आर्थिक 📈

५ प्रतिशतले कमी भयो ग्याँस खपत

काठमाडौं, ६ चैत । खाना पकाउने एलपीजी ग्याँसको खपतमा गत आर्थिक वर्ष भन्दा ५ प्रतिशत कमी आएको छ । नेपाल आयल निगमले दिएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ७ महिनामा अर्थात साउनदेखि माघसम्म २ लाख ९४ हजार २ सय १८ मेट्रिक टन ग्याँस खपत भएको छ । तर गत आर्थिक वर्षको ७ महिनामा ३ लाख ९ हजार ८ सय १३ मेट्रिक टन ग्याँस खपत भएको थियो । अर्थात यो वर्ष ५ प्रतिशतले ग्याँको खपतमा कमि आएको हो । विगतका वर्षहरुमा… पुरा पढौ

२३ अर्ब ८३ करोडकाे ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

काठमाडौं, ६ चैत । नेपाल राष्ट्र बैंकले मंगलबार २३ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेकाे जनाएकाे छ । राष्ट्र बैंकले २८ दिनकाे, ९१ दिनकाे, १८२ दिनकाे तथा ३६४ दिनको लागि ट्रेजरी बिल जारी गर्ने भएकाे हो । यसका लागि आज अपरान्ह ३ बजे बोलकबोल हुँदैछ । राष्ट्र बैंकले २८ दिनको लागि ५ अर्बको ट्रेजरी जारी गर्न लागेको छ। यो ट्रेजरी बिल २०८० वैशाख ५ गते परिपक्व हुने भएकाे छ । यस्तै ९१ दिनको लागि ५ अर्ब ५३… पुरा पढौ

सोमबारको प्रि-ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से

काठमाडौं, ६ चैत । साताको दोस्रो कारोबार हुने दिन आज सोमबारको प्रि-ओपन सेसनमा पनि नेप्से परिसूचक झिनो अंकले घटेको पाइएको छ । अघिल्लो कारोबार दिन अर्थात हिजो आइतबार यो परिसूचक ६.९० अंक घटेर १९२६.४० विन्दुमा बन्द भएको थियो । आजको यो सेसनमा नेप्से परिसूचक ०.१३ अंक घटेर १९२६.२७ विन्दुमा झरेको छ । यही सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०२ अंक बढेको पाइएको छ । आज सोमबारको प्रि-ओपन सेसनमा ६ वटा स्टकको ५७ हजार ५२५ रुपैयाँ बराबरको २४० कित्ता सेयर खरिदबिक्री भएको… पुरा पढौ

सुन र चाँदी दुवैको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं, ६ चैत । साताको सुनचाँदीको कारोबार हुने दोस्रो दिन आज सोमबार नेपाली सुनचाँदी बजारमा सुन र चाँदी दुवैको भाउ घटेको छ । हिजो उल्लेख्‍य बढेको सुनको भाउ आज केही घटेको हो । आज छापावाल सुनमा ७ सय रुपैयाँ तथा चाँदीमा १५ रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनमा ७ सय रुपैयाँले घटेर तोलाको १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाल सुन तोलाको १ लाख १० हजार… पुरा पढौ

नापतौलको अनुगमन हुँदै, ठगी गर्नेलाई कारबाही

काठमाडौं, ६ चैत । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने सात हजार नौ सय ४४ व्यापारीलाई कारबाही गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा अनियमितरुपमा नाप्ने तौलने यन्त्र प्रयोग गरी उपभोक्तालाई ठगी गर्ने झण्डै आठ हजार व्यापारीलाई कारबाही गरेको हो । पछिल्लो समय नापतौल यन्त्रमार्फत उपभोक्ता ठगी गर्ने क्रम बढेकाले कार्यालयले विशेष निगरानी बढाएको सो कार्यालयका सूचना अधिकारी निराजन पुडासैनीले जानकारी दिए। उनले भने, “अनुगमनका क्रममा कतिपय व्यापारीले यन्त्रको दर्ता नगराएको र… पुरा पढौ

यस्ताे छ साेमबार विदेशी मुद्राकाे विनिमय दर

काठमाडौं, ६ चैत । नेपाल राष्ट्र बैंकले सोमबार आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकद्वारा आज निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैया १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ । अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७९ पैसा बिक्रीदर १३२.३९ पैसा रहेको छ । यूरो १ को खरिददर १४० रुपैयाँ ५९ पैसा र बिक्रीदर १४१… पुरा पढौ

सेयर बजारको घट्दो क्रम यथावत्, १ अर्ब माथिको कारोबार

काठमाडौं, ५ चैत । ओरालो लागेको सेयर बजारको यात्रा रोकिएको छैन । बजारको गिर्दो अवश्था र त्यसको सुधारको माग गर्दै आएका लगानीकर्ताहरु अझैं पनि ढुक्क हुन सकेका छैनन् । लगानीकर्ताहरु अझैं पनि आन्दोलनको मनस्थितिमा रहेका छन् । केहि दिन अघि नेप्सेको कार्यालय घेराउसम्म गर्न पुगेका उनीहरु पक्राउ परेका थिए । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ६.९० अंकले घटेर १९२६.४० विन्दुमा झरेको छ । नेप्सेमा ०.३६ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.५२ अंकले घटेर ३६३.२६ विन्दुमा रहेको छ । कुल… पुरा पढौ

आकर्षण नदेखिएपछि बीमा गर्नेको सङ्ख्या बढ्न सकेन्

घोराही, ५ चैत। दाङका दशवटै पालिकामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भइरहेको छ । आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले चार वर्षदेखि यहाँ स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भइरहेको हो । आर्थिक अभावका कारण समस्यामा परेका नागरिकलाई स्वास्थ्य सेवामा पहुँज पु¥याउने उद्देश्यले कार्यक्रम लागु भए पनि जिल्लामा खासै आकर्षण नदेखिएको राष्ट्रिय बीमा बोर्ड दाङका प्रमुख गुद्धलाल वलीले बताए । चार वर्षदेखि कार्यक्रम सञ्चालन गरिएको भए पनि बीमा गर्नेको सङ्ख्या बढ्न नसकेको उनको भनाइ छ । प्रमुख वलीका अनुसार जिल्लाका… पुरा पढौ

तरकारी: कुनको मूल्य कति ?

काठमाडौं, ५ चैत । तरकारी तथा फलफुलको मूल्य सार्वजनिक भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि मूल्य सार्वजनिक गरेको हो । प्रतिकेजी नेपाली ठूलो गोलभेँडा ४० रुपैयाँ, अदुवा १०० रुपैयाँ, रातो आलु २३ रुपैयाँ, सेतो आलु १७ रुपैयाँ रहेको छ भने स्थानीय काउली ५० रुपैयाँ, कागती २६० रुपैयाँ, सुकेको खुर्सानी ४२० रुपैयाँ र हरियो खुर्सानी ८० रुपैयाँ रहेकाको कालीमाटीले जनाएको छ । त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, राजमा… पुरा पढौ

प्रि-ओपन सेसनमा यस्तो छ नेप्सेको अवस्था

काठमाडौं, ५ चैत । साताको पहिलो कारोबार हुने दिन आज आइतबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक थोरै अंकले घटेको छ । अघिल्लो कारोबार दिन अर्थात गएको बिहीबार यो परिसूचक ५.३२ अंकले घटेर १९३३.३१ विन्दुमा बन्द भएको थियो । आजको प्रि ओपन सेसनमा भने नेप्से‍ ०.०८ अंक घटेर १९३३.२३ विन्दुमा झरेको छ । यो सेसनमा सेन्सेटिभ इण्डेक्समा पनि ०.१२ अंकले गिरावट आएको छ । आज आइतबारको प्रि-ओपन सेसनमा ९ वटा स्टकको २ लाख ३ हजार ७८९ रुपैयाँ बराबरको ४०२ कित्ता सेयर खरिदबिक्री… पुरा पढौ