आर्थिक 📈

सगरमाथा जलविद्युतकाे आईपीओ आजदेखि बिक्री खुल्ला

काठमाडौं, ८ चैत । सगरमाथा जलविद्युत कम्पनीले आजबाट सर्वसाधारणका लागि सेयर आईपीओ निष्काशन गरेकाे छ। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सेयर निष्काशन गरिसकेकाे छ । कम्पनीका अनुसार जारी पूँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशतले हुने ४३ करोड ६८ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार कित्ता सेयर निष्काशनका लागि राखिएकाे थियाे। साे सेयरबाट ४ लाख ३६ हजार ८०० कित्ता सेयर वैदेशिक राेजगारमा रहेका नेपालीहरुका बाँडफाँड भइसकेकाे छ । २ लाख १८… पुरा पढौ

वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षामा समेटिँदै, कोषमा करिब रु ३१ अर्ब सङ्कलन

काठमाडौं, ८ चैत । वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक आजदेखि सामाजिक सुरक्षा योजनामा समेटिँदै छन् । सामाजिक सुरक्षा कोषले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य प्रारम्भ गर्दैछ । कोषमा रु ३० अर्ब ८७ करोड योगदान रकम सङ्कलन भएको छ । कोषले योगदानकर्तालाई रु तीन अर्ब ८१ करोड दाबी भुक्तानी गरेको छ । विसं २०७५ मङ्सिर ११ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको थियो… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ भने यस्ताे छ आजको विनिमय दर

काठमाडौं, ८ फागुन । नेपाल राष्ट्र बैंकले बुधबार आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैया १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ । अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ९६ पैसा बिक्रीदर १३२ रुपैयाँ ५६ पैसा रहेको छ । यूरो १ को खरिददर १४१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५६ पैसा रहेको छ… पुरा पढौ

उद्योग क्षेत्रमा ६२ वर्षमा २८ खर्ब लगानी

काठमाडौं, ७ चैत । करिब ६२ वर्षको अवधिमा उद्योग क्षेत्रमा मात्रै करिब २८ खर्ब बराबरको लगानी भएको पाइएकोे छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ९विभिन्न क्षेत्रका उद्योगमा० २७ खर्ब ८२ अर्ब बराबरको लगानी प्रस्ताव भएको छ । आर्थिक वर्ष २०१७/१८ सालदेखि २०७९/८० सम्म ८ हजार ९ सय ७४ उद्योगका लागि उक्त लगानी प्रस्ताव भएको हो । उक्त तथ्याङ्क अनुसार हालसम्म दर्ता भएका उद्योगमम्ध्ये सबैभन्दा धेरै लगानी प्रस्ताव साना उद्योगमा रहेको छ । तथ्याङ्क… पुरा पढौ

बारामा तरकारी किसानको प्रदर्शन

वीरगञ्ज, ७ चैत । बाराका तरकारी किसानले प्रदर्शन गरेका छन् । किसानहरुले कलैया उपमहानगरपालिकाको कार्यालय घेराउ गर्दै प्रदर्शन गरेका हुन् । उनीहरुले कलैया बजारमा किसानलाई सेड उपलब्ध गराउन र नगर प्रहरीले जफत गरेको तरकारीको क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन् । सेडमा ठाउँ नभएपछि कलैया बजारमा बेच्न राखेको हरियो सागसब्जी तथा तरकारी नगर प्रहरीले जफत गरेको किसानहरुको भनाइ छ । जफत गरिएको तरकारी किसानलाई बेलैमा फिर्ता दिनुको साटो कुहाएको उनीहरुको गुनासो छ । किसानहरुका अनुसार नगर प्रहरीले ३ चैतमा ५० जना… पुरा पढौ

ठूलो मात्रामा रोजगारी गुम्नु आर्थिक मन्दीको स्पष्ट सूचक हो : अध्यक्ष गोल्छा

काठमाडौं, ७ चैत । ठूलो मात्रामा रोजगारी गुम्नु आर्थिक मन्दीको स्पष्ट सूचक भएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताएका छन् । आज (मंगलबार) महासंघको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् ।‘औपचारिक र अनौपचारिक दुवै क्षेत्रमा ठूलो मात्रामा रोजगारी गुमिरहेको छ', उनले भने, 'यो आर्थिक मन्दीको स्पष्ट सूचक हो ।’ गोल्छाले मन्तव्यको क्रममा विभिन्न परिसूचकले अर्थतन्त्र सुधार भएको देखाएतापनि वास्तवमा नेपाली अर्थतन्त्र समस्यामा रहेको बताएका छन् । अब वितरण मुखी माइन्ड सेटबाट बाहिर निस्कनुपर्ने… पुरा पढौ

नेपाल–रसिया चेम्बर अफ कमर्सको अध्यक्षमा अशोक शेरचन

काठमाडौं, ७ चैत । नेपाल–रसिया चेम्बर अफ कमर्सको अध्यक्षमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका अशोक शेरचन चयन भएका छन् । २६ सदस्यीय कार्यसमिति अध्यक्षमा शेरचन सर्वसम्मत चयन भएका हुन् । वरिष्ठ उपाध्यक्षमा भने दिवस अमात्य चयन भएका छन् । उपाध्यक्षमा कुमार कार्की र निमानुरु शेपा, महासचिवमा विष्णुहरि पाण्डे, कोषाध्यक्षमा यमना श्रेष्ठ, सचिवमा अनुराग गोयल र अविनाश सिलवाल चयन भएका छन् । त्यस्तै कार्यकारिणी समिति सदस्यहरुमा अमृत खड्का, अनिल मानन्धर, अनुज भट्टराई, दिपकराज भुसाल, डा. विजय थापा, डा. मणिराम पोख्रेल,… पुरा पढौ

राष्ट्र बैंकको अव्यवहारिक निर्णयले ब्याजदर बढ्यो : उमेशलाल श्रेष्ठ

काठकाडौं, ७ चैत । नेपाल राष्ट्र बैंकको अव्यवहारिक निर्णयका कारण ब्याजदर बढेको नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ बताउछन् । श्रेष्ठले उद्योग वाणिज्य महासंघको गण्डकी प्रदेशको सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । ‘आधारदरलाई हेर्ने हो भने वाणिज्य बैंकको ब्याज १० प्रतिशत हाराहारीमा छ,’ उनले भने, ‘तर राष्ट्र बैकले त्यसमा ६ प्रतिशतसम्म प्रिमियम जोड्न पाउने व्यवस्थाले गर्दा हामी मारमा परेका छौ ।’ अब सरकार र राष्ट्र बैकसँग छलफल गरि प्रिमियमलाई २ प्रतिशतमा कामय गर्न नेतृत्वदायी… पुरा पढौ

आज बैंक तथा वित्तीय संस्था खाेल्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं, ७ चैत। घोडेजात्राको अवसरमा बैंकिङ सेवा सञ्चालनमा राख्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ। जात्राको अवसरमा नेपाल सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ । उपत्यकाबाहिर हुने कारोबार समेतलाई हेरी बैंक तथा वित्तीय संस्थाहरुलाई खुल्ला राख्न केन्द्रीय बैकले यस्ताे निर्देशन दिएको हो । राष्ट्र बैंकले सूचना जारी गर्दै भनेको छ, ‘घोडेजात्राका दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा रहेता पनि उपत्यका बाहिरका कार्यालयमा हुने नगद कारोबार, विद्युतीय चेक भुक्तानी (इसिसी)लगायतका आवश्यक बैंकिङ सेवा सञ्चालन राख्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका… पुरा पढौ

बढ्यो सुनचाँदीको भाउ, तोलाको कति ?

काठमाडौं, ७ चैत । साताको सुनचाँदी कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ ५ सय तथा चाँदीमा रुपैयाँ १० ले बृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ५ सयले बढेर तोलाको १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यसदिन तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ५ सयले बढेर… पुरा पढौ