छ । सेयर बाँडफाँड बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल मार्केटकाे कार्यालयमा अपरान्ह ३ बजे हुनेछ । कम्पनीका अनुसार सेयरमा मागभन्दा बढीकाे आवेदन परेकाे छ । आवेदन ११.६० गुणा बढी परेको हाे। यसकाे बाँडफाँड गोलाप्रथाबाट हुने भएकाेले धेरैकाे हात रित्तै हुनेछ ।  कम्पनीले १३ लाख ३९ हजार ४४० जना आवेदकले १ करोड ४७ लाख ६२ हजार २६० कित्ताका लागि सेयरमा आवेदन दिएका जनाएकाे छ । १ लाख २७… पुरा पढौ

एशियन लाइफकाे सेयरमूल्य नेप्सेमा समायाेजन

काठमाडौं, ८ बैशाख । एशियन लाइफ इन्स्योरेन्सकाे सेयरमूल्य आज नेप्सेमा समायाेजन भएकाे छ । इन्स्योरेन्सले साधारण सभा र लाभांश वितरणकाे प्रयोजनकाे लागि बुकक्लोज गरेपछि सेयरमूल्य समायोजन गरेर नयाँ मूल्य कायम गरिएकाे हाे । कम्पनीकाे ८.५ प्रतिशत बोनस सेयर समायोजन भएकाे छ। सेयरमूल्य समायोजनपछि सेयरमूल्य ५६९ रुपैयाँ ५९ पैसा भएको छ। इन्स्योरेन्सकाे अघिल्लो कारोबार बिहीबार प्रतिकित्ता ६१८ रुपैयाँमा भएको थियो। यसैलाई आधार मानेर मूल्य समायाेजन गरिएकाे हाे । यसकाे दोस्रो बजारकमा काराेबार आइतबारबाट शुरु हुनेछ । एशियन लाइफ इन्स्योरेन्सकाे १५औं साधारण… पुरा पढौ

माई खोला हाइड्रोकाे आईपीओमा आजदेखि आवेदन खुल्ला

काठमाडौं, ८ वैशाख । माई खोला हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि सेयर (आईपीओ) जारि गरेकाे छ । कम्पनीले सर्वसाधारणका लागि १२ लाख ६९ हजार ४११ कित्ता सेयरमा आवेदन खुलाएकाे हाे । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगार गएका नेपालीहरुका लागि सेयर निष्काशन गरिसकेकाे छ । जारी पूँजी ३९ करोड २९ लाख ५६ हजार रुपैयाँको ३९ प्रतिशतले हुने १५ करोड २९ लाख रुपैयाँ बराबरको १५ लाख २९ हजार ४११ कित्ता सेयर निष्काशनका लागि रहेकाे थियो। त्यसबाट ७६ हजार… पुरा पढौ

पूर्ण विद्युतीकरणका लागि बजेट स्वीकृत

बेनी, ८ वैशाख । म्याग्दीलाई पूर्ण विद्युतीकरण घोषणा गर्न बजेट स्वीकृत भएको छ । जिल्लाका सबै घरधुरीमा बिजुलीको पहुँच पु¥याउने योजनाअन्तर्गत रु २० करोड ५८ लाख नेपाल विद्युत् प्राधिकरणमार्फत स्वीकृत भएको हो । नेपाल विद्युत् प्राधिकरण बेनी वितरण शाखाले तयार गरेको लगत अनुमानका आधारमा प्राधिकरणमार्फत स्वीकृत भएर आएको उक्त बजेटलाई प्राधिकरणको प्रादेशिक कार्यालय, पोखराले चालु आर्थिक वर्षमै ठेक्का प्रक्रियामार्फत अघि बढाउने तयारी गरको गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले जानकारी दिए। पहुँच नपुगेका र लघुजलविद्युत्बाट उत्पादित बिजुली प्रयोग गर्दै आएका स्थानमा… पुरा पढौ

यस्तो छ आज निर्धारित विदेशी मुद्राको विनिमय दर

काठमाडौं, ८ वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज निर्धारित दरभाउ अनुसार अमेरिकी डलरसहित अन्य देशको मुद्राको भाउ बढेको छ । आज निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैया १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ । अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ १४ पैसा बिक्रिदर १३१ रुपैयाँ ७४ पैसा रहेको छ… पुरा पढौ

छ हप्तापछि हेटौँडा सिमेन्ट उद्योगमा पुनः उत्पादन सुरु

मकवानपुर, ८ वैशाख । करिब डेढ महिनाअघिदेखि बन्द रहेको हेटौँंडा सिमेन्ट उद्योगमा पुनः उत्पादन सुरु भएको छ । करिब छ हप्ताअघि उद्योगको आगो बाल्ने भट्टीको उपकरण बिग्रिएर समस्या आउँदा क्लिङ्कर उत्पादन गर्ने कार्य बन्द गर्नुपरेको उद्योगको व्यवस्थापनले जनाएको छ । उद्योग व्यवस्थापनले बाहिरबाट विभिन्न उपकरण ल्याएर जडान र मर्मतसम्भार गरी सिमेन्ट उत्पादनका लागि प्रयोग गरिने क्लिङ्कर उत्पादन पुनः सुरु गरिएको हेटौँडा सिमेन्टका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए। कर्णले करिब चार दशकअघिदेखि सञ्चालनमा रहेको उद्योगमा पटक–पटक प्राविधिक समस्या आएकाले उत्पादन… पुरा पढौ