आर्थिक 📈

राेकिएन नेप्सेकाे ओरालोको यात्रा, कारोबारमा एनआईसी एशिया बैंक अब्बल

काठमाडौं, ९ चैत । साताको सेयर कारोबार हुने पाँचौ दिन बुधबार पनि नेपाली सेयर बजारको ओरालोको यात्राले निरन्तरता पाएको छ । १३ वटै उपसमूहहरु राताम्मै भएका छन् । सेयर बजारको निरन्तरको गिरावटले लगानीकर्ताहरुको मनोवल घटाएको छ । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केहि बृद्धि भएको छ । अघिल्लो दिन बुधबार नेप्से परिसूचक १५.७६ अंकले घटेर १९३३.२९ विन्दुमा झरेको थियो । सेन्सेटिभ इण्डेक्स २.३२ अंकले घटेर ३६३.९० विन्दुमा रहेको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार यसदिन नेप्से परिसूचक १८.१५ अंकले… पुरा पढौ

कुमारी सुनौलो लगानी योजना इकाईमा आजदेखि आवेदन खुल्ला

काठमाडौं, ९ चैत। कुमारी क्यापिटलले आजदेखि कुमारी सुनौलो लगानी योजना निष्काशन गरेकाे छ । क्यापिटलका अनुसार प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यकाे १० करोड इकाई निष्काशन गरिएकाे छ । यसमा ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई सार्वजनिक निष्काशनबाट बिक्री गरिने जनाइएकाे छ । बाँकी ५ करोड इकाई योजना व्यवस्थापकद्वारा तोकिएकाे वितरकबाट खरिद बिक्री हुने भएकाे छ। कोष प्रबर्धक कुमारी बैंक लिमिटेडका लागि क्यापिलले १ करोड ५० लाख इकाई छुट्याएको छ। इच्छुक लगानीकर्ताले ३ करोड ५० लाख इकाईका लागि आवेदन दिन… पुरा पढौ

माई खोला हाइड्रोकाे आईपीओमा आवेदन दिने अन्तिम दिन

काठमाडौं, ९ फागुन । माई खोला हाइड्रोपावरकाे सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले फागुन २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका जनता र विदेशमा रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्काशन गरेकाे थियाे । कम्पनीका अनुसार ३ करोड ९२ लाख १५ हजार ७०० रुपैयाँ बराबरको ३ लाख ९२ हजार १५७ कित्ता साधारण सेयर आयोजनाबाट प्रभावित ईलामका जनताका जारि गरेकाे हो। यस्तै १ करोड ५२ लाख ९४ हजार १०० रुपैयाँ बराबरको १ लाख ५२ हजार ९४१ कित्ता सेयर वैदेशिक… पुरा पढौ

पस्मिनाको गुणस्तर परीक्षण गर्न विज्ञ टोली मुस्ताङमा

म्याग्दी, ९ चैत । पस्मिनाको कच्चापदार्थ च्याङ्ग्राको भुवाको गुणस्तर परीक्षण गर्न विज्ञ टोली मुस्ताङमा पुगेको छ । अन्तर्राष्ट्रिय व्यापार केन्द्रले अन्तर्राष्ट्रिय पस्मिना विशेषज्ञ, कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको नेपाल पशु प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्र, नेपाल पस्मिना सङ्घ र च्याङ्ग्रा पस्मिना किसान सङ्घको समन्वयमा नेपालमै पहिलो पटक भुवाको परीक्षण गर्न लागिएको जनाएको छ । अन्तर्राष्ट्रिय पस्मिना विशेषज्ञ क्यारोल केभिड, नार्कका वैज्ञानिक निना अमात्य गोर्खाली, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव भक्तराज जोशीसहितको टोली मुस्ताङमा पुगेको नेपाल पस्मिना उद्योग सङ्घका उपाध्यक्ष… पुरा पढौ

यस्ताे छ आजका लागि विदेशी मुद्राकाे विनिमय दर

काठमाडौं, ९ फागुन । नेपाल राष्ट्र बैंकले बिहिबार आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैया १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ । अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ९६ पैसा बिक्रीदर १३२ रुपैयाँ ५६ पैसा रहेको छ । यूरो १ को खरिददर १४२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९८ पैसा रहेको छ… पुरा पढौ

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुने

पाेखरा, ८ चैत । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ । नेपालले सन् १९७५ मा पाटा इन्टरनेसनलको सदस्यता लिएपछि पहिलोपटक आगामी मे २९ देखि जुन १ सम्म सो संस्थाको शिखर सम्मेलन तथा एडभेञ्चर ट्राभल मार्ट पोखरामा आयोजना हुन लागेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिृकत डा धनञ्जय रेग्मीले जानकारी दिए । नेपाल सरकार, पर्यटन बोर्ड तथा पाटाको मुख्य आयोजनामा हुने कार्यक्रमको स्थानीय संयोजन पोखरा परिषद्ले गर्ने पोखरामा आज आयोजित… पुरा पढौ

१९३३.२९ विन्दुमा झर्यो नेप्से, १ अर्ब ३३ करोडको कारोबार

काठमाडौं, ८ चैत । लगातार दुई दिन उकालो लागेको सेयर बजारमा आज भने फेरि ओरालोको यात्रामा गएको छ । यसले लगानीकर्ताको मनोवल घटाएको छ । यो दिन सातामा सेयर कारोबार हुने चौथो दिन हो । सबै सूचकहरु राताम्यै भएका छन् भने कारोबार रकम उल्लेखनिय बृद्धि हुन सकेन । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १५.७६ अंकले घटेर १९३३.२९ विन्दुमा झरेको छ । नेप्सेमा ०.८१ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स २.३२ अंकले घटेर ३६३.९० विन्दुमा रहेको छ । यसदिन १३ वटै… पुरा पढौ

१० करोड लगानीमा पोखरामा बन्यो होटल पौवा

काठमाडौं, ८ चैत । होटल पौवा प्रालिले पोखराको लेकसाइडमा होटलकाे नयाँ शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले अफ्नो ११औँ शाखाको रुपमा पाेखरामा होटल पौवा ल्याएको हो । उक्त होटल १० करोडमा निर्माण भएकाे पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जनानकारी दिएका छन । बगैंचासहितको सुविधासम्पन्न होटल भवनमा सुपर डिलक्स र मिनी सुइट गरी ३९ वटा सुविधा सम्पन्न कोठाहरु छन् । प्रत्येक कोठाहरू वातानुकुलित रहेका छन् भने उच्च गतिको इन्टरनेट सुविधा उपलब्ध छ । कोठाबाटै माछापुच्छ्रे र अन्नपूर्ण… पुरा पढौ

चुँदारा पेसा गरेर दैनिकी चलाउनै कठिन

भोजपुर, ८ चैत । काठको ठेकी बनाउने चुँदाराले श्रमअनुसारको ज्याला पाउन सकेका छैनन । लामो समयदेखि यो पेसा गरे पनि ठेकी कुँदेर जीवनयापन गर्न अप्ठ्यारो पर्ने गरेको उनीहरूको गुनासो छ । विगत वर्षमा धेरैले यो पेसा गर्दै आए पनि पछिल्लो समयमा भने घट्दै गएको छ । न्यून ज्याला, संरक्षणको अभाव तथा पुस्तान्तरण नहुँदा पेसा सङ्कटमा पर्दै गएको चुँदाराको भनाइ छ । यहाँ ठाउँअनुसार गाउँघरमा पाइने पँयले, दार, मौवा, कटहरलगायतका काठबाट स–साना आकारका गोलियालाई कुँदेर चुँदाराले काठका ठेकीसँगै भाँडाकुँडा बनाउने गर्दछन्… पुरा पढौ

२ हजारले घट्याे सुनको भाउ, चाँदीमा पनि गिरावट

काठमाडौं, ८ चैत। साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुनमा रुपैयाँ २ हजार तथा चाँदीमा रुपैयाँ ५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ २ हजारले घटेर तोलाको १ लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यसदिन तेजाबी सुनमा पनि तोलामा रुपैयाँ २ हजारे घटेर तोलाको १… पुरा पढौ