आर्थिक 📈

सुनचाँदीको भाउ उल्लेख्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं, ५ चैत । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आज आइतबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ उल्लेख्य बढेको छ । आज छापावाल सुनमा २ हजार ९ सय रुपैयाँ तथा चाँदीमा ३५ रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनमा २ हजार ९ सय रुपैयाँले बढेर तोलाको १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनमा… पुरा पढौ

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर (सूचीसहित)

काठमाडौं, ५ चैत । नेपाल राष्ट्र बैंकले आईतबार आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैया १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ । अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७९ पैसा बिक्रीदर १३२.३९ पैसा रहेको छ । यूरो १ को खरिददर १४० रुपैयाँ १९ पैसा र बिक्रीदर १४० रुपैयाँ ८२… पुरा पढौ

मुना बजार पोखराको प्रथम वार्षिक कार्यक्रम सम्पन्न, आर्गानिक उत्पादन र वजारिकरणमा जोड

पोखरा, ४ चैत । मुना कृषि लिमिटेड पोखराले आफ्नो स्थापनाको पहिलो वार्षिक कार्यक्रम समपन्न गरेको छ । शनिबार सृजनाचोकस्थित मुना बजारमा कृषक, गण्डकीका सेयर सदस्य, वितरक, विज्ञ तथा विभिन्न आमन्त्रित व्यक्तित्वहरुबीच आर्गानिक उत्पादन, वितरण तथा उद्यमशिलताको छलफलसहित पहिलो वार्षिक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं ८ का अध्यक्ष रुद्रनाथ वरालले कृषि, कृषक, वितरक तथा उपभोक्तासंग जोडिने कुरा निकै महत्वको भएको बताए । हामीले बाहिरबाट आयात गरेर खाँदा स्वस्थ खान पाईरहेका छैनौ । उनले भने,… पुरा पढौ

नागरिक लगानी कोष ३३औं वर्षमा प्रवेश, रु २ खर्बकाे लगानी

काठमाडौं, ४ चैत । नागरिक लगानी कोष स्थापनाको ३३औं वर्षमा प्रवेश गरेको छ । बचतमा प्रोत्साहन गरी लगानी बढाउने, अवकाश कोष तथा सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्ने र पूँजी बजारमा गतिशीलता ल्याउने उद्देश्यले २०४८ सालमा स्थापना भएको कोषले हालसम्म रु दुई खर्बभन्दा बढी लगानी गरिसकेको जनाएको छ । कोषका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा रु दुई खर्ब पाँच अर्ब ६९ करोड लगानी गरेको छ । सोही अवधिमा कोषको खुद कोष मौज्दात रकम रु दुई खर्ब छ अर्ब १९ करोड… पुरा पढौ

सामाजिक सुरक्षा कोषद्वारा पौने चार अर्ब दाबी भुक्तानी

काठमाडौं, ४ चैत । योगदानमा आधारित समाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरेको सामाजिक सुरक्षा कोषले हालसम्म रु पौने चार अर्ब दाबी भुक्तानी गरेको छ । हालसम्म कोषले विभिन्न सामाजिक सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई रु तीन अर्ब ७८ करोड भुक्तानी गरेको हो । कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गरिरहेको छ । कोषले २०७६ देखि विभिन्न योजनाको दाबी भुक्तानी गर्दै आएको छ । कोषले औषधोपचार सुविधाबापत रु ४४ करोड… पुरा पढौ

पत्रकारितासँगै व्यावसायिक अचार उत्पादनमा ‘बन्दना’

रामपुर (पाल्पा), ४ चैत । व्यक्ति एक ठाउँअनुसार उसको भूमिका अनेक हुन सक्छन् भन्ने उदाहरणीय बन्नुभएको छ, बन्दना पोखरेल । पत्रकारिता, सामाजिक अभियान्ताको रुपमा पाल्पामा राम्रो पहिचान बनाएकी पोखरेलको परिचय अचेल उद्यमीसँग जोडिएको छ । पाल्पामा सक्रियरुपमा पत्रकारितासँगै महिला सशक्तीकरण, महिला हिंसाविरुद्ध सशक्तरुपमा नेतृत्व गर्दै आउनुभएकी पोखरेल यतिबेला अचार उद्यमीको रुपमा कहलिएकी छन्। पत्रकारिता गर्ने क्रममा गाउँघरका महिला, किसान, अन्याय, हिंसा, समानता, सशक्तीकरणका कुरामा कलम चलाउने र उनीहरुका आवाजलाई मिडियामा ल्याउने क्रममा आफू पनि यसबाट प्रभावित भएर व्यवसायमा होमिएको उनले… पुरा पढौ

आठ महिनामा लाभांशवापत साढे १३ अर्ब नाफा विदेशियो

काठमाडौं, ३ चैत । चालु आर्थिक वर्षको आठ महिनामा लाभांशवापत करिब रू साढे १३ अर्ब रकम विदेशिएको छ । उद्योग विभागका अनुसार चालु आवको फागुन मसान्तसम्म रू १३ अर्ब ४५ करोड ९८ लाख ७८ हजार तीन सय २४ लाभांशवापत रकम फिर्ताको सिफारिस गरेको हो । विभागले आठ महिनामा रोयल्टीबापत रू दुई अर्ब आठ करोड ९३ लाख ९७ हजार एक सय सात, ११ लाख ४८ हजार ७६० अमेरिकी डलर, ३० करोड ४७ लाख ५० हजार आठ सय २५ भारतीय रुपैयाँ तथा… पुरा पढौ

शेयर लगानीकर्ताहरु पक्राउ

काठमाडौं, ३ चैत । शेयर लगानीकर्ताहरु शुक्रवार (आज) पक्राउ परेका छन् । पूँजी बजार सुधारका लागि दबाव सिर्जना गर्न नेपाल स्टक एक्चेन्ज (नेप्से) घेराउ गर्ने पुगेका लगानीकर्तालाई प्रहरीले पक्राउ गरेको हो । बिहिबारबाटै लगानीकर्ताहरुले नेप्से आउन सवै लगानीकर्तालाई आवह्वान गरेका थिए । प्रहरीले शेयर लगानीकर्ता तिलक कोइराला, नयन बास्तोला, अर्जुन प्रसाद कोइराला सहितका व्यक्तिलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई प्रहरी बृत अनामनगरमा राखिएको छ । सरकारले पूँजी बजारसँग सम्बन्धित ५८ बुँदे माग पुरा नगरको भन्दै उनीहरु नेप्से घेराउ गर्ने पुगेका… पुरा पढौ

कृषि विकास बैंकको सञ्चालक समितिको चुनाव १४ चैतमा हुने

काठमाडौं, ३ चैत । कृषि विकास बैंकक लिमिटेडको सञ्चालक समितिको निर्वाचन १४ चैतमा हुने भएको छ । बैंकको साधारण शेयरधनिहरुलाई प्रतिनिधित्व गर्ने समुह ‘ख’ अन्तरगतको निर्वाचनको लागि साधरण शेयर सदस्यलाई बैंकले सार्वजनिक सुचना प्रकाशित गर्दौ निर्वाचनको जानकारी दिएको हो । ३ जना सञ्चालकको लागि ८ चैत, साझ ५ बजे मतदाता नामावली प्रकाशन गर्ने बैंकले जनाएको छ । मतदाता नामावली विरुद्ध दावी विरोधका लागि ९ चैत ११ बजेदेखि २ बजे सम्मको समय दिएको छ । दावीविरोधमा जाँचबुझ सोही दिन ३ बजेदेखि… पुरा पढौ

खाद्य उद्योगको साधारणसभा २४ चैतमा

काठमाडौं, ३ चैत । खाद्य उद्योग लिमिटेडको ५०औँ वार्षिक साधारणसभा २४ चैतमा हुने भएको छ । २ चैतमा उद्योगका संचालक समितिहरुको वैठकले साधारणसभाको मिति तय गरेको हो । साधारणसभा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको केन्द्रिय कार्यालयको सभा हल कालिमाटि, काठमाडौंमा दिउसो १२ः३० देखि बस्ने उद्योगले जनाएको छ । सभामा आर्थिक वर्ष २०७८/०७९ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गर्ने भएको छ । त्यसकासाथै, आर्थिक वर्ष २०७८/०८९ को लेखापरिक्षको प्रतिवेदन सहित सोही आर्थिक वर्षको नाफा–नोक्सान हिसाव र नगद प्रवाह विवरण, वार्षिक वित्तिय… पुरा पढौ