आर्थिक 📈

१७.१२ प्रतिशतले बढ्याे फर्स्ट माइक्रोफाइनान्सकाे नाफा

काठमाडौं, ६ वैशाख । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाकाे नाफामा बृद्धि भएकाे छ । संस्थाकाे प्रकाशित चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको विवरण अनुसार खुद नाफामा गत आर्थिक वर्षकोभन्दा बृद्धि भएकाे हाे। लघुवित्तले चैत मसान्तसम्ममा १९ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ। यो नाफा गएकाे वर्षको सोही अवधिकोभन्दा १७.१२ प्रतिशतले बढी हो। गएकाे वर्ष यस्ताे नाफा रु १६ करोड ६१ लाख रुपैयाँ थियो। लघुवित्तकाे नाफामा सुधार हुनुकाे कारण खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेकाेले भएकाे हो। संस्थाकाे खुद… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजकाे विनिमय दर

काठमाडौं, ६ वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज निर्धारित दरभाउ अनुसार अमेरिकी डलरको भाउ बढेको छ । अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ९७ पैसा बिक्रीदर १३१ रुपैयाँ ५७ पैसा रहेको छ । आज निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैया १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ । यूरो… पुरा पढौ

अर्थतन्त्रको दबाब कम गर्न उद्योगीको सहयोग आवश्यक: आपूर्तिमन्त्री रिजाल

वीरगञ्ज, ६ वैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अर्थतन्त्रमाथि देखापरेको दबाब कम गर्न उद्योगी व्यापारीको सहयोग आवश्यक रहेको धारणा व्यक्त गरेका छन्। उनले राजनीतिक अस्थिरता, कोरोना महामारी र रसिया–युक्रेन युद्धका कारण आर्थिक मन्दीको दुशचक्रमा फसेको नेपाललाई सहज अवस्थामा ल्याउन नेपाली उद्योगपति व्यापारीको सहयोग अति नै आवश्यक रहेको बताए । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले वीरगञ्जमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकको आवश्यकतालाई १२ महिनासम्म धान्न सकिने विदेशी मुद्राको सञ्चिति भए पनि विश्व मन्दिका कारण अर्थतन्त्रमाथि… पुरा पढौ

नेप्से ३ अंकले घट्याे, प्रभु बैंक प्रोमोटर सेयरको कारोबार अब्बल

काठमाडौं, ५ वैशाख । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा गिरावट भएको छ । नेप्सेमा झिनो अंकको गिरावटसंगै कारोबार रकम पनि घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३.०७ अंकले घटेर १९०४.९८ विन्दुमा झरेको छ । नेप्सेमा ०.१६ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.१७ अंकले बढेर ३६३.०४ विन्दुमा रहेको छ । यसदिन १३ वटा उपसमूहमध्य ३ वटामा मात्रै हरियो लागेको छ । उनीहरुको सेयर बढेको छ । बाँकी १० वटामा उपसूहरुमा रातो लागेको छ… पुरा पढौ

बजारीकरणमा जुटेपछि मूल्य पाउन थाल्यो अण्डाले

चितवन, ५ वैशाख । अण्डाले मूल्य नपाएपछि कुखुरापालक व्यवसायी ६ महिनाअघि सङ्गठित भए । देशैभरका ठूला व्यवसायी भेला भएर व्यवसाय जोगाउनका लागि अन्तिम प्रयासको थालनी गरे । उनीहरूले नेपाल लेयर्स कुखुरापालक सङ्घ गठन गरेर देशव्यापीरूपमा बजारीकरणमा जुटेका थिए । यतिबेला अण्डाको मूल्य प्रतिक्रेट (३० वटाको) २ सय ४० हाराहारीमा झरेको थियो । विसं २०७९ असोज २९ गते पहिलो भेला भएर सङ्गठन गरेका उनीहरूले बितेका छ महिनामा देशका अधिकांश जिल्लामा पुगेर त्यहाँका किसान र व्यवसायीसँग छलफल र बजारीकरणमा जुटे । अहिले… पुरा पढौ

सुनको भाउ आज पनि स्थिर, चाँदीमा गिरावट

काठमाडौं, ५ वैशाख । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार पनि नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउमा भने गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनको भाउ स्थिर रहेर कारोबार भईरहेको छ । चाँदीमा १५ रुपैयाँले गिरावट भएको छ । छापावाल सुन तोलाको १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार पनि छापावाल सुन तोलाको १ लाख १० हजार रुपैयाँमा नै कारोबार भएको थियो । सोमबार सुन स्थिर… पुरा पढौ

यस्तो छ आज निर्धारित विदेशी मुद्राको विनिमय दर

काठमाडौं, ५ वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज निर्धारित दरभाउ अनुसार अमेरिकी डलरको भाउ केहि बढेकाे छ । आज निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैया १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ । अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ८६ पैसा बिक्रीदर १३१ रुपैयाँ ४६ पैसा रहेको छ । यूरो… पुरा पढौ

सातौ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी वैशाख २२ देखि

काठमाडौं, ५ वैशाख । उद्यमशीलता विकास र औद्योगिक उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले चितवनमा सातौँ अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । चितवन उद्योग सङ्घको आयोजना तथा नेपाल उद्योग परिसङ्घको प्रवद्र्धनमा आगामी वैशाख २२ देखि २४ गतेसम्म चितवन प्रदर्शनी केन्द्र भरतपुरमा सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुन लागेको हो । नेपाल उद्योग परिसङ्घले काठमाडौँमा पत्रकार सम्मेलन गरी अर्थतन्त्रको चुनौतीपूर्ण अवस्थामा उद्योगी, व्यवसायीको मनोबल उच्च बनाउनका लागि औद्योगिक प्रदर्शनी आयोजना गर्न लागिएको जानकारी दिएको हो । परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले अर्थतन्त्रको कठिन… पुरा पढौ

स्मार्ट टेलिकमको लाइसेन्स खारेज, अब भ्यालुएसन गरी सरकारले बिक्री गर्ने

काठमाडौं, ४ वैशाख । बक्यौता भुक्तानी नगरेको स्मार्ट टेलिकमको लाइसेन्स स्वतः खारेज भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको इजाजतपत्र (लाइसन्स) स्वतः खारेज भएपछि कम्पनीको सम्पत्ति व्यवस्थापन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । आज बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले स्मार्ट टेलिकमको सम्पती व्यवस्थापन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । प्राधिकरणले स्मार्ट टेलिकमलाई बक्यौता रकम भुक्तानी गर्न वैशाख १ गतेको समय दिएको थियो । तोकिएको समय अर्थात् वैशाख १ गते सार्वजनिक बिदा भएपछि आइतबार साँझ ५ बजेसम्म नवीकरणको… पुरा पढौ

चालु आवकाे ९ महिनामा साढे १४ अर्ब नाफा विदेशियो

काठमाडौं, ४ वैशाख । चालु आर्थिक वर्षको ९ महिनामा करिब साढे १४ अर्ब विदेशिएको छ । उद्योग विभागले सार्वजनिक गरेको चालु आवको नौ महिनाको तथ्याङ्क अनुसार रु १३ अर्ब ७७ करोड ४४ लाख १० हजार ५५९ लाभाशंवापत बाहिरिएको हो । विभागले यस अवधिमा रोयल्टीबापत रु दुई अर्ब ११ करोड छ हजार छ सय ३४, १२ लाख ४५ हजार ९१ अमेरिकी डलर, ३० करोड ६२ लाख ९६ हजार ६०९ भारतीय रुपैयाँ र सात हजार युरो विदेश लैजानका लागि विभागले सिफारिस गरेको… पुरा पढौ